Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यो फोटोमा केही नमिलेको देख्नुभो तपाईँले?

Posted on May 20, 2016May 20, 2016 by Salokya

rambahadurthapa_rss
अस्ति बुधबार कालिगण्डकी करिडोर अन्तर्गत बाग्लुङको मालढुङ्गा–टाकुरी खण्डमा औपचारिक रुपमा सवारी सञ्चालन भए। प्रधानसेनापति राजेन्द्र क्षेत्रीले करिडोरको उद्घाटन गरेको रामबहादुर थापाले खिचेको फोटो हो यो। प्रधानसेनापति रिबन काट्दै छन्। छेउमै सांसद तथा संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारी देखिन्छन्। केही नमिलेको जस्तो देख्नुभो तपाईँले यसमा? सामान्य हिसाबले हेर्दा नलाग्न सक्छ। अब तपाईँलाई नेपाल सरकारको एउटा कागजात देखाउँछु। त्यसपछि भने तपाईँले के नमिलेको हो ठ्याक्कै भेउ पाउनु हुनेछ। हेर्न भित्र आउनुस्।

Page 1 of मर-य-द-क-रम-20130605111244

Page 1 of मर-य-द-क-रम-20130605111244

Contributed to
DocumentCloud by
Umesh Shrestha of
MySansar •
View document or
read text

Page 2 of मर-य-द-क-रम-20130605111244

Page 2 of मर-य-द-क-रम-20130605111244

Contributed to
DocumentCloud by
Umesh Shrestha of
MySansar •
View document or
read text

यो नेपाल सरकारको मर्यादाक्रम हो। अर्थात् प्रोटोकलमा कसको स्थान कति हो भन्ने देखाउन तयार पारिएको लिस्ट। पहिले राजतन्त्र हुँदा सबैभन्दा माथि राजा र त्यसपछि राजपरिवारका अन्य सदस्यहरु हुन्थे। राजतन्त्र समाप्त भएपछि यो नयाँ प्रोटोकल बनाइएको हो।

त्यस अनुसार संसदीय समितिका सभापति आठौँ नम्बरमा पर्छन्। प्रधान सेनापति भने १३ औँ नम्बरमा पर्छन्। अर्थात् प्रधान सेनापति राजेन्द्र क्षेत्रीको मर्यादाक्रम विकास समितिका सभापति रवीन्द्र अधिकारीभन्दा पाँच तह तल हो।

तर फोटोमा भने आफूभन्दा माथिल्लो तहका अधिकारीलाई साइडमा राखेर प्रधान सेनापति रिबन काट्दै छन्। आफ्नो प्रोटोकल थाहा नभएर हो कि, अधिकारी पनि मख्ख छन्।
1805201602250417-1000x0
अझ कान्तिपुरको यो फोटोमा त प्रधान सेनापतिले तानेको कपडाको डोरी समाइरहेका छन् अधिकारी।

कागजी प्रोटोकलमा प्रधान सेनापतिलाई तल राखिए पनि खासमा शक्ति सेनाको नै हुन्छ। तर पनि नियम अनुसार अधिकारीलाई स्यालुट गर्नुपर्ने व्यक्ति हुन् प्रधानसेनापति। तर आफ्नो हैसियत कायम राख्न नसक्दा स्यालुट खानु पर्ने मान्छे रमिते भएर बस्ने स्थिति पनि हुँदो रहेछ। यदि व्यवहारिक रुपमा यस्तै हुने हो भने अब यो प्रोटोकलमा संशोधन गरेर प्रधान सेनापतिको स्थान अलि माथि नै राखे कसो होला?

यसमा तपाईँको विचार तल कमेन्टमा राख्न सक्नुहुन्छ।

12 thoughts on “यो फोटोमा केही नमिलेको देख्नुभो तपाईँले?”

  1. ram says:
    May 21, 2016 at 5:22 pm

    मर्यादा क्रम राखादनै गल्ति भयछनि। सेनापति लाई अठौ मा राख्नु पर्ने।

    Reply
  2. Bhim says:
    May 21, 2016 at 2:32 pm

    अस्तिमात्र माईसंसारको ब्लगमा मदन प्रश्रितको नाउँमा बनाएको हस्टेल उद्घाटन फोटोमा ओली र भारतीय राजदुत देखिए| ओली दौरा सुरालमा थिए तर भारतीय राजदुत साधारण कमेजमा थिए| हेपेकै जस्तो लाग्यो|
    राष्ट्रिय दिनहरुको समारोहमा कतिपय पत्रकारहरु नै फुर्मासे कपडामा पाहुना बनेर आएका देखिएका छन्| जसलाई प्रोटोकलको ज्ञान नै छैन त्यस्ताले जनतालाई सचेत गराउने कुरै आएन|

    Reply
  3. Bal bd. kami says:
    May 20, 2016 at 4:39 pm

    अहिले पनि सेना सरकारको मातहतमा छैन भन्ने उदाहरण हो ! राजाका पालामा झैँ राजा र सेनाको बिषयमा बोल्न पाइदैन भन्थे !अहिलेपनि त्यस्तै छ ! सरकारको आदेश पालन नगर्दा रुकमात कटुवाललाई कारबाही गर्दा कांग्रेश र एमालेले कटुवाललाई बोकेर कारबाही गर्न दिएन, त्यसकै फल हो सेनाको रबैया !

    Reply
  4. Yuba Karki says:
    May 20, 2016 at 8:11 am

    हल्ला खल्ला गरेर उद्घाटन गर्यो, बन्ने कैले हो ठेगान छैन !! फोटो खिच्न र पत्रिकामा आउने सबको धयान छ !! अरु देशको समाचार हेर्दा एस्तो नेपाल को जस्तॊ उद्घाटन को खबर औदैना ,,नेपाल मा हल्ला बेसी कम कम … खोइ के खोइ के!!! अनि ६०१ भेडा बाख्र को येस्तै हुन्छ हालत, लात्त्ता हानेर लखेट्नु पर्ने झन्न रिब्बन समात्न पाएछ!!!

    Reply
  5. Durga Adhikari says:
    May 20, 2016 at 8:09 am

    सेनाले बानायको बाटो सेना नायकले उदघाटन गर्नु के नराम्रो कुरा भयो र? येस्मा कसको दर्जा के र किन भन्य प्रस्न गरिरहनु ठिक होला र/ तेस्मा पनि ठुलो दर्जाका टाउकेहरु खुसि नै हुनुहुन्छ/ हाम्रो टाउको किन दुखाउने? बाटो बन्यो/ जनतालाई सहज हुने भो/ यहि नै ठुलो उपलब्धि होयिन र/ उद्घाटन अईरे, गैरे , नत्थु खैरे जस्ले गरे पनि के फरक पर्छ/

    Reply
  6. डा. सुरज श्रेष्ठ says:
    May 20, 2016 at 7:17 am

    नेपालका सेना प्रमुखले रिबन काटी सडक शुभ आरम्भ गर्ने र संसद बिकास समितिका सभापति (राज्यमंत्री स्तर) रबीन्द्र अधिकारीले ताली बजाउने । यो टिप्पणी मैले अन्य पत्रिका मार्फत हिजो नै गरी सके ।

    सडक निर्धारित समय भन्दा अवागै नेपाली सेनाले पुरा गरेकोमा बधाई छ ।

    डा. सुरज श्रेष्ठ
    नेपालगंज

    Reply
  7. Ramesh Shrestha says:
    May 20, 2016 at 6:34 am

    नेपालमा प्रोटोकल अनुसार के नै भएको छ र? विदेशी राजदुतलाई दर्शन गर्नको लागि लाईन लागेर जाने गर्छ नेपालका वहालवाला मन्त्रीहरु । कुनैपनि नेता तथा मन्त्रीहरुले आफ्नो मर्यादाको ख्याल राख्दैनन्, आफ्नो फाईदाको लागि जस्तोसुकै नीच कामसम्म गर्न पछि पर्दैनन् भने यो त सामान्य भयो ।

    Reply
  8. jenish rana says:
    May 20, 2016 at 5:21 am

    रास्ट्रको खम्बा नै नेपाली सेना हो अनि त्यो बाटो पनि नेपलिसेनाले बनाको हो त नेपाली सेनाका प्रमुखव्यक्तिले रिबन काट्नु सोभाबिक्नै हो नि अचम्ममा मान्नुपर्ने कारण नै छैन

    Reply
  9. sushil says:
    May 20, 2016 at 5:10 am

    अधिकारी पो हो त, मुन्नी हो र थोडी? प्राथमिकता पाउनको लागि?

    Reply
  10. केदार says:
    May 20, 2016 at 4:48 am

    उद्घाटनमा जुन तपाईंले डोरी समाएको देख्नु भो सन्युक्त पनि हुन सक्छ ।एक पटक बुझेर फेरि लेख्नोस ।

    Reply
  11. dor rampur says:
    May 20, 2016 at 3:40 am

    विकास हुनु पर्यो … उद्घाटन जसले गरे पनि हुन्छ … नगरे पनि हुन्छ …. सेना ले बनाएको बाट हो भने प्रधान सेनापति हो फुइ हुने नै भो !

    Reply
  12. खोदनाथ प्रसाई says:
    May 20, 2016 at 2:57 am

    पहिले देखि फलानाले उत्घाटन गर्ने भनेर शिलालेख समेत तयार भएको कार्यक्रममा “राजा” नै आए पनि तोकिएकै व्यक्तिले रिबन काट्ने भए नि. झिनामसिना कुरा हुन यी.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme