Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खाडीमा २० हजार कमाउन जाने किन जब सुन्धारामै १ लाख कमाउन सकिन्छ

Posted on May 25, 2016 by mysansar

-साक्षात् सुशिल –

11838561_805146469607049_8299432085349484607_o यस्तो सास्ती खपेर पनि त्यति थोरै रकमको निम्ति जाने क्रम रोकिएको छैन । तर के नेपालमा त्यति रकम पटक्कै कमाई नहुने भएर बाध्य भएर गएका हुन् त ? त्यसरी विदेशिनेहरुको तर्क छ – नेपालमा बसेर के गर्ने ? काम पाईदैन, व्यवसाय गर्न पुग्ने लगानी जुटाउन सकिदैन अनि खाडी नगएर के गर्नु ? तर पख्नुस है, यो कुरा पुर्ण सत्य नहुन सक्छ । उपाय त्यसरी तर्क गर्नेको निम्ति ‘ लाज लाग्ने काम’ हुन सक्छ तर पनि उपाय पनि छ।

11907164_805143032940726_4381486885715433805_o

कुर्दिस्तानमा राम्रो पैसा आउँछ भन्दै दलालले इराकमा लगेर हरिबिजोग पारेपछि धरान की १९ बर्षीय मनिषा राईको बल्ल आफु बेचिएको भन्ने चेत खुल्यो । बिहान सात बजे देखि बेलुका राति एक बजेसम्म काम गर्नुपर्ने त्यो पनि दिनभरीमा एक चौटा माछा खाएको भरमा – नागरिक न्युज

धादिङ्गकी सुनिता मगर पैसा कमाउने र छोराछोरी पाल्ने सपना बोकेर घरेलु कामदारको रुपमा द्वन्दग्रस्त मुलुक सिरिया पुगिन । त्यहाँ पुगेपछि पैसा कमाउने त परको कुरो, घर बाहिर निस्किए कुनै पनि बेला मारिने अवस्था थियो । रुवाबासी गर्दै आफु फ़सिएको र उद्धार गरिदिन परराष्ट्र मन्त्रालयसमक्ष बिन्ती गरिन – अन्नपुर्ण पोस्ट

खाडिमा घरेलु कामदारलाई चरम शारीरिक र मानसिक यातना हुने भएकोले तीस बर्ष भन्दा कम उमेरका युवतीहरुलाई घरेलु कामदारको रुपमा जान प्रतिबन्ध – माइसंसार

मलेसियामा नेपाली कामदारले तलब पाएनन्। एउटा कामलाई भनेर अर्कै काममा फ़साइयो। गैरकानुनी रुपमा बस्ने बढे। फलानो मानसिक रुपमा विक्षिप्त भएर फर्क्यो। फलानी दिनहुँ यौन शोषणमा पर्थिन्।

यी खालका समाचारहरु आएका प्राय: आइरहेका हुन्छन नेपाली पत्रपत्रिकामा । पत्रपत्रिकामै छापिएका तथ्यांक छ – दैनिक १५ सय नेपालीहरु विदेशिने गरेका छन् । ति मध्ये अधिकांस लेबर, मेसन, किचन हेल्पर, पेन्टर, ड्राइभर, गार्ड इत्यादि अदक्ष कामदारको हैसियतमा विदेश जान्छन । जसको मासिक तलब २० देखि ४० हजार रुपैया हुन्छ । परदेशी ठाउँ, परिवार आफन्तबाट टाढा, भद्रगोल तरिकाको कोचाकोच बसाई र अव्यवस्थित खानपिनको बारेमा भन्नै पर्दैन ।

यस्तो सास्ती खपेर पनि त्यति थोरै रकमको निम्ति जाने क्रम रोकिएको छैन । तर के नेपालमा त्यति रकम पटक्कै कमाई नहुने भएर बाध्य भएर गएका हुन् त ?

त्यसरी विदेशिनेहरुको तर्क छ – नेपालमा बसेर के गर्ने ? काम पाईदैन, व्यवसाय गर्न पुग्ने लगानी जुटाउन सकिदैन अनि खाडी नगएर के गर्नु ?

तर पख्नुस है, यो कुरा पुर्ण सत्य नहुन सक्छ । उपाय त्यसरी तर्क गर्नेको निम्ति ‘ लाज लाग्ने काम’ हुन सक्छ तर पनि उपाय पनि छ।

म एघार कक्षामा पढ्दै थिएँ । भर्खर भर्खर मोबाईलको जमाना आएको थियो । म नोकिया एघार सय मोडलको फोन बोक्थे । स्क्रिनमा रंगको नाममा पहेलो र कालो मात्र देखिने । तत्कालिन अवस्थामा सबै भन्दा सस्तो त्यहि थियो, जुन मेरो आर्थिक हैसियतलाई सुहाउँथ्यो पनि । पुतली सडकको न्युप्लाजा भित्रको गल्लिमा एक मधेशीमुलका व्यक्तिले सानो चना चटपटे र पानीपुरी बेच्ने काम गर्थे, चोयाको काण्डमा काठको तख्ता टेकाएर । वरिपरि गर्ल्स होस्टेलले ढाकिएको त्यस क्षेत्रमा उनको चट्पटे ब्यापार यति फस्टाएको थियो की खानको लागि उनले दिएर भ्याउँदैन थिए । ग्राहकहरु धेरै बेर कुरेर खानुपर्ने स्थिति थियो । हामी साथीभाई बीच कुरा चलेको थियो – उनले चनाचट्पटे बेचेर काठमाडौँमा चार आना जग्गा जोडेका छन् अरे । त्यो कुराको पुष्टि हुने कुरै भएन । सोध्ने कुरो आएन । कुरा रे मै सिमित रह्यो तर एउटा कुरा चै पक्का थियो । उनले बोक्ने मोबाइल कलर थियो महँगो किसिमको । जुन मैले किन्न सकेको थिइन । यो कुरा आज भन्दा बाह्र बर्ष अघिको हो ।

भारतको बिहार राज्यबाट पन्ध्र बर्ष अगाडी रोजगारीको निम्ति काठमाडौँ छिरेका सुरेन्द्र साह काठमाडौँको सुन्धारामा चनाचटपटे बेचेर मात्रै महिनाको एक लाख बढी आम्दानी गर्छन भनेर बिजमाण्डुमा समाचार छापिएपछि भने न्यु प्लाजामा पानीपुरी बेच्ने ब्यापारीले काठमाडौँमा चार आना जग्गा जोडेको कुरामा शंका गरिरहनु पर्ने ठाउँ रहेन । नेपालमै बसेर महिनाको एक लाख आम्दानी गर्न सक्नु चानचुने कुरा लाग्दैन तर चानचुनकै ब्यापार देखिने पानीपुरी र चनाचटपटेबाट सम्भव हुँदो रहेछ ।

मेरो आमा गृहणी मात्र नभएर एक व्यवसायी पनि हुनुहुन्थ्यो । म जन्मनुअघि देखि नै होटेल संचालन गर्नुभएको आमाले आजसम्म होटलको अलावा, किराना, पानपसल, कुखुरा पालन, ब्याग उधोग, कपडा पसल सबै क्षेत्रमा हात हालिसक्नुभएको थियो । कुनै व्यवसाय सफल भए कुनै असफल । बाबाले एउटै जागिरबाट अवकास लिने बेलासम्म आमाले थुप्रै व्यवसायको अनुभव संगालिसक्नु भएको थियो । खालि हात बसेको अहिले सम्म थाहा भएन । बिस्तारै उमेर ढल्किदै गयो । तीन दिदीहरुको बिहे भयो । विवाहित दाइ पनि आम नेपाली झैं खाडीतिरै हान्नियो । आमा र भाउजुलाई दिनभरी सिरियल हेरेर मात्र चित्त बुझ्ने कुरै थिएन । काठमाडौँको जोरपाटी स्थित आफ्नै घरमा सटर छैन । केहि मिनेट दुरीको घरमा सटर भाडामा लिएर खोल्नु भएछ, त्यहि – पानीपुरी, चनाचटपटे, आइसक्रिम, बरफ यावत राखिएको पसल ।
उता दाई खाडीमा औधि दु:ख पाईयो भन्दै फर्किसकेको थियो । फिनल्याण्ड अन्तराष्ट्रिय व्यवसायमा स्नातकसकेर नेपाल फर्केको बेला थियो । पानीपुरी र चनाचट्पटे खानेको उग्र भिडलाई दिएरै नभ्याईने रहेछ । स्कुल कलेज पढ्ने बिधार्थी, पढाउने शिक्षक शिक्षिका, अस्पतालका नर्स र डाक्टर, बिरामी कुरुवा, बटुवाको राम्रै चहलपहल हुने रहेछ ।

सडक छेउमा टेको लगाएर खोलिने चनाचटपटे भन्दा सफा, आकर्षक त थियो नै साथमा पानीपुरीमा दिईने झोलको बिशेष तारिफ रहेछ । अरु पानीपुरी पसलेहरुले पनि झोलमा के हाल्नुहुन्छ भनेर सोध्न आएको कुरा सुनाउनुहुन्थ्यो । म लोभिएँ । कक्षामा सफल र असफल व्यवसायहरुको केस स्टडी मात्र गरेको थिएँ – त्यहाँ आफ्नै परिवारको व्यवसायले राम्रो ब्यापार गरेको देखेपछि हिसाब गर्न मन लाग्यो । पसल बिहान ८ -९ बजे खुल्दो रहेछ, साँझ ६-७ बजे बन्द । यसर्थ दुई जनाले दिनमा औसत आठ घण्टा गर्छन । सटरको भाडा तत्कालिन अवस्थामा पाँच हजार रहेछ । दिनको ब्यापार २५ सय देखि ३५ सय सम्म हुँदो रहेछ । यो हिसाब पानीपुरी र चनाचट्पटेको मात्र हो । कोक फ्यान्टा, आइसक्रिम र अन्य चिजको हिसाब यहाँ राखिएको छैन । दिनको औसत ४३५० आम्दानी राखेर सम्पुर्ण खर्च कटाउँदा ६० हजारको हाराहारीमा नाफा निस्किने रहेछ । अर्थात एक जनाको दिनको आठघण्टा काम गरेबापत महिनाको ३० हजार रुपैया । घर मै खाएर, बसेर ।
न अव्यवस्थित बसोबास र खानपानको टेन्सन, न करार अवधि न दलालको लफडा ।

खाडीमा हल्लिएर दु:ख पाएर फर्किएको दाइ अचेल ‘ मान्छेहरु किन विदेश जान्छन बेकारमा?’ भनेर सम्झाउन थालेको छ ।

आमाले खोलेको पानीपुरी पसलमा अझै पनि धेरै कमजोरीहरु देखे, जसलाई केहि सुधार गरेर ब्यापार बढाउन प्रशस्त ठाउँ छ । कक्षामा जतिनै सानो ब्यापार भए पनि ’भिजन र मिसन’ भने हुनुपर्छ भनेर पढेको थिएँ । फेसबुकमा पसलको पेज खोलिदिएँ । चनाचट्पटे र पानीपुरीको ठुलो साइजमा फोटो खिचेर फ्लेक्स प्रिन्ट गरिदिएँ । यहि कारणले ग्राहक बढ्यो बढेन थाहा भएन तर एउटा ‘ब्राण्ड’ निर्माणको आवश्यक कदम पुरा गरें । तत्कालै त्यो पसल एउटा स्थापित ब्राण्ड हुने अवस्था नरहे पनि एक नेपाली युवालाई २० -३० हजारको निम्ति घरपरिवार छोडेर खाडी छिर्न भने रोकेको थियो ।

हार्लेण्ड साण्डरले विश्वविख्यात ब्राण्ड केएफसीको सुरुवात सडक छेउको सानो होटेलबाटै गरेका थिए । क्यालिफोर्नियाको सान बर्नाडिनोमा खोलिएको ढाबा पसलको ब्राण्ड आज म्याकडोनाल्डस नामले संसार प्रशिद्ध छ । ती दुवै क्रमश: अमेरिकाका र जर्मनीका सामान्य खानेकुरा थिए।

अदक्ष कामदारहरु बिदेशिएर जिन्दगीभर पेण्डुलम बन्दै महिनाको २० – ३० हजारको निम्ति श्रीमती, सन्तान, बाबुआमाबाट टाढा बस्नु भन्दा यहि पेशा ठिक छैन र ?

तर समस्या छ । ”धत् पानीपुरी पनि बेच्छन ? हाम्रो इज्जत छैन ? ”………….. (बाँकी अर्को ब्लगमा)

11 thoughts on “खाडीमा २० हजार कमाउन जाने किन जब सुन्धारामै १ लाख कमाउन सकिन्छ”

  1. kancha says:
    May 27, 2016 at 5:59 am

    अस्ति समाचारमा सुनचादी संघको मान्छेले भन्दै थियो कि नेपालमा मिस्त्री नभएर भारतको बेंगल रबिहारबाट ल्याएर 1देखि डेढ लाख मिस्त्री त सुनचादी उद्योगमा मात्रै काम गर्छन बिदेसी .अझ कबाडीको काम,तरकारी खुद्रा ब्यापारी, कपाल काट्ने,समोसा ,पानीपुरी बेच्ने ,सानो तिनो एलेक्त्रिकल मर्मत गर्ने , मेकानिक्स ,मिस्त्री त बहुसंख्याकनै इन्डियन छन् .
    2 वर्ष पहिले मेरो घरको प्लास्टरको लागि इन्डियन मिस्त्रीहरुले दिनको 1000 को rate मा काम गर्यो ,काठमाडौँ र ठुलो सहरमा त महिनामा 20 दिन काम पायो भने नि 20 हजार त भै हाल्योनि .
    अझ ऐहेले त जग्गा भाडामा लिएर byabasahik organic खेति गर्ने चलन आइ रा छ , त्यो गर्न सकेमा त europe /US को कमाई नेपालमै गर्न सकिन्छ .जाँगर र हिम्मत हुन पर्यो हामीमा

    Reply
  2. deepes says:
    May 26, 2016 at 10:53 pm

    लेखक पनि ओली बा कै फ्यान रछन. विदेशिने को संख्या कति छ भन्ने बिचार गरेनछन. बिनोद चौधरी पनि येतैका हुन् केरे. प्रधान मन्त्रि मन्त्रि पनि नेपाली नै हुन् कि कसो सथिहो. किन जाने विदेश मन्त्रि प्रधान मन्त्रि हुन पाइन्छ. नेपाली नै पो भाका रछन. मा किशान ४५० सुन्तलाका बोट थिए करिब ८ देखि १० लाख को सुन्तला बेच्थे जिन्दगि राम्रो थियो. सिट्रस ग्रीनिंग रोग लाग्यो. न पहिला समय मा रोग चिनियो किन कि प्रबिधि थिएन अहिले २०० बोट छन् तैपनि ३ लाख को बेचिरहेछु तर अब ४ ५ बर्षमा त्यो पनि सकिन्छ. अब पाखोमा नया सुन्तला ग्रीनिंगले हुन दिदैन. अमेरिकाले रोक्न नसकेको रोग ओलीको भासणले रोकिन्न. के गर्ने. लेख्ने लाइ के थाहा छ काम गरेर खाने को पिडा कति छ. एउटा बिनोद चौधरी र गोल्छा को उदाहरण दिएर आदर्श बादी नहुनुस लेखक महोदय कोदालो उठाउनुस आदर्श छु मन्तर काली हुन्छ ४५० बोट ले लटरम्म सुन्तला फल्दा मा पनि भयङ्कर आदर्शबादी थिए हाहा.

    Reply
    1. bibek dhakal says:
      May 27, 2016 at 11:43 am

      तपाइको पन्क्तिहरुको निस्कर्ष के हो बुझिएन?
      – नेपालमा सुन्तला खेति गर्यो भने बोटमा रोग लागेर सखाप हुन्छन तर विदेशमा गर्यो भने हुँदैन?
      – नेपालमा ब्यापार गर्दा घाटा/डुबान को रिस्क छ तर विदेश मा छैन ?
      – नेपालमा सफल ब्यापारी कहलाउन गोल्छा र चौधरी जस्तो अरबपति नै हुनु पर्छ? आफ्नो जीविकोपार्जन र अलिकति एक्स्ट्रा बच्ने ब्यापार गर्नुलाइ सफल भनिन्न?

      Reply
  3. कमल says:
    May 26, 2016 at 3:06 pm

    पानीपुरी जस्तै अरु पनि सयौ साना व्यवसाय होलान| यसलाई उदाहरण मानेर अरु पनि खोज्ने हो| हाम्रो बानी के छ भने आफ्नै मान्छेले एउटा काम गरेको देख्यो भने तेस्तै गर्छ कुनै फरक प्रस्तुति नराखी| अलिकति सोच र नवीनतम दिन सके राम्रो हो|
    हाम्रा गाउँ घर बाट जागिरको खोजीमा नेपालीले दिल्लीमा अरुको मोमो बेचेको देख्छु, मिर्मिरे देखि मध्य रात सम्म जोतिएको हुन्छ| सुत्नलाई बिरामी सार्ने ठाउँ हुन्छ| त्यति दुख र मेहनत नेपालमै गरेको भए कति राम्रो हुनेथियो|
    पैसै हुनपर्छ भन्ने छैन| एउटा कुराको ग्यारन्टी नै छ भने पनि हुन्छ| त्यो के भने जसले लगातार मेहनत गर्छ, लगनशील बन्छ, कुलतमा व्यग्र छैन, त्यो व्यक्ति कुनै न कुनै हालतमा सफल बन्छ कुनै दिन गएर| खाडी र दिल्लीको गल्लि चाहर्न पर्दैन|
    हाम्रो मुलुकमा यस्तो सुझाव उपलब्ध गराउने कुनै फाँट छैन| सरकार र आइएनजीओले यस्तो कदम चाले राम्रो हुने हो| युवालाई व्यवसाय र रोजगार उपयुक्त सीप तालिम दिइनु पर्छ| क्याम्पस र स्कुल देखि नै प्रेरित गराईनु पर्छ|
    एउटा मनमा लागेको उदाहरण:
    शहर, गाउँ घरमा केश काट्ने सीप सिकाईन पर्छ र यो पेशालाई अलिकति आधुनिकरण गरेर छुट्टै नाउँ दिएर (भनौ, हेयर कटर, ड्रेसर, इत्यादि ) सबैलाई अंगाल्न सक्ने बनाईन पर्छ| सोच्नुस मासिक रुपमा डेढ करोडले केश काट्दा कति आम्दानी हुन्छ?

    Reply
  4. dor rampur says:
    May 25, 2016 at 8:20 pm

    बेदेसी सपना देख्न छोडौ …
    ===============
    नेपालीहरु ले बेदेश न जाने लै हेला गर्न छोड्नु पर्छ |
    देश मा बसी काम गर्ने लै सम्मान गर्नु पर्छ |

    बेदेसियेका सबै ले येउतै काम गर्दैनन् |
    कोहि पधेलेखी डाक्टर, प्राबिधिक, बेपरी छन् त कोहि घर मजदुर
    बेदेसियेका सबै ले पैसै पैसा कमौदैनन |
    कोहि लाखौं कमौछन त कोहि भएको पनि गुमौछन |

    सबै ले देश मै बस्नु पर्छ भन्ने होइन
    सबै विदेश जाने त पटकै होइन |
    सबै ले पनि पुरी बेचने भनेको होइन
    अरु येस्तै काम गर्न सकिन्छ |

    राम्रो संग सोचौ |
    सके देश को लागि न सके आफ्नो र आफ्नो परिवार को लागि सोचौं |

    Reply
  5. prakash says:
    May 25, 2016 at 12:41 pm

    पानी पुरी त बेच्ने तर कति जनाले , की सबै जनाले पानी पुरी मात्र बेच्ने

    Reply
    1. shyam says:
      May 25, 2016 at 9:44 pm

      सबैलाई यहि काम गर भनेको हैन, एउटा उदाहरण हो. चाहे भने गर्न गर्न सकिन्छ भन्ने नमुना हो यो, बिदेशमा पनि नेपालीहरुले नाम नै नकमाएको चाही हैन, जहाँ गरे पनि हुन्छ तर एउटा लगन र आत्माबिस्वास चाही हुदै पर्छ भन्ने पाठ सिकाएको हो बहलाठक हरुलाई.

      Reply
    2. Amar Thapa says:
      May 26, 2016 at 11:50 am

      पानी पुरी र एउटा उदाहरन मात्र हो नि त / गर्न मन भए नेपालमा नै धेरै कामहरु छ्न/अचारहरु मात्र पनि हुन्छ . धूप बत्ति पनि हुन्छ तितौरा मसेउर हुन्छ , ग्राहक को मन जितने सीप जित्नु सक्नु पर्छ . बुद्दी / धैर्य र लगन्शील्ता चाहिञ्छ . आफ्नै देश्मा सुन फ्लछ .

      Reply
  6. Bishwamitraa says:
    May 25, 2016 at 6:53 am

    अरु कुरा त ठिकै हो तर, १५ बर्ष अगाडी बिहारबाट आयर कसरि काठमाडौँ मा जग्गा किनियो यार, नागरिकता कसरि पाइयो त्यो पनि interest को बिषय भयो यार मेरो लागि

    Reply
  7. Deepak says:
    May 25, 2016 at 4:26 am

    सबै लाई पानी पूरी र चटपट बेच्ने काम का पुग्छ र??? अरु कुनै काम छन की तेहि मात्रै हो?

    Reply
    1. sujan maharjan says:
      May 25, 2016 at 10:48 pm

      यो त उदाहरण मात्रै हो अरु धेरै काम छन् जस्तै मो मो बनाउने, चिया चमेना पसल, पशु कुखुरा माछा पालन, च्याउ खेति आदि इत्यादी तपाई ले जे मा सोख छ त्यो गर्नुस!!!

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme