Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नामै नसुनेको समूहले गर्न खोजेको उपत्यका बन्द ऐतिहासिक रुपमा असफल

Posted on May 13, 2016 by Salokya

13101482_1705104756413339_741970871_n राजतन्त्र पुनर्स्थापनाको माग गर्दै नामै नसुनिएको समूहले गर्न खोजेको उपत्यका बन्द ऐतिहासिक रुपले असफल भएको छ। बन्द हो रे भनेर हिजैदेखि हल्ला भए पनि हल्लाको भरमा बन्द नहुने प्रमाण यस पटकको बन्दमा पनि देखियो।

बिहानै पानी परेर मौसम रमाइलो भएको थियो। तर पनि पहिले जस्तो मानिसहरु अल्छी गरेर बन्द होला नि भनेर घर बसेनन्। बाटो पहिले झैँ जामै भयो। बिचरा बन्द आयोजक हेरेको हेर्‍यै भए।

यसो हेर्दा काठमाडौँमा बन्द नभएको धेरै भइसक्यो। तर पनि कसैको रहरले बन्द नहुने भइसक्यो यहाँ। तराई भने महिनौँको बन्दको पीडाबाट भर्खरै गुज्रिएको छ।

तर के आउँदा दिनमा पनि यस्तै गरी बन्दको अवज्ञा हुनसक्ला? प्रदेशको राजधानी घोषणा गर्ने बेला छ। त्यतिबेला आफ्नै ठाउँलाई प्रदेशको राजधानी बनाउनु पर्ने माग गर्दै बन्द हुने डर हुनसक्छ। उता जेठदेखि मधेसकेन्द्रित दलले राजधानी केन्द्रित आन्दोलन गर्ने भनेका छन्।

8 thoughts on “नामै नसुनेको समूहले गर्न खोजेको उपत्यका बन्द ऐतिहासिक रुपमा असफल”

  1. राजन says:
    May 14, 2016 at 6:34 pm

    ज्ञानेले मण्डले सेना परीचाालन गरेछ, हा.. हा…।
    यो ज्ञानेले खडा गरेको नयां समुहको मार्केटींग जस्तो छ । कालन्तरमा यो समुह लाइ प्रख्यात बनाएर फेरी राजा बन्ने सपना होला, तर ज्ञानु र उस्को कुख्यात छोरोले आफ्नो छवि यति बिगारेको छ कि उनिहरु बांचुन्जेल नेपालमा शायद बेबी कींग आउंदैन । यो चैं खुसुक्क हीमानिलाइ भनेको है, बरु अर्को हत्याकाण्ड गराएर ति क्यान्सर बाउ-छोरा लाइ सफा पारे जनतामा बिश्वास फिर्ता ल्याएर बेबी कींगको हीतमा केंही गर्न सकिन्थ्यो कि ?

    Reply
  2. madan bajracharya says:
    May 14, 2016 at 12:29 am

    दलको झण्डा बोक्नेले दलको तथा आफ्ना माग पुरा गराउन नागरिकहरुको बस्ने पढ्ने हिड्ने मात्रै होइन उपचार पाउने र मामको लागि काम गर्ने हक समेत खोस्दै उनीहरु माथि हतियार र पेत्य्रोल बम समेत प्रहार हुँदै आयको छ र यस्तो समुहले व्यक्ति र रास्ट्रको सम्पति समेत तोडफोड गर्दै आयको छ तर दलहरुको सरक्कार बन्ने नेपालमा यस्ता कुकार्य गर्नुलाई अपराध मान्दैनन र तेस्तो कुकार्य गर्नेलाई सजाय दिंदैन र अदालतले दोषी थर गरेर सजाय दियकालाइ पनि माफ मात्रै गर्दैनन् तेस्तो अपराध गर्नेलाई सांसद मन्त्रि समेत बनाउंदै आयकोछ/ यस्ताको अगाडी नेपालको प्रहरी नागरिकहरु आज निरह बन्न बाध्य छ/ दलको नेतालाई गालि गरेमा ठुलै अपराध गरे सरह सजाय दिईन्छ/ तर देस र नागरिकलाई गाली गरे अपराध मानिंदैन भन्ने कुरा “सिके रावतहरु” जिउँदो प्रमाण बनेको छ/ उहिले जात ठुलो भय सजाय नपाउने राजाको नातेदार भय सजाय नपाउने र गद्दीमा बस्ने र तिनका नातेदारले राज्यको कोस बात काम नगरी मोज गरेर खान बस्न पाउने ब्यबस्था र अहिले दल को भय पछि सजाय नपाउने र सालको भय पछि राज्य बात पालिनु पर्ने ब्यबस्था बिचमा फरक नै केछ?

    Reply
  3. Ritesh Rijal says:
    May 13, 2016 at 1:08 pm

    “एकदिन उपत्यका अथवा भनौ देश बन्द हुँदा सबै व्यपार बेवसायहरु ठप्प हुन्छन अनि राज्यले पाउने करहरु पाउदैन | तेस्ले गर्दा देशको अर्थतन्त्रमा निक्कै धक्का लाग्छ| र अन्त्यमा हाम्रो देश नेपाल गरिब देशको सुचिमा पर्छ”, अनि हामीहरु पढेलेखेका मुर्खहरुझैं “म्य्संसर” जस्ता blog हरुमा लेख्छौं “नेताहरुले गर्दा देश गरिब भयो , देश बिग्रियो आधिइत्यादी ” तेसैले मेरो देश नेपालका पढेलेखेका युवा साथीहरु , देश बनाउने हमिहरुनै हौँ , अरुकसैले आएर हाम्रो देश बनाईदिंदैनन | तेसैले येस्त बन्द , हड्ताल गरेर देशको अर्थतन्त्रमा धक्का लगाउने काम नगरम न | “संसारमा जहाँ गएपनि “Place of Birth” त नेपाल नै हुन्छ , हैन र |

    Reply
  4. निर्मल says:
    May 13, 2016 at 10:31 am

    शाही युवा क्लब रे? ज्ञानेले टुप्पी सम्म भ्रष्टचार गर्दा कुन दुलोमा थियो यो डान्स क्लब?
    भोलि जनताले नागार्जुन बंगला खालि गराउन परो भनेर जुलुस निकाले शाही क्लब कता जाने हो?

    Reply
  5. Roshan says:
    May 13, 2016 at 8:28 am

    Funny. The news title. Not suitable for a journalist saying “unheard group ” … If a normal professional knows about this group, then a journalist like you should have heard of it because they were organising press meets @ reporters club for multiple times. Too much pretending is not good. I know you have answer for my comment but hope you have got the point what I am trying to mention here.
    Thanks.

    Reply
    1. Lava Bhatta says:
      May 13, 2016 at 1:34 pm

      हँसायो यो ज्ञानेको टट्टुले
      रिखि धमलालाई पैसा दिएर धमला क्लबमा प्रेस कन्फ्रेन्स गर्ने बित्तिकै चलेको नाम हुन्छ भन्ने लाग्या रैछ यल्लाई
      त्यही भएर बन्द घोषणा गरेको होला जनताले लोप्पा खुवाएपछि अझै चेतेनछ अनि माइसंसारमा रुन आएछ

      Reply
    2. राजन says:
      May 15, 2016 at 7:40 am

      यो ट्टुको अंग्रेजी किन यति अगतिलो ? बुझ्नै गाह्रो । त्यो रीपोर्टर्स क्लबमा कति जना जम्मा भएका थीए ? त्यस्तो सबैले चिनेको क्लब भएको भए कीन यस्तो बेइज्जतै हुने गरेर तिनीहरुको कार्यक्रम असफल भयो ? अनि माइसंसारमा कमेन्ट लेख्न आउने तिमी को ? त्यो कइतेहरुको सभापति ?

      Reply
  6. Ekraj says:
    May 13, 2016 at 4:28 am

    Nepalese people most stop any time wasting and desctructive behaviours.
    We have seen so many of these in the past they achieved nothing.
    Only the ordinary people who needs to make their end living each day have suffered badly.
    Nepalese people’s have to make up their their mind clearly who they wants to be ruled by. Why you wants to be ruled by one of the following:
    1. Most currupt and criminal parties or politicians
    2. Terminally ill, deseased and half dead
    3. Conartist
    4. Core criminals and murderers
    5, Or a digging a ghost from the grave
    When people lose common sence and moral judgement that is the choice you make and you suffer all the time from your own decision.
    Don’t destined to be ruled by any of the above and have minimum personal responsibility so that you contribute something to maintain law and order in the society,

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme