Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अख्तियारलाई पत्रकारिताको क्लास जरुरी देखियो, सम्पादकीयलाई ‘बायस’ भनेर हसाउँदैछ

Posted on May 16, 2016May 16, 2016 by Salokya

भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मा पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्रकारिताको क्लास जरुरी देखिएको छ। पत्रिकाका सम्पादकीयहरुमाथि ‘बायस’ भएको आरोप लगाउँदै प्रेस विज्ञप्ति जारी गर्ने कामलाई आइतबार पनि अख्तियारले निरन्तरता दिएको छ। यसअघि कान्तिपुर, नागरिक आदि पत्रिकाका सम्पादकीयहरुमाथि विज्ञप्ति निकालेको थियो अख्तियारले।

अख्तियारले बुझ्नु पर्ने कुरा के हो भने, कुनै पनि पत्रिकाको सम्पादकीय भनेको ‘बायस’ नै हुन्छ। सम्पादकीय भनेको त्यो पत्रिकाको वा त्यो संस्थाको धारणा हो, जसमा उसले देखेको सत्यका आधारमा गरिएको विश्लेषण हुन्छ। समाचारमा विचारको अपेक्षा गरिन्न, त्यसमा सन्तुलन हुन आवश्यक हुन्छ। तर सम्पादकीयमा सन्तुलन हुन जरुरी हुँदैन। यो सही देखिए सही, गलत देखिए गलत भन्ने ठाउँ हो।

अख्तियारलाई चाहिँ ताली भए ठीक गाली भए रिस उठ्ने रहेछ। रिसमा कहिलेकाहीँ उसले विज्ञप्तिमै फलानो पत्रिकाको विषयमा यो अन्तिम विज्ञप्ति हो समेत लेख्ने गरेको छ। अनि फेरि आफूलाई अप्ठेरो परेपछि विज्ञप्ति पनि निकाल्ने गरेको छ।

कुनै पनि पत्रिकामा छापिएका विषयमा आपत्ति विज्ञप्ति जारी गरेरमात्र होइन, सम्पादकलाई चिट्ठी लेेखेर गर्नुपर्छ भन्ने पनि अख्तियारलाई थाहा नभएको देखियो।

के लेख्यो न्युयोर्क टाइम्सले?
न्युयोर्क टाइम्सले ओली सरकारको आलोचना गर्दै मे ११ मा सम्पादकीय लेखेको थियो। पढ्नुस सम्पादकीय यसमा अख्तियारलाई पनि मुछिएको थियो दीक्षित प्रकरणमा। दीक्षितले आफ्नो पावर न्युयोर्क टाइम्ससम्म देखाएका थिए।

सम्पादकीय छापेको ५ दिनपछि अख्तियारले अर्को अंग्रेजी विज्ञप्ति निकाल्यो। जसमा केही कुरा त हाँस उठ्ने नै लेखिएको छ।

सम्पादकीयमा अख्तियार प्रमुख लोकमान उल्लेख भएको प्रसंग यति हो-

Mr. Penner had also been critical of the arrest on April 22 of a prominent journalist and activist, Kanak Mani Dixit. Nepal’s Commission for the Investigation of Abuse of Authority ordered the arrest during an investigation into alleged misappropriation of funds by Mr. Dixit, who is also chairman of a public transportation company. Lokman Singh Karki, a longtime nemesis of Mr. Dixit’s, is head of the commission. Mr. Dixit has fully cooperated with the investigation. His arrest prompted an international outcry, and Nepal’s Supreme Court rightly ordered his release on May 2.

रब पेनर एक ट्विटे हुन्, जसलाई नेपालले इतिहास मै पहिलोपल्ट ट्विट गरेको अभियोगमा देश निकाला गरेको थियो। धेरैलाई भ्रम छ उनले दीक्षित पक्राउको विरोध मात्र गरेका थिए। उनका ट्विट टाइमलाइन राम्रोसँग विश्लेषण गर्ने हो भने थाहा हुन्छ, उनले कानुन अनुसार अख्तियारले दीक्षितलाई पक्रेको, यसबारे दीक्षित क्याम्पबाट हुने गरेका प्रोपोगन्डालाई पनि तथ्य गलत भएको भन्दै चुनौति दिने गरेका थिए।

दीक्षितले न्युयोर्क टाइम्सलाई अनुसन्धानमा पूर्ण रुपमा सहयोग गरेको भन्ने भ्रम पार्न सफल भएको देखिन्छ। त्यसैले विज्ञप्तिमा Mr. Dixit has fully cooperated with the investigation लेखिएको छ। यहाँ अख्तियार फेल खाएको देखिन्छ। किनभने अख्तियारका अनुसार बयान दिन आऊ भनेर पटक पटक बोलाउँदा पनि नआएपछि कानुन अनुसार उनलाई नियन्त्रणमा लिन प्रहरीलाई पठाइएको थियो।

Lokman Singh Karki, a longtime nemesis of Mr. Dixit’s, is head of the commission भन्ने वाक्यले अख्तियारलाई चसक्क पारेछ। लोकमान र कनकमणिको सम्बन्ध कटुतापूर्ण रहेको कुरा कसैगरी पनि लुकाउन सकिँदैन। लोकमानले लोकतान्त्रिक आन्दोलनमा दमन गरेको विषयको विरोध कनकमणिले गर्दै आएका थिए। लोकमान नियुक्तिको बेला त कनकमणिको नेतृत्वमा आन्दोलनै छेडिएको थियो। त्यसैले न्युयोर्क टाइम्सको यो वाक्य गलत देखिन्न। तर अख्तियारले लेखेको छ-

ciaa

विज्ञप्तिमा लोकमानले कनकमणिलाई चिन्दै नचिनेको र कुनै विवाद नभएको लेखिएको पो रहेछ। यो भन्दा ठूलो जोक अरु के होला।

अनि साँच्ची अख्तियारले विज्ञप्ति मात्रै निकालेको हो कि न्युयोर्क टाइम्सलाई पठाएको पनि हो?

3 thoughts on “अख्तियारलाई पत्रकारिताको क्लास जरुरी देखियो, सम्पादकीयलाई ‘बायस’ भनेर हसाउँदैछ”

  1. nandan chalise says:
    May 17, 2016 at 8:05 am

    होइन यो कनकमणि भन्नि को हुन् इनि , मैले पनि चिनिन सबै ले चिन्ने पर्नी को हैचन इनि, आफु ले त् नेपाल को पत्रुकार हरु मा चिन्ने भनेको ऋषि धमला मात्रै हो,,,

    Reply
  2. Bidur says:
    May 16, 2016 at 4:20 pm

    I think mysansar is giving much more space for kanakmani and lokman than readers wants. Its a personal blog but still i find it quite boring to read same topic every now and then.

    Reply
    1. राजन says:
      May 17, 2016 at 4:47 pm

      आयो अर्को लोकेको भाडाको टट्टु । फेसबुक पछी यता पनी ?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme