Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रचण्डले पनि ओलीसँग गफ दिन सिकेछन्- भूकम्पपीडितलाई ५ लाख दिन्छु रे

Posted on June 3, 2016 by Salokya

prachandaप्रधानमन्त्री केपी ओलीसँग धेरै मान्छेको धेरै थरिका आशा छन्। कसैको आशा नाकचुच्चे रेल चढ्नेमा छ। कसैको एक वर्षभित्र (एक वर्ष पुग्न लागेपछि संशोधन गरेर दुई वर्ष बनाइएको) लोडसेडिङ अन्त्य हुनुमा छ। कसैको पाइपबाट आएको ग्यास बाल्ने छ भने कसैको नेपाली झण्डा भएको पानीजहाज चढ्नेमा। आश्वासन बाँडेरै प्रधानमन्त्री ओली दिन दुगुना रात चौगुना ‘हिट’ भइरहेको देखेर होला अघिल्लो संविधानसभाको सबैभन्दा ठूलो दलका नेता तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पनि ओलीको सिको गर्न थालेछन्।

आज दोलखाको चरिकोटमा आयोजित एक कार्यक्रममा उनले घोषणा गरिदिए- बाइ दि वे म प्रधानमन्त्री भइहालेँ भने सरकारले दिएको ३ लाख निर्ब्याजी ऋणलाई अनुदानमा परिणत गर्छु। त्यतिमात्र हो र, उनले थप दुई लाख पनि दिने रे। भनेको कूल ५ लाख रुपैयाँ।

के गर्ने त अनि, ओलीले वृद्ध भत्ता बढाएर अर्थशास्त्रीहरुको गाली खाए पनि जनताले गजब भनिहाले। जे भाषण गरे पनि जमेकै छन्। जनता उनको आश्वासनमा लट्ठ परेकै छन्। अनि प्रचण्डलाई पनि सहिनसक्नु भएन होला त, बाँकी एउटा भूकम्पपीडितको इस्यु छ- ठोक्दिम् यही भन्दै म प्रधानमन्त्री भए ५ लाख दिन्छु भन्दिए।

अब केही दिन उनले यस्तै आश्वासनका भाषणहरु गर्न थाले हुन्छ- म प्रधानमन्त्री भए आफ्नै स्याटेलाइट प्रक्षेपण गर्छु, रकेट चन्द्रमामा पुर्‍याउँछु, सगरमाथामा सुरुङ खनेर चीनसम्म रेलको बाटो बनाउँछु, हावाबाट मात्र होइन, परमाणु ऊर्जाबाट विद्युत निकाल्छु…..

बरु छिटो गरे हुन्छ- नत्र सबै ओलीले नै भ्याइदेलान्। आखिर, दिएको आश्वासन पूरा गर्नुपर्ने होइन क्यारे, प्रधानमन्त्रीले गरेका छैनन् तपाईँ उधारो प्रधानमन्त्रीले किन गर्नपर्नु। एक पल्ट मुखसम्मै आइसकेको प्रधानमन्त्री गुमाइहाले अब उनलाई प्रधानमन्त्री कसैले बन्न दिने हैनन् क्यारे, बाँड्नुस् प्रचण्ड जी बाँड्नुस् आश्वासन। आश्वासनमा सरकारले ट्याक्स लगाएको छैन। जति बाँडे पनि हुन्छ आश्वासन।

3 thoughts on “प्रचण्डले पनि ओलीसँग गफ दिन सिकेछन्- भूकम्पपीडितलाई ५ लाख दिन्छु रे”

  1. Ekraj says:
    June 5, 2016 at 5:06 pm

    भुक्ने कुकुर को संख्या बढ्दो छ| टोकिहालो भने बर्बाद बच्नुहोस|

    Reply
  2. प्रविण कुमार के.सी. says:
    June 5, 2016 at 3:18 pm

    प्रचण्डजीको प्रधानमन्त्री बन्ने सपनाको सबैभन्दा ठुलो बाधक भनेको ओली होलान् । स्व. कृष्ण प्रसाद भट्टराईले मेलम्ची नदि काठमाण्डौमा कुलो खनेर ल्याउछु भनेका थिए । धेरै बर्ष भयो काम समाप्त नभएपनि जारी छ । तत्कालिन अवस्थामा एमालेको डाईलग थियो “मुख धुने पानी छैन सडक धुने फुर्ती के सन्त तन्त्र मन्त्र जनता ठग्ने जुक्ती” तर जनताले अझै आशा मारिकेका छैनन् । यो पुस्ताले नभेटेपनि आगामी पुस्ताले मेलम्चीको पानीले मुख धुन पाउला । त्यस्तै लोडसेडिङ् अन्तय गर्ने, नेपाली झण्डावाल पानीजहाज समुन्द्रमा कुदाउने, पाईपलाईनबाट ग्यास आपूर्ती गर्ने आदी ईत्यादी । ओली महोदयलाई मेरो बिनम्र अनुरोध के छ भने पहिला काम शुरु गर्नु अनि आश्वासन बाड्नुस । आश्वासन मात्रले त जनता यति खुसी र उत्साहित छन् भने काम शुरु भएको खण्डमा के होला । यदि काम शुरु गर्ने हो भने सायदै ओलीले सायदै चुनाव हार्लान र प्रचण्ड प्रधानमन्त्री बन्लान । तथापी यसमा मेरो पनि आश्वासन के छ भने यदि म प्रधानमन्त्री भए भने बेरोजगार युवाहरुलाई सहायक स्तरका सरकारी कर्मचारीको तलब भत्ता बराबरको बेरोजगारी भत्ता दिन्छु । ५५ बर्ष कटेका हरेक नेपालीलाई पेन्सन दिन्छु । अनि अहिलेका प्रधनमन्त्री बन्ने दाउमा रहेका नेताहरुलाई टेन्सन दिन्छु ।

    Reply
  3. dor rampur says:
    June 4, 2016 at 12:19 am

    प्रचण्ड पनि कहिले कम थिए र ? सुरु मा मन्द बतास जस्तो गफ दिन्थे अब ओली को प्रतिस्पर्धा मा हुरी बतास जस्तो हावा हुने भए यी पनि …. ल हेरौ अर्को हावा हो निस्किदो रहेछ !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme