काठमाडौँस्थित भारतीय राजदूतावासका डिपुटी चिफ अफ मिसन विनयकुमारले गत हप्ता सप्तरी सदरमुकाम राजविराजमा गरेको डिनरमा हिन्दु अतिवादी संगठन रणवीर सेनासँग आबद्ध सप्तरी, राजविराज निवासी विनोद पाण्डे सहभागी भएको तथ्य खुलेको छ। डिनरको फोटोमा डिसिएम विनयकुमार नजिकै विनोद पाण्डे उभिएका छन्।
पाण्डे बम काण्डका आरोपी भए पनि राजनीतिक दबाबका कारण रिहा हुन सफल भएका व्यक्ति हुन्। सन् २००९ को सेप्टेम्बर महिनामा पाण्डे विराटनगर–४ स्थित एक कुखुरा फार्मबाट पक्राउ परेका थिए। त्यतिबेला उनी ४ बोरा सकेट बमसहित पक्राउ परेको थिए। प्रहरीले त्यतिबेला पाण्डेसँगै नविन पाण्डे र सोनु लिम्बुलाई पक्राउ गरेको थियो। चार बोरा सकेट बमका अतिरिक्त आरोपीहरुबाट कम्प्युटर, प्रिन्टर, मोटरसाइकल, चार वटा मोबाइल र एउटा पेस्तोल फेला परेको थियो। पाण्डेका साथबाट दुई वटा पेट्रोल बम, बारुद तथा बम बनाउने अन्य सामग्रीसमेत फेला परेको थियो। आपराधिक पृष्ठभूमिका उनले त्यतिबेला हिन्दूवादी संगठन रणवीर सेनाको कमान्डर भएको बताएका थिए। पछि उनी राजनीतिक दवाबमा रिहा हुन सफल भए।
भारतको चेन्नाइबाट डिग्री गरेक सिभिल इन्जिनियर पान्डे हिन्दु राजतन्त्र फर्काउने मिसनमा छन्। उनले त्यतिबेला प्रहरीलाई आफूले इन्टरनेटबाट बम बनाउन सिकेको बताएका थिए।
विराटनगरमा सभा विथोल्न उनको समुहले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पाइप बम समेत बिष्फोट गराएको, २०६४ साल भदौदेखि विराटनगरमा ९ वटा र काठमाडौंमा दुई वटा विष्फोटका घटना गराएको, संविधानसभा सुरु हुने अघिल्लो दिन संविधानसभा भवन वाहिर र संविधानसभाका सदस्यहरुले शपथग्रहण गरेको दिन रत्नपार्कमा अर्को बिष्फोट गराएको प्रहरीले जनाएको थियो।
आपराधिक क्रियाकलापको पृष्ठभूमिका पाण्डेलाई भारतीय राजदूतावासको दोस्रो ठूलो व्यक्तिसँग रात्रि भोज किन गरे त? स्वभाविक रुपमा शंका उत्पन्न हुन्छ।
भोजमा खिचिएको यो फोटोमा डिसिएम विनयकुमारसँग विनोद पाण्डेका अतिरिक्त भूमिसुधार तथा व्यवस्थापन मन्त्रालय अन्तर्गतको राष्ट्रिय भू–उपयोग आयोजनाका प्रमुख नागेन्द्र झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका बरिष्ठ उपाध्यक्ष शेखरकुमार सिंह, भारतको विहार राज्य अन्तर्गत पर्ने दरभंगा स्थित एक कलेजका प्राध्यापक शैलेन्द्रकुमार झा, रेडक्रस सोसाइटी सप्तरीका सभापति समेत रहेका हिन्दु स्वयम सेवक जोगेन्द्र भगत, सप्तरीका साहायक सिडियो रामेश्वर आर्यालय सहितकाहरु समेत देखिन्छन्।
राजविराजस्थित छिन्नमस्ता एजुकेशनल एकेडमीमा गत मंगलबार राति आयोजना गरीएको विशेष डिनरका क्रममा दायाँबाट क्रमशः तेस्रो (रातो घेरा लगाइएको) कुर्सीमा बसेको भारतीय दुतावासका डिसिएम विनयकुमार, फोटोको बीचमा सेता कुर्ता पाइजामामा उभिएका बम काण्डका आरोपी विनोद पाण्डे तथा कुर्सीमा बसेका दायाँबाट पहिलो सप्तरीका साहायक प्रजिअ रामेश्वर अर्याल। फोटो सौजन्य : सतिश सिंहको फेसबुकबाट।
कान्तिपुर र नागरिकको समाचार
भारतीय दूतावासका डिसिएमले मधेसकेन्द्रित दलका नेताहरुलाई भेटेको खबर राष्ट्रिय दैनिक कान्तिपुर र नागरिकको अनलाइन नागरिकन्युजले पनि प्रकाशन गरेको थियो। (यसअघि नागरिकमा प्रकाशित भएको भनी लेखिएको तथ्य गलत भएकोले सच्याइएको छ। समाचार नागरिक पत्रिकामा नभई अनलाइनमा मात्र प्रकाशित थियो)
कान्तिपुरको समाचारलाई भारतीय दूतावासको आधिकारिक ट्विटरले पित पत्रकारिता गरेको भन्दै खण्डन गरेको थियो। तर दूतावासको आधिकारिक साइटमा भने यसको खण्डन विज्ञप्ति राखिएको छैन।
ट्विट यस्तो थियो-
Kanitpur report on DCM's visit to Saptari is a piece of Yellow Journalism.No political issues were discussed during his visit. 1/3
— IndiaInNepal (@IndiaInNepal) May 12, 2016
The focus of DCM in all meeting was Indian financed projects in Sapatari. The report is mischievous effort to create controversies.2/3
— IndiaInNepal (@IndiaInNepal) May 12, 2016
Kantipur's report may harm India-Nepal relations. Readers deserves better from mass media.3/3
— IndiaInNepal (@IndiaInNepal) May 12, 2016
सोही दिन भारतीय विदेश मन्त्रालयका प्रवक्ताले गर्ने नियमित प्रेस ब्रिफिङमा प्रश्न सोधिएको थियो। तर प्रवक्ताले यस विषयमा कुनै जानकारी नभएको भन्दै जवाफ दिन अस्वीकार गरेका थिए–
कान्तिपुरको जवाफ
भारतीय दूतावासले गरेको खण्डनलाई कान्तिपुरले शुक्रबार जवाफ पनि दिएको छ-
भारतीय दूतावासले दिनुपर्ने जवाफ
भारतीय दूतावासले The focus of DCM in all meeting was Indian financed projects in Sapatari भएको दावी गरेको छ। यदि त्यसो हो भने बम कान्डका आरोपी र आपराधिक पृष्ठभूमिका व्यक्तिलाई किन भेटेको त?
र, अन्त्यमा डिलिट भएको समाचार
यो समाचार अङ्ग्रेजी राष्ट्रिय दैनिक रिपब्लिकाको अनलाइन माइरिपब्लिकामा पनि प्रकाशित भएको थियो। तर त्यो समाचार अहिले हेर्न चाहनु भयो भने तपाईँ देख्नुहुन्न
http://myrepublica.com/feature-article/story/42169/india-embassy-second-man-urges-madhesi-leaders-to-intensify-capital-centric-protests.html
पाठकलाई कुनै जानकारी नै नदिई किन समाचार डिलिट गरियो होला त? खासमा त्यो समाचारमा के लेखिएको थियो?
गुगलको क्यासबाट सेभ गरिएको त्यो समाचार यस्तो छ-
माइरिपब्लिकाकाे सम्पादक कति भारुमा बिकेकाे हाे पनि खाेज्नु पर्ने देखियाे।
मधेशमा झगडा लगाउने काे हाे? मधेशकाे विकास र समाज बिथोल्ने काे हाे? यसलाई केलाउन जरुरी छ। भारतलेे अहिले जसरी मधेशकाे काधमा बन्दुक राखेर नेपालविरुद्ध पड्काउदैछ यसकाे मूल्य सप्तरी, सिराहा, धनुषाहरुले चुकाउनुु पर्नेछ, चुकाइरहेका छन्। त्यहा अशान्ति हुदा सबैभन्दा बढी मधेशलाई नाेक्सान भएको छ। जनकपुरकाे हालत अहिले के छ? १० वर्षअघिको भन्दा खत्तम, मलङ्गवा, गाैर र विरगञ्ज कता जादैछन्? भारत ब्याकिङ राजनीति र अपराधका कारण यी ठाउँमा कतिवटा सडक बने? कति उद्योग खुले? यसकाे जवाफ, खाेजिनुपर्छ। मधेसका नेतालाई आन्दोलनका लागि उक्साउने भारत तराईका जिल्लाहरु जाेड्ने हुलाकी राजमार्ग किन बुढाे गाेरुले गाई ओगटे झैै सिन्काे नभाची अाेगटेर मात्र बसिरहेछ। भारतले नेपाललाई तन्नम बनाउन चाहेकाे छ। अरु जलविद्युत् आयाेजनाकाे हालत पनि हुलाकी राजमार्गभन्दा फरक छैन। नेपालले दह्रो खुट्टा टेकेर कुटनैतिक मर्यादाविपरित अपराधीसग डिनर गर्ने र अान्दाेदाेलन उक्साउनेे विनयकुमारलाई डिपाेर्ट गर्नुपर्छ।
भारतको नेपालमा घिनलाग्दो खुलमखुल्ला हस्तक्षेप कहिले सम्म ?
भारतको नेपालमा घिनलाग्दो खुलमखुल्ला हस्तक्षेपको अन्त्य हुनैपर्छ | के यसकालागी नेपाली नेताहरु तयार छन् ?
हाम्रा नेताहरु नेपाली भनेजस्तै नेपाली बनिदिए हुन्थ्यो ! हाम्रो नेता भनेर गर्व गर्न कैले नपाइने भयो !
त्यहि त् म भन्दैछु , नेपाल को बिकिसकेको सेना , कर्मचारी तन्त्र , पत्रकार हरु आदि आदि |
श्रीमान पत्रकार ज्यु उ बेला साही नेपालि सेना हुदै , राजा नत्र लुरु लुरु दर्बार छोडेर जान्थ्यो ?
कहिँ समय अगि कुलबहादुर खड्का ( पछिका प्रधान सेनापतिले )ले आफ्नो अन्तर्वार्ता मा उ बेलाका प्रधान सेनापति लाइ भारतीय सेनापति दिपक कपुर ले ”वो तो हमारा आदमी हे ” भनेको बिर्सनु भयो ?
परोक्ष्य रुप मा नेपाल सम्बन्धि थिङ्क ट्यांक हरुले दुतावास नै नेपाल को समानान्तर सरकार चलाइरहेछ भनेको किन ?