Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सोनाक्षी नाचेर संकलित रकम सुरुमा भूकम्पपीडितको सहयोगार्थ भन्दै पछि यसकारण फेरे रानीसाहेबहरुले कुरा

Posted on May 17, 2016 by Salokya

13179261_10205287104051749_352514880354439657_n यो छेउमा हेर्नुभो? भारतीय पत्रिकामा छापिएको हेडलाइन हो। नेपालमा पनि यो कार्यक्रमबाट उठ्ने रकम भूकम्पपीडितको सहयोगमा जान्छ नै भनी प्रचार गरिएको थियो। कार्यक्रम बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आर्मी ड्रेसमा रहेका अधिकारीले भनेका थिए- ‘मेन फोकस भूकम्पपीडितहरुको लागि सहयोग नै हो। त्यसबाहेक सर्टेन अमाउन्ट धरहराको पुननिर्माणमा पनि छ।’

उनले यो कुरा अन दि रेकर्ड भनेका हुन्। यसको भिडियो भित्र हेर्न सक्नुहुन्छ। तर सोमबार आयोजक सैनिक श्रीमती संघले जारी गरेको विज्ञप्ति भने संकलित रकम यसमा खर्च गर्ने कुरा उल्लेखै छैन। आखिर किन फेरे हेलिकप्टर चढेर भूकम्पपीडितहरुलाई चाउचाउ बाँड्न जाने रानीसाहेबहरुले कुरा? स्रोतका अनुसार खास कुरा यस्तो रैछ।

सबैभन्दा पहिला भिडियो हेर्नुस्-

भूकम्पपीडितका लागि भनेर रकम उठाएपछि त्यो रकम इयरमार्क भएर प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जाने व्यवस्था कोइराला सरकारकै पालामा भएको हो। एनजिओहरुले यसको ठूलो विरोध गरेका थिए। तर जेका लागि रकम उठाएको हो, त्यसैमा खर्च गर्नुपर्छ भनेर सरकार कडा रुपमा लागेपछि विरोध फितलो भएको थियो।

अहिले पनि भूकम्पपीडितको लागि स‍ंकलित रकम भन्यो भने यसरी नै इयरमार्क हुने डर हुनसक्छ। यसबाहेक सैनक श्रीमती संघ एउटा एनजिओ हो। यसले भूकम्पपीडित क्षेत्रमा केही रकम बाँड्न वा केही काम गर्न पुननिर्माण प्राधिकरणसँग सम्झौता गर्नुपर्ने हुन्छ। प्राधिकरणसितको सम्झौता बिना केही गर्न पाइन्न। आफू खुसी दिन नपाउने भए।

त्यसैले सुरुवातमा सरकारी विद्यालय निर्माण र धरहरा पुननिर्माणमा संकलित रकम दिने भनेपनि आफूले नै बाँड्न नपाउने भएपछि श्रीमती संघका रानी साहेबहरुले आज विज्ञप्तिमा कुरो घुमाएर मिलाएर पठाएका रहेछन्।

के छ त विज्ञप्तिमा ?

विज्ञप्तिमा लेखिएको छ- ‘यस कार्यक्रमबाट संकलित रकम नेपाली सेनाका बहालवाला, अवकाशप्राप्त सैनिक एवं आश्रित परिवारका सदस्यहरु तथा सर्वसाधारणको सामाजिक कल्याणकारी कार्यमा सहयोग पुर्‌याउने उद्देश्य रहेको छ।’

अर्थात् यसबाट संकलित रकम भूकम्पपीडितको सहयोगका लागि हैन, किनभने त्यसरी तोकिएको छैन। यो सामाजिक कल्याणकारी कार्यमा सहयोग पुर्‌याउने उद्देश्यका साथ खर्च हुनेछ। त्यो सामाजिक कल्याणकारी काम भने अरु जे पनि हुनसक्ला। अनि यसका लागि प्राथमिकता क्रम पनि विज्ञप्तिमा प्रष्ट उल्लेख छ-

१ नेपाली सेनाका बहालवाला,
२ अवकाशप्राप्त सैनिक
३ ती सैनिकका आश्रित परिवारका सदस्यहरु
४ सर्वसाधारण

हेर्नुस‌् विज्ञप्ति

Page 1 of NAWA-Press-Release

Page 1 of NAWA-Press-Release

Contributed to
DocumentCloud by
Umesh Shrestha of
MySansar •
View document or
read text

यो पनि हेर्नुस्-

श्रीमान् सैनिक के भन्छन्?

6 thoughts on “सोनाक्षी नाचेर संकलित रकम सुरुमा भूकम्पपीडितको सहयोगार्थ भन्दै पछि यसकारण फेरे रानीसाहेबहरुले कुरा”

  1. Gags says:
    May 19, 2016 at 4:33 am

    शलोक्यजी
    मलाई नि जान्न मन लाग्यो कि रानी साहेबहरुले कती करोड तिरेर भारतीय हिरोइनहरुलाई नाच्न बोलाका रचन?

    Reply
  2. binod says:
    May 18, 2016 at 6:12 am

    ऊठेको पैसा क्षेत्रीबाहुनले खाएर अल्को भवन ठडाउने त हो ।

    Reply
  3. shristi says:
    May 17, 2016 at 11:35 pm

    कुनै जमानामा सेना भित्र को मानो मैले नि खाए करिब ८ वर्ष माथिल्लो स्तर को शिक्चा भयपनी मैले मद्येम पद मा जागिर प्रबेस गरि अधिकृत पद सम्म पुग्ने मौका पाय करिब १७ वर्ष अगाडी त्यो पनि मेरो योग्येता ले हैअन मेरो बाबा आर्मी हेद क्वाटर को अधिकृत भएको कारण. आर्मी भनेकै खुलॆआम कसैको डर कानुन केहि नलागी कन घोटाला गर्ने ठाउँ हो . एस्तो कमेन्ट गर्दा जुन थाल मा खायो तेइ थाल मा थुक्ने जस्तो लाग्छ आफैलाई तर जागिर भित्र बोल्ने कसैको आत् हिम्मत हुदैन कि त बर्खास्त हुनु पर्छ कि त जेल आर्मी भनेकै बिनाम को राना शासन हो. सानो लाइ दबाउने घोताउने ठुला बडा ले मोज मस्ती गर्ने तेस्मा कसैले बोल्न सक्दैन. तेस्मा पनि श्रीमति सघ भनेको त राना शासनको परकास्ता नै हो जनताको रगत पशिनाको राशन तलब खाने साधारण जनताको छोरा जो तल्लो दर्जाको हुन्छ उसलाई जर्साब कर्साब को घरमा भाडा माज्ने नोकर राख्न लगिन्छ. उसले राम्रो भाडा मज्ने घरको काम गरेर जर्साब को श्रीमती रिजौना सके उसको चाडै प्रोमोसन ,सरुवा शान्तिसेना सबै हुन्छ जसले गर्न सक्दैन उसलाई तेइ अनुसार कारबाही , जर्साब कर्साब्को गुण गान गाएर श्रीमती यानिकी औठा छापलाई रानी साब भनि भनि सेवा गर्दा पढे लेखेकाको मन कस्तो हुदो हो??श्रीमति सघ को काम भनेकै अधिकृत लोग्ने को भरमा राज शोख पाउनु . दुनियाको छोरालाई १ ,२ जना हो र ? पाय देखि ३,४ जना बगैचा कुकुर भाडा घर सरसफाई सबै तिनले नै हेर्छन. उनीहरु चै दिनभरी तास को खाल जमाउने श्रीमान ले कुन देश जादा के के उपहार ल्याए भनेर एकार्कामा सुनाउनु मात्त्र हो एसको त जरै देखि निर्मुल पर्नु पर्छ. हामि केटि भय पनि रगत आफ्नो रगत पशिना बगाउनेको केहि भ्यालु छैन तिनीहरुको रमझम देख्दा त येस एल आर ले सबैलाई भुट्नु जस्तो लाग्थ्यो तर सबैलाई आफ्नो जीवन प्यारो

    Reply
  4. Navaraj Subedi says:
    May 17, 2016 at 3:05 pm

    डलर खेती गर्नेहरुले न बोलेको कुरा पुरा गर्छन भलै यिनिहरुले विकाशको कार्य गर्ने भनेर सरकारको कार्यक्रमलाई नै छायाँ पार्ने कार्य गर्छन । अधिकारको नाममा केवल ढ्वागं फुक्ने काम गर्छन र अधिकारको नारा दिएर राम्रो कार्य गरेको भन्दै रिपोर्ट तयार पार्छन अनि पुनः डलर खेती कै कार्य यस्तै गरि चलिरहन्छ । यिनिहरुले त सरकारलाई कर नतिरिकन नाफा कमाउने उद्देश्य नभएको भन्दै करवाट टाढा रहन्छन । यिनका डलरलाई नै नजिरले कानूनको दायरामा ल्याएर कर तिराउनु पर्छ ।

    Reply
  5. Mahesh says:
    May 17, 2016 at 10:23 am

    यही बेला हो यो सैनिक श्रीमती स‍ंघको विघटन गर्ने समय । परम्परागत रुपमा कसैकी श्रीमति भएको भरमै श्रीमती संघ खोलेर प्रधान से्नापति मुनिका सैनिक अधिकृत भन्दा माथिको हैसियतमा चुरीफुरी गर्ने अधिकार कहाँबाट पायो यसले । नेपाल गणतन्त्रमा गइसक्दा पनि राजाकी रानी भए सरह सेवासुविधा र प्रसय कहाँबाट पायो यसले । सेनाकाे एउटा मर्यदा हुन्छ । त्यसका सबै अधिकृतहरु एउटा पोर्टपोलियोमा हुन्छन् । तर प्रधानसेनापतिको श्रीमति अध्यक्ष भएको सिभिल महिलाहरुको संघले किन सेनाका कार्यक्रममा दोस्रो मर्यदा पाउने । के यो अधिकार कहाँबाट आयो । सैनिक अधिकृतले आफ्नो श्रीमती पनि संघमा छ भनेर चित्त बुझाए मात्र हो नत्र भने उनीहरूको मन पनि कुँडिँदो हो । सेनाको प्रमुखकी श्रीमती भनेर चुपचाप सहेर बसेका हुँदा हुन् । नत्र भने कसरी यो चुरिफुरी हुने अधिकार कहाँबाट आयो । अरु संस्थालाई सेनाले कतै जान र छिर्न दिन्छ । उसले त्यो पनि एउटा सिभिल महिला नागरिकको संस्था मानेको हुँदो हो त अन्य अरु संस्था सरह मात्र व्यवहार गर्नु पर्थ्यो । कसैकी श्रीमती भएको भरमा राजाको रानी हुने परम्परागत सापन्ति सोच भन्दा माथि यो छैन । यसलाई खारेज गर्नु पर्छ ।
    यस्तै गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा पनि श्रीमती संघ रहेको छ त्यहाँ पनि आइजिपी पछि श्रीमति संघकी अध्यक्ष दोस्रो बरियातामा रहेको पाइन्छ । त्यसलाई पनि निर्मुल पार्न सकोस यो सरकारले ।।
    यसमा सबै पत्रकार विज्ञ राजनीतिकर्मी कर्मचारी नागरिक समाज लाग्नु पर्छ ।
    साथै संगठन भित्रैबाट पनि यो आवाज उठ्नु पर्छ । सेना प्रहरी सशस्त्र प्रहरीका वरिष्ट अधिकृतहरुलाई पक्कै पनि कसैकी श्रीमति भएको भरमा उसको भन्दा तलको दर्जामा बस्न नैतिकताले दिँदैन । आजसम्म नखोलेको मुख अब खोल्नु होस् । उसको क्षमताले प्रहरी महानिरिक्षक वा प्रधानसेनापति भन्दा माथि भए पनि सम्मान गर्न पछि पर्नु हुन्न । तर कसैकी श्रीमती भएकै भरमा संगठनको बागडोर उसको हातमा दिनु हुँदैन ।
    यसमा सबै सचेत भया ।

    Reply
    1. गौरव says:
      May 17, 2016 at 11:28 am

      महेशजीको भनाई प्रति सहमति जनाउदै यस प्रकरणका नायक र अभिनायक अनि आयोजकहरु प्रति कारवाही र कार्यान्वयन गराउन गम्भिरतापुर्बक लागिपर्न सम्बन्धित निकाय र सरकारलाई अनुरोध गर्दछु| भारतबाट कलाकारहरुलाई भुकम्प पीडितका सहयोगका लागि भनेर आयोजकले विवरण दिनहु बदलिनु भएन|
      ओलीको सरकार बेकाम्मे र निकम्मा जे भएपनि यस प्रकरणको सन्दर्भमा एउटा पुर्ब सैनिक अधिकृत राजेन्द्र थापाले प्रधान मन्त्रीको कटु आलोचना गरेको सुहाएन| युद्ध लड़नपरने सेनालाई गीत कविता वाचन र लेखन सरह ठानेर जागिर खाएका राजेन्द्र थापाज्यूले कुन कारणले प्रधान मन्त्रीलाई त्यतिका होच्याएर कमेन्ट नगर्नुभएको भए सीमा भित्रै हुने थियो जस्तो लाग्छ| सेनाका अधिकृत जर्साब र कर्साबले साधारण सिपाहीलाई आफ्नो घर बनाउन र मर्मत सम्भार गर्न बँधुवा मजदुर सरह काममा लगाएको नेपाली जनताको आँखाबाट टाडा छैन क्यारे| नेपाली जनता र सेना बीच युगौ देखि भाँचेको मन अझ फाटों ल्याउन भन्दा मन टाल्ने काम सेनाले गरेको भए नेपाली जनता खुशी हुने थियो| हुर्मत हुनेले उर्दी फुकालेर राष्ट्रिय नाचघर व्यवस्थापन गरे भैगो|
      छिमेकी भारतसंग सब्म्बंध सुमधुर हुनपर्छ| हामीले त्यसो गर्न दोब्बर प्रयास जारी राख्न पर्छ| यसमा शंकै छैन| तर नेपालीको अभिमान, गरिमा, राष्ट्रिय मर्यादा र गौरव सदैव कायम राखेर|
      त्यस प्रकरणमा सामेल विवादस्पद जर्नेललाई तुरन्त निलम्बन गरिन पर्छ|
      त्यस कार्यक्रममा सेनाको साधन र श्रोत संचालन गरेर कति धन संग्रह गरे र कति खर्च भए त्यसको विवरण शीघ्र नेपाली जनता समक्ष पारदर्शी रुपमा नराखे शंकाको घेरा अझ कसिलो हुनेछ|

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme