Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कान्तिपुर अझै झुक्किँदैछ, तपाईँ नझुक्किनुस्- थाहा पाउनुस् अफसोर लिक्स र स्विस लिक्सका ४ फरक

Posted on May 12, 2016May 12, 2016 by Salokya

swiss-leaks पनामा पेपर्स लिक्सका नाम सार्वजनिक भएको प्रकरणमा कान्तिपुरले एउटा तथ्य गलत लेख्दा सबै मिडिया उसकै पछि लागेर गलत लेख्दै पाठकलाई झुक्याएको प्रसंगबारे हिजो ब्लग लेखेको थिएँ। यहाँ क्लिक गरी पढ्नुस्। तर न कान्तिपुरले यो गल्ती सच्यायो, न उसकै पछि लागेका अरु मिडियाले नै। कान्तिपुरले नै नसच्याएपछि ‘अरुलाई पनि सही नै त होला त्यही’ भन्ने लागेर पो हो कि। धन्न, हिमालखबर एउटाले चाहिँ सच्याएछ।

कान्तिपुरले गल्ती सच्याउनु त कहाँ हो कहाँ, बुधबारको अङ्कमा पनि अफसोर लिक्सलाई स्विस लिक्स नै भनेर लेखेको छ। अफसोर लिक्समा सार्वजनिक भएका १२ नेपालीको नामलाई स्विस लिक्सको नाम भनिएको छ। कान्तिपुर त झुक्कियो, तर तपाईँ नझुक्किनुस्। थाहा पाउनुस् अफसोर लिक्स र स्विस लिक्सका चार फरक।

बुधबारको कान्तिपुरमा लेखिएको छ-

यसैगरी यसअघि आईसीआईजेले नै सार्वजनिक गरेको स्विस लिक्स भन्ने प्रतिवेदनमा परेका व्यक्तिहरूलाई पनि पानामा पेपर्स लिक्सको सूचीमा पनि समावेश गरेको छ । उनीहरूलाई यस पटकको सूचीमा अफसोर लिक्स भनेर समावेश गरिएको छ ।
जसमा रेणुका प्रधान, रेखा काब्रा, डाक्टर श्यामसुन्दर कर्माचार्य, शशिकान्त अग्रवाल, हरीशकुमार तोदी, बिजेशकुमार अग्रवाल, शैलेन्द्रकुमार गुप्ता, विमलकाजी ताम्राकार, बिजेन्द्र जोशी, बिनु श्रेष्ठ, विश्व बरसिंह थापा, राजेन्द्र कुमार काब्रा छन् । लिङ्क

swiss-leaks

फरक नम्बर १ : अफसोर लिक्समा अफसोर कम्पनीहरुको विवरण छ। अर्थात् करको दर एकदम कम भएका वा कर नै नलाग्ने देश वा क्षेत्र जस्तै ब्रिटिस भर्जिन आइल्यान्डस,सिङ्गापुर आदि देशमा खोलिएका कम्पनीहरु। स्विस लिक्समा भने स्विस बैङ्कहरुमा खोलिएका गोप्य खाताको विवरण छ।

फरक नम्बर २ : अफसोर लिक्स २०१३ मा सार्वजनिक भएको हो, स्विस लिक्स २०१५ मा। अफसोर लिक्सका डेटा सर्वप्रथम जुन १४, २०१३ मा सार्वजनिक भएको थियो भने त्यसमा थप रेकर्डहरु जनवरी २३, २०१४ मा थपिएका थिए। अहिले पनामा पेपर्सका डेटा पनि त्यही डेटाबेसमा थपिएको छ तर खोज्दा पनामा पेपर्सको हो कि अफसोर लिक्सको हो प्रष्ट देखाइन्छ।

फरक नम्बर ३ : अफसोर लिक्स Portcullis Trustnet (हाल Portcullis) र Commonwealth Trust Limited नामका दुई वटा अफसोर सर्भिस प्रदान गर्ने कम्पनीबाट लिक भएका तथ्याङ्कहरु हुन् भने पनामा लिक्स मोस्साक फोन्सेका नामको पनामाको ल फर्मबाट लिक भएका। स्विस लिक्स चाहिँ स्विट्जरल्यान्डको एचएसबीसी बैँकका पूर्व कर्मचारी Hervé Falciani ले खुस्काएर फ्रान्सेली सरकारलाई बुझाएको त्यही बैँकका डेटाहरु हुन्। यो एचएसबीसी बैँकका खाता र खातावालाहरु बारेको लिक हो।

फरक नम्बर ४ : अफसोर लिक्समा केही नेपालीको नाम सार्वजनिक भएको छ, स्विस लिक्समा अहिलेसम्म भएको छैन। स्विस लिक्समा ८ नेपालीका ३६ बैँक खाता रहेको भने सार्वजनिक भएको छ। ती ८ मध्ये ३८ प्रतिशतसँग नेपाली पासपोर्ट वा नागरिकता रहेको सार्वजनिक भएको छ।

स्विस लिक्स र अफसोर लिक्स फरक विषय हुन्। यति फरक तपाईँले बुझ्नु भयो भने कुनै मिडियाले झुक्याउन खोजे, गल्ती नसच्याए पनि तपाईँ झुक्किनु हुने छैन।

1 thought on “कान्तिपुर अझै झुक्किँदैछ, तपाईँ नझुक्किनुस्- थाहा पाउनुस् अफसोर लिक्स र स्विस लिक्सका ४ फरक”

  1. प्रकाश मान श्रेष्ठ says:
    May 12, 2016 at 11:47 am

    कान्तिपुर पढेका बिद्वानहरु होशियार ।।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme