Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रवादी सरकारलाई सेनाको अप्रत्यक्ष दनक – प्रम ओली भारत-नेपाल सम्बन्ध बिगार्ने क्रोधी र अहंकारी

Posted on May 16, 2016 by Salokya

rajendra_thaoa प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादको वाहवाही भइरहँदा जर्नेल, कर्णेलकी श्रीमतीहरुको संघमार्फत‍् भारतीय कलाकारलाई भूकम्पपीडितको सहयोगको नाममा टुँडिखेलको सैनिक मञ्चमा गराएको नाचगानबारे बहस चर्किएको छ। भारतीय हिरोइनलाई आर्मी ड्रेसमा जर्नेलले स्वागत गर्न गएको भनी कडा आलोचना पनि हुँदैछ। तर सेनाले यसबारे प्रत्यक्ष केही बोलेको छैन। अप्रत्यक्ष रुपमा अवकाश प्राप्त रथी राजेन्द्र थापाको मुखबाट भने सेना बोलेको छ।

आज कान्तिपुरमा छापिएको पाठक पत्रमा थापा लेख्छन्- ‘प्रधानमन्त्री केपी ओलीका क्रोध, अहंकारले अराजक रूपमा दिल्ली र काठमाडौंका सत्ताबीच फाटेको मनलाई भारतीय जनताका तर्फबाट सिउन आएका ती कलाकारलाई जति स्वागत गरे पनि कम हुन्छ।’ प्रधान सेनापति राजेन्द्र क्षेत्री आफै गएर स्वागत गरे पनि कमै हुने मनसाय उनको देखिन्छ। त्यस्तो ‘जनमुखी कार्य’ गरेको भए पनि सेनाको प्रतिष्ठा र मनोबल घट्दैन, बरु बढ्छ भन्ने तर्क उनको रहेछ।

अप्रत्यक्ष रुपमा भए पनि सेनाको कुरा बुझिहालियो। अब चुपै बसे भो हैन त यस विषयमा !

बरु ती भारतीय कलाकारहरुलाई बोलाउँदा वर्दा कति खर्च लागेको थियो, न भूकम्पपीडितका लागि भनेर मन पग्लेर सित्तैमा पो कार्यक्रम गरिदिए कि। कार्यक्रमको व्यवस्थापन गर्दावर्दा कति खर्च भएको थियो, अनि भूकम्पपीडितका लागि कति रकम सहयोग हुने भयो, त्यो रकम कहाँ कसरी खर्च गरिँदैछ, त्यो पनि सार्वजनिक गरिदिने कि। त्यो हो भने जनमुखी कार्य गरे वापत् जनताले सेनाको वाहवाही गर्ने नै छ।

अनि लास्टमा काठमाडौँ महानगरपालिकाले काठमाडौँमा होर्डिङ बोर्ड राख्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको २०७० सालदेखि नै हो। नियम भनेको सबलाई लाग्नुपर्ने हो, तर आर्मी अलि फरक स‌ंस्था पर्‍यो, त्यसैले टुँडिखेल, आर्मी हेडक्वार्टर र सिंहदरबारभित्रै बडेमानका होर्डिङ बोर्ड ठड्याइदिए। अब त कार्यक्रम सकियो, त्यो नियमविपरीतका होर्डिङ बोर्डहरु पनि हटाएर जनमुखी कार्य गरिसिने कि? रिसानी माफ गरिस्योस् प्रभु !

20160515_133919 (1)

12 thoughts on “राष्ट्रवादी सरकारलाई सेनाको अप्रत्यक्ष दनक – प्रम ओली भारत-नेपाल सम्बन्ध बिगार्ने क्रोधी र अहंकारी”

  1. arjun says:
    May 26, 2016 at 10:54 am

    राजेन्द्र थापा ले भन्ने नै यहि होनी. यौटिले नपुगेर आफ्नै सिपाहीकी श्रीमती पनि भित्राउने ले के भनुन त

    Reply
  2. Navaraj Subedi says:
    May 17, 2016 at 4:44 pm

    राजेन्द्र थापा (उपरथि) ले तिन पाने खाएछन क्यारे, यिनलाई किन तिनपानेले सकन चढेको हो हुँदा हुँदा शेना जस्तो देशको सुरक्षाको लागि संवेदनशिलतामा वसेको प्रतिश्ठित संस्थाको सदस्यले पनि आफ्नो देशको प्रधानमन्त्रिलाई जे पायो तेहि वोल्छन ? शंका पो लाग्न थाल्यो यि पनि भारतकै र का ऐजेन्ट हुन कि तिनपानेको भरमा भनेका हुन । उस्तैमा को को न नेपालको विकाशको लागि, भुकम्प पिडितको लागि कार्यहरु गर्न आएका हुन भलै श्रीमति संघ त झन एउटा गैर सरकारी संस्था हो न यो संघले भुकम्प पिडितको लागि घर वनाई दिन्छ, न देशको विकाशमा सहयोग गर्न सहयोग दिन्छ यो यिनिहरुले उही मुलाको सिन्कि उहि मुलाको चाना गर्दै तिनपानेको आव्हान गर्दै मस्त लठ्ठिएर राजेन्द्र थापा (उपरथि) जस्तासँग चियर्स गर्छन । अन्तिममा …….यो देशको कलाकारको कुनै सांगितिक प्रोगाममा भारत जाँदा राजेन्द्र थापा (उपरथि) जस्तो भारतिय सेना तेसै गरि आउँछ ? नेपालीको कुनै औकातै नभएको जस्तो कलाकार भन्दैमा भारतियको आचि पनि खान तयार भा रैछन यि ठेट्नाहरु …….।

    Reply
  3. Bel Bahadur gurung says:
    May 17, 2016 at 12:38 pm

    राजेन्द्र थापाको भनाइ अमर्यादित र आपत्तिजनक छ / गरिब नेपाली करदाताको करबाट पेन्सन खाने यिनलाई तुरुन्त पेन्सन रोक्का गरि कारवाही गरियोस/

    Reply
  4. diwakar says:
    May 17, 2016 at 8:51 am

    उनीहरु जे हुन त्यो देखिएको छ !बर्षौ देखि भारतीय संग दाना पनि खान लगाएपछि यो हुनु स्वाभाविक हो ! भिम रावल ले यो सम्बन्ध लाइ कम गर्न काम गर्नु पर्छ ! भारत मा तालिम लिन पठाउनु भन्दा नेपाल मै लिने ब्यवस्त गर्नु पर्छ ! सनिक लाइ चाहिने गोलि बन्दुक ,बारुद आफै उत्पादन गर्ने सक्छम बनाउनु पर्छ !

    Reply
  5. जीवन(स्टोन भिल्ला) says:
    May 17, 2016 at 7:54 am

    भोलि, सनि लियोनी फेरि आईन भने बुर्लक्क बुर्लक्क उफ्रदै बुट बजार्दै जाने होईन नि फेरि?
    यो फरियाको लिला अपारम्पार छ भन्या ,नेता ,पुलिस,ड्राईवर सबै लुत्रुक्क !किन हो? जता जे गर भने पनि लुरुलुरु!
    त्यसै त हेपेको छैन के दिल्लीले…….!

    Reply
  6. भाई says:
    May 16, 2016 at 10:58 pm

    मैले सुन्या त अब यो भन्दा पनि भव्य तरिका ले राखी साउन्त र सुन्नी लियेन लाई बोलाउनी रे नि साथी हो ! अनि ओलिले बिगारेका सम्बन्धलाई प्रगाढ रुपमा मजबुत बनाउनी रे । नाची नाची सम्बन्ध बन्दो रैछ, बेकार वार्तामा समय र पैसा फाल्छन नेताहरु !
    बिहारका हिरोनी पनि बोलाएर नचाए मधेश आन्दोलन पनि मिल्थ्यो कि ??? (बौद्धिक सोच)

    Reply
  7. बिनाेद तिमिल्सिना says:
    May 16, 2016 at 10:06 pm

    चाैकिदार सम्म हुनसक्ने याेग्यता भएकाहरु जर्नेल कर्नेल हुँदा यस्तै अलाप र कृयाकलाप हुनु असामान्य मानिएन।

    Reply
  8. Dinesh says:
    May 16, 2016 at 9:35 pm

    जर्नेल भएपछी फुलीको इज्जत राख्न सक्नुपर्छ, अवकास प्राप्त शैनिक ले देश को प्रधान मन्त्री जस्तो मान्छे लाई अनेक नचाहिने शब्द प्रयोग गर्न मिल्छ र ?

    Reply
  9. इन्दिरा says:
    May 16, 2016 at 5:50 pm

    भूकम्प पिडितहरुको सहयोगार्थ सेनाले कुनै धोती धोतिनी ल्याएर सेनाको साख कसैगरे पनि जोगिन्न | बरु हजारौं हजार सेना निर्माणमा खटे सेनाको पनि सम्मान र गौरब बढ्छ अनि जनताको पनि भलो हुन्छ |
    यो सहयोग जुटाउने भन्दा पनि हिरोनीसंग श्रीमती संघले हात मिलाएको फोटो खिच्ने कार्यक्रम हो |

    Reply
  10. Scott says:
    May 16, 2016 at 4:34 pm

    गल्ति भाको हो भुल वायो भन्नु नि कुरै सकियो नि किन यति धेरै नाटक हो गल्ति छोप्न को लागि.

    Reply
  11. sushil says:
    May 16, 2016 at 3:00 pm

    यिनी पनि गीत कविताका शौखीन हुन् क्यारे, रसिक मान्छे परे, यस्ता मान्छेको मन कमलो हुन्छ, तेसै पग्लिन्छन. त्यसैले त्यस्तो भने होलान. मैले भन्न खोजेको कुरा बुझ्नु भयो?
    जर्साब! रिसानी माफ पाउँ. अरु त त्यस्तै हो, “हाम्रो सेनाको जर्नललाई नौटंकी स्वागत गर्न नपठाएको भए हुने, एडीसी बन्ने लेबलको अफिसरलाई पठाएको भए पुग्थ्यो” मात्र भनेका हुन् सबैले.

    Reply
  12. jiwan says:
    May 16, 2016 at 2:37 pm

    खेलौना र द्रौपती जस्ता अश्लील उपन्यासका लेखक अवकाश प्राप्त रथी थापाले दिएको प्रतिक्रिया यो बाहेक अरु हुनै सक्दैन भन्ने सहजै अनुमान गर्न सकिन्छ। पहिलो कुरा त उनले प्रधानमन्त्रीले भारतसँग सम्बन्ध बिगारेको भनेर आरोप (यसमा स्पष्टीकरण सोध्न सकिन्छ)लगाएका छन। दोस्रो कुरा देशको प्रधानमन्त्रीले विगारेको सम्बन्ध सुधार गर्न विदेशी हिरोइनको स्वागत गर्नुपर्ने तर्क वाहियात छ। तेस्रो तथा सबैभन्दा महत्वपूर्ण कुरा प्रोटोकलको हो। सेनाको जर्नेल भएपछी फुलीको इज्जत राख्न सक्नुपर्छ र यो घटनामा सेना चुकेकै यहाँनेर हो। राजेश हमालले भने झैं नगई नहुने भए सादा पोशाकमा जान सकिन्थ्यो। चौथो कुरा नेपाली कलाकारलाई गरिएको अपमान नै हो। कलाकार भन्ने स्वदेशी र विदेशी हुँदैन भने नेपाली कलाकारलाई पनि सम्मान गर्न सिक्नुपर्‍यो। भोली अझै बोल्ड होरोइनहरु आउलान्,उनीहरुको स्वागतार्थ प्रधानसेनापति नै एअरपोर्टमा खटिनुपर्ने दिन नआवोस।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme