Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

१० माओवादी मर्ज भएर बन्यो नेकपा (माके)

Posted on May 19, 2016May 20, 2016 by Salokya

IMG_8665 माओवादी पार्टीहरु मर्ज हुनु भनेको बैँकहरु मर्ज हुनुभन्दा गाह्रो काम रहेछ। बल्ल बल्ल १० वटा माओवादी पार्टीहरु प्रचण्डको पार्टीमा बिहीबार मर्ज भए। त्यसका लागि पनि पार्टी फुटाउनु पर्‍यो। वैद्य माओवादी फुटाएर बादलले पार्टी मर्ज गरे।

यो मर्जसँगै अब पुरानो नेकपा माओवादी जुन पछि एमाओवादी भएको थियो, अहिले नेकपा (माके) हुन पुगेको छ। पुरा नाम नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र।

अनि फेरि रमाइलो हेर्नुस्- १० थरि माओवादी मर्ज भइरहँदा अर्को तीन थरि माओवादी मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र हेमन्तप्रकाश ओली नेतृत्वको कम्युनिस्ट न्युक्लियसले भने यसलाई ‘नवसंशोधनवादी’भन्दै वक्तव्य निकाले।

अब प्रचण्डको पार्टीको नाम के के भयो एकचोटी हेरौँ-

सबैभन्दा सुरुमा नेकपा(चौम) – चौम भनेको चौथो महाधिवेशन
त्यसपछि नेकपा(मशाल)- ध्यान दिनुस् मोटो श। पातलो स वाला मसाल अलग्गै पार्टी थियो।
नेकपा(एकता केन्द्र),
नेकपा(माओवादी)- यो नाम हुँदा यसले जनयुद्ध थाल्यो र शान्ति प्रक्रियामा आएपछि सबैभन्दा ठूलो पार्टी बन्यो।
एकीकृत नेकपा(माओवादी)- यो नाममा आइपुग्दासम्म यो एक नम्बरको पार्टीबाट तेस्रो नम्बरको पार्टीमा खुम्चियो।
नेकपा माओवादी केन्द्रमा- हेर्न बाँकी छ यसले के गर्ने हो।

अर्को रेकर्ड
यो नयाँ पार्टीको केन्द्रीय समितिले पनि रेकर्ड नै राखेको छ। यसको केन्द्रीय समितिमा ६ सय ९९ जना सदस्य रहने बनाइएको छ। आम्मामा ६९९। बैठक बस्न त नयाँ बानेश्वरको संसद् भवन पनि अपुग हुने भो। टुँडिखेल खुलामञ्चमा राखौँ भने त्यो पनि आधा नगरपालिकाले बसपार्क बनाएर खुम्चाइदिइसक्यो।

त्यसो त सबै सदस्य राखेर बैठकै किन बसिरहनु पर्‍यो र।

प्रचण्डको भाषण
एक जमाना थियो प्रचण्डले जे बोले पनि न्युज हुन्थ्यो। त्यसको चर्चा हुन्थ्यो। देशै उनले बोलेको कुराको पक्ष र विपक्षमा लाग्थ्यो। अब यी तेस्रो दलका नेतालाई कसले वास्ता गर्ने। यिनले बोल्न पनि खासै छाडे। अहिले त प्रधानमन्त्री ओलीको बोली कै चर्चा हुन्छ।

आज भने १० थरि माओवादीलाई एक बनाउन सफल भएपछि उनले २० मिनेट लामो भाषण गरे। उनको भाषण सुन्ने मन भए-

1 thought on “१० माओवादी मर्ज भएर बन्यो नेकपा (माके)”

  1. Shankar says:
    May 21, 2016 at 12:40 am

    सब पाखे हरुको चाक् मा पनेउले डामेर गोरखपुर पुराएर आवो अनि नेपाल मा शान्ति हुन्छ |
    येत्राको कम्निस्ट |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme