Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एनआरएन : दान दिने संस्थाबाट दान लिने संस्थामा रुपान्तरण

Posted on May 19, 2016May 19, 2016 by Salokya

एनआरएन सम्मेलन हुनेे बेला सँधै ठूल्ठूला गफ सुनिन्छ- गैरआवासीय नेपाली अर्थात् एनआरएनहरुले नेपालमा पैसाको खोलो बगाएर लगानी गर्नेछन्। त्यसपछि नेपालमै रोजगारी सिर्जना हुनेछ। हामीलाई फलानो थोक अधिकार मात्रै देऊ, नेपालको कायापलट गर्दिन्छौँ। हो त भनेर नेपालको नयाँ संविधानमा गैरआवासीय नागरिकताको व्यवस्था नै गरियो।

तर हिजो एनआरएनले पठाएको एउटा विज्ञप्ति हेर्ने हो भने चाहिँ तपाईँले देख्नुहुन्छ- गफ के हो, अनि वास्तविकता के हो। एनआरएन त एउटा मोबाइल एप बनाउन लागेको रैछ। के एप त भन्दा वैदेशिक रोजगार त्यो पनि मलेसिया, साउदी अरब र कतार जानेहरुलाई सजिलो बनाउने एप। अनि त्यसका लागि फन्डिङ एनआरएनको आफ्नै हैन रहेछ, विदेशी संस्थाको रहेछ।

asia
एनआरएनले पठाएको विज्ञप्तिको एउटा अंश जसमा स्पष्ट लेखिएको छ- एप बनाउन पैसा चाहिँँ विदेशी संस्था- एसिया फाउन्डेसनले दिएको हो।

नराम्रो केही होइन, वैदेशिक रोजगारीमा जानेलाई सजिलो बनाउनु र त्यसबारे जानकारी दिनु कहाँ नराम्रो हुन्छ। अचम्म त एनआरएनको प्राथमिकता यसमा रहेको देखिँदा हो।

अचम्म त धनाढ्यहरुको क्लब भन्ने छाप परेको एनआरएनले समेत अरु एनजिओको शैलिमा आइएनजिओबाट दान लिएर प्रोजेक्ट त्यो पनि मोबाइल एपको प्रोजेक्ट चलाएको देख्दा हो।

एनआरएन पहिले अरुलाई दान दिने दानी संस्था थियो, अहिले अरुको दान लिने संस्थामा परिणत भएछ। ‘दानी’बाट ‘दान लिनी’ मा यो रुपान्तरण क्रान्तिकारी नै मान्दा फरक पर्ला?

अब त्यो एपमा वैदेशिक रोजगारीमा जान चाहनेहरुले फलानो म्यानपावरमा सम्पर्क गर्नुस् भन्ने जानकारी पनि भविष्यमा राख्ने हो कि ! त्यो हो भने पैसा पनि कमाइन्छ, विदेशी दानको आवश्यकता पर्दैन, कि कसो त साथीहरु?

3 thoughts on “एनआरएन : दान दिने संस्थाबाट दान लिने संस्थामा रुपान्तरण”

  1. Shankar says:
    May 19, 2016 at 10:26 pm

    येन आर येन पनि नेपालि नै रगत हुन् , भात खाएरै हुर्केका , ओलीको , प्रचण्ड को , कमल को भासन सुनेर नै ठुलो भएका हुन् |चन्द्रमा बात फुत्त झरेका त् हैनन् |
    आम नेपालि भन्दा बरु बढी नै झुट बोल्ने , धुर्त होलान , कम चै आश न गरम|

    Reply
  2. gurung dilip says:
    May 19, 2016 at 9:47 pm

    एन आर एन आफैं मा नराम्रो संस्था होइन| तर यसमा पदाधिकारी बन्न तछाड मछाड गर्नेहरुलाइ देखेर चाही नेपालको तल्लो स्तर को राजनीतिज्ञलाइ पनि टीठ लागेर आउछ| संसारको जुन कुना पुगे पनि बेहोरा त देखाउने पर्यो नि, कि कसो हो?

    Reply
  3. अशिम राज मोक्तान says:
    May 19, 2016 at 3:13 pm

    शहि अर्थमा भन्दा ‘नन् रिलायबल नेपलीज’,….
    युरोप, अमेरिका, अस्ट्रेलियाको त् थाहा भए न, यता खाडी, मलेशिया तिर बस्ने ठुटेहरु NRNAको नारा लगाएको देख्दा अच्चमै पर्छु।

    कम्पनिको २-साले करार छुटीलाई सदुपयोग गर्लान, परिवारसँग बिताउलान भनेको त्, फ्री प्लेन टिकटमा चढेर नेपाल NRNA “कान-फ-रेन्स” (उनिहरु कै भाषामा ) जान्ने पो रे,…. NRNA ले सक्ने भए यो नेपालमा देखाऊटी कुम्भ मेला, कहिले अस्ट्रेलिया, कहिले युरोप अनि कहिले सिङ्गपोरमा गरोस अनि हेर्छ आम-नेपाली जनताले पैसो-तिरी तिरी कति धौदो रहेछ NRN समाजसेवीहरु,…। त्यसो गरे नेपालको नाम अरु देश, विदेशमा प्रमोट नि हुने, मोहल नि चेन्ज हुने,….
    फेरी पंगु त् हाम्रै नेताहरु हुन्, के के नै आयो जस्तै – सरकारी ढुकुटीबाट भोज रे – भातमारा हरु लाई

    कुरो के गर्ने, साध्य नै छैन

    बखान गर्छ ९० दिन उत्ता स्वदेश छोडी विदेशमा बस्यो कि स्व्तै NRN रे, पट-लम्पट-मुर्खहरुलाई के थाहा – भोली यहाँ साहुलाई अनुहार मन नपरे, पर्सि नेपाल एरपोर्ट अगाडीको होटलमा भात खादै गरेको हुन्छौ। २ बर्से कार्यकालमा NRNA कमिटि भित्र भई रहेकै मान्छे माथि तल फेर-बादल हुन्छ, मान्छे गन्यो भने इस्ट-मित्र सबै टाक-टुक मिलाएर २०-२२ जना टेबुलमा। गजबको कुरो फेरी वहाहरु सबैलाई अंग्रेजीमा NRN को फुल-फर्म लेखदिनुन भन्यो भने मुस्किलले २ जनाले स्पेल्लिंग मिलाउछन्।

    शेस घलेलाई पुजीले पुग्यो पपुलारिटी चाहियो, उपेन्द्र दाईले नि त्यसै गरे, दोख्ले मनहरु – कुम्लाको धन कसरी safe landing नेपालमा गराऊ हुनेहरुले चलाएको सस्थामा यो बिचोरो गोर्खे तोरी-लाहुरेहरु त्-छाड, म-छाड गरेको देख्द मनमा दया नि जागेर आउछ
    – toitt सकिएन यो हातीको देखाउने दातहरु सँग

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme