Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशबाट फर्केकाले ल्याउने टिभीमा के छ नयाँ बजेटको व्यवस्था?

Posted on May 29, 2016 by Salokya

सकेसम्म सबैलाई रिझाउने गरी ल्याइएको यो वर्षको बजेटमा विदेशबाट फर्केकाले ल्याउने टिभीमा चाहिँ के गरेको छ व्यवस्था भन्ने चासो स्वदेशवासीहरुलाई नभए पनि परदेशवासीहरुलाई पक्कै भयो होला। तर उनीहरुलाई रिझाउने व्यवस्था गरिएको छैन।

आर्थिक विधेयक २०७३ पल्टाएर हेर्दा पुरानो प्रावधानमा खासै कुनै नयाँ परिवर्तन गरिएको छैन। पोहोरपरारकै जस्तो वैदेशिक रोजगारमा गई कम्तिमा एक वर्ष काम गरी फर्कने नेपालीले ल्याएको जुनसुकै प्रकारको (एलसिडी, प्लाज्मा वा एलइडी) ३२ इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिने प्रावधान कायम छ। इन्च गनेर लिइने एकमुष्ट भन्सार महसूलको दरमा पनि कुनै परिवर्तन गरिएको छैन। त्यसो भए कत्रो टिभी ल्याउँदा कति भन्सार तिर्नुपर्छ त ? विस्तृत विवरण पढ्न भित्र क्लिक गर्नुस्।

आर्थिक विधेयक २०७३ को ४०१ पेजमा यसबारे उल्लेख छ-
tv
tv1

बुझ्नुभयो होला, वैदेशिक रोजगारमा गएर कम्तिमा लगातार १२ महिना काम गरी फर्केको नेपाली नागरिक हो भने ३२ इञ्चसम्मको टिभी ल्याउँदा केही पनि तिर्नुपर्दैन।

त्यसो होइन भने दुई किसिमको भन्सार महसूल तिर्नुपर्छ- तपाईँ ६ महिनासम्म विदेशमा बसेको हो कि ६ महिनाभन्दा बढी बसेको हो? ६ महिनासम्म बसेको भए इन्च गनेर एउटा भाउ, छ महिनाभन्दा बढी बसेको भए अर्को भाउ।

त्यो माथि विधेयकमा लेखिएको त भन्सार महसूल मात्र हो। त्यसमा थप ५६५ रुपैयाँ भन्सार सेवा शुल्क पनि तिर्नुपर्छ। त्यसो भए ठ्याक्कै कत्रो टिभी ल्याउँदा कति रुपैयाँ तिर्नुपर्छ भन्ने तपाईँलाई लाग्न सक्ला। तलको सूची हेर्नुस्-

यो सूचि अनुसार बायाँ पट्टी छ महिनासम्म विदेशमा बसेकाहरुका लागि र दायाँ पट्टी छ महिनाभन्दा बढी विदेशमा बसेकाहरुका लागि हो। उदाहरणका लागि १४ इञ्चको टिभी हो भने छ महिनासम्म विदेशमा बसेकाले प्रति इञ्च २०० रुपैयाँका दरले भन्सार महसूल २८ सय र भन्सार सेवा शुल्क ५६५ गरी कूल ३ हजार ३६५ तिर्नुपर्‍यो। अनि छ महिनाभन्दा बढी बस्नेले प्रति इञ्च १५० रुपैयाँका दरले भन्सार महसूल २१०० र भन्सार सेवा शुल्क ५६५ गरी कूल २ हजार ६६५ रुपैयाँ तिरे पुग्ने भयो।

यसै अनुसार इञ्चैपिच्छेको रकम हेर्दै जानुस्। ५५ इञ्चको टिभी कसैले ल्यायो भने ६ महिनासम्म विदेशमा बसेर आएकाले भन्सार महसूल र शुल्क दुवै गरी कूल ६९ हजार ३ सय १५ रुपैयाँ तिर्नुपर्छ भने ६ महिनाभन्दा बढी बसेर फर्केकाले ६६ हजार ५ सय ६५ रुपैयाँ तिर्नुपर्छ। तपाईँले विदेशबाट सित्तैमा ल्याएको भए पनि टिभीको भाउ ६० हजार नाघ्छ।

माथिको भन्सार कार्यालयको सूचनामा आर्थिक ऐन २०७० बमोजिम लेखिएको छ, अहिले त २०७३ साल हो, मिल्छ त भन्ने लाग्ला। मिल्छ। किनभने भन्सार महसूलमा कुनै हेरफेर गरिएको छैन। सेवा शुल्क पनि उस्तै हो।

4 thoughts on “विदेशबाट फर्केकाले ल्याउने टिभीमा के छ नयाँ बजेटको व्यवस्था?”

  1. krishna says:
    May 31, 2016 at 6:33 pm

    सरकारले सेकेन्ड ह्याण्ड tv को पनि राजस्व तोक्नु पर्यो।..ज़स्तो कि मैले ३ वर्ष चलाएको पुरानो तर मायाले फ्याक्नु नसकेको tv ल्याएमा कन्सेसन हुनु पर्ने हो ….बरु किनेको बिल देखाउला ; अर्को कुरा सो tv ल्याउँदा तिरेको ढुवानी खर्च कटाएर मूल्यको आधारमा भन्सार तोक्नु पर्ने हो…कन्डिसनको आधारमा रेट हुनु पर्ने हो;
    इन्चीको आधारमा रेट तोक्नु चाही ठिक लागेन ; tv जस्तै गाडीको पनि बिभिन्न साइज हुन्छन, खोइ उनीहरुलाई पनि साइजको इन्ची फुटको आधारमा चार्ज लाग्नु पर्ने होइन र ?

    Reply
  2. krishna says:
    May 29, 2016 at 10:44 pm

    विदेशबाट सबैले टि भी नै ल्याउछन कि के हो ? सधै टि भी को मात्रै कुरा हुन्छ |

    Reply
  3. Shankar says:
    May 29, 2016 at 7:15 pm

    सर
    आजकाल विदेश बात टि बि ल्याउने भन्दा विदेश बात बि बि ल्याउने प्रति जान चासो छ | उही चाइनिज टि बि त् महाबौद्द तिर पनि पाइहाल्छ |तेस्माठी फोन र इन्टरनेट को जमाना }
    एयरपोर्ट बात घर फर्किदा पछिल्तिर कैली बुढी र आधि खैरो ,आधि गोरो उत्पादन टुकुर टुकुर हिडिरा छ कि छैन , जनता त्यो देख्न चाहन्छ |यो ओबामा युग हो |हु न त् दोनाल्ड़े आउदैछ क्यारे |

    Reply
  4. shubas rai says:
    May 29, 2016 at 1:39 pm

    गरिबलेनैता होनि देश नेता ठेेक्दार गुण्डा पाल्नु पर्ने।गर मनोमानि गर पापि देह भयको कुलाङगार हरु हो गर।कति नेपालि गरिब लाई सताउछौ सताउ।परिवार छोडेर कयौ हन्टर खायर बिदेशबाट मरि मरि बल्ल थोरै खुुसि साटन घर फर्किदा एक दुई किलो सामान मा पनि चोोर्छौ।अनि ऐउटा चििनो लियर फर्केको मा पनि भ्या्ट लागू गर्छौ।तिमी मुलाङखरे हरु गाजा ड्रग्स हातैमा बोकेर बेपार गर्छौ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme