Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जुत्तामा झण्डा : सोच्नुस् त नेपालको भइदिएको भए राष्ट्रवादीहरुले के गरिसक्थे

Posted on May 27, 2016 by Salokya

jutta अमेरिकामा रहेका फोटो पत्रकार विमल नेपालले हार्वर्ड स्क्वायरमा खिचेको एउटा फोटो पठाए। कन्भर्स कम्पनीको यो जुत्तामा अमेरिकाको झण्डा राखिएको रहेछ।

अब एकचोटी कल्पना गर्नुस् त, जु्त्तामा नेपाली झण्डा भइदिएको भए के हालत हुन्थ्यो! हाम्रा राष्ट्रवादीहरुले के के सम्म भनिसक्थे, गरिसक्थे! अमेरिकामा त कसैलाई वास्तै छैन। यस्तो कुरामा ध्यान दिन समय नै छैन।

jutta

हाम्रोमा त कानुनले नै रोकेको छ। २०६९ साल जेठ २२ गते राजपत्रमा सूचना नै प्रकाशित गरी व्यापारिक प्रयोजनमा झण्डा प्रयोग गर्न रोक लगाइएको छ। हाम्रो झण्डाको प्रतीक त छातीभन्दा तल लगाउनै हुन्न।
jhanda

12 thoughts on “जुत्तामा झण्डा : सोच्नुस् त नेपालको भइदिएको भए राष्ट्रवादीहरुले के गरिसक्थे”

  1. Shankar says:
    May 29, 2016 at 3:59 am

    रास्त्रबादी लाइ जरो आफ्नो जुतामा झण्डा लगाउदा आउने हैन , आर्काको जुत्तामा झण्डा देख्दा हो | लक्ष्मी को फोटो खैरिको पेन्टी मा देख्दा , बिष्णुको फोटो खैरेको जुत्तामा देख्दा ,
    मोहमद को कार्टुन खैरेले बनाउदा सायद धर्म भीरु हरु बोख्लाएको हुन् सक्छ | तेसो त् तसलिमा नसरिन, रुस्दी लाइ पनि छोडेका छैनन् |

    Reply
  2. madan bajracharya says:
    May 28, 2016 at 9:24 pm

    शरीर को सबै अंग उत्तिकै महत्वो को हुन्छ/ ठुला प्रति आफ्नो मान देखाउन हामि पैर धोक्छौँ हात धोक्छौँ/ यसले पनि देखाउंछ कि खुट्टाको महत्व पनि शिरको महत्व भन्दा कम छैन/ जहा सम्म रास्ट्रिय झण्डा को कुरा छ हामीले भुल्नु नहुने कुरा के हो भने रास्ट्रिय झण्डा देसको मात्रै होईन त्यो व्यक्तिको परिचय अहम आधार हो/ व्यक्तिको नाम मात्रले त्यो व्यक्तिको कदर गरिंदैन/ रास्ट्र र नागरिकको अस्तित्व जिउँदो रहेको प्रमाण रास्ट्रिय झण्डाले दिन्छ/ बिना रास्ट्रिय झण्डा हामि अनागरिक र शरणार्थी बन्छौं/ तेसैले रास्ट्रिय झण्डाको सम्मान गर्नु सबैको कर्तब्य हुन्छ/ रास्ट्रिय झण्डा प्रति इमान्दार नभयको व्यक्तिले रास्ट्रिय झण्डा उसको ताउकोमै राखे पनि तेस्को कुनै अर्थ रहँदैन/ तर रास्ट्र र रास्ट्रिय झण्डा प्रति इमान्दार व्यक्तिले रास्ट्रिय झण्डा खुटा बा जुत्तामा अंकित गरे पनि रास्ट्रिय झण्डाको अपमान हुँदैन/ रास्ट्र र झण्डा जे जस्तो अबस्था र आकारको भयमा पनि तेसैमा गौरव नमान्ने व्यक्ति बा समुह नै अशान्ति र कलहको कारण बन्छ भन्ने कुराको उदाहरण अन्त खोज्नु पर्दैन; यसै कुरा ले नेपाली मनलाई दुखित तुल्याउञ्छ/

    Reply
  3. Yogendra Paudyal says:
    May 27, 2016 at 7:51 pm

    सबै देशको संस्कृतिहरु फरक फरक हुन्छन, अमेरिकाले मानेका सबै कुराहरु अर्को कुनै देशमा ठ्याकै लागू गर्न सकिन्छ भन्ने छैन| नेपालमा माया गरेर कालो केटालाई ‘काले’ भनेर बोलाउन सकिन्छ, अमेरिकामा काले भन्नुस त कसैलाई| जिन्दगीमा कहिले नभोगेको पिडा भोग्नु हुन्छ, त्यसकारण अनाबश्यक कुरामा दाज्ने काम नगरूम|

    Reply
    1. Sarita says:
      May 28, 2016 at 9:16 am

      काले लाइ काले भन्दा केहि फरक पर्दैन हो ! काले is a official word. अम्रिका मा बसे भन्दैमा गफ दिने !

      Reply
  4. shyam says:
    May 27, 2016 at 7:12 pm

    Yes, we have to worry about the respect for our country and this can be happen only when we work hard and build our nations. This will not be a easy task but somewhere and someone must start repairing and mending the behaviors that we are not being able to follow. I am sure all the examples that I would include may not deliver the message that is intended for.
    – Our national flag is the identity of our nation. It should not matter as long as we have respect on our nation. While you can wear a t-shirt with the national flag on it, then why can’t you wear a shoe? It seems like you discriminate your own body parts?
    – “I love Nepal” does not statute that you love Nepal, but try to support it by any means you can. Tidy your house, and then your neighbors, and your village.
    – If you are educated, provide the education that you learnt during your school, and your share your experience. Be a role model.

    I am sure people may laugh when you try to resurrect the things that is happening around you but eventually it will work.
    How many we are there who wish to bring the changes? How many are there who talk about bringing changes and how many are there who actually work to bring the changes. We can complain, we can blame, we can even get mad but at the end its the hard work that pays to bring the positive changes. Every citizen (if you call you a citizen) then you must contribute to the society what you get from the society.

    Reply
  5. राजन says:
    May 27, 2016 at 2:47 pm

    हामी यड्कको डिल डिलम दिनहुंआचि गर्दै हिंड्ने भएकाले होला खुट्टा तल्लो स्थनमा परेको, देब्रे हात जस्तै। हामिद चाकडीबाज समाजमा बस्छौ, प्रत्‍येक चीजको दर्जा छ । कतिपय पल्ट मैले सड्कमा आचि टेकेको छ ।

    Reply
  6. Birkhe says:
    May 27, 2016 at 1:43 pm

    Have a question why nobody flag their Nepalese flag in their outside….

    Never seen that scenario….except…..????

    Reply
  7. Roshan Shrestha says:
    May 27, 2016 at 10:53 am

    अमेरिकनहरुको समय नभएर वा मतलब नभएर एसो भएको होइन. खास कुरा के हो भने पश्चिमी संस्कृति मा शरीर को कुनै भाग लागि राम्रो वा नराम्रो मानिदैन. जस्तो, खुट्टा ले छोयो भने हेला गरेको वा टाउको ले छोयो भने मन गरेको भन्ने संस्कार छैन. त्येसैले जुत्ता मा झन्डा राख्दै मा कसैले झन्डा को अपमान गरेको भन्दैन.

    तर झन्डा को अपमान गरेको यहाँ को मानिस हरुलाइ पनि पाच्य भने हुदैन. मैले पनि देखेको छु, एउटा कार्यक्रम मा एउटा सानी नानीले अलि ठुलो झन्डा खेल्दै फर्फरौदै थिई. त्यो झन्डा भुइँ मा लात्रिदो थियो. नजिक को मानिस ले त्येसैरी भुइँ मा छुने गरि झन्डा फर्फरौनु हुदैन भन्न आएको थियो.

    अर्को कुरा, हाम्रो देश मा राजा आउदा झन्डा झुकाएर सम्मान देखाउने चलन थियो. अहिले रास्ट्रपति हरु लै त्येस्तो गर्छ कि गर्दैन थाहा भएन. तर यहाँ को नियम अनुसार चाही अमेरिकन झन्डा कुनै मान्छे वा चिज को सम्मान मा झुकाउन पाउदैन. नियम अरु पनि छन्.

    Reply
  8. मनोरथ अर्याल says:
    May 27, 2016 at 8:24 am

    अमेरिका मा त बिकिनी मै लगाएर हिड्छन

    Reply
  9. Ram Thapa says:
    May 27, 2016 at 8:18 am

    साथी हरु ,

    खोक्रो रास्त्राबाद देश को लागि घातक हो/ अहिले को जमाना मा सिमाना , भाषा , जात् जाति सबै ले केहि कासैलाइ दिदैन/ नेवार राज्य अथवा मधेश राज्य ले केहि हुनेवाला छैन/ मुख्य नैतिक इमान्दार हुन सिकौ सबै को फलिफाफ हुन्छा/

    सबैले बुझौ देउबा ओली उपेन्द्र अशोक रे प्रचण्ड सबै पद को लागि जनताको बुद्धि भुटेका छन्/ हामि तिनैको पछि दौडी छ्यौ/

    अब सबै मिलेर संबिधान कार्यनावन गरौ र सहि पार्टी लाइ जिताऊ यहि सबै नेपाली को लागि कल्याण छ/

    राम

    Reply
  10. sushil says:
    May 27, 2016 at 6:34 am

    उनीहरुलाई सजिलो छ नि! किन जुत्तामा अमेरिकाको झन्डा राखिस? भनेर कसैले कचकच गर्यो भने, अमेरिकाको होइन लाइबेरियाको हो अथवा पोर्टो रिकोको हो भन्दे भैहाल्यो. हाम्रो झन्डा युनिक छ, कुरो टिमालनै मिल्दैन.
    तेही माथि अमेरिकासंग देखाउन अनेक प्रबिधि र शक्ति छ, हामी संग भएको मद्धे दौरा सुरुवाल अंग्रेजी कोटले छोपिदिन्छ, कालो टोपी कपाल जस्तो देखिन्छ, अनि अन्तराष्ट्रिय जगतमा देखाउने तेही झन्डा त हो नि.

    Reply
  11. Manoj Regmi says:
    May 27, 2016 at 6:25 am

    हरेक देश ठाउको संस्कृति फरक फरक हुन्छ, एउटा समाजमा कुनैकुरा सहजै पाच्य हुन्छ अर्को समाजमा त्यही कुरा अपाच्य। यसमा तुलना गरेर त्यो ठाउमा यस्तो हुनसक्ने यहा किन भन्ने प्रश्न गर्नु अर्ध ज्ञानहो। सांस्कृतिक समाजदारि (cultural sensitivity) तेसै को लागि हो।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme