Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बजेट वक्तव्यमा ‘नाकाबन्दी’ लेखिएन, किन डरायो सरकार?

Posted on May 28, 2016May 29, 2016 by Salokya

naka
अर्थमन्त्री विष्णु पौडेलले शनिबार वाचन गरेको बजेट वक्तव्यमा भारतको नाकाबन्दीबारे उल्लेख छैन। सरकार नाकाबन्दी भन्न डराएको छ। नाकाबन्दीको साटो चलाखिपूर्वक लेखिएको छ- ‘आपूर्ति प्रणालीको असहजता’। धत्, राष्ट्रवादी सरकार नै यसरी नाकाबन्दी भन्न डराउने हो त !

त्यस्तै बजेटको अर्को एउटा बुँदामा पनि सरकारले नाकाबन्दी भन्ने आँट गर्न सकेको छैन र भनेको छ- असहज अवस्थाका कारण

nakabandi2

यसअघि आर्थिक सर्वेक्षणमा पनि कतै नाकाबन्दी लेखिएको छैन। त्यसमा पनि आपूर्ति प्रणालीको असहजता नै लेखिएको छ। खासमा यो आपूर्ति प्रणाली चैँ कसरी असहज भयो त? भोलिपर्सि यो डकुमेन्ट कसैले पढेमा कसरी बुझ्ने होला?

आफूलाई राष्ट्रवादी देखाउन खोज्ने सरकारको वास्तविक रुप यसबाट प्रष्ट हुन्छ।

3 thoughts on “बजेट वक्तव्यमा ‘नाकाबन्दी’ लेखिएन, किन डरायो सरकार?”

  1. madan bajracharya says:
    May 29, 2016 at 10:28 am

    घर भित्र पसेको जंगली ब्वासालाइ हल्ला गरेर बा नजिकै बात जिस्काउनु जस्तै हो भारतले नाकाबन्दि गरे भन्नु/ मित्रहरुलाई याद हुनु पर्छ ज्ञानेन्द्रको पालामा सम्पति विवरण दिन नमानेर दिल्ली भागेको भारत र भारतीयको जन्ती लियर सिंहदरवार पसेको दलको महानायक को छोरि नेताले भारतलाई नेपालमा फेरी पनि नाकाबन्दी गर्नु पर्यो भनेको/ तेस्ता दल र समुह अझै सुध्रियको छैन र तिनीहरुको कब्जा बात सिंहदरवारलाई अझै मुक्त गर्न नसकेको मात्रै होइन् तेस्तै तेस्तै अरु समुहहरु नया नाम र नया माग अघि सारेर निहुँ खोजिरहेको छ/ त् यस्तो अबस्थामा होसियारी अपनाउनु नै बुद्धिमानी हुन्छ/

    Reply
  2. दिनेश दाहाल says:
    May 29, 2016 at 12:29 am

    त्यही त। अब काँग्रेसको सर्कार बनाएर नाकाबन्दी भन्न लाउनुपर्च अनि सम्चार छाप्नुपर्च यहि साइट्मा उ नाकाबन्दी भन्यो भन्यो भनेर।

    Reply
    1. madan bajracharya says:
      May 29, 2016 at 10:51 pm

      दिनेशज्यु
      कांग्रेसमा आज सम्म तपाइंले भने जस्तो भन्न सक्ने समुह टिक्न त् के उभिन समेत दियको छैन/ उदाहरणको रुपमा गणेशमानलाई गिरिजाले त्यो कहाको नेताहो र मात्र सामान्य कार्यकर्ता हो भन्दै अपमान जनक तरिकाले पार्टी छोड्न बाध्य गरेको, दिल्ली जाँदा नेपाली सेनामा मधेसी ब्रिगेड किन नबनायको भनि सोधेकोमा तिमीहरुले किन गोर्खाली सैनिक को सट्टा मधेसी सैनिक भर्ति नगरेको भनेर भारतालाई नाजवाफ बनाउने कृष्ण प्रसादलाई पार्टी बात घोक्रायको, दिल्लीमै सन् १९५०को सन्धि खारेज गर्ने मन मोहन अधिकारीलाई अस्पताल बाटै राजिनामा दिन लगायको र अस्ति भर्खरै भारतको निर्देशन बिपरिरित संबिधान बनाउने सुसिल पार्टी भित्र जस्तो भोग्दै घर भित्रै जसरि बिना उचित उपचार मर्नु भन्ने कुराहरु लिन सकिन्छ/

      कांग्रेस यमाले र मावोबादी मिलेको कुरा जसरि भय पनि तराइलाइ मधेसीको मधेश बनाउंदै नेपाल बाटै अलग्याउने मनशाय लियको भारतलाई मन परेको थियन/ त् भारतको को कस्ता व्यक्तिहरु को उक्साहटमा नाच्नेहरुले कसरि कांग्रेसलाई यमाले सिट गरेको भद्र सहमति तोड्न लगाउंदै आफु मिलेर बसेको यमाले कांग्रेस बात अलग्याउन सफल भय तेसले पनि देखाउंछ सुसिल बाहेकको कांग्रेस अहिले पनि उही भारत परस्त, नेपालको श्रोत बाट नेपालको भन्दा बिहार र बिहारिकै कै उन्नति गर्न जे पनि गर्ने कोईरालाहरुको कांग्रेसनै रहेको छ/ त् तेस्तो कांग्रेसले कसरि भारतले नाकाबन्दी गरे भन्ल्ला?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme