Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भर्खरै अमेरिकाबाट फर्किका रामचन्द्र पौडेलले भने- विदेशमा के के न हुन्छ भनेर जानेहरु अमेरिकामा भाँडा माझ्छन्

Posted on June 1, 2016June 1, 2016 by Salokya

paudel कांग्रेस नेता रामचन्द्र पौडेल भर्खरै अमेरिकाबाट फर्किएका हुन्। उनी कुनै राजनीतिक कार्यक्रममा सहभागी हुन गएको नभई छोरी पट्टीबाट जन्मिएको नातिको पास्नीका लागि गएका थिए। पास्नीको लागि मात्रै तीन तीन साता बस्ने कुरा भएन। खासमा त्यसपछि उनी घुम्ने काममा पनि व्यस्त भए।

त्यसरी अमेरिका घुम्ने क्रममा उनले के-के देखे, भेटे, सुने कुन्नि? फर्किएको केही दिनपछि मंगलबार पार्टीको भ्रातृ संगठन नेविसंघको एउटा कार्यक्रममा गएर भने- विदेशमा के के न हुन्छ भनेर जानेहरु अमेरिकामा भाँडा माझ्छन्।

पहिला ‘ब्रेन ड्रेन’को समस्या रहेकोमा अहिले ‘लेवर ड्रेन’को समस्या आएको भन्दै त्यसलाई रोक्नुपर्ने उनले बताए।

‘यहाँबाट विदेशमा के के न हुन्छ भनेर जानेहरु अमेरिकामा भाँडा माझ्छन्’ उनले भने, ‘यदि यहीँ श्रमको सम्मान हुन्थ्यो र काम सानोठूलो हुँदैन भन्ने संस्कार स्थापित हुन्थ्यो भने उनीहरु पलायन हुँदैनथे।’ कुरो चैँ राम्रै गरेछन्। तर उनले यस्तो भाषण गरेको अमेरिकामा भाँडा माझ्ने कसैले थाहा पाए कति चित्त दुख्दो हो।

बिचरालाई गाली चैँ नगर्नुस् है। तपाईँलाई याद छ होला नि, अस्ति नै कांग्रे्स महाधिवेशनको क्रममा खुलामञ्चमा भाषण गर्दा उनले त्यस्तो गाली सुन्दा आत्महत्या गरौँ झैँ लाग्ने भनेको।

नेविसंघको यो कार्यक्रममा नेताहरुले नाचको पनि रमाइलो लिएको खबर यता छ। आखिर नाचघरमा कार्यक्रम भएपछि नाच त हेर्नुपर्‍यो नै।

45 thoughts on “भर्खरै अमेरिकाबाट फर्किका रामचन्द्र पौडेलले भने- विदेशमा के के न हुन्छ भनेर जानेहरु अमेरिकामा भाँडा माझ्छन्”

  1. kedar tripathi says:
    June 9, 2016 at 11:52 am

    राम चन्द्र जि ले उठाएको सबाल के होला भने सम्पत्ती केहि नभएका ,नपदेका हरु त गए नै तर मन्त्री का छोरा ,उध्योग पती का छोरा किन गएका होलान ।अर्को कुरा पढ्एका हरु ले थोरै कमाउदा नपढे का हरुले खिसी गर्दा चाही दुख लाग्छ ।

    Reply
  2. Ramesh says:
    June 7, 2016 at 9:32 pm

    Stupid Nepali cangress party,

    Reply
  3. thule says:
    June 5, 2016 at 12:12 am

    यो केहि होइन पौडेलले आफ्नो हैसियेत बनाएको मात्रै हो. यस्ता निकम्मा मान्छे १५ चोटी त के १०० चोटी पनि चुनाब हार्छ. बुद्दि नै कस्तो कुलंगार को बुद्दि. जसले काम को सम्मान गर्दैन त्यो प्रधान मन्त्रि त केहिनै हुने हैसियत् हुदैन. आज को मिति मा येदि रामचन्द्र बाजे पार्टी मा मात्रै नहुने हो भने भाँडा माझ्ने त के जुत्ता सिलेर बन्स्नु पर्ने काम पनि पाउदैन होला. तर जे होस् जस्तो बाउ तेस्तै सन्तान परे छन् कमसे कम के बोल्नु हुन्छ के बोल्नु हुदैन भनेर बाउलाई त सिकाउनु पर्थ्यो त्यो पनि गर्न सकेन.

    Reply
  4. indra koirala says:
    June 4, 2016 at 12:32 pm

    नेपाली रास्ट्रिय नेता जी को यस्तो गोल्ख्दी बुद्दि ले हाम्रो देश कहिले बिकाश र सम्मुनति हुनसक्छ र उनि अमेरिका मा आएर यहाको बिकाश हुनुको कारण के हो .,कसरि बिकाश गरिरहेछन ,श्रमिक र मालिक बिचको कस्तो सम्बन्ध भै बिकाश हुनेछ ? भन्ने बुझ्नु भन्दापनि नेपाली को कहाँ कसले भाडा मझछ्न भन्ने तिर हेरेर नेपाल फिरेछं अब भन्नुस यस्ता मन्द बुद्दि र कार्यहिन क्षमता भएका नेता हरुले नेपाल कहिले उभो लाग्ला र ….

    Reply
  5. प्रजातन्त्र says:
    June 3, 2016 at 7:00 am

    “कोहीको घरमा डाक्टरको चाकडी, कोही त मर्छन अस्पताल नहेरी हाम्रो नेपालमा” भनेको यहि हो। नेताहरुले अनेक तिकडम,भ्रष्टाचार गरेर आफ्ना छोराछोरीहरुलाई लाखौँ करोडौं खर्च गरेर अमेरिका, युरोप, अष्ट्रेलिया मा डाक्टर इन्जिनीयर पढ्न पठाएका छन। Facebook मा Ramchandra Paudel खोल्नुस पत्ता लाग्छ कि वहांको छोरी ज्वाई दुवै डाक्टर छन्। यहाँ नेताहरु र जनताहरुको दुरी आकाश जमिनको फरक छ। आज देशका पचासौ लाख युवाहरुले पठाएको रेमिटान्स देश चलि रहेको अबस्थामा उनीहरुलाई घोर अपमान गरेका छन्। नेपाल यस्तो देश हो!! जहाँ चप्पल चोर्नेलाई पुलिस लगाएर दौडाइ दौडाइ पिटिन्छ, तर देश लुट्नेलाई गार्ड राखेर सुरछ्या दिइन्छ!!!

    Reply
    1. rajan says:
      June 4, 2016 at 6:56 am

      नेपाल मा चोरीको डा. डिग्री ढल्काउनेहरु अमेरिकामा गएर भाडा नै माझ्छन | पौड्याल जीको घुस खाएको पैसाले छोरी ज्वाइलाई चोरीको सर्टिफिकेट ल्याउदा पनि अमेरिका गएर भाडा माझ्ने ? भनेर चित्त दुखेको होला नि त |

      Reply
  6. Ram Thapa says:
    June 3, 2016 at 6:18 am

    रामचन्द्र जी ,

    सर्ब प्रथम काम को मर्यादा राखौ/ बिद्यार्थी कालमा को सुरवातमा अमेरिका अस्ट्रेलिया जस्ता देशमा तल्लो लेवेल को काम बात जीवन सुरुहुन्छ त्यहाँ का सबै नागरिक को/

    तल्लो काम गर्नेलाइ हेला नगर्नु सभ्य समाज नियम हो/ जति धाक लागेपनि हामि नेपालीमा असभ्य , फोगरि , जातियाता , अन्धबिस्वाशी संकृति को गर्ब छ/ धनि मानिस रामरो गरिब नराम्रो भन्ने सन्स्कार छ/ यसैले नेपालीलाई अविकसित बनाएको छ/

    जन्मदा कोहि धनि अथवा विद्वान हुदैन कर्म ले हो / त्यसैले काम को मर्यादा गरौ/

    Reply
  7. dor rampur says:
    June 3, 2016 at 12:35 am

    पौडेल बुढा को बुद्धि को बारेमा सोचेर हिडें थिए – एउटा बच्लोर पढेकी मनेजर कोठा सफा गर्दै थि , PhD गरेको प्रोफेसोर कोटा सफा गर्दै थियो |

    library प्रमुख किताब मिलाउदै थियो | काम गरेर सानो हुन्छ कोहि |

    बेदेश मा गएर के गर्नु पर्छ सबै कुरा नेपाली थाहा छ … नेता को अनुहार र बोलि रेडियो मा सुनेर दिक्क लगेर विदेश पस्दै छन् ….

    Reply
  8. Raj Kumar Shrestha says:
    June 2, 2016 at 9:30 pm

    रामचन्द्र पौडेलज्यूले गलत सन्देश दिनुभएछ, सायद उहाँले छोरी ज्वाँईले भनेकै भरमा यति निकृष्ट धारणा बनाउन पुग्नुभएछ । अब उहाँले भनिदिनुपर्यो भ्रष्टाचारको कमाइ ठिक कि आफ्नो पसिनाको ? ?हाम्रो नजरमा त भ्रष्टाचार र घुसको कमाइ भन्दा धेरै गुणा उत्तम त पसिनाको कमाइ हो । जसले त्यसरी कमाएको छैन उसलाइ के थाहा ? भ्रष्ट तरिकाबाट कमाउनु भन्दा भाँडा माझ्नुलाइ गलत भन्न कतई सकिन्न ।मेरो आजसम्मको ५ पटकको लामो अमेरीका बसाईमा थुप्रै राम्रा पदहरूमा नेपालीहरु कार्यरत भएको पाएको छु । योग्यता अनुसार सबैले काम पाउँछन् । योग्यतै नभएकाहरूले पनि आफ्नो सिप प्रयोग गरेर रेष्टुराँ व्यबसाय मार्फत प्रगति गर्ने नेपालीहरु धेरै देखेको छु । उहाँको माथि उल्लेखित भनाईप्रति मेरो गम्भिर आपत्ति छ ।

    Reply
    1. punya prashad says:
      June 3, 2016 at 12:46 am

      आफ्ना छोरा छोरि लाइ सरकारी कोटा मा डाक्टर पढायो … अमेरिका पठायो … राम्रो गरि हल्छान … यिनै बुडा का सन्तान पनि बाबु को पावर मा सरकारी खर्च मा डाक्टर बनि अमेरिका मा मोज गरि र छन् … सर्ब साधारण को छोरा छोरि लाइ “भाडा माज्ने …” भन्न लाइ लाज हराएको बुडो! .. तिम्रा सन्तान लाइ पो सरकारी कोटा मा बिदेस पढी अमेरिका मा डाक्टर बन्न मिल्यो … सब लाइ तेस्तो सुबिधा कहाँ मिल्छ र ?

      Reply
      1. rajan says:
        June 4, 2016 at 7:09 am

        मलाई त शकै छ यो बुढोको छोरी ज्वाइ डाक्टर काम गर्छन भन्ने कुरामा । नेपाल मा भएको भए पो पावर लगाएर नक्काली सर्टिफिकेट बेच्ने, अमेरिकामा त भाडा माझ्नु पर्‍यो नी |

        Reply
  9. JAGADISH POUDEL says:
    June 2, 2016 at 7:33 pm

    We have no leader in Nepali congress party ,because i thought Ram Chandra Poudel is good leader, but when he express his experience about Nepalese American are working dishwasher . I thought he heard from his daughter past experience who did dish washer fro money in restaurant . that is not bad work bad work is that who make money with out work like Nepalese politician. you are giving speech in Nepali people about our daily life . my opinion every body need to dish washer for manage to hand to mouth . so you need to start today dish washer work ,don’t give lecture more than that.
    I am your brother
    sincerely
    jagadsih

    Reply
  10. Soni Dawadi says:
    June 2, 2016 at 2:06 pm

    रामचन्द्र पौडेलले आफ्नो छोरीका सन्तानले भाँडा माझेको देखेर आए जस्तो छ, जसको जे औकात छ त्यही गर्ने हो. नेपालमा जस्तो एस एल एसी पास नगरी प्रधानमन्त्री हुन् कँहा पाइन्छ?

    Reply
  11. Sallah says:
    June 2, 2016 at 11:33 am

    भदौमा आँखा फुटेको गोरुले जहिले नि हरियै देख्छ भनेको हो रैछ गाँठे ! भाँडा माझ्नेले सबैलाई भाँडा माझ्ने नदेखे अरु के चैं देख्ने त हँ ? हरे लुगा लगाएका नाङ्गाहरु हो, आफ्नाहरुले गरि खाएको पनि देख्न नसक्ने, देशमा गरि खान, बस्ने अबस्था पनि सिर्जना गर्न नसक्ने लाछी पाजी के भन्नु खै…………

    Reply
  12. पौडेल जेठो says:
    June 2, 2016 at 7:57 am

    कुरो यस्तो होला:
    पहिला ‘ब्रेन ड्रेन’: मेरा छोरा-छोरी जो पहिले नै गए र राम्रै काम गर्छन।
    अहिले ‘लेवर ड्रेन’: धेरै नेपाली EDV परेर र Student Visa मा गए र भाँडा माझ्छन्।

    EDV परेर र पढ्न जानेहरुलाई रोक्नुपर्ने भयो। जस्ले पनि अमेरिकामा मेरो पनि छोरा-छोरी छ भन्न थाले पछि त, मेरा छोरा-छोरी को महत्व कम भयो नी भन्ने होला।
    हैट् 🙂

    Reply
  13. Ganesh says:
    June 1, 2016 at 11:29 pm

    Looks like Ramchandra Paudel was searching job s in the USA and only he can get was dish-washing job or any cleaner as per his qualifications and experience. In fact he can do nothing than that in the USA. Therefore, he went back to nepal with sad experience. He must be angry of that.

    Reply
  14. Gobardhan says:
    June 1, 2016 at 10:48 pm

    होइन मैले नि २७ वर्ष पहिले भाडा माझेरै सुरु गर्या हु, आज ४ रेस्टुरेन्ट छन | भगवान को कृपा र मेरो मेहनतले इमान्दारी पूर्व खाएको छु | यो बाजेलाइ के दुख भयो होला ? म जस्ता धेरै मेहनती नेपाली छन | कोहि अहिले भाडा मजेरा सुरु गरिरा होलान, कोहि अलि माथि होलान कोहि धेरै | समय समय को कुरा हो | हामी सबै इज्जतपुर्वक बाचेकै छौ| यो बुढो लाइ के को दुख ?

    Reply
  15. madan bajracharya says:
    June 1, 2016 at 10:27 pm

    चाहे भाडा माझ्ने काम होस् बा चर्वी सफा गर्ने, काम काम हो र सानै भय पनि काम गरेर आफ्नो मेहनतको कमाई बात खाने व्यक्ति नै असल मानिस हो/ सानो काम गर्नेलाई हेला गर्ने व्यक्ति र समुहको यो काम गरेर खाँदैन आफुले कुन श्रोत बात यस्तो जीवन जिउन्दै छ तेस्को श्रोत पनि भन्दैन/ आफ्नो आम्दानीको श्रोत समेत नखुलाउने ले कर टरेको होला भनेर सोच्न समेत सकिंदैन/ श्रोत नखुलेको कमाइ ले नेता गिरि गर्ने यस्ता त्त्ने नेता!!!/ यस्तैले हो उहिले देखि सानो काम गर्नेलाई अहिले पनि अछुत मानेर हेला गर्ने संस्कार बसायको र यस्तैले गर्दा नेपालीलाई नेपालमै काम नपाउने भयर बिदिसिनु परेको हो/

    यस्तै यस्तैले बिरेन्द्रको पालामा नेपाल पसे जत्तिको बिहारीलाई तेतिकै नेपालको नागरिकता दिलाउन नागरिकता विधेक राजाले अस्विकार गर्न नसुन भनेर आर्थिक विधेक भनेर बीरेन्द्रलाई झुक्याउन खोजे/ बिरेन्द्र झुक्कियन र त्यो विधेक नागरिकता विधेक हो बा आर्थिक विधेक हो भनेर सर्वोच्चमा सोधे/ सर्वोच्चले त्यो विधेक आर्थिक विधेक होईन नागरिकता विधेक नै हो भने पछि बिरेन्द्रले त्यो विधेक अस्विकार गरे/ तव यो रामचन्द्र बाजे कुर्लेको थियो किन त्यो राजा “हामीले आर्थि विधेक हो भने पछि सर्वोच्चमा सोधेको” भनेर कुर्लेको थियो/ यो व्यक्ति नेपालको प्रधान मन्त्रि बनेको भय के गति हुन्थ्यो होला नेपाल र नेपालीको?

    बिरेद्र्को हत्या पछि रामचन्द्र हरुले तराईमा संबिधान कानुन लत्यायर जथाभावी नागरिकता दिलाउन्दा २५सौ लाख बिहारिहरुले नेपालको पनि नागरिकता लिय/ यो कुरा प्रचंद्र प्रधान मन्त्रि बनेको बेला विदेशमन्त्री भयको उपेन्द्र यादवले समेत भनेको थियो र अस्ति भारतको ग्रिह मन्त्रीले पनि नेपालमा २ करोड भारतियहरु भयको भनेको थियो/ जम्मा जम्मी साँच्चैको नेपाली २ करोड बा सो भन्दा कम रहेको नेपालमा २ करोड भारतीय हुलेर नेपालीलाई नेपालमै बेरोजगार बनाउने, नेपालमा भारतको उत्पादनको बजार सिट प्रतिस्पर्धा गर्ने नेपाली उद्योगहरु धमाधम बन्द गर्दै नेपालमै नेपालीको रोजगारीको अवशर अधिकार लुट्ने जस्तालाई ……../ खै के भन्ने कामलाई हेला गर्ने यस्तालाई, भाडा माझ्ने कामलाई त्भ हेला गर्ने यसले आफु दिसा गरे पछि “……” धुन्छ पनि होला; मलाई लाग्छ पक्कै धुन्दैन र धुनु पर्ने अबस्था आयो भने यस्ताले सायद “…………..” गर्छ होला/ अस्ति यसले भनेको के कुरामा आत्म हत्या गर्ने भनेको थियो मैले भुले सायद काम गरेर खानु पर्ने अबस्थामा ……त् भनेको होईन? /

    आखिर कसको र कस्तो कमाई खाँदै यस्ता हरु नेता बनिरहेको छ? कमायको होस् बा कसै बात पायको होस् तेस्मा कर लाग्छ तिरेको छ इनिहरुले राज्यलाई कर?

    Reply
  16. Ryan says:
    June 1, 2016 at 6:38 pm

    तपाई ले जस्तो सारा नेपाली लाइ मारेर ७ पुस्त लाइ पुग्ने सम्पति गरिब को छोरा छोरी ले देश मा कमाएर बच्ने आधार नदिने, भ्रस्त्रचार मा पौडी खेल्न पल्केका हरुले रेमिटान्स बाट देश लाइ २४/७ नेपाल आमा लाइ बलात्कार गरि रहेका छौ अनि अरु माथि आरोप. पौडेल जी को जस्तो सबै तिर नाता गोता लाइ राख्ने ठाउ होइन विदेश, काम को इस्स्जत हुन्छ भ्रत्रचार को होइन
    मुख समालेर बोल्ने गर्दा बरु घटिया नेता (१९ पटक हरुवाको इस्स्जत बदला).

    Reply
  17. Prakas says:
    June 1, 2016 at 6:33 pm

    He seems to have only noticed his daughter and son-in-law job, and their circle.What a moron. What do you expect from him and his peers?

    Reply
  18. निरन्जन says:
    June 1, 2016 at 6:17 pm

    बाजेले कुरो चै ठिक गर्नु भएको छ| यँहा “भाँडा माझ्ने” भन्ने कामलाई सांकेतिक रुपमा प्रयोग गर्ने गरिन्छ| नेपालमा खरानी र साबुन लाएर देक्ची मस्काउने भन्ने अर्थमा होंइन केरे| श्रमको सम्मान गर्ने संस्कार भनेर श्रमको महत्वमा पनि प्रकाश पार्नुभएको हो र ठिकै कुरो पनि हो|
    हुँदा हुँदा अमेरिकामा बाजेहरु र बाजेका मानसिकता बोकेकाहरु नै धेरै भए| दुखको कुरो, अमेरिकाका नेपाली समुदाय अमेरिका अनुरुप बदलिनु सट्टा नेपालका बाजे जस्तैका मानसिकताले ग्रस्त हुन् थाले| अनेकौ संघ संस्था र दल अनुसारको भरौटे संस्थाहरु खुलिन थाले| कुनै पनि संघ संस्थाले आयोजना गरेको कार्यक्रम टोले कार्यक्रम वा पार्टीको कार्यक्रम जस्तो हुन् थाल्यो|
    हाम्रा मुलुकका कुन नेता, वामपन्थी देखि हामपन्थी सबै, छैनन् जसले छोरा छोरा र नाता गोता अमेरिका अष्ट्रेलियामा हुर्काएका फुलाएका छैनन्? वा त्यस्तो गर्ने अभिलाषा पालेका छैनन्? ब्युरोक्रेसी, प्रहरी र सेना लगायत, माथिल्लो तहमा त् यो दिनचर्या र दिनरात लागिपरेका छन् कसरि छोराछोरीलाई अमेरिका युरोप अष्ट्रेलिया पठाम भनेर|
    रामचन्द्र बाजेले आफ्ना दुश्मन गोबिन्देको छोराको हालखबर पनि लिए होलान|
    यस्तालाई के को श्रमको सम्मान? बाउआमाले नेपालमा कमाएको कुधन ड्राईक्लिन गर्ने हो|
    जे होस्, यसपाला रामचन्द्र बाजेले कुरो ठिकै गरे जस्तो लाग्यो|
    नेपालको तलब खाएर अमेरिका अष्ट्रेलिया युरोपमा जागिर खाँदै अझै विदामा भनेर जानेलाई के कारवाही गर्ने हो? त्यसबारे पनि उल्लेख गरेको भए हुन्थ्यो|

    Reply
  19. Bishnu Aryal says:
    June 1, 2016 at 5:37 pm

    yes, Ramchandra je, you cannot provide the chances to live in nepal even washing dishes. the corrupted leader and the chotic situation lead every individual to guarantee their future however they are doing menial job.fataha kura nagarum.

    Reply
  20. Tek Raj Timalsina says:
    June 1, 2016 at 5:24 pm

    भाँडा माझेर इज्जत को दुई पैसा कमाएर परिवार पालेका छौँ | तेस्मा लाज मान्नु पर्ने कुरा के छ र | तिमी नेता हरु जस्तो जनता को रगत पसिना पिएर भुँडी भएर का छैनौ | देशलै अहिले को यो हालत मा पुराएर युवा पिंडी लाई बिदेशिन बाध्य गर्नु मा अरु नेता जस्तै तिम्रो पनि उतिकै हात छ रामचन्द्र | अनि तेही नेपाली ले विदेश मा भाँडा माज्यो भनेर खिल्ली उडाउने? तेही भाँडा माझेको पैसा ले देश चली राखेको छ, तिमी र तिम्रो परिवार ले दुई छाक खाना पाएको छ | नत्र छाती मा हात हालेर भन त, तिमीले अहिले सम्म के काम गरेका छौ, जनताले पसिना बगेर तिरेको राजसो मा पौडी खेल्नु बाहेक दुई पैसा इज्जत ले कमाएका छौ र ?

    Reply
  21. Navin Rayamajhi says:
    June 1, 2016 at 4:48 pm

    मौरी फूलमा र झिंगा आचीमा बस्छ भनेको जस्तै रामचन्द्र पौडेलले केवल बिदेसमा भाँडा माझेको मात्र देखेछन, कठै नेपालका नेताको बुद्धी.

    Reply
  22. Ajay says:
    June 1, 2016 at 1:29 pm

    यी बाजे उतै अमेरिका नाता नातिनी हेरदिए छोरी ज्वायींले ढुक्क संग भाडा माज्थे के खान नेपाल फर्केका हुन् ,

    Reply
  23. mahesh says:
    June 1, 2016 at 12:58 pm

    यो लोभि बुढो कस्ले सित्तै मा तन्दूरी चिकेन खान बोलाएको थियो अनी मुन्टो ले टेकेर रेस्तुरेन्ट गएछ र भाडा माझेको नेपाली देखेछ । विश्व बैन्क , नासा तिर जान त एस्को दिमाग ले भेट्न पर्‍यो नि.

    Reply
  24. Ram says:
    June 1, 2016 at 12:46 pm

    इनको छोरो लन्डन र छोरी यू यस मा रहेछन । पहिला आफ्नो आंगको भैसी देख्नू अनि अरू लाइ पलायन हूने बारे भाषन थोक्दा राम्रो हूने थियो । यूवा सक्ती बिदेश पलायन हूनूको कारण तपाइ हरू जस्ता नेता ले इमानदारीको साथ राजनीति गरेर देश चलाउनू न सकेरहो। देशको बिकास गरेर देखाउ जहाँ गयो त्यही हावादारी भषन न गर।

    Reply
  25. bharat rajbanshi says:
    June 1, 2016 at 12:02 pm

    Vada माझेर भए पनि नेपालीले दुक्ख गरेर पैसा kamauchhan अनि आफ्नो परिवार पाल्छन ! तिमीहरु जस्ता नेताहरुले देश लुटेर त खाएका छैनन् नि …..

    Reply
  26. दशरथ चन्द्रे पौडेल says:
    June 1, 2016 at 11:56 am

    हैन यो बाजे चै भाँडा नमाझ्न टपरीमै खान्छन सधै कि क्या हो नेपालाँ ??

    Reply
  27. प्रविण कुमार के‍.सी. says:
    June 1, 2016 at 11:52 am

    पौडेलजीको छोरी चाँही नेपालीनै हुन कि अमेरिकन भैसकिन ? तपाईका छोरी ज्वाँई दुवैले अमेरिकामा भाँडा त पक्कै माझ्दैनन् होला ।

    Reply
  28. Purna says:
    June 1, 2016 at 11:02 am

    हाम्रो नेपालका नेता मन्त्री र उच्चपदस्थ कर्मचारीहरुका छोराछोरीहरु प्राय: युरोप अमेरिका र अस्ट्रेलिया जस्ता देशहरुमा पढ्न लेखन पठाएका छन् / यिनीहरुको एक जनाको कमाई तलबले नेपालमानै छोराछोरीहरुलाई प्राइभेट स्कूल कलेज र श्रीमतीलाई गरगहनाले धप्पकै पारी राख्न र घर जग्गा गाडी जोडेर बस्न कसरी सकियो होला ? सजिलै भन्न सकिन्छ कि यो सबै यिनीहरुले लप्पन छप्पन भ्रष्टाचार घुस खाएर कमाएका हुन् / यिनीहरुका छोराछोरीहरुलाई ५० सौं लाख खर्च गरी यी युरोप अमेरिका देशहरुमा पढाई राखेका हुन्छन / तर सर्बसाधारणका सन्तानहरु बिदेशमा सानो तिनो काम गरेर कलेज पढ्नु पर्ने हुन्छ /

    Reply
  29. पिकु says:
    June 1, 2016 at 10:24 am

    देशमै भाडा माझने काम त छैन अनि पाए पनि एक जना को पेट पलिदैन अनि गर्ने के अमेरिका मा भाँडा माझदा लाख रु होला पौडेल को मा भाँडा माझदन रु ५०००० पाए कुन नेपाली बिदेश जाने थियो होला।

    Reply
  30. din raj says:
    June 1, 2016 at 10:22 am

    i am thinking of Golchhe Sharki….

    Reply
  31. Bibek says:
    June 1, 2016 at 10:10 am

    अमेरिका पुग्ने सबै नेपालीका बाउहरु तपाई जस्तै भ्रस्टाचार गर्न सक्ने ठाउमा हुदैनन् अनि नेपाल बाट १ लाख पठायो भने अमेरिकामा जम्मा १ हजार हुन्छ !!! अनि बिधार्थी जिबनमा फुल टाइम काम गर्न पनि पाईदैन !!! तेसैले उनीहरुले जे काम पाउछ तेही गर्छन !!! तर अर्काको बाध्यतालाई हेप्ने तपाई जस्ता समाजबाट तिरस्कृत नेताबाट अरु के नै आशा गर्न सकिञ्छ र ????

    Reply
  32. Ajjneya says:
    June 1, 2016 at 10:07 am

    पहिलो कुरो :१. Alok ले भने जस्तै यीन्का छोरी र ज्वाइ ले चाही कुन रेष्टुरामा भाडॉमाझ्दा रहे छन् ? खुलस्त पारिदिए बेश !!!!!!
    दोस्रो कुरो : २. यि महासय्ले NASA , JPL , National lab , र अन्य US university मा कार्यरत विद्वान नेपाली लाई भेट्नै पायनछन।

    Reply
  33. kiran says:
    June 1, 2016 at 9:05 am

    पौडेल जी भाडा माज्ने ठाउँ सम्म मात्र पुग्नु भयेछ, अलि राम्रो ठाउँ तिर जानु भएको भए
    राम्रो ठाउँ मा काम गर्ने नेपाली पनि देख्नु हुन्थ्यो कि ?

    Reply
  34. Durga Adhikari says:
    June 1, 2016 at 8:48 am

    कुरो सहि हो/ तर अमेरिकामा जाने र काम गर्ने सबैले भाडा नै माज्छन भन्य चै होयिना/ मेरो २७ बर्सको अमेरिकाको बसायिमा मैले भाडा माज्ने काम गरिन/ तर America वा जुनै अन्य मुलुकमा जादा ० बाट सुरु गर्नु पर्छ त्यो नै सत्य हो/

    Reply
    1. Sabnam says:
      June 1, 2016 at 12:05 pm

      हाहाहा भाडा नमजे भुइँ त पुसियो होला नि 🙂

      Reply
      1. dor prasad says:
        June 2, 2016 at 5:35 pm

        भाडा माजे पनि भुइँ पुसे पनि येउतै होइन र ! who cares ??? आज एस्तो काम गर्ने भोलि मनाजेर र मालिक पनि बन्न सक्छ – मालिक बने पनि बेला मौका मा भाडा माज्नु पर्ने हुन सक्छ !!!

        रामचन्द्र बाजे लै अच्चम लग्यो होला म जस्तो बरिस्तित नेता को छोरी ले एस्तो गर्नु पर्यो हरे दैब !!! नेपाल त येस्ता नेता ले पोलेर खाए …

        Reply
  35. David Batt says:
    June 1, 2016 at 8:27 am

    He seems to have only noticed his daughter and son-in-law job, and their friends. Not his fault, his intelligence has already proved him in his last political success.

    Reply
  36. Alok says:
    June 1, 2016 at 7:56 am

    यीन्का छोरी र ज्वाइ ले चाही कुन रेष्टुरामा भाडॉमाझ्दा रहे छन् ?
    खुलस्त पारिदिए बेश !!!!!!

    Reply
  37. Sere says:
    June 1, 2016 at 7:20 am

    युरोप मा चाही भाषा समस्या ले देखियो / गरियो, अम्रिकामा चाही भाडा मोलेको देखेको पनि छैन गरेको पनि छैन है .

    Reply
  38. Pradip says:
    June 1, 2016 at 6:51 am

    कुरा केहि सत्य हो तर तेस्को जिम्बेबार पनि राम चन्द्र र अरु नेता भनौदाहरु हुन्. अमेरिकामा उच्च पदमा बसेर काम गर्ने नेपाली हरु पनि छन् र भाडा माझने अमेरिक पनि छन्.

    Reply
  39. sushil says:
    June 1, 2016 at 6:32 am

    मान्छेको हैसियत नि, उसको बुद्धि र संगतबाट पनि थाहा हुन्छ के. अमेरिकामा त्यत्रा नेपालीहरु बैज्ञानिक, अर्थशास्त्री आदि छन्, ती कसैसंग पनि यिनको चिनजान रहेनछ. अमेरिकाको एलिट वर्गसंग जो नजिक छ, नेता भएर तिनीहरु संग हिमचिम बढाए पो राम्रो हुन्छ. नेपालीहरु त्यहाँ किन भाँडा माझ्छन भन्ने पनि थाहा नहोला यी बाजेलाई. “तिमीहरुले जस्तो शिक्षा पद्धति दिएका छौ नि बाजे! तेस्को सर्टिफिकेट अमेरिकामा चिन्दैनन्, अनि आफु स्थापित हुनको लागि भाँडा माझ्नुपर्छ. तेस्लाई काम गरेर खाने भन्दछन. राजनीति गरेर, चन्दा उठाएर अथवा एकपटक पदमा पुगेपछि जीवनभर सुविधा भोग्ने गर्न पाइएन क्यारे.”

    Reply
  40. dave says:
    June 1, 2016 at 6:01 am

    यस्तै गुण त हुनु पर्छ नेपालमा प्रधान मन्त्री हुन ।।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme