Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बल्ल बल्ल सरकारले वार्ताका लागि चिट्ठी लेख्यो तर मिति नै गलत राखी

Posted on May 8, 2016 by Salokya

miti1 सरकार र आन्दोलनरत स‍ंयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच पछिल्लो पटकको वार्ता प्रधानमन्त्री केपी ओली भारत भ्रमण जानु एक दिनअघि भएको हुनुपर्छ। सिमाङ्कन लगायतका विषय टुङ्ग्याउन तीन महिनाको समयसीमा भएको उच्चस्तरीय समिति गठन गरिएको भनिएको थियो। मोर्चाबिना एकपक्षीय रुपमा गठन गरिएको त्यो समिति कता गयो अत्तोपत्तो नै भएन। अहिले मोर्चा फेरि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भन्दैछ। आज अचानक सरकारका तर्फबाट वार्ता समितिका संयोजक उपप्रम कमल थापाले वार्ता गर्न पत्र पठाए। वार्ता हुनु त ठीकै हो तर पत्र लेख्नेले, टाइप गर्नेले र पठाउनेले समेत याद गरेनछन् एउटा कुरा- पत्रको मिति त गलत पो छ।
miti
पत्रको मिति २०७३/१/२६ हुनुपर्नेमा २०७३/९/२६ छ। अर्थात् वैशाख २६ गते हुनुपर्नेमा पुस २६ गतेको पो छ। अर्थात् आठ महिना पछिको मिति राखेर पो पत्र पठाएछन्।

युनिकोडमा १ र ९ उस्तै त नदेखिनुपर्ने हो। फेरि टाइपै गर्दा पनि कहाँ १ किबोर्डको बायाँ छेउमा हुन्छ कहाँ ९ दायाँ छेउमा। अचम्मै !

miti1

5 thoughts on “बल्ल बल्ल सरकारले वार्ताका लागि चिट्ठी लेख्यो तर मिति नै गलत राखी”

  1. Ajaya Shrestha says:
    May 10, 2016 at 10:16 am

    ओहो यो त भारतीयहरुको षडयन्त्र जस्तो लाग्यो मलाई त. घनघोर रास्त्रबादी सरकार लाई बद्नाम गराउने षडयन्त्र

    Reply
  2. Rohini says:
    May 9, 2016 at 7:33 pm

    Leaders of Madhesi morcha won’t sit in dialogue with present government because they don’t like prime minister Oli. They will sit in dialogue with other party’s government but not wilth UML gevenrment.

    Reply
  3. dave says:
    May 9, 2016 at 5:42 pm

    बिचरा हरु लै बल्ल फुर्सद भएछ ,, भुकम्प पिडित हरु लै राहात दिदै फुर्सद थिएन बिचरा हरु … मेरो देश को नेतृत्व गु जस्तो चलाए पनि गनाउने नचलाए पनि गनाउने … जनता अलमल्ल को अवस्था …

    Reply
  4. sushil says:
    May 9, 2016 at 8:37 am

    ओलीजीले यस्तै टेक्निक एकपटक बाराभ माथि पनि लगाउन खोज्नु भएको थियो, बाराभले चिठी क्रस चेक गर्दा थाहा पाएर टाइपगर्ने पाण्डे भाइले गाली खाए रे भन्ने सुनिएको थियो. हो कि होइन भन्ने चाहिं पक्का छुइन.

    Reply
  5. Michael says:
    May 9, 2016 at 2:28 am

    4,५ जना बाजे हरु आफु पी यम हुन् पाए ,देश लुट्न पाए देश मा अरु जनता भाड मा जाए केहि मतलब गर्दैनन् | देश मा चाहे राजाको पाला होस् ,चाहे पन्चायत ,चाहे बहुदल आउदा र चाहे गणतन्त्र मा देश लुट्ने उनै बासि अनुहार हरु झलनाथ ,देउवा , कोइराला हरु ,माकुने , ,प्रचण्ड , बाबुराम ,बाम देब ,ओली आदि | यिनीहरु पावर मा भएँन भने रास्त्रियता र देश को सार्ब्भौमिकतानै खतरा मा | क्या गजब |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme