उसो त देशमा प्रजातन्त्र स्थापनार्थ तत्कालीन राणाशाहीविरुद्ध ज्यानको आहुति दिने चार महान सपुतहरु मध्ये शहीद दशरथ चन्दको नाममा रहेको देशकै एकमात्रै ठूलो र सुविधा सम्पन्न मानिनु पर्ने दशरथ रंगशालामा सामान्यतः खेलकै कुरा जोडिनुपर्ने हो। तर, यो जेठान्तमा यो ऐतिहासिक रंगशालामा हुन लागेको राजनीतिक रुपान्तरणको एउटा कुम्भ मेला आफैमा रोचक, घोचक र दर्शनीय छ। जीवनभर कम्युनिष्ट सिद्धान्तका व्याख्याता र प्रयोत्ता रहेका डा. बाबुराम भट्टराईले दशरथ रंगशालबाटै कम्युनिष्ट जीवनबाट पारपाचुके गरी गैर वाम पार्टीको विधिवत घोषणा गर्ने भएका कारण नै बिना खेल परेड पनि रंगशालामा धेरैका आंखा, मन, मष्तिष्क तानिएका छन्।
एउटा कम्युनिष्ट लडाकु, शासक र व्याख्याताको माओवादी जस्तो हार्डलाईनर पार्टीबाट हुने औपचारिक पलायन सिद्धान्तका लागि जीवनको आहुती दिनेहरुका लागि एउटा ट्रयाजेडी हो, स्खलन र पीडा। तर नेपालमा अब वामपन्थी र खासगरी माओवादी बनेर गरिखाईन्न भन्नेपन्थीहरुका लागि यो रुपान्तरण र जात धर्म परिवर्तनको एउटा विशेष पर्व हो। कम्युनिष्टबाट गैर कम्युनिष्ट पथमा वैतरणी तर्ने एउटा जात्रा पनि हो यो। सधै थरी थरीका राजनीतिक रमिता हेर्न विवश जनताका लागि यो एउटा निशुल्क राजनीतिक मनोरन्जन हो, जहां नायक वा खलनायकको द्धैध भुमिकामा उनै छन एक डा. बावुराम।
रंगशालासंगै जोडिएको अर्को सुखद संयोग के पनि हो भने संसारकै वामपन्थीले अब बुलेटबाट हैन, व्यालेटबाटै सत्तामा जानुपर्छ भनी जननेता मदन भण्डारीले एमालेको पाचौं महाधिवेशनमार्फत रंगशालाबाटै सैद्धान्तिक यु टर्न लिएका थिए। जननेता मदनको त्यो नेपाली मौलिक सैद्धान्तिक वाम छलांङलाई संसोधनवाद भनेर रंगशालाकै वरपर , रत्नपार्क र खुलामन्चमा उनै दाह्रीवाल बाबुराम भाषण छांट्दै हिडथे ५० को दशकमा। तत्कालिन जनमोर्चाका नेता बाबुराम सधै मदन भण्डारीका कटु आलोचक रहे, सैद्धान्तिक, वौद्धिक र राजनीतिक मन्चमा। मदन विरुद्धको ५० को दशकको त्यो कलहपूर्ण डा. बाबुराम पन्थी आक्रमण २०५२ पछि त शसस्त्र युद्धमै होमियो, चुलियो। १० बर्षे विनासक युद्धका आकर्षक नेता मध्ये एक थिए, पिएचडी बावुराम। उनका कैयन गसिपहरु जनताका छोराछोरीलाई लडाकु बनाउने मसला बने। यो क्रम दशकसम्म चल्यो।
जसै माओवादी शान्ति राजनीतिमा फर्कियो, माओवादीले त देश बदलेन नै, त्यसमा पनि १८० डिग्रीको अन्तरमा आफै बदलिए उनै माओवादी स्टार डा. बाबुराम। कतिसम्म भने उनले माओवादी अर्थात आफैं नेतृत्वको जनयुद्धकारी दललाई पुरानो काम नलाग्ने घर भन्दै थाले नयां घर बनाउन। नयां शक्ति नामक उनको नयां घर अर्थात दल त्यही रंगशालामा २०४९ मा मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादमा उतिबेलाका आलोचक बाबुरामको बिलय हो। जुन रंगशालामा मदनले हार्डलाईनर कम्युनिष्ट सिद्धान्तको नयां परिभाषा गरे, त्यही गएर बाबुराम मिसीए करीब २ दशक नपुग्दैका दौरानमा मदनकै विचारमा। बुलेटको साटो व्यालेटबाट वामसत्ताका लागि रोडम्याप खोज्ने मदन एक वर्षभित्रै मारिए तर मदन विचारलाई चुनौति दिने डा. बाबुराम भने घुमीफिरी रुम्जाटार भने झैं त्यही रंगशालामा गएर मदन विचार र पथमा विलय हुदैछन। अनलाईन खबर डटकममा वावुरामले नयां शक्ति जननायक विपी कोईराला र जननेता मदन भण्डारीको विचारलाई जोड्ने कडी हो भनेर जुन व्याख्या दिए, त्यसैले मदन ठीक र डा. बाबुराम गलत भएको प्रमाणित गरेको छ। त्यसैले रंगशालाको यो राजनीतिक परेड बाबुरामको पुराना क्रान्तिकारी बाबुरामको समूल पतन र उतिबेलैका विचारक मदनको वैचारिक सफलताको अर्को ऐतिहासिक मानक समेत हो। अनि रंगशाला मदनपथमा बाबुरामलाई फर्काउने एक ऐतिहासिक पीच हो, राजनीतिक यु टर्न गर्ने पात्र व्यहोर्ने जीवन्त धरोहर पनि।
बाबुरामको नयांशक्तिले गरिखाला वा दुईदिनको घाम छांया होला त्यो, परीक्षित हुन बांकी नै छ। तर जननेता मदनको पथमा डा. बाबुरामको विलय गराउने रंगशालाको यो मौका आफैमा राजनीतिक खेलको नयां कीर्तिमान हो। यस मानेमा भाग्यमानी हो ती महान शहीद शहीद दशरथ नामको यो रंगशाला। एक अर्थमा यो बाबुरामको जीवनभरको सिद्धान्त, आदर्श र संघर्षको वैचारिक शहादत पनि हो शहीद दशरथको शालिकमा, रंगशालाको छातीमा।
यो फरक पाटो हो जब विपी र मदनकै कडी हुने हो नयां शक्ति भने किन चाहियो नयां शक्ति ? विपीको कांग्रेस र मदनको एमाले नै छदैंछन अजंगका पार्टी। त्यसैले बिहानले दिनको संकेत गर्छ भनेर मानिदिने हो भने बाबुरामको नयां शक्तिको सैद्धान्तिक कार्यनीति विपी र मदनका विचारको कपीपेस्ट र चोरचार तथा टालटुल शिवाय केही नहुने पक्का छ। त्यसैले यो डा. बाबुरामको वाम जीवनपछिको अर्को राजनीतिक मृत्युको सुरुवात नहोला भन्ने छैन। किन की उदार लोकतन्त्रका लागि यहां कांग्रेस र एमालेको जुन स्तरको जनतामा पकड छ, त्यो स्तरमा बाबुरामका सुकिला र वयोवृद्ध रिटायर्डहरु जनतामा बलियो हुनु भनेको मीठो कल्पना मात्रै हो। कुनै आश्चर्य भएमा अर्कै हो, अन्यथा यही रंगशाला बाबुरामको अर्को पत्तासाफको साक्षी बन्ने पो हो की ?
जे होस,बाबुरामले छोडेको पार्टी माओवादी केन्द्रका रुपमा पुर्नउदय भैसक्दा औपचारिक रुपमा पार्टी घोषणा गर्न उनले रंगशाला नै रोज्नुले रंगशालासंगको मदन संवन्ध र राजनीतिलाई गैरखेलकै रुपमा भए पनि जोडेको छ। त्यसैले भाग्यमानी हो यो रंगशाला, विजयी हुन मदन भण्डारी। अब बाबुराम बिजेता हुने की राजनीतिक नयां जोगी ? यो भने उनको पार्टीको औपचारिक घोषणापछि फेरि खोतल्ने नै छु। अहिलेलाई यत्ति।
हिजो इन्डियाको इसारामा नेपाल मा जनान्दोलन भन्दै गरिब नेपालि मारी हिंडे , जब तेही इन्डियाले भनेको न मान्दा प्रचन्डलाई अन्तरास्ट्रिय अदालत मा उभाउने ( इंडिया ले नाकाबन्दी ताका ) भन्ने सम्म का कुराहरु आए |
भोलिका दिन मा पनि नेपालि राजनीति गर्नु छ किनकि यिनीहरुको कमाउ पेसा नै तेही हो |
न भए इन्डिया ले मदन भण्डारी बा बिरेन्द्र को बाटो जो कोइलाइ पठाइदिने भो |
भन्दा येसो गरेर चोखिएको जस्तो देखिनु यिनको बाध्याता यिन को डाक्टरी दिमाग ले सम्झेको छ |
चुनाब ताका बा कुनै पनि बेला एकाता भन्दै अरु कम्निस्ट सग मिल्न यो गैहाल्छ | किनकि झुटो बोल्नु यिनको कर्म हो , धोका दिनु धर्म | करिस्मा को बुइ चढेर पक्कै चुनाब जितिदैन यति त् पक्कै बुझेको छ होला बाजेले |
सुर्य जी – गाठी कुरो नया पार्टी न खोलि बाबुराम जी पार्टी प्रमुख हुने छात न देखियन —
नया माओबादी नामको खोलौं भने १२ ओटा छदैछन र जनता लै झुक्कौने कसरि —
नया सक्ति भने पछि त सरोज करिस्मा जस्ता लै पनि समेट्न पाइने, केइ गरि चुनाब जितिन्छ कि त भनेर नि !