Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बाबुरामको पार्टी घोषणा : श्रीमती हल व्यवस्थापनमा, ज्वाइँ मञ्च व्यवस्थापनमा, आर्थिक व्यवस्थापनमा चैँ करिश्मा

Posted on May 21, 2016May 21, 2016 by Salokya

Naya Sakti Press Meet (1) १० थरि माओवादी एक हुँदा पनि सँगै जनयुद्ध थालेका प्रचण्ड, मोहन वैद्य र बाबुराम अलग अलग नै छन्। बाबुराम भट्टराईले जेठ ३० गते दशरथ रंगशालाबाट नयाँ पार्टी घोषणा गर्दैछन्। सुरुमा नयाँ पार्टीको नाम राख्न प्रस्ताव गर्नुस् भन्दै नाटक गरे पनि अन्त्यमा उनले नयाँ शक्ति भन्ने नै नाम पार्टीको राख्ने भएका छन्।

एक लाख उपस्थित गराउने दावी गरिएको पार्टी घोषणा कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको छ। रमाइलो त के छ भने बाबुरामले आफ्नै श्रीमती हिसिला यमिलाई आर्थिक व्यवस्थापन उपसमितिमा राखेका छैनन्।

यत्रो एक लाख जम्मा हुने कार्यक्रमका लागि खर्च त चाहियो। त्यसको व्यवस्थापन आर्थिक रुपले पनि गर्नै पर्‌यो। त्यसका लागि उनले श्रीमतीको साटो हिरोइन करिश्मा मानन्धरलाई समितिमा राखेका छन्।

हिसिलालाई भने बन्द सत्रको हल व्यवस्थापन उपसमितिमा राखिएको छ। त्यस्तै बाबुरामले ज्वाइँ जेकेन्द्र श्रेष्ठलाई भने मञ्च व्यवस्थापन उपसमितिमा राखेका छन्। छोरी भने कुनै समितिमा छैनन्।

hisila
hisila1

1 thought on “बाबुरामको पार्टी घोषणा : श्रीमती हल व्यवस्थापनमा, ज्वाइँ मञ्च व्यवस्थापनमा, आर्थिक व्यवस्थापनमा चैँ करिश्मा”

  1. krishna says:
    May 21, 2016 at 9:22 pm

    फेरी अर्को नाटक गर्न थाल्यो बाबुरामले good luck!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme