देशमा गणतन्त्र आएपछि अति उत्साहित हुने मध्येमा एक थिए- हास्य कलाकार मनोज गजुरेल। सन् २००८ मा उनले माइसंसारमा यस्तो सपना लेखेका थिए– पूर्व काँकडभिट्टादेखि पश्चिम धनगढीसम्म साढे चार घन्टामा पुगिने बुलेट रेल सेवा ‘एकता एक्सप्रेस’को सञ्चालन, दार्चुलादेखि ताप्लेजुङ जोड्ने पहाडी हाइवे, ल्हासाबाट खासा हुँदै काठमाडौंसम्म बिछ्याइएको पेट्रोल पाइप, रोल्पामा खुलेको संसारकै सबैभन्दा ठूलो जडीबुटी उद्योग होस्….अरु धेरै।
उनले यो सपना देखेको ८ वर्ष पूरा भएको छ। ८ वर्षमा नेपालमा खासै केही परिवर्तन भएको छैन। बरु ती सपनालाई सपनाको रुपमा रिन्यु गर्न आइपुगेका छन् प्रधानमन्त्री केपी ओली। आलोचना देखिनसहने ओलीभक्तहरु कुर्लन्छन्- सपना देख्नुपर्छ, असम्भव छैन। ए बाबा, सपना देख्नु नै ठूलो कुरा हो भने ओलीभन्दा मनोज गजुरेल महान् हो, जसले ८ वर्षअघि नै यस्तो सपना देखे, देखाए। ओलीको रेलदेखि जहाजसम्मको सपना मनोज गजुरेलले उहिल्यै फोटोसप चलाएर देखाइसकेका हुन्। प्रधानमन्त्रीको कुर्सीमा बसेर ओलीले मनोज गजुरेलले जस्तो सपना देखाइरहने कि ठोस काम गरी देखाउने? ल आउनुस् मनोज गजुरेल र ओलीको सपनाको तुलना गरौँ।
प्रधानमन्त्रीले केरुङ- काठमाडौँ- पोखरा रेलको सपना देखाइरहेका छन्, मनोजले मेची महाकालीको।
काठमाडौँ मेट्रो रेलको सपना उनले ८ वर्षअघि नै देखाएका हुन्।
प्रधानमन्त्रीले हिन्द महासागर र प्रशान्त महासागरमा नेपाली झण्डा भएको पानीजहाजको सपना देखाए, मनोजले धनकुटाको मुलघाट बन्दरगाहमै।
प्रधानमन्त्री सुगम ठाउँको रेलको सपनामात्र बाँड्छन्, मनोज गजुरेलले त ताप्लेजुङ दार्चुला अर्धभूमिगत रेलको सपना देखाएर दुर्गम ठाउँलाई पनि सपना देखाएका छन्।
मनोजले धरान विराटनगर रेलको पनि कल्पना गरेका छन्, जुन प्रधानमन्त्रीको दिमागमा अहिलेसम्म घुसेको छैन शायद्।
मनोजले कर्णालीमा केबलकार समेत चलाएको सपना देखे। तर प्रधानमन्त्री दुर्गम ठाउँको कुनै सपना नै देख्दैनन्। किन होला ?
सपना र कल्पना नै ठूलो कुरा हो भन्ने तर्क गर्ने ओलीवादीहरुलाई मनोज गजुरेलले ८ वर्षअघि गरेको यो कल्पनालाई अझ ठूलो मान्न तयार हुनुपर्छ। हेरौँ उनको त्यतिबेलाका सपनाका केही बुँदा
– हामीले प्रष्ट भनेको छौं, हामीकहाँ भ्रष्टाचार छैन, त्यसकारण राजस्वले नै राज्यका दैनिक खर्च चल्ने गरेको छ । उता कर्णालीको बिजुली तिब्बत, चीन, मंगोलिया, उज्वेकिस्तान र रसियामा बेचेर डरल भित्र्याएका छौं । रोल्पा र हुम्लामा सबैभन्दा ठूलो जडीबुटी उद्योग खोलेर वाषिर्क ५० करोडको त औषधि निर्यात गर्दै आएका छौं । गत वर्ष मात्रै २० लाख पर्यटक नेपाल भित्रिएको रिपोर्ट त तपाईंले पनि हेरिसक्नुभएको छ । छुर्पी, चिया, यार्सागुम्बा, मणिमाणिक्य आदिको व्यापारले पनि हामी अहिले एसियाकै सबैभन्दा बढी आयस्रोत भएको मुलुकको रूपमा स्थापित भएका छौं ।
-काँकडभिट्टादेखि कैलालीसम्म केवल तीन घन्टामा पुर्याउने यो रेल सेवा पेट्रोलबिनै हाम्रै त्रिशुलीको बिजुलीले चल्नेगर्छ । संसारमा पेट्रोलको जति भाउ बढे पनि तराईका जनताको एकताको प्रतीक एकता एक्सप्रेस रेल सेवालाई कुनै फरक पर्दैन ।
-बंगलादेशको फूलबारी नाकाबाट हामीले भारतसँग कुरा राख्यौं कि सप्तकोसीसम्म जोड्ने ठूलो नहर बनाउनुपर्यो भनेर । त्यसपछि पश्चिम बंगाल, बिहार हुँदै पानीजहाज चल्न सक्ने नहर सप्तकोसीसम्म जोड्यौं । सप्तकोसीबाट उत्तरतिर पानीजहाज धनकुटाको मूल घाटसम्म लगेर नेपाल र नेपालीले चमत्कार गरेकोमा अहिले सारा विश्व पनि अचम्मित भएको छ ।
-हिजै मात्र डोमेस्टिक हेल्परको रूपमा नेपाल आउने पाँच हजार अरेबियन महिलाका भिसा हामीले इस्यु गरिसकेका छौं । जुम्लाको अन्तर्राष्ट्रिय मिनेरल उद्योगका लागि दस हजार जर्मन मजदुरहरू यसै साता नेपाल आउँदै छन्। मुस्ताङमा निर्माणाधीन नेपाली डिजिनेल्यान्डमा काम गर्ने ५० हजार निर्माण मजदुर आगामी फेब्रुअरीसम्ममा नेपाल भित्रिइसक्नेछन् ।
– नेपालको शीतकालीन राजधानी विराटनगर, गृष्मकालीन राजधानी हुम्ला, शरदकालीन कैलाली र शिशिरकालीन राजधानी ताप्लेजुङलाई बनाएका छौँ।
ओलीभन्दा गजुरेल किन उत्कृष्ट ?
१) ओलीले भन्दा धेरै पहिला ८ वर्षअघि नै गजुरेलले सपना देखेका छन्। सपना देख्नु नै ठूलो कुरा हो भने गजुरेल नै उत्कृष्ट।
२) दुईको सपनामा एउटा अनौठो फरक देखियो- ओली सुगम जिल्लाका मात्र सपना देखाउँछन्, गजुरेल दुर्गमका पनि। देशको प्रधानमन्त्रीले सबै ठाउँका लागि समान सपना देखाउनु पर्ने हो, तर कर्णाली, ताप्लेजुङ, दार्चुला आदि ठाउँका लागि उनी कुनै सपना देखाउँदैनन्। गजुरेलले भने ८ वर्षअघि नै देखाइसके।
३) ओली लगभग ८ महिना प्रधानमन्त्रीको कुर्सीमा बसिसके। सपना देखाउने बाहेक केही गर्न सकेनन्, गजुरेल कुर्सीमा नबस्दै सपना देखाउन सक्छन्। कुर्सीमा रहेको भए अरु केही गर्न सक्थे कि।
तपाईँलाई के लाग्छ? तल कमेन्टमा आफ्नो विचार लेख्न सक्नुहुन्छ।
सपना देख्नु कुनै नराम्रो कुरा हो जस्तो लाग्दैन।
सपनानै नदेखी अर्थात् कुनै पनि लक्ष्य नराखी अगाडि बढे के होला? एकपटक सोचौं त।
हामी घरको काम गर्न पनि यो पहिले गर्छु, यो पछि त्यो, त्यो पछि त्यो आदि कुराहरु गर्छौं।
त्यस्तै उसले पनि एउटा सपना बोकेका छन्।
यो कुरा असम्भव भने पक्कै पनि छैन।
हामीलाई अचम्म लाग्नु भनेको यो भन्दा अघि केही पनि नभएको र हाम्रो देशमा रहेको राजनीतिक खुट्टातानीले गर्दा हो।
यदि उनले देखेका सपनालाई विपना बनाउनेतर्फ सबै राजनेताहरु अग्रसर भएर सहयोग गर्ने हो भने उक्त सपना साकार नहोला पनि भन्न सकिन्न।
तर प्रम केपी ओली ज्यू ले उक्त सपनाहरू एकपछि अर्को पूरा गर्दै देखाएका थिए भने पक्कै पनि हास्यास्पद वा व्यङ्ग्यायात्मक हुने थिएन।
सपना देखाउन कम्युनिस्टहरुलाई कसले जित्ने?
यस्तो सकारात्मक सोच लै भुकम्प पिडित हरु लै पठाएको सहयोग लै तिब्र पार्न तिर लगाए कसो hola..
यो समय सपना मा रम्ने भन्दा नि उद्दार कार्य लै तिब्र पार्नु पर्ने समय होइन र .. राजनीतिक दल र उसका कार्य कर्ताहरु???
यो समय बिकाश को बारे सोच्ने कि भत्केको घर उठाउने र भत्केका आफ्नो इतिहास जोगाउने ..
खोला मा डुबेको मान्छे ,, पहिले किनार लाग्ने कि किनार मा भएको रुख को फल मिठो हुन्छ त्यो खान्छु भनेर सोच्ने ,
हामी टहरा बसी नेपाली लै न जहाज चाहिन्छ न रेल न घर घर मा ग्यास
उहालाई काम गर्न घच्घच्याउ .. यस्तो बेमौसमी कुरा लै सकारात्मक कुरा हो भनेर प्रधान मन्त्रि जस्तो राष्ट्र को ठुलो पद लै गफ र सपना मै सिमित नाराखौ … हाम्रा एमाले कार्यकर्ता हरु मा बिनम्र अनुरोध छ— आफ्नो र राष्ट्र को प्रधानमन्त्री लै थोरै कुरा र धेरै काम गर्न लगाउ ..
झिगा पनि न मार्न न सक्ने ले ठुलो ठुलो गफ गर्दा जोक भयो … येस्ता कल्पना, सपना त हजारौ हुन् सक्छन .. देस को प्रधान मन्त्रि ये दुइटा काम गरेर देखाउदा बल्ल २-४ सपना देखाउन सकिन्छ, कि कसो ?
सपना भनेको निश्चित समय तालिका समेत को हुन्छ । यस्मा छिट्टै , भविस्यमा जस्तो शब्द हुँदैन , यो सपना पूरा गर्न म हुनु पर्छ , मेरो पार्टीको सरकार हुनु पर्छ भन्ने हुदैन । नेतृत्व ले सपना देखेको हिसाब ले प्रक्रिया समेत शुरु गर्नु पर्दछ । जोन एफ केनेडी ले दस वर्ष भित्र अमेरिका ले चन्द्रमा मा मान्छे पठाउछ भन्दा त्यो भन्दा पहिले नै पठाउन सफल भयो । केनेडी ले भनेको आठ वर्ष र मृत्यु (हत्या) को छ वर्ष भित्र ! यो पो सपना । गफ मात्रै गर्ने हो भन्ने के गर्न सकिन्छ ! http://history.nasa.gov/moondec.html
मनोज गजुरेलको सपना साकार पार्न सफल भए भने यो नेपाल हामी नेपाली कस्तो हुन्छौ । सपना हेर्न सक्नु पनि राम्रो हो ।
दुवै हाँस्य कलाकार 🙂
कतै ओली को कारण गजुरेल बिस्थापित त हुने हैनन 😀
माउबादी ले ,कांग्रेस ले व्होल सेल मै सपना देखायो , ओली ले किस्ताबन्दीमा |
संझौ
माउबादी =स्वित्जर्ल्यांड
कांग्रेस – सिंगापुर
कमल थापा — राम राज्य
खासै अनौठो चाहि लागेन हौ । यस्तो फरक त फरक छुट्याउनुहोस प्रश्नमा चाहि दिंदा नंवर पनि आउने, एक स्टेप माथि जान पनि सकिने तर खै माईसंसारको यो अनौठो फरकले त नराम्रो संन्देश दिए झै लाग्यो । फरक छुट्याउदा मनोज जि ले दर्शकलाई मनोरञ्जन दिन गरे भलै सालोक्य जि ले आफ्नो पाठकहरुलाई मनोरञ्जन दिए हैन र ? तर सपना देखेको पनि त राम्रो नै देखेछन त……।।।।
वास्तवमा हामी नेपालीहरुनै मुर्ख छौं । हास्य कलाकारको काम ब्यङ्ग गर्ने मात्र हो । सपना बाड्ने र त्यसलाई साकार पार्ने काम राजनेताहरुको हो । थाहा छैन ओली कामरेडमा राजनेताको गुण अथवा योग्यता छ कि छैन तर पनि सकारात्मक कुरालाई नजरअन्दाज गरेर हावामा उडाउनु हामी नेपालीहरुको मुर्खता भन्दा अरु केही होईन ।
नेताको काम तार्गेट देखाउने हो र तार्गेट हासिल गर्न वा त्यहासम्म पुग्ने योजना बनाउने काम चाही योजनाकारहरुको ।
ओलीले देखाएको तार्गेटसम्म पुग्ने योजना बनाउन नसक्ने हाम्रा योजनाकारहरु छन् भने सबैभन्दा पहिले तिनिहरुलाई जिम्मेवारीमुक्त गरिदिनु पर्छ ।
प्रधानमन्त्री भनेको संस्था हो र समस्त नेपाल र नेपालीको प्रतिनिधित्व गरेको हुन्छ । प्रधानमन्त्रीको खिल्ली उडाउनु भनेको नेपाल र नेपालीहरुको खिल्ली उडाउनु हो ।
गजुरेलको सपना बिपनमा कहिले पारीणत होला
हाँस्यकलाकारको भिजन चाँहि भिजन नहुनी अनि एउटा देशका कार्यकारी व्यक्ति अत्तिअावश्यक काम छोडेर सस्तो लोकप्रियता कमाउने नाममा उनीहरूको भिजन परिमार्जित गरेर प्रस्तुत गर्दा देशभक्त राजनेता ! नेपाल को यो हालत हुनुमा हामी नेपालीनै दोशी छाैं । कुनै पार्टि या व्यत्तिको हनुमान नभइ सोच्ने हो भने नेपालोको भावि योजना प्रस्तुत गर्ने मनोज गजुरेल, बस्ति निर्माणमा लागेका धुर्मुस सुन्तली .. हरू कति महान छन यि नेताहरू भन्दा । तर सत्य तितो हुन्छ । मेरो देशको बिडम्बना ??
सपना त बुन्नैपर्छ, तर त्यो साकार पार्न वा त्यसलाई मूर्तरुप दिनको लागि। पहिले कम्सेकम योजना त बुन्नुपर्यो। योजना बुन्नु नै सपनाको प्रतिबिम्ब हो। यही शिलशिलामा यहाँ एक चर्चित हाँस्यकलाकार र सम्मानित वर्तमान प्रधानमन्त्री ज्यूको तुलना गरिएको छ। र वास्तवमै बिचारको कुरामा साँच्चिकै र निष्पक्ष जर्ज गर्नुपर्दा अोलि ज्यूको भन्दा गजुरेल जीको बिचारलाई महान मान्न सकिन्छ। अर्थात गजुरेल जीले अोलि ज्यूलाई जितेको वा पछारेको देखिन्छ। र वास्तवमा पनि सुगम त यसै सुगम भयो, दुर्गमलाई सुगम बनाउने प्रयत्न गर्दैजानु सर्ब सह्रानीय र प्रसंसनीय होला। र अझ यही प्रसंगसँग सम्बन्धित रहेर भोटिङ्ग प्रक्रियामा नै जाने हो भनेपनि गजुरेल जीसँग अोलि ज्यू स्वतः हार खानुहुन्छ। त्यसैले यी र यस्ता पक्षलाई प्रधानमन्त्री ज्यूले गम्भीरतापूर्बक सोचेर अघिबढ्नको लागि समेत हामी हार्दिक अपिल गदर्छौँ।
कल्पनाविना योजना कसरी?देशको विकास गर्छु भन्दा किन त्रास?आफू नलागेको पार्टीले गरेको विकास चल्दैन कि!? आशावादी बनौ।
सर को कुरो मुनासिब लाग्यो
तर
हगनै नजान्ने ले व्याउछु भन्दा काउकुती लाग्या मात्रै हो
वास्तबमै सलुट गर्नु पर्छ
हास्य कलाकार भनौ या दुर दृश्य अनि भिजन भएका गजुरेल सरको सपनालाइ साच्चिकै अबका दिनहरुमा उहाँ जस्तो ब्यक्तिको खाचो छ यो देशमा र स्वच्छ र निस्पछे ढङगले जस्ले आफ्नो स्वार्थ मात्र परिपुर्ति नगरी देश र जनताक बिकाशको लागि सपना बोकि तेस्तो भिजन अनि एजेन्डा हरु लिइ अगाडि बढ्न र नेपाली जनतालाइ सु मार्गको बाटोतर्फ सदैब हौसला प्रदान गर्ने ब्यक्तिलाइ नेपाल सरकरले सगसगै लैजानु पर्छ भन्ने मेरो बिचार।
धन्यवाद ।