– बाबुराम दवाडी –
बैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकको पारीपट्टी सिम्जुङ्ग गाविसमा घर भएका एवं बारपाकमै प्रावि शिक्षकको रुपमा पेशारत बाबुको एक मात्र सपना थियो आफ्नो छोरा पवन दवाडीलाई एमबिबिएस डाक्टर बनाउने।
आफ्नो जीवनभरको कमाई र बाबुबाजेको पैतृक सम्पत्ति बेचेर काठमाडौंमा तीन आना जग्गामा घर बनाई छोराछोरी राखेर पढाएका ती शिक्षकले छोराछोरीको पढाई फी तिर्न गाउँमा निकै मेहनत गरे।
छोराको शैक्षिक क्षेमता तेज भएकै कारण चर्को खर्च लागे पनि हार नखाई डाक्टर बनाउने सपना बोकी एमबिबिएस पढ्न ५ वर्षमा ४० लाख तिर्न तयार भई सन् २०१४ को शुरुमै बंगलादेशको Southern Medical College मा छोरालाई एमबिबिएस भर्ना गराई पढ्न पठाए।
छोराको मासिक फी, होस्टेलमा बस्नेखाने खर्च धान्न निकै गाह्रो भएकै कारण काठमाडौंमा पैतृक सम्पत्ति बेची किनेको तीन आनामा बनेको घर बेच्ने निधो गरी गाउँमै बसी शैक्षिक पेशा जारी नै राखे निधो गरे उनले। तर वैशाख १२ को भूकम्पले त्यही गाउँको घर पनि ध्वस्त भयो। तर ती बाबुआमाले हरेस खाएनन् किन भने उनीहरुको सपनालाई भूकम्पले पनि हल्लाउन सकेको थिएन।
विधिको विडम्वना, भूकम्प गएको ३ महिनामा आन्द्राको समस्याले थलिएका उनको उपचार गर्दागर्दै थप ठूलो धनराशीको ऋणमा पारेर ती बाबुले यो सन्सारबाट बिदा लिए।
छोराले MBBS पढी राम्रोसँग आमालाई पाल्ने भनी दिएको ढाडसले ती आमालाई कहिलै एक्लो महसुस भएन।
भर्खर २० वर्षबाट २१ मा टेकेको कलिलो केटो पढाई निकै तेज, त्यस्तै खेलकुदमा पनि तेज, साथीभाइसँग अति मिलनसार, विदेशी भूमिमा रहेर पनि सफल पढाई जारी राखेको साथै विदेशी साथी र प्रोफेसरहरुको पनि प्रिय पात्र थियो। दिनदिनै आमा र आफन्तसँग स्काइप र फोनमा भएका कुराकानी, उसले सुनाएका सफलताका कथाहरुले आमाले आफ्ना दु:ख बिर्सेको अवस्था थियो। ३ वर्षको MBBS पढाईमा लगभग २१ लाख रुपैंया बुझाई सकेकी ती आमाले छोरालाई डाक्टर बनाउन भनी आफ्नो दु:ख सबै बिर्सेर चित्त बुझाएकी थिइन्।
२०७३ वैशाख २८ गते राति घन्टौं ठट्टा र रमाइला कुरा गरेर १ हप्ता पछि भ्याकेसनमा घर फर्कने वाचा गर्दै गुड नाइट भनेको छोराको २ घण्टा पछि निधनको खवर सुन्दा ती आमालाई कति पीडा भयो होला?
कुनै पनि रोग नभएको २१ वर्षको लक्का जवान छोराको अकस्मात् निधनको खबर आयो। विश्वविद्यालय नजिकैको होस्टलमै बस्ने, साथी-भाइसँग पनि कुनै दुश्मनी थिएन भन्थ्यो भन्दै आमा बेहोसीमा बर्बराउँछिन्।
विदेशको भूमिमा जे पनि गर्न सक्छन, कहीं कतै सुनियोजित घटना त हैन? युनिभर्सिटी कै अस्पतालमा पोस्टमार्टम हुँदै गर्दा सही प्रतिवेदन आउला त भन्नेमा धेरैलाई शंका भएको छ। मृत घोषित भएको १० दिनसम्म के कारणले निधन भएको भन्ने सही विवरण प्राप्त गर्न सकिएको छैन। नेपाली राजदुतबाट पनि यस सम्वन्धमा सहयोग गर्ने र सत्यतथ्य पत्ता लगाउने आश्वासन आएकै छ। होस्टेलका साथीहरुसँग सम्पर्क गरी के भएको हो भन्ने सम्बन्धमा सोधपूछ गर्दा एउटै खाले विवरण प्राप्त नभएकोले विदेशमा घटेको यो घटना शंकास्पद देखिन्छ।
डाक्टर बन्दैगरेका मेरा जुनियर पवन दवाडीको असामयिक निधनले निकै नै दुखित तुल्यायो। ति दुखित आमाको नाममा:
**
आसा त अझै बाँकीनै थियो वावा बिते पनि।
डगेन अझै आसा त मेरो भूकम्पले थिचे पनि।
**
डाक्टर बनि आउने छौ भन्ने कत्रो थियो मेरो आस।
के भयो? आज अचानक तिम्लाई फर्किपो आयो लास।
**
अकाल मृत्यु अस्हैय पिडा दियर गयौ नि।
बिदेशी भूमिमा के गरे तिम्लाई, अलाप भयौ नि।
**
डाक्टर बनि लोकको सेवा गर्ने दिन गन्दै थियौ।
दूस्मनको आँखा पर्योकि कतै, सकुसल छु भन्दै थियौ।
**
वाँच्ने आसा खुवै दिन्थ्यौ तिमि टाढा भए पनि।
तिम्रै भरमा बांचेको थिएँ सम्पत्ती गए पनि।
**
तिमि भन्दा पहिले बिदाइ मेरो उपयुक्त ठानेको थिएँ।
मुटुको टुक्रा तिम्लाई मैले आसाको दियो मानेको थिएँ।
**
दैवले मलाई के सजाएँ दियो भोग्नलाई साह्रो भो।
बाँच्नुनै पर्ने म अभागीलाई दम तोड्न गाह्रो भो।
**
थप दू:ख-पीडा नदिनु मलाइ हे ईश्वर तिमिले।
यहि बाचा गर, साहस जगाइदेउ हे ईश्वर तिमिले।
आत्माको चीर-शान्तिको कामना।
-By Babu Ram Dawadi
Pawan Dahal (पवन दाहाल) हैन, पवन दवाडी हो। Title मा नाम थियो Miss भएछ।
कस्तो दुखको खबर!!! तर लेखक महोदयले दिवंगतको नाम सम्म उल्लेख नगरेको रैछ!
His name is Pawan Dahal. Mero school padthiyo yo bhai
Pawan dahal hoina Pawan Dawadi ho…