Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्रीको एउटा घोषणा हावादारी साबित – लोडसेडिङ एक वर्षभित्र नहट्ने निश्चित, रफू भर्नेहरुलाई आपत्

Posted on May 28, 2016 by Salokya

प्रधानमन्त्री केपी ओलीले थुप्रै हावादारी घोषणा गरेका छन्। त्यसमध्ये एक थियो- लोडसेडिङ एक वर्षभित्र हटाउने। ओलीले प्रधानमन्त्री भइसकेपछि पहिलो पटक गत कात्तिक २९ गते सम्बोधन गर्दै भनेका थिए- “एक वर्षसम्ममा लोडसेडिङको अन्त्य गर्दै विद्युतीय तथा जैविक उर्जाद्वारा खाना पकाउने र ग्यासमाथिको निर्भरतालाई न्यून गर्ने घोषणा मैले गरिसकेको छु।”
first address (1)
कात्तिकबाट मंसिर, पुस, माघ, फागुन, चैत, वैशाख र जेठ गरी ७ महिना भइसक्यो। अब पाँच महिना बाँकी छ। प्रधानमन्त्रीको घोषणा अनुसार हुने हो भने अब पाँच महिनाभित्र लोडसेडिङ अन्त्य भइसक्नु पर्ने हो। तर बजेटमा भने लोडसेडिङ पूर्ण रुपमा अन्त्य गर्न अझै दुई वर्ष लाग्ने भनिएको छ।

बजेटमा लेखिएको छ-
loadshedding

यस अनुसार अर्को वर्षमात्रै आधारभूत रुपमा लोडसेडिङ अन्त्य हुनेछ। आधारभूत रुपमा भनेको चैँ कस्तो हो कुन्नि। प्रधानमन्त्रीले गरेको घोषणा अनुसार त अबको पाँच महिनामा लोडसेडिङ अन्त्य भइसक्नुपर्ने हो। तर बजेटमा दुई वर्षभित्र पूर्ण रुपमा लोडसेडिङ अन्त्य गर्ने, तीन वर्षभित्र वर्षायाममा आत्मनिर्भर हुने लेखिएको छ।

तर ओलीले गत मंसिर २४ गते आफ्नै अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकबाट पारित गरेको तत्काल सुधार कार्ययोजनामा पनि ऊर्जा मन्त्रालय अन्तर्गतको अनुसूचिमा एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना नै उल्लेख थियो।

tatkal (1)

विक्रम संवतको नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रका नाममा गरिएको सम्बोधनमा उनले पहिलो पटक लोडसेडिङको अगाडि ‘आधारभूत’ शब्द जोडे। सम्बोधनमा उनले भनेका थिए, ‘हामीले भन्दै आए झैँ एक वर्षमा आधारभूत रुपमा लोडसेडिङ अन्त्यको लक्ष्य पूरा हुन्छ।’

second address (1)

यसरी प्रधानमन्त्रीको एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणाले हावा खाएको छ। प्रधानमन्त्रीको हरेक हावादारी घोषणालाई रफू भर्नेहरुलाई पो आपत्

5 thoughts on “प्रधानमन्त्रीको एउटा घोषणा हावादारी साबित – लोडसेडिङ एक वर्षभित्र नहट्ने निश्चित, रफू भर्नेहरुलाई आपत्”

  1. शरद says:
    May 29, 2016 at 7:49 pm

    ओलिज्यु यति हावादारी छन् कि हावा पिटेरै एमालेको अध्यक्ष भए अनि प्रधान मन्त्रि पनि भए| तर अब हावादारी तालमै जनतालाई पनि जित्छु भन्ने सोचेको होला, त्यो हुँदैन|

    ओलीलाई हावा दिएको कारणमा प्रधान मन्त्रीको जागिर चट भएपछी भू पु प्रधान मन्त्रीले पाउने सुविधा बाट बन्चित गरिने नियम ल्याईनु पर्छ, एक निमेषमै उनले हावा दिन छाड्छ|
    बाबुरामले पुलिस गार्ड लिएर राजनीति गरिरहेको छ केहि समय प्रधान मन्त्रि भएकै आधारमा| अरु भू पु हरुको हालत देखिहाल्नु भएको छ|
    जे होस्, ओलीलाई हावा दिन बन्द गर्नु पर्यो| घर घरमा ग्यास नदिएको र एकबर्षमा लोड्शेडिङ्ग नहटाएकोमा उनलाई हावादारी सम्राट भने हुन्छ तर उनको सुबिधा कट गर्छु भनेपछि मात्रै तर्सन्छ| नत्र आन्दोलन नै गर्न पर्यो बालकोटमै गएर भए नी|

    Reply
  2. Ekraj says:
    May 29, 2016 at 10:49 am

    One day the weightless (hawadari) Oli may speak the truth.
    He may say, I just gave the speech which was written by somebody else for that occasion. I even really don’t know what was written there. If I said, I will end the load shedding in one year that is what I read from the speech prepared for me to read. I did not write it myself. So I am not responsible for all the lies, non-sense, stupidity, intellectually bankrupt and senseless garbage I may have vomited in the mass for a designed cheap popularity.
    Listen, I am only responsible to look after the Dons, economic criminals and thug of this country, just like me , those who are saving my position and helping me to hang on to this chair otherwise I would have never been able to do it myself.
    So Oli will not be interested in any of this sort of news.

    Reply
  3. dor prasad says:
    May 29, 2016 at 4:28 am

    हावाको घर बनाउने हाम्रा प्रधान मन्त्रि लै म “हावा” को पूर्ण समर्थन !!! तपाई पनि हावा मा भोट दिने कि ???

    Reply
  4. Alok says:
    May 29, 2016 at 3:38 am

    ओलिको मात्रै होइन हावादारी अक्सर सबै नेताहरूले यस्तै कुरा भाषणमा बोल्ने गर्छन । कसैले भएभरका ऊद्योगहरू नीजिकरण गरेर रोजगारी बढाउने, कसैले ४/५ बर्षमै सिंगापुर बनाउने त कसैले २/४ बर्षमानै मेलम्चीको पानी ल्याएर सड़क पखाल्ने गरेका कुरा चाही सालोक्यले बिर्सेझै छ नी ?

    Reply
  5. dave says:
    May 29, 2016 at 12:19 am

    सबै नेपालीहरूले याे जान्न जरूरी छ की अहीलेका काेही पनी नेता, अाफ्नाे पाटी र कायकर्ता भन्दा माथी साेच्नै सक्दैन र साेच्दै साेच्दैनन ।। अहीलेलाइ कृपया भुकम्प काे सहयाेग कती अाएकाे छ सावजनीक गरी पाँउ र तत्काल यसलाइ कार्य मा ल्याइयाेस ।
    यसमा चाँही कृपया राजनैतीक भागब०डा नगर्नु हाेला । मठ मन्दीर काे साताे नयाँ पार्टी कार्यालाय नबनाेस् ।।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme