Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रम ओलीको गफ र वास्तविकता यो फोटोबाट प्रष्ट हुन्छ

Posted on May 18, 2016May 18, 2016 by Salokya

For_Website
प्रधानमन्त्री केपी ओली साह्रै राष्ट्रवादी छन्। उनको बारेमा खिसिक्क केही भन्यो कि अनलाइनमै कुटुँला झैँ गर्न आइपुग्छन्। हुन पनि फास्ट ट्रयाक आफै बनाउनेदेखि रेल ल्याउने र महासागरमा आफ्नै पानीजहाज किनेर झण्डा गाडेर चलाउनेसम्मका क्रान्तिकारी कुरा गरेर मन जितेका छन् उनले राष्ट्रवादीका। तर गफ र वास्तविकतामा फरक हुन्छ। यो फोटो एउटा उदाहरण हो। यो फोटो जेठ ३ गतेको हो। जेठ ३ गते अर्थात् तत्कालीन महासचिव मदन भण्डारी र जीवराज आश्रितको एमालेकै भाषामा षडयन्त्रमूलक हत्या भएको दिन। ती दुई नेताको सम्झनामा एउटा टेक्निकल स्कूल खुलेको छ गोठाटारमा। त्यसको होस्टेल बनाउन भारतीय दूतावासले ४ करोड ५६ लाख ६० हजार रुपैयाँ सहयोग गरेको रहेछ। अनि यसको उद्घाटनका लागि बोलाइयो भारतीय राजदूत रणजित राय।

राजदूत राय र मदन आश्रित फाउन्डेसनका अध्यक्ष प्रदीप नेपालले संयुक्त रुपमा यसको उद्घाटन गरेका हुन् जेठ ३ गते।

भवनमात्र होइन यो होस्टलको फर्निचर समेत दूतावासले नै सहयोग गरेको हो। माइसंसारले लेखेको विश्वास नभए यसबारे विस्तृत जानकारी भारतीय दूतावासको वेबसाइटमा गएर हेर्न यहाँ क्लिक गरी हेर्नुस्।

आफ्नै नेताको नाममा खडा भएको एउटा होस्टल त भारतीय दूतावासले गरेको सहयोग रकममा बनाउनु पर्छ, अनि हामी मागेको धोतीले मेरो लाज छोपिन्न भन्ने गीत गाएर राष्ट्रवादी हौवा खडा गर्छौँ। जय राष्ट्रवाद।

7 thoughts on “प्रम ओलीको गफ र वास्तविकता यो फोटोबाट प्रष्ट हुन्छ”

  1. madan bajracharya says:
    May 19, 2016 at 10:12 pm

    मदन भण्डारीको रहस्यमय मृत्यु भयको बेला झलनाथ खनाल आफ्नो भ्रमण छोत्यायर हंगकंग आयो र हन्क्कंगमा शाही बायु सेवा निगम को प्रबन्धकको अपार्टमेन्टमा झलनाथले अमर लामा हाम्रो इमान्दार कार्यकर्ता भयकोले त्यो घटना मा उसको संलग्नता नभयको भने/ म तेती बेला तेही थिय/ काठमान्डू नपुग्दै घटनाको बारेमा अरु विवरण पनि नबुझ्दै अमर लामा दोसी छैन भन्ने झलनाथ तेतिबेलै मलाइ ठिक लागेको थियन/ घटना मा अमर लामा बच्नु र पछि मारिनु बात स्पस्ट संकेत गर्छ कि त्यो घटनामा कोहि सत्य कुरा लुकाउन चाहन्छ; जसरि बिरेन्द्रको हत्या को बास्तविकता लुकाउन खोजियको थियो/ अमर लामा जस्तै बिरेन्द्रको हत्या भयको महिनौ पछि बिरेन्द्र हत्या हुँदा दरवारमै कार्यरत त्यहा सर सफाईको काम गर्ने छत्रपाति ढलको बस्ने यक जना पोदेलाई उसको पसलमै कसैले गोलि हानेर मारेको थियो र त्यो घटनाको चर्चा समेत भयन/ नेपालमा भारतको स्वार्थ मा बाधा पुर्याउने हरुको अन्त र नेपालीले नरुचायाको तर नेपालमा भारतको स्वार्थमा सहयोगी बन्ने नेताहरुनै नेपालको प्रधान मन्त्रि बनिने घटनाहरु धेरै रहस्यमय छ/

    मदन भण्डारी महाकाली सन्धि लगायत भारत सिट भयको असमान सान्धिहरुको कट्टर बिरोधि थिय/ ओली र माधव महाकाली सन्धिको समर्थक थिय/ महाकाली नदिको पारीको किनारा नै नेपालको सिमाना थियो र त्यो हिसावले सम्पूर्ण महाकाली नदिने नेपालको हुनु पर्ने थियो/ तर सन्धि पछि आधा महाकाली भारतको बन्यो र सन्धि अनुसार भारतले ९७% महाकाली नदीको पानि को मालिक बने नेपाल मात्र ३% !!!/ महाकाली नदिको उद्गमस्थल भारतले कब्जा गरेको कालापानी हो/ महाकाली सन्धिमा नेपालले चन्द्र शमशेरको पालामा भारतलाई शारदा ब्यारेज पनि गाभ्यको छ/ महाकाली नदीलाई भारतमा शारदा भनिन्छ र नेपालको भूमिमा भारतले “शारदा ब्यारेज” बनायको भुमि चन्द्र शमशेरले बर्षको ५० हजार भाडा तिराउने गरि भाडामा मात्रै दियको नेपालको भुमि हो र अंग्रेज फर्के पछि भारतले त्यो भदा पनि तिरेको थियन/ भाडा नतिरे पछि नेपालले त्यो भुमि फराकाउनु पर्नेमा ओली माधव र शेर बहादुर आदिले त्यो भुमि नेपाललाई फर्का भन्नु पर्थ्यो तर गरे उल्टो/ यस्तो सन्धि गरेकोले यमाले तेती बेला तुक्रियाको थियो र यमालेकै नेताहरुले महाकाली सन्धि गर्नेहरु ले “………….” गरेको आरोप समेत लगायको थियो/

    महाकाली सन्धि सदनले निशर्त होईन ससर्त अनुमोदन गरेको थियो/ सदनले तोकेको सर्त पुरा गर्न भारतले नमानेकै कारणले महाकाली सन्धिको दिपीआर नबनेको हो/ सन्धि अनुसार दिपिआर सन्धि भयको दुई बर्स्मै बन्नु पर्ने थियो; तर बनेन/ त् २०४८को संबिधान अनुसार त्यो सन्धि बदर हुने सन्धि थियो/ सायद यहि कारणले पनि २०४८को सन्धि खारेज गरेको थियो महाकाली सन्धि गराउने नायक महानायक हरुले/

    २०४८को संबिधान अनुसार सदनको २/३ बहुमत ले संबिधान र देसको ब्यबस्थामा कुनै पनि परिबर्तन गर्न सकिन्थ्यो भन्ने प्रमाण तेही २०४८को संविधानकै प्रावधान अन्तर्गत ज्ञानेन्द्रलाई राजा बात हताउनु बाटै प्रमाण हुन्छ/ तर २०४८को संबिधान ले सदनले तोकेको शर्त पुरा नगर्ने भारत सिट गरेको महाकाली सन्धि लाइ सन्धि गर्ने नेताहरु र भारतले मात्रै चाहेर बैधता प्रदान गर्न सकिन्ब्दैन्थ्यो/ यस्तै सन्धि शेर बहादुरको पालामा भारतलाई समस्त कोशी नदीहरुको पानीलाई बिस्व मै ठुलो २६८ मिटर अग्लो बाँध नेपालको भूमिमा बनाउन दिने र त्यहा बात भारतमा पानि आपूर्ति गराउन दिने सन्धि भयको थियो/ त्यो सन्धि तेतिबेला को सदनमा समेत पेस भयको थियन र पेस भय पनि २०४८को संविधानले त्यो सन्धि पास हुन् दिंदैनथ्यो/ त्यो बाँध बनाउन दिने भनेको भुमि अहिले प्रस्तावित मधेश प्रदेश भित्र पर्दैन/ तेसैले मधेशबादी र भारत कसै गरेर पनि मोरंग सुनसरी झापा आदि मधेश परदेश भित्र पार्न जवर्जस्ती गर्दै आयको देक्ल्हिन्छ/ महाकाली सन्धि बदर गर्न सक्ने समस्त सप्त कोशी नदीको पानीमा भारतको अधिकार हुन् दिने आदि सन्धिमा बाधक बनेका व्यक्ति व्यक्तिगत तथा राजनैतिक जीवनको अन्त हुनु र सदनको २/३ बहुमतले कुनै पनि परिबर्तन गर्न सकिने संघियता सहितको गणतन्त्र पनि अपनाउने संबिधान खारेज हुनु ले केहि रहस्यमय संकेतहरु गर्छ/

    भारत सिट गरेको र गरिने सम्झौता र भारतमा भयको सम्झौता अनुसार बनेको ब्यबस्था र नेताहरु हाम्रो नेपाल भन्ने नेपालीको नेपालको निमित कहिले पनि हितकर भयको देखियन/

    Reply
  2. RB Bhujel says:
    May 19, 2016 at 9:41 am

    बरु भोकै बस्छु, तर अर्काले दिएको खान्न भन्न सक्नु पर्छ ,बिरोध चाँही गर्ने अनि दिएको सहयोग लम्पसार परेर लिने, के चाला हो त यो ?

    Reply
  3. NB says:
    May 19, 2016 at 9:17 am

    यस्ता सहयोग त कति होलान कति नेपालमा … तर दुवै आँखा खोलेर लेखेको भए राम्रो हुन्थ्यो कि … पहिला को अवस्था र अहिलेमा फरक छ कि ?

    Reply
  4. sushil says:
    May 19, 2016 at 5:15 am

    अरु कोही पनि चोखा त छैनन्, धेरैलाई यो कुरा नपच्ला तर नेपालले प्रगति गर्न नसक्नुमा नेपाली कम्युनिस्टहरु यानी अखण्ड ढोंगीहरुको थोरैमा पनि ५१% हात छ. टेलिफोन बुथ फोड्नेबाट सुरु गरेर बिधुत गृह र गाविस भवनमा बम पड्काउने महान काम गर्ने यिनै हुन्. उत्ताउला बिद्यार्थी पनि यिनैका हुन्छन. ऋतिक रोशन काण्ड मच्चाएर मधेसी कुट्ने, कर्मचारी देखि लिएर मजदूर सम्म राजनीति घुसाएर भद्रगोल बनाउने, रिक्सा र गाडामा पनि अखिल मजदूर भनेर प्लेट टाँसेर चलाउन लगाउने पनि यिनै हुन्.
    सुष्मा स्वराजले स्वयम् भनि नि सदनमा, “मुझे मिल्ने बिद्या भण्डारी और कौन कौन आया था, मुझे तो नाम भी नहीं मालुम” भनेर. कमजोर छ भन्नुभाछ यिनको दिल्ली कनेक्सन? अनि हेपेर बोलाउदैन मोदीले मलाई भेट्न तैं आइज मेरो निवासमा भनेर?
    यिनले त बढी हल्ला गरेर अरुलाई होच्च्याउने मात्रै हुन्. कम्युनिस्टको प्रोपोगान्डा शैली येस्तै हो.

    Reply
  5. Chentan Nepali says:
    May 19, 2016 at 4:33 am

    हात्तीको देखाउने दाँत र चपाउने दाँत बेग्लाबेग्लै भए जस्तै हो

    Reply
  6. Shankar says:
    May 19, 2016 at 12:51 am

    मेरो बिचार मा पी यम भएपछी र छिमेकी नै भएपछी भेट घाट हुनु , यी झिना मसिना लेन देन हुनु , चाहि न चाहि उठबस गर्न चै बाध्य हुनु स्वाभाविक हो |
    तर चीन सग महत्त्व पूर्ण सम्झौता गर्नु , चिनिया रेल बाट काठमान्डू सम्म सामान लेउने बिसय मा कुराकानी अगि बढ्नु , नाका हरु निर्माण को पहल गर्नु आदि न गरि न हुने र सकारात्मक पक्ष्य को कुराहरु चै बिसेस महत्त्वको छ |
    येस्पालिको सरकार ले चीन सग भए गरेका भनिएका सन्धि सम्झौता हरु यदि साँचो हुन् भने नेपालि ले दुख्मान्नु पर्दैन |

    Reply
  7. dor rampur says:
    May 18, 2016 at 11:02 pm

    कुरो सहि … दोस त तेती बेला “र”, “सिआइए” कसले घटाए को भन्थे … अहिले तिनकै पैसा मा स्मृति होस्टेल … राष्ट्रियता !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme