Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गुगल डुडलमा डाँफेसहित नेपालको गणतन्त्र दिवस, क्लिक गर्दा भने भारतको जानकारी

Posted on May 28, 2016May 29, 2016 by Salokya

अपडेट : सुरुमा डुडलमा क्लिक गर्दा भारतको गणतन्त्र दिवसबारे जानकारी आउने बनाइए पनि नेपाली प्रयोगकर्ताहरुले गुनासो सामाजिक सञ्जालमार्फत् गर्न थालेपछि सच्याएर नेपालकै जानकारी आउने लिङ्कमा जाने बनाइएको थियो।

google-doodle आज जेठ १५। गणतन्त्र दिवस। २०६५ सालमा पहिलो संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको दिन। स‍ंविधान हतारमा बनाउँदा बजेट पनि आजैको मितिमा आउनै पर्ने बनाइदिएछन्। त्यसैले आज बजेट दिवस पनि।

पोहोर जस्तै यसपटक पनि गुगलले नेपालको गणतन्त्र दिवसका लागि डुडल बनाएको छ। पोहोर भूकम्प गएको एक महिनामात्रै भएको थियो गणतन्त्र दिवसमा। सरकारले पनि नमनाउने घोषणा गरेको थियो। त्यसैले “हालै नेपालले भोगेको विनाशकारी भूकम्पछि हाम्रो मन र मुटु सम्पूर्ण नेपाली तथा विपत्‌पछि प्रकोपमा परेका परिवारलाई राहत पुर्‍याउन काम गरिरहेका छौँ” लेखिएको थियो डुडलमा। यसपालि भने डाँफेसहित ह्यापी नेपाल रिपब्लिक डे २०१६ लेखिएको छ। तर त्यसमा क्लिक गर्दा खुल्ने जानकारी भने यो लेख्दासम्म भारतको मात्र छ।

google

10 thoughts on “गुगल डुडलमा डाँफेसहित नेपालको गणतन्त्र दिवस, क्लिक गर्दा भने भारतको जानकारी”

  1. Ram Babu Shrestha says:
    May 29, 2016 at 10:21 am

    भारतको हेपाहा प्रबृत्ति मन परेन होला अनि भारतलाई नै नेपाल िभत्र पारेको त होइन ?

    Reply
  2. Binod Bhattarai says:
    May 28, 2016 at 9:14 pm

    haha Come Onn!! There is no Conspiracy on this one at least. It’s simply the way google search works. If you use keyword “Nepal Republic Day” it will show things related to Nepal.
    To get listed in google search you need to be be popular and those who mention things related to certain topic should bother to optimize it for search engine too. But sad to say we are not that popular in web and neither is the skill of those who come around with our Republic Day related stuff in web relative to India. At least our Republic Day is not popular at all as compared to that of India. 🙁 So just chill. It’s like saying I searched my name in google and it shows somebody else and seeing it as a big conspiracy of someone who hates you.

    Reply
  3. Ajaya says:
    May 28, 2016 at 5:45 pm

    “नेपाल रिपब्लिक डे” सर्च हुन्छ त

    Reply
  4. Narayan Gaire says:
    May 28, 2016 at 5:44 pm

    Now it is corrected.

    Reply
  5. भक्तपुरे says:
    May 28, 2016 at 2:50 pm

    नेपालकै गूगल डूडल हाल्यो भनेर उफ्रिनु पर्ने केहि छैन । किनकि यो नेपालमा बसेर चलाउनेले वा जसले google.com.np (डट एनपी) प्रयोग गर्छ उसले मात्रै देख्ने हो क्यारे । नेपाल बाहिर अरुले पनि देखे पो नेपालको विज्ञापन नै हुन्थ्यो र रमाउनु । यो हाता लाग्यो फुस्सा हुने कुराको नी के न्यूज बनाईराहुन् पत्रिकाहरुले पनि अचम्म लाग्छ बा ।

    Reply
  6. Krishna says:
    May 28, 2016 at 2:15 pm

    google is searching only the tag “repulic day” when someone click on the doodle. If somebody creates websites(wikipedia e.g.), then google will show this also. I think it is not the problem from google part.

    Reply
  7. नंदन चालिसे says:
    May 28, 2016 at 12:41 pm

    गणतंत्र माओबादी+सात दल लाइ भारत ले करणी गरेर जन्माको नाजायज़ संतान हो भन्ने कुरा गूगल ले कता बाट थाह पाहेछ , यो गूगल पनि सीआईए ले चलाको छ की के हो,,,,

    Reply
  8. shyam says:
    May 28, 2016 at 11:48 am

    यो काम सुन्दर पेचाई को हो, भारतिय जहाँ गहेनी आफ्नो आदत र सस्कृती देखाउछ यो तेसैको परिणाम हो,पेचाई जब गुगल का सिनियर बने तेहि बाट सगरमाथा लाई पनि चिन को तर्फ देखाउने काम भयो

    Reply
  9. sushil says:
    May 28, 2016 at 8:48 am

    गुगललाई सबैकुरा थाहा नहुँदो रहेछ. कहिले लिपुलेक गुगल म्यापमा भारतमा देखाउछ. सिकाउन पर्ने भयो धोती “सी.इ.ओ” लाई.

    Reply
  10. bharat says:
    May 28, 2016 at 8:02 am

    maile click garda yesto aayo ta-

    Happy Republic Day, Nepal!

    Today’s doodle shows Nepal’s national bird, the Danphe, or the Himalayan Monal. The male pheasant is brilliantly plumed with iridescent colors highlighting the beauty of Nepal. The female, a mild brown, represents its constancy and warmth. Similarly, Nepal is a nation of vibrancy and contrast, counting among its features both the world’s highest and most unforgiving peak and the well-preserved and magical temples and shrines of Kathmandu.

    The landscape is an appropriate metaphor for the history of a nation in which, despite great upheaval, peace prevails. We hope today’s doodle by Alyssa Winans brings pride and joy to the people of Nepal.
    feri check garnus ta////

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme