Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्नी राष्ट्रपति र सहकर्मी प्रम भएको बेला दासढुङ्गा हत्याकान्डमा छानबिन गराउलान् भनेको त र्‍याफ्टिङ पो गराउने रे

Posted on May 30, 2016May 30, 2016 by Salokya

२०५० सालमा तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभागका सचिव जीवराज आश्रित चढेको गाडी चितवनको दासढुङ्गा भन्ने ठाउँमा दुर्घटना भयो। आश्रितको शव भोलिपल्ट गाडीमै र भण्डारीको शव तीन दिनपछि गुन्जनगरमा भेटियो।

यो घटनालाई रहस्यमय हत्या भन्दै छानबिन गर्नुपर्ने मागसहित एमालेले देशव्यापी आन्दोलन थाल्यो। नेताहरुले कार्यकर्ताहरुलाई सडकमा उतारे। काठमाडौँका सडकका रेलिङ भाँचे, टेलिफोन क्याबिनेट उखेले, टायर बाले। मान्छे मर्ने आन्दोलन भयो। पार्टीले केपी ओलीको नेतृत्वमा गठन गरेको छानबिन टोलीले पनि घटनामा षड्यन्त्र नै देख्यो।

आज उनै मदन भण्डारीकी पत्नी विद्या पाण्डे राष्ट्रपति र ओली प्रधानमन्त्री भएको बेला दासढुङ्गा हत्याकान्ड छानबिन गर्लान् कि भनेको त यसपालिको बजेटमा मान्छे हँसाउने गरी र्‍याफ्टिङको स्किम पो ल्याइयो। कहाँ हत्याकान्ड जस्तो सिरियस कुराको छानबिन, कहाँ र्‍याफ्टिङको मनोरञ्जन।

jalyatra

बजेटमा मदन भण्डारीको गाडी दुर्घटना भएको ठाउँदेखि लाश भेटिएको ठाउँ गुन्जनगरसम्म जलयात्राको व्यवस्था गरिने भनिएको छ। त्यो भनेको र्‍याफ्टिङ नै हुनुपर्छ। कि पानी जहाजै ल्याउनु पर्‍यो।

त्रिशुलीमा र्‍याफ्टिङ अहिले पनि हुने गर्छ। तर र्‍याफ्टिङको यो चर्चित रुट मुग्लिङभन्दा पर जाँदैन। फरक के हुने भो भने यहाँ राज्यको खर्चमा र्‍याफ्टिङ चलाइने भो जलयात्राको नाममा। अनि र्‍याफ्टिङ गर्नेहरुले चैँ बाटोभरी के सोच्ने हो, अहो मदन भण्डारी यहाँ खसेका थिए, यो ठाउँबाट बग्दै बग्दै गएका थिए भनेर? कि यो पहिले पार्टीका केही नेताले भन्दै आएको अन्यत्रै हत्या गरेर लाश गुन्जनगरमा फ्याँकिएको भन्ने तथ्य गलत हो, खासमा यसरी बग्दै आएको हो, हत्या भएको होइन दुर्घटना नै हो भनेर मान्छेको दिमागमा राख्न खोजेको?

हत्या हो, हाम्रो पार्टी सरकारमा आएपछि छानबिन गर्छौँ भनेर कार्यकर्तालाई सडकमा उतार्न लगाएका नेताहरुलाई तिनै कार्यकर्ताहरुले किन छानबिन नगरिएको भनेर प्रश्न सोध्न सक्छन् त?

भण्डारी राष्ट्रपति र ओली प्रधानमन्त्री भएको बेला छानबिन त नहुने नै भयो, अर्को एउटा काम भने भएको छ। यसपालिको गणतन्त्र दिवसमा राष्ट्रपतिले विभिन्न मानपदवी, अलङ्कार दिने घोषणा भएको छ। यसमध्ये सबैभन्दा माथिल्लो स्तरको पदक नेपाल रत्न मदन भण्डारीलाई दिने भनिएको छ। भण्डारीसँगै दासढुङ्गामा ज्यान गुमाएका जीवराज आश्रितलाई चाहिँ पदकका लागि योग्य नसम्झिनुको कारण के रहेछ कुन्नि। उस्तै स्तरको नदिए पनि अरु स्तरको पदक एउटा दिन के गाह्रो थियो र।

padak
मदन भण्डारीलाई मरणोपरान्त पदक दिने भनिएको हो। भनेपछि त्यो पदक लिन मदन भण्डारी आउने कुरा भएन। त्यसो भए पदक वितरण समारोहमा अब के हुने होला? राष्ट्रपतिले एक हातले पदक दिने र अर्को हातले मदन पत्नीको नाताले आफैले लिने पो हो कि?

10 thoughts on “पत्नी राष्ट्रपति र सहकर्मी प्रम भएको बेला दासढुङ्गा हत्याकान्डमा छानबिन गराउलान् भनेको त र्‍याफ्टिङ पो गराउने रे”

  1. सृजन says:
    June 2, 2016 at 7:58 pm

    पदक पाउनेहरुको नाम हेर्दा त यो पदक पाउन नेताहरु कै आसेपासे र नेता नै हुनु पर्ने रहेछ। साधारण ब्यक्तिहरु जसले समाजलाई धेरै सेवा गरेका छन् उनिहरुले त केहि नि पाउने रैछ। हेर्दा हेर्दै कस्तो देश भएछ मेरो, मिहिनेत भन्दा चाप्लुसीबाजको कदर गर्ने।

    Reply
  2. प्रविण कुमार के.सी. says:
    June 2, 2016 at 10:47 am

    मरिसकेको मान्छेको नाममा डराई डराई कसरी जल यात्रा गर्नु । फेरी मदन भण्डारीले ओहो यो मान्छेले मेरो खुब माया गर्दो रहेछ भनेर आफुसँगै बोलाए भने ।

    Reply
  3. Shankar says:
    May 31, 2016 at 9:29 pm

    हे मित्र
    खेदो खन्ने कुरा हैन | नैतिकता को कुरा हो | हिजो बेस्करी हत्या भन्ने , आज उसकै सरकार , उसकै श्रीमती रास्ट्रपति , देश को सक्तिसाली व्यक्ति | के मदन को आत्मा ले
    उनको हत्या भएको भए यिनीहरुलाई सराप्दैन ?
    देश को सम्पूर्ण स्रोत र साधन मा आफ्नो हात भएको , आफ्नै स्वास्नी रास्ट्रपति अनि के एस्तो बेलामा अपराधि पत्तालगाउने पहल गर्न पर्दैन ?

    Reply
  4. Ekraj says:
    May 31, 2016 at 3:45 am

    The reality is all mobs are trying to hide facts behind the Madan Bhadaris death they will not try to prove themselves criminals.

    Reply
  5. nawaraj Subedi says:
    May 31, 2016 at 3:39 am

    ठिक छ, मदन भण्डारी एक प्रखर नेता थिए होलान् त्यति बेला। बाँची रहेको भए देशको लागि केही गर्ने थिए कि भनेर अनुमान गर्ने हो। तर अहिलेको सरकारले ‘नेपाल रत्न’ पदवी दिनै पर्ने गरी चाहिं के गरेका थिए तिनले??? कि चर्को भासण गर्ने लाई दिने हो त्यो पदवी? त्यसो हो भने उनले भन्दा चर्को भासण त लिलामणि पोखरेलले गर्छन। उनलाई चाहिं किन छुटाको ?

    Reply
    1. mahesh says:
      May 31, 2016 at 7:48 pm

      नवराज जी
      घटना क्रम हेर्दा उनी ईन्डिया को हैकम अस्विकर गरेको ले ईन्डिया को योजना मा मारिएका हुन र yo कुरा अघोशित सत्य भैसक्यो। आफ्नो जीवन को मुल्य को पर्बाहा नगरि देश को निम्ती अडान लिएको लाई त्यो सम्मन नदिए कस्लाई दिने?

      Reply
  6. कमल says:
    May 30, 2016 at 1:36 pm

    ओलीले जग हँसाएको हँसाएकै छ| पानी जहाज चलाउने भनेको त्यही हो रहेछ| एकातिर ओली हावादारी गफ दिनमा व्यस्त, अर्कोतिर एमाओवादीले कुन जाल रचिरहेको छ कि धन कमाउनमा व्यस्त? शेरे त् आफैमा प्रमाणित निकम्मा हो|

    Reply
  7. sushil says:
    May 30, 2016 at 9:41 am

    नेपाली कम्युनिस्टहरु….

    Reply
  8. Sandesh Sharma says:
    May 30, 2016 at 8:48 am

    हे भगवान, यो क भाको हो तपाइलाई? कति सम्म खेदो खन्न सक्या? जे कुरा को पनि नकारात्मक टिप्पणी गरेर हुन्छ? विचार बदलौ मित्र. रफ्तिंग गर्दा मदन लै सम्झे पनि हुन्छ, नसम्झे पनि हुन्छ. अलि चाहिने कुराको ब्लग लेखौ, अनि काम गर्न दबाब दिउ होला. म ओली सरकार को फ्यान होइन, तर हेटर पनि होइन. अनि राम्रो काम गर्न प्रोत्साहन, अनि भनेको कुरा कार्यन्वयन को लागि दबाब दिउ. एस्तो वैह्यत पोस्ट नगरौ.

    Reply
    1. madan bajracharya says:
      May 31, 2016 at 7:08 am

      पदलाई भन्दा रास्ट्र प्रतिको जिम्मेवारीलाइ महत्व दिने भण्डारी पदको निमित जे पनि गर्ने बिचमा ……./ भारतीय विस्तारवादको कट्टर बिरोधि मदन भण्डारी भारतीय विस्तारवाद पनि गुलियो लाग्ने को माझ ………/ महाकाली सन्धिको कट्टर बिरोधि मदन महाकाली सन्धिको कट्टर समर्थक बिचमा……./ महाकाली सन्धि लगायत भारतले लाद्न खोजेको अरु सन्धिहरु गर्न गराउन खोज्नेको निमित बिरेन्द्र र २०४८को सदनको २/३ बहुमतले कुनै पनि संसोधन गर्न सकिने संबिधान बाधक थियो/ बिरेन्द्र मारियो र दिल्ली संझौता गरेर २०४८खो संबिधान खारेज गरियो भने भारतको स्वार्थ मा बाधक बनेको मदन भण्डारी ………/ केन्द्रमा प्रभावशाली नेता बनेका हरु नागरिकले नचाहे पनि आफुमा तेस्तो कुनै बर्कत् नभय प्रधान मन्त्रि बन्न चाहन्छन नै, तेस्ताको भिडमा नागरिकले पनि रुचायको प्रधान मन्त्रि बन्न बर्कत पनि भयको जस्तै गणेशमान भट्टाराई (अहिले बनेको संविधानलाई मधेसीलाई रुवायर बनेको संबिधान भनेर बिरोध गर्ने भट्टराई होइन भारतलाई गोर्खालीको सट्टा तिमीहरुले मधेसीलाई किन भारतीय सेनामा भर्ना नगरेको भनेर जवाफ दिने भट्टराई) जस्तालाई राजनैतिक रुपमा………गर्ने सिन्डिकेट ले कसरि मदन भण्डारीलाई ………/ राजा बिरेन्द्र को हत्या हुँदा बिरेन्द्रको जिउ ज्यानको रछ्या गर्ने जिम्मेवारी लियकाहरु तोलायर बसेको र मदन भण्डारीको घटनामा गतिको छानबिन नगरिनु बिचमा यक रुपता देखिनुले ………../

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme