Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओलीको पानीजहाज किस्साले बढायो नेपालीको कल्पनाशिलता, फोटोसप दक्षता : हेर्नुस् नमूना

Posted on May 18, 2016May 18, 2016 by Salokya

gaida
प्रधानमन्त्री केपी ओलीले आज एउटा भाषणमा पानी जहाज किन्ने र नेपाली झण्डा राखेर गुडाउने भनेपछि पूरै देशै पानीजहाजमय हुनपुग्यो। प्रधानमन्त्रीको तर्क पनि गजबको छ – पानी भएपछि पानी जहाज चलाउन नहुने के छ?

योसँगै नेपालीको कल्पनाशिलता र फोटोसप दक्षता पनि हलक्कै बढेको छ। दुई दशकसम्म मेलम्चीको सपना पूरा नभएको यथार्थ सामु हुँदाहुँदै स्याटेलाइटबाट बिजुली बेच्ने सपनाका व्यापारीले पानीजहाजको कुरा ल्याउँदा पनि रफु भर्नेहरु हुँदा रहेछन्। एक वर्षमा लोडसेडिङ हटाउँछु भनेको रेकर्डेड भाषण रहँदारहँदै नीति तथा कार्यक्रममा २ वर्षमा लोडसेडिङ हटाउँछु भन्दा चुप लाग्नेहरु पानी जहाज असम्भव छैन भन्दै प्रत्याक्रमणमा छन् तर सामान्य नागरिकले त्यसलाई यसरी खिल्ली उडाएका छन्।

सुन्नुस‍् प्रम ओलीको भाषणको अडियो-

उनले यसो भनेका रहेछन्-

पानी जहाजबाट सामान ल्याएको बन्दरगाहमात्रै प्रयोग गर्ने होइन, नेपालले पानी जहाज किन्न हुँदैन ? समुद्रमा प्रशान्त र हिन्द महासागरमा चलाउन हुँदैन भन्ने केही छैन। हामी आफ्नो पानी जहाज किन्छौँ, आफ्नो पानी जहाज चलाउँछौँ, आफ्नो पानी जहाजबाट सामान ल्याउँछौँ, आफ्नो रेलले त्यहाँदेखि तीन दिनमा काठमाडौँ आइपुग्छ। छक्क पर्छ। यो भन्दा टाढा टाढा रेल कुदेका छन् कि छैनन् दुनियाँमा? त्यो थाहा पाउँदैनन् विरोध गर्न पाए पुग्छ। अलिकति समय पर्खिनुस्। हिन्द महासागर र प्रशान्त महासागरमा नेपाली झण्डा गाडेका पानी जहाज पनि चल्छन्। अर्को झण्डा गाड्लान् नगाड्लान थाहा छैन। हामी गाड्छौँ। पानी भएपछि पानी जहाज चलाउन नहुने के छ?

अब सोसल मिडियाको रमाइलो हेर्नुस‌्-
13237585_10207893632933032_5767216793662558283_n

13174094_10207893633533047_3253317052284341411_n

1936218_1131256130229389_2204847239539815344_n

Okay, it took some time, but I think I'm happy with this. pic.twitter.com/T6o4K22ms8

— Anup Kaphle (@AnupKaphle) May 17, 2016

13263756_1022321511185025_1425169292076090405_n

नेपाल मा येस्तो पानी जहाज चलाउने सोच छ
अहिलेको ओलि सरकारको pic.twitter.com/J5mrrfAWC6

— मिस्टर जोशी ™ (@katteljoshi) May 18, 2016

नेपाल को पहिलो पानी जहाज #NP_101 लाई भर्खरै मात्र खादा पहिर्याएर भित्र्याइएको छ। pic.twitter.com/Wg5GiwUDp5

— Pani-Jahaaj Pirate (@MissusRTT) May 18, 2016

आयो आयो जहाज आयो चड्ने भए आउनुस है pic.twitter.com/zKRrqID4US

— uttam lohani (@UttamLohani) May 18, 2016

हैट पानी जहाज कहाँ बाट आयो फेरि pic.twitter.com/FMquDhU1cp

— Suraj Bhandari (@smbhandarisuraj) May 18, 2016

पानीजाहाज चलाउने निर्णयको बिरुद्दमा निस्केको बिरोध जुलुसलाई नेतृत्व गर्दै मध्य पश्चिम बस व्यावसायि समितिका अध्यक्ष। pic.twitter.com/sLWh7hfAxC

— ish (@iShzz) May 18, 2016

5 thoughts on “ओलीको पानीजहाज किस्साले बढायो नेपालीको कल्पनाशिलता, फोटोसप दक्षता : हेर्नुस् नमूना”

  1. abishek lama says:
    May 19, 2016 at 4:52 am

    बोल्दै नबोली सक्यो शुसिल बा,.. बोलेर पनि बुज्न गारो शेर अंग्कल,..धेरै बोल्ने गगने दाजु ….यिनीहरु भन्दा त के. पी. जी ले सजिलो र नपढेकाहरुले पनि बुज्ने गरि उखान या हासो मजाले भय पनि सपना त देखेकोमा खुसि लागेका छौ ….

    Reply
  2. Ekraj says:
    May 18, 2016 at 5:16 pm

    If this sort of gaffe or garbage is vomited from a Prime Minister of any country, that person would have been declared as mentally ill and harmful for the whole society. Then the security personnel would have the responsibility to put him in mental hospital for the treatment of his illness or bokbas.
    Who is really believing an illiterate, retarded and a terminally ill bladgo will build the country. This guy is just wasting everybody’s time.

    Reply
  3. TENZING GABA says:
    May 18, 2016 at 2:38 pm

    ओली जी
    भारत ले पनि जहाज सम्म जाने बाटो दिएन भने के गर्ने नि ?

    धन्दा नमान्नुस त्येसको पनि उपाय छ

    # नेपाल देखि समुन्द्र सम्म सुरंग खन्ने, अनि सुरुंग को एकापट्टिको मुख समुन्द्रमा खोलेसी सुरुंग भित्र पानि नै पानीले भरिने त भैगो
    अनि त्येही सुरुंगमा पनडुब्बी जहाज (SUB-MARINE) चलाउने /

    त्येसको अन्य फाइदाहरु

    # SEA FOOD को नेपाल मै खेति गरि त्येस्मा आत्म निर्भर हुन् सकिने

    # सुरुंग बात नुनिलो पानि निकाली नुन उत्पादन गरि नून मा आत्मनिर्भर हुन् सकिने

    # समुद्र सम्म पहुच भएसी नेपाल मा पनि जल सेना (NAVY) गठन गरि बेरोजगार युबा हरुलाई रोजगारी दिन सकिने

    खोक्दा सुको नलाग्ने भएर खोकी दिए रिसानी माफ पाउ ओली जी

    जदौ

    Reply
  4. lok bahadur regami says:
    May 18, 2016 at 11:38 am

    सपना देख्नु ठुलो कुरो होइन तेसलाइ परिमार्जन गर्नु ठुलो कुरो हो र यति भुकियो भने अर्को निर्वाचनमा जनतालाइ भेडा बनाउन पाइन्छ यदि साच्चै देशलाई अगाडी लानु चाहनु हुन्छ भने पहिला भ्रष्ट नेता र भ्रष्ट कर्मचारीलाई ठेगाना लगाउनुस र जहाँ कामको लागि सपना देखाइएको छ तेहा कति उन्नति हुदैछ कामको लेखा जोखा राख्नुस यदि भाछैन भने के कति कारणले ढिलो भाको हो त्यो कुरा बुझी कारबाही गर्न नहिचकिचाइ कारवाही गर्नुस र नातावाद र कृपाबाद लाई त्याग्नुपर्छ तब नेपाल बन्छ नत्र मात्रै भुक्ने काम हुनेछ

    Reply
  5. iswar says:
    May 18, 2016 at 10:35 am

    हुर्रे…. हुर्रे……हुर्रे………….नेपालमा अब पानीजहाज फ्याक्तरी खोल्नपर्यो | मलाई त आफ्नै कागजको पानी जहाज मनपर्यो. सस्तोमा सस्तो…. पेट्रोल / डिजेल नचाहिने. ऊहू यसका कामदार पो कहाँ छन् बिज्ञापन गरे आउँछकी\ नेपालीले बिदेशिन परेन| अनि फेरी यसमा सिन्डिकेट प्रणालि नै चाहिन्छ है

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme