Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एमाले पत्रकारलाई चाइनिज हेल्थ किट सित्तैमा

Posted on May 21, 2016 by Salokya

IMG_20160520_093542-768x1024 नेपालमा पत्रकार भनेको ‘पत्रकार’ मात्रै हुँदैनन्। कांग्रेस पत्रकार, एमाले पत्रकार, माओवादी पत्रकार आदि पार्टी पत्रकार पनि हुन्छन्। नेपाल प्रेस युनियन कांग्रेसी पत्रकारहरुको संगठन हो। पार्टी विधानले यसलाई शुभेच्छुक संस्था भनेको छ। माओवादी पत्रकारको संस्था चाहिँ क्रान्तिकारी पत्रकार संघ हो। त्यसैगरी एमाले पत्रकारहरुको संस्था प्रेस चौतारी हो। पार्टी विधानमा यसलाई विद्यार्थी, मजदूरहरुको जस्तै जनवर्गीय संगठनको दर्जा दिइएको छ।

यही एमाले पत्रकारहरुको संगठनको अहिले आठौँ महाधिवेशन चलिरहेको छ। देशभरका एमाले पत्रकारहरु अहिले राजधानीमा भेला भएका छन्। ती पत्रकारहरुले महाधिवेशनका लागि प्रतिवेदन र किताबका साथै चाइनिज र अंग्रेजी भाषामा लेखिएको एउटा रातो झोला पाए।
IMG_20160520_093542-768x1024
स्वास्थ्यखबरले दिएको जानकारी र राखेको फोटो अनुसार झोलामा त तै अङ्ग्रेजी भाषामा पनि केही लेखिएको छ तर त्यसभित्र भएका औषधिमा भने चाइनिज अक्षरमात्रै।

IMG_20160520_093351-768x1024

IMG_20160520_093442-768x1024
त्यो औषधि के हो ? के को लागि प्रयोग गर्ने ? नबुझेर हैरान।

स्वास्थ्यखबरका अनुसार भूकम्पपछि चीनले सहयोग स्वरुप पठाएको प्याकेज थियो यो। झोलाको बाहिरै प्रकोपपछि प्रयोग गर्ने भनेर अँग्रेजीमा प्रष्टै लेखिएकाले पत्रकारका लागि होइन, भूकम्प पीडितका लागि थियो भन्ने बुझिन्छ। भूकम्पको समयमा बाँड्नुपर्ने यो कुन संस्थाले त्यसै स्टोर गरेर राख्यो। कहाँबाट प्रेस चौतारीको नेतृत्वले भेटे। प्रतिनिधिलाई धेरैथोक दिएजस्तो हुन्छ भनेर बाँडिदिए।

रमाइलो !

5 thoughts on “एमाले पत्रकारलाई चाइनिज हेल्थ किट सित्तैमा”

  1. suman says:
    May 22, 2016 at 5:29 pm

    भुकम्पपछि पीडित क्षेत्रका पत्रकारका लागि भनेर आएको होला, केही अघि चितवनमा पत्रकार महासंघको भेलामा पनि यही किड बाँडेका थिए, यता चौतारीमाप नि बाँडेछन, प्रेस काउन्सिलले पत्रकार महासंघका लागि मात्रै उपलब्ध गराएको झोला पनि चौतारी अधिवेशनमा वितरण गरेर सदुपयोग भयो भन्ने सुनियो ।

    Reply
  2. Shankar says:
    May 21, 2016 at 1:50 pm

    ठिकै छ नि पत्रकार बन्धु हरु मुक्का खाने काम गर्नु हुन्छ , आपतकालीन स्थितिको लागि काम आउछ |

    Reply
  3. Amrita says:
    May 21, 2016 at 8:55 am

    यो त अस्ति पत्रकार महासंघको अधिबेसन चितवनमा हुँदा समेत बाडिइएको थियो !!!

    Reply
  4. lila says:
    May 21, 2016 at 7:16 am

    वा एमाले वा! भुकम्पपीडितको सामाग्री, राष्ट्रबादी पार्टिको आलोचना गर्न त नमिल्ने हो मन मानेन।

    Reply
  5. sushil says:
    May 21, 2016 at 6:03 am

    थुक्क गरीब पत्रकारहरु! सित्तैमा पाए अलकत्रा खाएर मट्टीतेलले कुल्ला गर्नेहरु! फेरी यो गरिखाने खुबी नभएर पार्टीको पुच्छर समातेर हिंड्नेहरुको कति सम्म बुद्धि हुँदैन भने भुकम्प पिडितको सामान कहाँबाट आयो भनेर हल्ला गर्नुपर्ने ठाउँमा चुपचाप झोला बोकेर हिंडेछन् ए। रामशरणलाई भुकम्प पिडितको जस्तापाता खायो भनेर सबैभन्दा धेरै हल्ला गर्ने सम्भवत: यही समूह थियो होला। एमाले इतरका सबै दललाई भारतीय दलालको बिल्ला भिराउन कस्सिएर लागेको यो प्रोपोगान्डा समूह आफै चाइनाबाट आएको समान चिरिप्प पार्दै रहेछन। सबैको हातहातमा एक एक मुठी सुनको असर्फी राखिदिने हो भने त दुइटा ओठ नै सिलाउने थिए होलान। हुनत के को कराई भयो र एनजीओको शाखा न परे..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme