Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमरपंक्षीबाट उठेको रकम भूकम्पपीडितका लागि होइन रहेछ, सैनिक श्रीमती स‍ंघको विज्ञप्ति त्यसै भन्छ

Posted on May 16, 2016May 17, 2016 by Salokya

Sonakshi_1st (7)
चिफ साबकी श्रीमती अध्यक्ष र जर्नेल, कर्नेलहरुकी श्रीमती सदस्य रहेको सैनिक श्रीमती स‍ंघले आयोजना गरेको अमरपंक्षी कार्यक्रम अहिले बहसको विषय बनिरहेको छ। नेपालका महानायक राजेश हमालले समेत विदेशी कलाकारलाई स्वागत गर्न सेनाका जर्नेल गएको समाचार थाहा पाएपछि लज्जित भएको बताए। यो सब बहसका कारण होला आज श्रीमान सैनिक र श्रीमती सैनिक दुवैले विज्ञप्ति निकालेका छन्।

सोनाक्षी सिन्हा र मलाइका अरोरालाई नचाएको कार्यक्रम भूकम्पपीडितको सहयोगका लागि भनेर प्रचार सुन्नेहरु धेरै थिए। तर आज सैनिक श्रीमती संघको विज्ञप्तिमा भने संकलित रकम भूकम्पपीडितलाई दिने उल्लेख छैन। विज्ञप्तिमा लेखिएको छ- ‘यस कार्यक्रमबाट संकलित रकम नेपाली सेनाका बहालवाला, अवकाशप्राप्त सैनिक एवं आश्रित परिवारका सदस्यहरु तथा सर्वसाधारणको सामाजिक कल्याणकारी कार्यमा सहयोग पुर्‌याउने उद्देश्य रहेको छ।’

अर्थात् यसबाट संकलित रकम भूकम्पपीडितको सहयोगका लागि हैन, किनभने त्यसरी तोकिएको छैन। यो सामाजिक कल्याणकारी कार्यमा सहयोग पुर्‌याउने उद्देश्यका साथ खर्च हुनेछ। त्यो सामाजिक कल्याणकारी काम भने अरु जे पनि हुनसक्ला। अनि यसका लागि प्राथमिकता क्रम पनि विज्ञप्तिमा प्रष्ट उल्लेख छ-

१ नेपाली सेनाका बहालवाला,
२ अवकाशप्राप्त सैनिक
३ ती सैनिकका आश्रित परिवारका सदस्यहरु
४ सर्वसाधारण

अपडेट : तर कार्यक्रमअघि आयोजित पत्रकार सम्मेलनमा आर्मी ड्रेसमा रहेका अधिकारीले भनेका थिए- ‘मेन फोकस भूकम्पपीडितहरुको लागि सहयोग नै हो। त्यसबाहेक सर्टेन अमाउन्ट धरहराको पुननिर्माणमा पनि छ।’ उनले यो कुरा अन दि रेकर्ड भनेका हुन्। यसको भिडियो हेर्नुस्-

तर विज्ञप्तिमा भने संकलित रकम यसमा खर्च गर्ने कुरा उल्लेखै छैन। आखिर किन फेरे हेलिकप्टर चढेर भूकम्पपीडितहरुलाई चाउचाउ बाँड्न जाने रानीसाहेबहरुले कुरा? स्रोतका अनुसार खास कुरा यस्तो रैछ। पढ्नुस् यो अर्को ब्लग

सोनाक्षी नाचेर संकलित रकम सुरुमा भूकम्पपीडितको सहयोगार्थ भन्दै पछि यसकारण फेरे रानीसाहेबहरुले कुरा

IMG_6826
विज्ञप्तिमा यस्ता गतिविधिले महिला सशक्तिकरणलाई समेत अभिबृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको र महिलाहरु आवद्ध संस्थाको रुपमा सैनिक श्रीमती संघद्वारा संचालित यस्ता गतिविधीले महिला सशक्तिकरणमा समेत थप टेवा पुग्ने विश्वास लिइएको छ भनिएको छ।

हेर्नुस‌् विज्ञप्ति

Page 1 of NAWA-Press-Release

Page 1 of NAWA-Press-Release

Contributed to
DocumentCloud by
Umesh Shrestha of
MySansar •
View document or
read text

श्रीमान् सैनिक के भन्छन्?

त्यो त भयो श्रीमती सैनिकको विज्ञप्ति। श्रीमान् सैनिकले पनि विज्ञप्ति निकालेको छ। विज्ञप्तिमा भएको औपचारिक कुरालाई सोझो भाषामा भन्ने हो भने यस्तो हुन आउँछ-

पहिला पनि विदेशी कलाकार आउँथे। यस्ता कलाकार आउँदा फ्यानहरुले घेरेर गाह्रो बनाउला भनेर सेनाका अधिकारीहरु पनि जाने चलन छ। सोनाक्षीलाई स्वागत गर्न हैन सुरक्षा व्यवस्था अनुगमन गर्न पो गएको त। अनि ड्युटी स्थलमा जाँदा आर्मी ड्रेसमा नगएर केमा जानु?

हेर्नुस् पूरा विज्ञप्ति-
[documentcloud url=”https://www.documentcloud.org/documents/2835329-Nepal-Army-Press-Release.html#document/p1″]

क्या हो आर्मी सा’ब, यस्तो भन्दिने? हजुरहरुको विज्ञप्तिमा भने जस्तै हुने हो भने त हरेक पटक विदेशी कलाकार आउँदा आर्मी ड्रेसमा आर्मीहरु देखिनुपर्ने हो त। खै त शाहरुख खान आउँदाको यो फोटोमा त प्रहरी मात्रै देखिन्छ त-

शाहरुख खान त्रिभुवन विमानस्थलबाहिर। फोटो : नागरिक
शाहरुख खान त्रिभुवन विमानस्थलबाहिर। फोटो : नागरिक

अनि सुस्मिता सेन आउँदा पनि देखिएन

सुस्मिता सेन आउँदाको फोटो। साभार : अनलाइनखबर
सुस्मिता सेन आउँदाको फोटो। साभार : अनलाइनखबर

डेभिड बेकहम आउँदा पनि देखिएन त

बेकह्याम आउँदको फोटो। साभार : नागरिकन्युज
बेकह्याम आउँदको फोटो। साभार : नागरिकन्युज

धेरै पछाडि किन जाने? अस्ति भर्खर बेलायती राजकुमार प्रिन्स ह्यारी आएका थिए। उनी त बेलायती सेनाको एउटा पदमा पनि छन्। खै त उनी आउँदा पनि कुनै जर्नेल देखिएन त
Nepal Britain Prince

4 thoughts on “अमरपंक्षीबाट उठेको रकम भूकम्पपीडितका लागि होइन रहेछ, सैनिक श्रीमती स‍ंघको विज्ञप्ति त्यसै भन्छ”

  1. krishna khadka says:
    May 18, 2016 at 1:08 pm

    आफना बाबु आमाले सोनाक्ष्ँी सिन्हालाई बाबु स्वागत गरेर लिएर आईज तं भनेका भए घरमा काम गर्ने सिपाहीलाई लिन पठाउथे होलान् ।

    Reply
  2. Victor Karki says:
    May 18, 2016 at 5:58 am

    हाकिमको श्रीमती(रनिसाब)को नखरा देखेर र नि हासो मात्र उड्छ! श्रीमान अधिकृत भएर येत्रो रवाफ??
    जनता को मर्म बुज्ने पार्टी र नेता ननिस्किनजेल सम्म नेपाल येस्तै रहन्छ !!! राजनीति पार्टी , श्रीमती संग, NGO, INGO र अन्यो नाम गरेका लुटेरा हरु ले रमिता देखाई राक्चान !!! यो घिन लाद्गो प्रधर्सन भन्दा राजतन्त्र नै ठिक !!! आज म ३४ वर्ष भए , बच्चादेखि समाचारमा देख्येको नेता भनौदा हरु आज सम्म नेता, हैन एस्त अनाडीहरु सबलाई हैजाले किन्न लाग्दैन, कमसे कम नया नेता त आउथ्यो !!!
    नेपाली जनता ढुक्क होउ, यो हाम्रो फोहरी, गनाउने , दुरर्गंदित राजनीति र नेता को फल हो!!!

    Reply
  3. satyam says:
    May 17, 2016 at 11:41 am

    आखिर राज्सी ठान्त देखाउने , मेह्फिल बनाउने बानी अजै गएको छैन दोस्रो भर्सन को रजौता हरु को।
    देश को आत्म्सम्मन्,गर्व्,शक्ती नै सेना हो तर अनेकन बहना बनाएर कारण देखाएर एउटा bollywood कलाकार को सुरक्षा कर्मी जस्तो पक्सी लागेर एस्कोर्ट र सुरक्षा दिनु यो मेरो र हाम्रो नेपालीत्व को घोर अपमान हो।
    अब क् आर्मी ले recruits लिने,बेलायत पठाउने , झिनो हुन लाको “gurkha” इतिहास् chaatera बस्ने अनि bollywood कलाकार को स्वागत गर्ने ।।बस् यस्तै काम बाँकी रह्यो त।
    अहिले देश को सिमा मा हैन देश भित्र सुरक्षा को जरुरी छ।
    डुश्मन सिमा मा छैनन आज्कल।। सुरक्षाकर्मी कै सुरक्षा मा हिडिरखेका छन।
    अब आर्मी ले क् गर्नु पर्‍यो त?

    Reply
  4. Mahesh says:
    May 17, 2016 at 10:02 am

    यही बेला हो यो सैनिक श्रीमती स‍ंघको विघटन गर्ने समय । परम्परागत रुपमा कसैकी श्रीमति भएको भरमै श्रीमती संघ खोलेर प्रधान से्नापति मुनिका सैनिक अधिकृत भन्दा माथिको हैसियतमा चुरीफुरी गर्ने अधिकार कहाँबाट पायो यसले । नेपाल गणतन्त्रमा गइसक्दा पनि राजाकी रानी भए सरह सेवासुविधा र प्रसय कहाँबाट पायो यसले । सेनाकाे एउटा मर्यदा हुन्छ । त्यसका सबै अधिकृतहरु एउटा पोर्टपोलियोमा हुन्छन् । तर प्रधानसेनापतिको श्रीमति अध्यक्ष भएको सिभिल महिलाहरुको संघले किन सेनाका कार्यक्रममा दोस्रो मर्यदा पाउने । के यो अधिकार कहाँबाट आयो । सैनिक अधिकृतले आफ्नो श्रीमती पनि संघमा छ भनेर चित्त बुझाए मात्र हो नत्र भने उनीहरूको मन पनि कुँडिँदो हो । सेनाको प्रमुखकी श्रीमती भनेर चुपचाप सहेर बसेका हुँदा हुन् । नत्र भने कसरी यो चुरिफुरी हुने अधिकार कहाँबाट आयो । अरु संस्थालाई सेनाले कतै जान र छिर्न दिन्छ । उसले त्यो पनि एउटा सिभिल महिला नागरिकको संस्था मानेको हुँदो हो त अन्य अरु संस्था सरह मात्र व्यवहार गर्नु पर्थ्यो । कसैकी श्रीमती भएको भरमा राजाको रानी हुने परम्परागत सापन्ति सोच भन्दा माथि यो छैन । यसलाई खारेज गर्नु पर्छ ।
    यस्तै गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा पनि श्रीमती संघ रहेको छ त्यहाँ पनि आइजिपी पछि श्रीमति संघकी अध्यक्ष दोस्रो बरियातामा रहेको पाइन्छ । त्यसलाई पनि निर्मुल पार्न सकोस यो सरकारले ।।
    यसमा सबै पत्रकार विज्ञ राजनीतिकर्मी कर्मचारी नागरिक समाज लाग्नु पर्छ ।
    साथै संगठन भित्रैबाट पनि यो आवाज उठ्नु पर्छ । सेना प्रहरी सशस्त्र प्रहरीका वरिष्ट अधिकृतहरुलाई पक्कै पनि कसैकी श्रीमति भएको भरमा उसको भन्दा तलको दर्जामा बस्न नैतिकताले दिँदैन । आजसम्म नखोलेको मुख अब खोल्नु होस् । उसको क्षमताले प्रहरी महानिरिक्षक वा प्रधानसेनापति भन्दा माथि भए पनि सम्मान गर्न पछि पर्नु हुन्न । तर कसैकी श्रीमती भएकै भरमा संगठनको बागडोर उसको हातमा दिनु हुँदैन ।
    यसमा सबै सचेत भया ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme