Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओलीको सपना कस्तो, विपना यस्तो : घोषणा र कार्यान्वयनमा कति फरक

Posted on May 22, 2016May 22, 2016 by mysansar

oli प्रधानमन्त्री ओलीले सिंहदरबारमा पाइला टेकेदेखि नै घोषणाको बाढी लगाए, तर कार्यान्वयन सुक्खा छ। प्रशंसकहरुले जति रफु भर्न खोजे पनि ती अधिकांश घोषणा कार्यान्वयन हुने संकेत नदेखिएको बारे नयाँ पत्रिकाले गरेको तुलना हेरौँ।

घोषणा १ : तुइन विस्थापन

२४ असोजमा प्रधानमन्त्रीमा निर्वाचित ओलीले अर्को दिन शपथग्रहणपछि सिंहदरबार पुगेर कार्यभार पनि लिएका थिए । प्रधानमन्त्रीका रूपमा कुर्सीमा बस्नासाथ उनले गरेको पहिलो निर्णय थियो– देशका सबै नदीलाई तुइनमुक्त बनाउने । ओलीले देशभरका तीन सय ८५ वटा तुइन विस्थापित गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । प्रधानमन्त्रीको सो निर्णयलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । प्रधानमन्त्री कार्यालयका अनुसार यसका लागि तीन अर्ब ७७ करोड छुट्याइएको थियो ।

तर काम…

प्रधानमन्त्रीको सो निर्णयपछि मात्र सरकारले अध्ययन गर्‍यो । देशमा तीन सय ८५ होइन एक सय ७१ वटा मात्रै तुइन रहेको प्रमाण फेला पर्‍यो । प्रधानमन्त्रीले दुई वर्षभित्र तुइनमुक्त नदी बनाउने भनेका थिए, तर एक वर्षमा १२ वटा तुइन हटाएर झोलुंगे पुल बनाउने स्थानीय विकास मन्त्रालयको योजना छ।

घोषणा २ : एक वर्षभित्र लोडसेडिङ अन्त्य

पदभार ग्रहण गरेको करिब एक महिनापछि २२ कात्तिकमा पाँचथरको रविमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले भने, ‘एक वर्षभित्रै सरकारले लोडसेडिङ अन्त्य गर्नेछ ।’ २९ कात्तिकमा देशवासीका नाममा सम्बोधनका क्रममा पनि ओलीले यसलाई दोहोर्‍याए । त्यतिवेला दैनिक करिब आठ घन्टा लोडसेडिङ थियो ।

तर काम…

प्रधामनन्त्रीको घोषणापछि लोडसेडिङ दिनमा १४ घन्टासम्म पुग्यो र उनले घोषणा गरेको एक वर्षभित्र अर्थात् कात्तिकसम्म लोडसेडिङ उस्तै रहनेछ । एक वर्षभित्र निजी क्षेत्रका करिब दुई सय मेगावाटका आयोजना निर्माण सम्पन्न हुने अनुमान गरिएकोमा करिब एक सय ५० मेगावाट मात्रै आपूर्ति हुने भएको छ । भारतबाट विद्युत् आयात बढाउन नेपालतर्फको प्रसारण लाइन क्षमता छैन । नेपाल विद्युत् प्राधिकरणका अनुसार हरेक वर्ष विद्युत् माग १० प्रतिशत बढिरहेको हुन्छ । तर, उत्पादन कम छ ।

घोषणा ३ : हावाबाट तीन हजार मेगावाट

प्रधानमन्त्री ओलीले आफैँ अध्यक्ष रहेको लगानी बोर्डबाट हावाबाट बिजुली निकाल्ने प्रस्ताव कार्यान्वयन गर्ने निर्णय गराए । ५ पुसको बोर्ड बैठकले हावाबाट बिजुली निकाल्न प्रस्ताव पेस गर्ने दी गोर्खाज युकेसँग काम अगाडि बढाउन बोर्ड कार्यालयलाई निर्देशन दिएको थियो ।

तर काम…

बेलायतनिवासी व्यवसायी वसन्त भुजेलले हावाबाट बिजुली निकाल्ने प्रस्ताव पेस गरेका आधारमा प्रधानमन्त्रीले प्रफुल्लित भएर योजना सुनाएका थिए । भुजेलको कम्पनी दी गोर्खाज युकेले पहिलो चरणमा तीन सय र तीन वर्षमा तीन हजार मेगावाटसम्म वायु ऊर्जा उत्पादन गर्ने आसयको निवेदन लगानी बोर्डमा दिएको थियो । तर, प्रस्ताव माग गरिएको चार महिना पुग्न लागे पनि सो कम्पनीले न प्रस्ताव पेस गरेको छ न कम्पनीका सञ्चालक वसन्त भुजेल नै सम्पर्कमा छन् ।

घोषणा ४ : पाइपमार्फत घरघरमा ग्यास

प्रधानमन्त्री केपी ओलीले २४ पुसमा एमाले राजधानी विशेष समन्वय कमिटीको भेलामा सम्बोधन गर्दै पाइपलाइन जोडेर घरघरमा ग्यास पुर्‍याइदिने घोषणा गरेका थिए । ग्यासको सिलिन्डर बोकेर सडकमा दौडने युगको अन्त्य गरिदिने उनको दाबी थियो । ‘स्विच अन’ गर्नासाथ पाइपबाट घरमै ग्यास आउने महत्त्वाकांक्षी योजना उनले सुनाएका थिए ।

तर काम…

प्रधानमन्त्रीको घोषणालगत्तै उद्योगमन्त्री सोमप्रसाद पाण्डेले खानी तथा भूगर्भ विभागलाई काठमाडौं उपत्यकामा रहेको ग्यासखानी उत्खनन प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । उनी स्वयं खानीस्थल इमाडोल र टेकुमा पटक–पटक पुगे । तर, दुवै ठाउँबाट ग्यास उत्खनन सफल हुन सकेन । मन्त्री पाण्डेले तीन वर्षभित्र अध्ययन र अन्वेषण सक्ने र त्यसपछि व्यावसायिक उत्खनन गर्नेगरी काम भइरहेको दाबी गरे । टेकुको पचलीमा पनि ग्यास उत्खनन गर्न खोजिएको थियो । त्यहाँको कुवामा गाडिएको पाइप बीचमा अड्किएपछि ग्यास उत्खनन हुन सकेन ।
अन्वेषणले उपत्यकाको २६ वर्गकिलोमिटरभित्र ३१ करोड ६० लाख क्युबिक मिटर मिथेन ग्यास रहेको देखाएको थियो । ग्यास उत्खननका लागि पाँचपटक अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिए पनि कुनै कम्पनीले इच्छा देखाएनन् ।

घोषणा ५ : काठमाडौंमा मेट्रो रेल

प्रधानमन्त्री केपी ओलीले पदभार सम्हालेपछि देशवासीका लागि गरेको सम्बोधनमा काठमाडौंमा मेट्रो रेल चलाउने घोषणा गरे । भारतको अघोषित नाकाबन्दी चलिरहेका वेला गरिएको सम्बोधनमा ओलीले भने, ‘भारतको अघोषित नाकाबन्दीले नेपाल कुनै एक मुलुकप्रति कति परनिर्भर रहेछ भनेर आँखा खोलेको छ । मुलुक अब आत्मनिर्भरतातर्फ अघि बढ्नेछ । यसका लागि काठमाडौंमा मेट्रो रेल चलाइनेछ । आवश्यक तयारी तत्काल अघि बढाइनेछ ।’

तर काम…

काठमाडौंमा मेट्रो रेल चलाउने प्रधानमन्त्रीको सपनाबारे रेल विभाग भने पूर्ण रूपमा अनभिज्ञ छ । किनकि काठमाडौंमा मेट्रो रेल चलाउने विषयमा विभागमा कुनै छलफल नै भएको छैन । रेल विभागका उपमहानिर्देशक राजेश्वरमान सिंहले भने, ‘मेट्रो रेल सञ्चालनका विषयमा कुनै योजना बनेको छैन । आउँदो आर्थिक वर्षका लागि पनि कुनै योजना प्रस्ताव गरिएको छैन । कुनै विमर्श नै भएको छैन ।’

घोषणा ६ : नेपालको आफ्नै पानीजहाज

अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद्को पहिलो बैठक मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अरू देशले पानीजहाज खरिद गरेर सञ्चालन गर्न सक्छन् भने नेपालले किन सक्दैन ? पानीजहाज प्रयोग हुने बन्दरगाह प्रयोग गर्ने मात्र होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालले आफ्नो पानीजहाज प्रशान्त र हिन्द महासागरमा चलाउनुहुँदैन भन्ने केही छैन । आफ्नै पानीजहाजमा हामी सामान ल्याउँछौँ, आफ्नै रेलमा सामान तीन दिनमा काठमाडौं आइपुग्छ ।’

तर काम…

प्रधानमन्त्रीले मञ्चमा भाषण गरे, छाडे । यो विषयमा सरकारको कुनै पनि निकायलाई थाहा छैन । बरु पञ्चायत कालमा दरबारिया कम्पनीको नाममा हिन्द महासागरमा पानीजहाज चलाउने योजना बनाइएको थियो । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रको नेतृत्वमा लगानी गरेर एउटा ब्रिटिस जहाज किनिएको पनि थियो । तर, नेपाली कम्पनीले पैसा तिर्न नसकेपछि जहाज डुबेको जानकारी आयो । जहाज डुब्यो कि डुबेन थाहा छैन । तर, नेपालको राजपरिवारको पैसा डुब्यो । त्यसयता सरकारबाट कुनै पहल भएको छैन ।

घोषणा ७ :दुई वर्षमा आफ्नै पेट्रोल

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो दाबी हो– दुई वर्षभित्र नेपालमै पेट्रोल उत्पादन गर्ने । बिहीबार प्रेस चौतारी नेपालको आठौँ अधिवेशन उद्घाटन गर्दै उनले पेट्रोलियम अन्वेषण तथा उत्खननको काम सुरु भइसकेकाले अबको दुई वर्षपछि पेट्रोलमा छिमेकी देशको भर पर्नुनपर्ने बताए ।

तर काम…

नेपाली प्राविधिकसहितको ६ सदस्यीय चिनियाँ टोलीले मोरङको बाहुनीमा पेट्रोल खानी अन्वेषण सुरु गरेको छ । तर, त्यहाा तेल छ कि छैन अझै यकिन भइसकेको छैन । तीन वर्षभित्र अन्वेषणको काम पूरा हुने चिनियाँ टोलीले जनाएको छ । सकेसम्म छिटो प्रारम्भिक अध्ययन सकेर व्यावसायिक उत्खननको सम्भाव्यता अध्ययन हुने चिनियाँ टोलीले जनाएको छ । यसअघि चिनियाँ टोलीले दैलेख, धनगढी, नेपालगन्ज, लुम्बिनी, चितवन, वीरगन्ज, मलंगवा, जनकपुर, राजविराज र मोरङमा खानी अन्वेषण सम्भाव्यता अध्ययन गरेको थियो । अन्वेषण पूर्ण नहुादै प्रधानमन्त्री ओलीले दुई वर्षभित्र नेपालको आफ्नै तेलखानी हुने अभिव्यक्ति दिए । (साभार : नयाँ पत्रिका)

रफु भर्नेहरुको सम्भावित कूतर्क : भन्ने बित्तिकै हुन्छ त। खुट्टा नतान। काम गर्न देऊ।

जवाफ : हामीले पनि त्यही भनेका हौँ, भन्ने बित्तिकै हुन्न। मिति नै तोकेर एक वर्षभित्र लोडसेडिङ हटाउने, दुई वर्षभित्र पेट्रोल चलाउने भनेपछि बोली अनुसार काम गर्न सक्नुपर्‌यो कि परेन?

11 thoughts on “ओलीको सपना कस्तो, विपना यस्तो : घोषणा र कार्यान्वयनमा कति फरक”

  1. Mukunda ghimire says:
    May 24, 2016 at 10:15 pm

    हामी नकारात्मक सोच र चिन्तनबाट मनभरि निरासाको बोझ र पूर्वाग्रहको चस्मा लगाएर झुसिला प्रतिक्रिया कसरी ब्यक्त गर्ने भन्ने मनोरोगबाट मुक्त छैनौ।देश विकासकाे पछिल्लो गन्तव्य त्यतैतिर हाेइन र?कसैले यो देशको विकास बहसमा ल्याएको छ।यो निश्चय नै देश र जनताको पक्षमा छ भन्ने मलाई लाग्छ। हामी जसलाई हावादारी भन्दै छैाँ त्यसमा कतिपय कार्य प्रारम्भ भएको देखिन्छ पनि।म चाहिँ आशावादी छु ।आज बहस हुन्छ भोलि विकास ।समय त लाग्छ नि,एकतले घर त ८ ।९ महिना लाग्छ।अनि देश ६ महिनामा कति बन्ला।हामी बढीनै नकारात्मक त भएनौ? आफू मात्र भएर सोच्ने कि? एक नेपाली भएर!

    Reply
  2. शान्ति जोशी says:
    May 23, 2016 at 4:38 am

    प्रायजसो मानवमा लाज भन्ने कुरा हुन्छ / लाज र शरम भन्ने कुराले मानव र पशु छुट्याउँछ / पशुले सबैतिर दिसापिसाब गर्छ, आमा बाबु दिदी बहिनी नछुट्याई लाज भांड मनपरी गर्छ /

    जब मानिसले लाज शरम गुमाउँछ , जे बोले पनि जे गरे पनि हुन्छ भन्ने मनस्थिति मा पुग्छ त्यसपछि उसलाई केहि बोल्न र केही गर्नमा संकोच लाग्दैन /

    एउटा वेश्या को उदाहरण लिउं / सबैभन्दा पहिलो ग्राहक को अगाडि नाङ्गो नाच र व्यभिचार गर्न कुनै पनि वेश्या लाई लाज शरम लाग्दो हो , तर पहिलो वा दोस्रो ग्राहक पछि त “ए , यसो लुगा फुकालेर मनपरी गर्न दिए त् कति सजिलो पैसा आउँदो रहेछ ” भनेर लाज शरम पचाएर पेशेवर वेश्या हुन सजिलो हुन्छ /

    नेता भनेका यस्तै पेशेवर वेश्या जस्ता हुन् / अझ वास्तवमा भन्ने हो भने यी नेताहरु वेश्या भन्दा तल्लो स्तर का हुन् / कमसेकम वेश्या ले त पैसा दिएपछी के गर्नुपर्ने हो त्यो गर्न दिन्छे / यी लाज शरम पचेका नेताहरु , त्यसमा पनि लाज शरम सबै पचेको सबैभन्दा तल्लो स्तरको यो ओली – भात खाएको मुखले हो कि गुहु खाएको मुखले बोलेको हो यो लाज शरम सबै पचेको ओली ले

    Reply
  3. Mankajee says:
    May 22, 2016 at 11:21 pm

    जव सम्म प्र म पदको ( र समस्त मन्त्रि परिषद्को ) काम, कर्तब्य तथा जवाफदेहिता तोकिदैन र निगरानी गरिदैन , तबसम्म जुन प्र म भएपनि येस्तै भै रह्हनेछ /उदहरानार्थ, taxi चालक लाई यो ठाउमा येति बजे यो बाटो भएर पुर्याउ भनिदैन भने, उसले कहिले पनि त्यो ठाउमा पुर्यौदैन /

    Reply
  4. Shyam says:
    May 22, 2016 at 8:08 pm

    सपना देख्नु पर्छ, र सपना देख्नु नराम्रो पनि हैन. तर के हामी नेपालीलाई अहिले सपना नै चाहिएको हो त? के हामी सपनाकै भरमा बिकाश गर्न सक्छौ त? प्रधानमन्त्री जस्तो संबेदनशील पदमा बसेको मान्छेले यस्तो हुने नसक्ने कुरा बोल्दै हिड्नु राम्रो हो त? हो ओलीले भनेको कुरा पुरै नहुने भनेको चाही हैन. जस्तो सबै नदीहरु बाट तुइन विस्थापन गर्ने कुरा, तर के त्यो ओलीले बोलेको समयमा पुरा गर्न सम्भव छ? के हावा बाट बिजुली निकालेर नेपाललाई एक वर्षमा loadsheding मुक्त गर्न सम्भव छ त? के ओलीले बोलेका सबै कुराहरु ओलीले भनेको समयमा पुरा गर्न सम्भव छ त? हामी आफै पनि अनुमान लगाउन सक्छौ कि यी सबै कुरा हरु सम्भव त होला तर नेपालको अहिले को परिपेक्छ्यामा म कुनै पनि अबस्थामा सम्भव चाही देख्दिन. हामी आफै आफ्नो खुट्टा तान्छु, या तान्न दिन्छौ. हामी खुशी हुन सक्छौ यो हाम्रो प्रधानमन्त्रीले पनि यस्तो भन्नु भो है, म त खुशी हुदिन बरु हासो लाग्छ. हुन त अरु प्रधानमन्त्रिले के गरे भन्ने कुरा पनि आउन सक्छ, हुन त चीन संग गरेको ऐतेहसिक सम्झौता को पनि कुरा आउन सक्छ. राम्रो कुरा हो, तर त्यति हुदा हुदै पनि गल्ति लै गल्ति भन्ने पर्छ. मैले भन्न खोजेको उदाहरण नमिठो लाग्न सक्ला तर पनि एउटा भोकाएको मान्छेलाई खान दिन्छु भन्ने आश देखाएर घरभित्रै लुकेर बसेर लोप्पा खुवाए जस्तो गर्ने प्रधानमन्त्रिको नेपाली जनतालाई जरुरत चाही छैन. यदि बोल्नु हुन्छा भने गरेर देखाउनु, हैन भने त्यो बोल्नु को औचित्य नै छैन.

    Reply
  5. ऋषिराम says:
    May 22, 2016 at 7:04 pm

    हेर्नुस, कल्पनाको उडानमा जान पैसा लाग्दैन| तर मुलुकको प्रधान मन्त्रीले एउटा पछि अर्को घोषणा गर्दै जाने अनि त्यसको पछि कार्यन्वयन गर्न तयारी नगर्ने भनेको उनको पागलपन मात्र हो| व्यवहारिक हुनपर्यो| हावादारी गफले हुँदैन| खगेन्द्र संग्रौलाले त्यसै काजु कान्छा भनेका होइन रहेछ| ओलीले भोलि मंगल ग्रहमा गाउँ स्थापित गर्छु भन्न पनि बेर छैन|

    लौ ओलीलाई चुनौती| ओलीजीलाई थाहा छ उनी आज हुन् कि भोलि? तीन साता अघि प्रचंडेको पुच्छरमा समातेर नलागेको भए खुस्किसकेको उनको पद| ओलीजीले बोलेका पुर्याउन नसके उनले प्रधान मन्त्रि पद समाप्त भएपछी कुनै भत्ता वा सुबिधा नलिने| हिम्मत छ ओलीजी? नत्र जे पायो तेही बोलेर भएन|

    Reply
  6. pritam says:
    May 22, 2016 at 5:50 pm

    Barking dog seldom bites!!

    Reply
  7. Shrijan says:
    May 22, 2016 at 5:10 pm

    हास्ने होइन डराउनु पर्ने स्थिति छ.काम त ओली केहि गर्ने होइनन तर जबर्जस्ति समाज लाई धुर्बिकरण तिर लादै छन्. उनको कुरा विश्वास गर्ने वाह वाहि गर्ने बोलि मा लोली मिसाउने राष्ट्रबादी, बिकासबादी , सच्चा नेपाली आलोचना गर्ने , तःथ्य खोज्ने गर्ने हरु भारतवादी,बिकसबिरोधि ,राष्ट्रघातीं कहलिने छन् …देश का समस्या त जहाँ को तेही..

    Reply
  8. SAROJ says:
    May 22, 2016 at 4:45 pm

    सिन्को भाँच्नु छैन गफ दियो बस्यो । अनि एउटा जमात चाहिँ त्यही गफ पत्ययो बस्यो
    थुइय्या ////

    Reply
  9. Shankar says:
    May 22, 2016 at 2:37 pm

    पहिले बोल्न समेत न इआन्ने पी यम थ्यो , येस्पाली धेरै बोल्ने पी यम देश ले पायो !
    भाइ बुहारीको किड्नी बाट बाँचेको यो काजुले मृत्यु लाइ नजिक बाट देखेको छ , एसले देश कोलागि केहि सकारात्मक काम गरेको म लाइ लागेको छ |मेरो अभिप्राय छिन् सग पारबहन सम्झौता र अन्य सम्झौता हरु हो | दैलेख मा चिनियाप्रबिधिक हरु ले पेट्रोल को लागि उत्खनन गर्नु र भारत मा भुइचालो लेउनु आदि |
    उपचार को सिलसिलामा धेरै इन्डिया धाउदा कतै यो पनि बाबुराम झैँ खुफिया त् हैन भन्ने लागेको हो | तर बोल्नु , हेलो हाइ गर्नु एकातिर आफ्नो देश हित कार्य गर्नु आर्को |
    इन्डिया ले धेरै समय आफ्नो बिस्वास पात्र मानेको कांग्रेस को पालामा नाकाबन्दी गर्नु , तर ओलीको चाइना कार्ड ले खुल्नु लाइ मैले ओलीको लाइन ठिक जस्तो मानेको छु |

    धेरै उप प्रधान बनायो , धेरै सपना देखायो यो त् तपसिल का कुरा भए तर इन्डिया बहुलाएर पहिले देउबा उचाल्नु , प्रचण्ड उचाल्नु हुदा हुदा अब माकुने उफ्रनु ले यी सब र का एजेन्ट पो रहेछन कि जस्तो लाग्छ |

    तर संबिधान बनायो भन्दैमा निहु खोज्ने भारत लाइ जब ओली चीन सग न जिकियो
    पुरा भारत मा भुचालो आएको देखियो इन्डियन मिडिया राता रात मोदी सरकार माथि खनिए , इन्डियन बुद्दीजी जिबिहरु नै उल्टो मोदी बिरोध मा उत्रिए पछि इन्डिया नाका खोल्न बाध्य भयो | रक्सौल मा भात खाने हरु ले चुठ्न सम्म भ्याएनन , आफ्नै ठाउकाले पत्याएनन र काठमान्डू आए |
    हिजो गुण्डा नाइके , खुफिया आदि जस्तो लागेको ओली ले जब नेपाल को हित मा सकारात्मक काम गर्यो , सौ खुन माफ ओलीलाई |

    Reply
  10. Ekraj says:
    May 22, 2016 at 8:12 am

    We old saying, “a mad barking dog does not bite”.
    I fully agree with Gothane. Oli is a very cruel and disgusting joke in himself. His supporters are also people with no clue of time, resource, planning and expertise requirements for all the unrealistic baseless slogan this half dead dud is barking.
    He does not have to do any mad promise he is making. If he can unite all the ministers, discipline bureaucrats and reduce corruption, complete one or two most practical projects (including the reconstruction of earthquake) damaged infrastructure) I would say he did enough.
    I do not see any sense of wasting time discussing what a mad guys keeps murmuring everyday.

    Reply
  11. गोथाने says:
    May 22, 2016 at 1:05 am

    एउटा फुस्क्या पागल ले जे जे भन्यो तेस्को पछि हामि बाद विवाद गर्ने?
    देशलाई मजाकशाला बनाको छ!
    एस्तो मान्छे प्रम भाछ जसको न दिमागको ठेगान छ न बोलीको!
    न कुनै योग्यता छ, न अध्यायन छ र चिन्तन छ न लगन छ!
    जे मुखमा आयो बोल्याछ जहा पुगेर जे बोल्दा मान्छे हास्छन तेही बोल्दिन्छ!
    पागल प्रम भयको भन्दापनि पागललाई प्रम बनाउने र पागलको बोलीमा हाहा होहो लोली मिलाउने अनि यस्तो निक्रिस्तताको पराकास्ट्र लाई नराम्रो भन्नेहरुलाई नानाभाती भनेर पागलको समर्थन गर्नेहरु महा पागल हुन्!
    ओलीलाई ओलीकै हैसियत र तेस्तै दिमागी हालात भयकाले मात्र उचित र राम्रो देख्दछ!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme