Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आउनुस् ओलीको बोलीमा लोली मिलाऔँ #IamWithKPOli

Posted on May 21, 2016 by mysansar

oli -बा काँ गए केटा?
-विदेश गा छन्। पानीजहाजमा।

-तँ के गरिरा?
-भित्तामा खिटीक्क पार्ने बिग्रेछ, ग्याँसपाइपको भल्ब मर्मत गर्दैछु।

-आमा नि?
-पेट्रोल निकाल्या थिम्, बेच्न गाछिन्

-काका पनि छैनन्?
-फलाम किन्नेहरु आ थे। खानी देखाउन गा छन्।

-के को घ्यार घ्यार हो घरमा?
-हावाबाट बिजुली के। घरपछाडि। पंखा घुमेको आवाज।

-खैरा बस्या थे रे घरमा!
-गैंडा नहेरी मर्न पर्ने जिन्दगी त के जिन्दगी भन्थे। जंगल घुम्न बस्याथे केही दिन।

-अनि सबै फर्किसके त?
-एउटा चैं लुकेछ।बरु शरणार्थी बन्छु भन्थ्यो। नेपालमै काम गर्छ रे। कालोमा।

-साह्रै ठुलो राष्ट्रिय झण्डा छ त छेवाँ। काँ भेटेर ल्याइस्?
-पानीजहाजको हो। मैलो भएछ। धोएर सुकाको। अर्को हाल्याछन्।

-बाजे पेट दुख्यो भन्थे रे। ग्यास्ट्रिक भएछ कि क्या हो बुढालाई?
-कोही नि भोको नहुने देशमा के को ग्यास्ट्रिक हौ ठुल्बा?

-अनि पढाइ काँ पुर्‍याइस्?
-छोड्देँ ठुल्बा। स्कुल जानै मनलागेन।

-खुब चुटाई खाइस् कि क्या हो मास्टरको?
-ह्या बुढापनि। एउटीसँग चक्कर थ्यो, चौपट भो के। विरक्त लागो।अन्त्याँण।

-एक्कासी के दशा आइलागो र बज्जे?
-सप्पै ठिकै चल्दैथ्यो। सिगात्सेको रेल डाइभरले भगाईदेछ।

(फेसबुकमा भाइरल भइरहेको स्टायटस। तपाईँ पनि यसमा थप्न सक्नुहुन्छ)

14 thoughts on “आउनुस् ओलीको बोलीमा लोली मिलाऔँ #IamWithKPOli”

  1. Thapa Benbahadur says:
    May 25, 2016 at 2:13 pm

    प्रधानमन्त्री के पी अाेली ज्यु काे विकास शील देशकाे याेजनाहरुमा बाधक बन्न खाेज्ने महानुभाव हरुकाे प्रबृत्ति लाई देखेर धिक्कार छ उनिहरुलाई अाफु एउटा नेपाली नागरिक हूँ भन्न पनि किनभने अर्काकाे काममा टीका-टिप्पणी गर्दै हाँस्न सबैलाई सजिलाे हुन्छ , यदि सकेसम्म अाफुलाई नेपाली नागरिक भएकाे गर्व गर्दै देशकाे विकास मा अगाडि अाउने र अरुलाई पनि सहयाेग गर्ने अन्यथा अाफु यत्तिको बुद्धि हीन् छु भनेर प्रदर्शन न गर्नु नै बेस हाेला ।खुल्ला अाँखाले सपना देखेर त्यसलाई साकार गर्न प्रयास गर्ने नेताकाे सबैले साथ दिउँ , विशाल समुन्द्ररुपी देशमा एकलाे प्रधानमन्त्री काे काेशिश सफलहुन अत्यन्तै गाह्राे पर्नेछ या असफल पनि हुन सक्नेछ , यदि सबैकाे उन्नति देख्न चाहने हाे भने बाँदरवाला प्रबृत्ति छाेड्न अनिवार्य छ ।

    Reply
  2. mankajee says:
    May 22, 2016 at 11:32 pm

    आफ्नो न्वाराने नाम (खडग प्रसाद ओली ) पनि पुरा नेपालीमा लेख्न नसक्ने ले ( किनकि : ख प्र को सट्टा के पी ओली लेख्चन ) अरु रास्त्रियेता को कुरा नगरे हुन्थ्यो /

    Reply
  3. Navaraj Subedi says:
    May 22, 2016 at 1:22 pm

    यो सामाजिक संजालमा अलि बढि नै छेडछाड गरियो । बरु हामी छेडछाड गर्नेहरुले नै राम्रो कामको सुरुवात आजै देखि गर्ने हो कि……?

    Reply
  4. santosh tamang says:
    May 22, 2016 at 11:04 am

    अनि तेरा जेठो दाइ कता गयो? = चाइना ससुराली गको छ
    अनि के गर्ने गर्छ तेरो दाइले? = रेल चलाउछ,
    अनि माइलो कता छ?= कोरिया गको छ इन्डिया का धोती को धेरै चुम्चुम भयो रे बोम बनाउन सिकेर आउँछ रे

    Reply
  5. Amar Thapa says:
    May 22, 2016 at 10:12 am

    जनतालाइ पहिले पानि र बिजुली त देउ अनि थुला थुला कुरा पनि पतयाउनला पहिला अहिले को आधारभूत आवश्यकता नी पूरा गर . सकारातमक त सबै छ्न नि आभाव बीच पनि सकारातमक हुन् त् सबक जना बुद्ध हुनु पर्छ . साधु हुनु पर्छ .

    Reply
  6. प्रियदर्शन चौधरी says:
    May 22, 2016 at 12:10 am

    अनि आफ्नै स्याटेलाइट किन्ने , चन्द्रमामा आफनै यान पठाउने
    न्युक्लियर बम बनाउने गफ चाहिँ कहिले दिने हो ?
    धन्दा नमान्नुस् ओली बा तपाईँको मुखबाट त्यति शब्द झर्न पाएको हुन्न सम्भव छ सपना देख्नुपर्छ । यसरी हुन्छ सम्भव भन्ने बुद्धिजीवीहरु प्रशस्त हनेछन्

    Reply
    1. चौहान हरि says:
      May 22, 2016 at 6:41 am

      सधै असम्भव देख्ने हरु आफ्नो घरको बन्द ढोका नि खोल्न सक्दैनन।। प्रयास गरे जे पनि गर्न सकिन्छ।। सधै नेगेटिभ सोच्नेहरुको कहिले परिबर्तन होला त्यो भुसा भरिएको खोपडी मा।। बुद्धि देउ यी खुरापाते हरुलाइ जो नेगेटिभ मात्र सोचिरहन्छ्न।।अहिले सम्म केही नभको भय चीन संग को परवाहन सम्झौता को ले गर्‍यो ? कि त्यो प्रचण्ड ले गर्या हो? सुशील ले गर्या हो? खानी search हुदैछ्न त्यो नि गफ हो? जादुको छ्डी होइन जो एकै रातमा सबै हुन्छ ।। पर्खिनु पर्छ अनि आसा राख्नु पर्छ सबै सम्भव छ।।

      Reply
      1. Gagan says:
        May 22, 2016 at 3:21 pm

        चौहान सर,
        राम्रो कामलाई समर्थन गर्नु पर्छ साथ् दिनु पर्छ, ओली ले सपना मात्र बाडेका हुन्, सपनाले पेट भर्दैन सर, प्र म जस्तो मान्छेले केहि तैयारी गरेर पो बोल्नु पर्छ, सपनामा जे देख्यो, कसैले केही योजना सुनाइ दियो हल्ला गर्दी हाल्ने, पहिले तैयारी गर्यो काम गर्ने बातावरण बनायो अनि त्यहि अनुसार नीति बनाएर बोल्दा भै हाल्छ नि, १०,००० मेगावाट बत्ती निकाल्ने भन्दैछन अहिलेको नीति अनि सरकारी ढिलासुस्ती प्रवितिले त्यट्रो plant बन्ला त, हो त्यस्तो अडको फडको हटाउनु पर्यो नि प्रमले, मुखको ब्लाह ब्लाह र दिवास्वप्नले मुलुक बन्दैन

        Reply
      2. shyam says:
        May 24, 2016 at 2:13 am

        भक्त हुनु राम्रो हो तर अन्ध भक्त हुनु चाही नराम्रो

        Reply
  7. हरिकिसन यादव says:
    May 22, 2016 at 12:08 am

    सिन्को भाँच्नु छैन गफ दियो बस्यो । अनि एउटा जमात चाहिँ त्यही गफ पत्ययो बस्यो
    थुइय्या

    Reply
  8. कुसुम क्षेत्री says:
    May 22, 2016 at 12:07 am

    मृगौला रोगीले उत्तेजित पार्ने औषधि खाएर बर्बराएको कुरालाई पनि सही हो सही हो भन्दै पछि लाग्नेहरुको जमात् देख्दा टीठ लाग्छ ।

    Reply
  9. ज्ञान says:
    May 22, 2016 at 12:06 am

    ओलीभक्तहरुले मार्लान् नि।
    ओलीभक्तहरुले एउटा मन्दिर पनि बनाएर पूजाआजा गर्न थाले हुने। त्यतिमात्र गर्न बाँकी छ।

    Reply
  10. Rabin says:
    May 22, 2016 at 12:05 am

    हाहाहा सहि हो। खुबै सकारात्मक लहर छाएछ केपी ओलीको बोलीले

    Reply
  11. upendra says:
    May 21, 2016 at 10:44 pm

    आहा मन छोयो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme