Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशबाट परिवार वा साथीभाइलाई मोबाइल ल्याउँदै हुनुहुन्छ? दर्ता नगरी हुन्न, यसरी हुन्छ दर्ता

Posted on May 7, 2016 by Salokya

mobiles विदेशबाट आउँदै गरेका परिवारका सदस्य वा साथीभाइलाई नेपालमा भएकाहरुले गिफ्टको आशा गर्नु सामान्य नै भयो। तीमध्ये केहीले मोबाइल माग्छन्। हुनत अहिले सजिलो पनि हो, विदेशबाट मोबाइल मगायो, यहाँ बजारमा किन्नेभन्दा सस्तो भइहाल्छ। नेपालमा ल्यायो, यताको सिम राख्यो- चलायो। आनन्दै।

तर पख्नुस्, अब यति सजिलो हुनेछैन विदेशबाट ल्याउने मोबाइल चलाउन। मोबाइल फोनहरुबारे नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख १ गतेदेखि नयाँ नियम लागू गरिसक्यो। प्राधिकरण भनेको टेलिफोन, मोबाइल, इन्टरनेटलगायतका सेवा नियमन गर्ने निकाय हो। यसले नेपाल टेलिकम, एनसेल, युटिएल आदि मोबाइल सेवा दिनेदेखि आइएसपीसम्मलाई निर्देशन दिने काम गर्छ। नयाँ नियम अनुसार तपाईँले विदेशबाट ल्याएको मोबाइल के हुन्छ त?

तपाईँले त्यसरी विदेशबाट ल्याएको मोबाइल नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता गर्नुपर्ने हुन्छ। यसका लागि प्राधिकरण मै जाने कि अरु केही उपाय अपनाउने भन्ने बारे रहेको अन्यौललाई प्राधिकरणले हटाएको छ। अब इमेल गरी सजिलै दर्ता गर्न सकिनेछ। कुन इमेलमा कस्तो फाराम भर्ने त? विस्तृत विवरण भित्र।

यस्तो हुन्छ फाराम।
[documentcloud url=”https://www.documentcloud.org/documents/2798953-Interim-Directives-for-the-National-Equipment/annotations/288501.html”]

फारामका साथ तपाईँले नागरिकता वा पासपोर्टको नक्कल पनि बुझाउनु पर्नेछ। फाराम [email protected] इमेलमा पठाए हुन्छ। IMEI नम्बर थाहा पाउन *#06# मोबाइलमा डायल गर्नुपर्छ।

यस्तो छ प्राधिकरणको पछिल्लो सूचना

व्यक्तिगत प्रयोजनको लागि आयात हुने मोबाइल सेटको IMEI/ESN/MEID दर्ता गर्ने बारे को सूचना

मोबाइल ह्याण्डसेटको प्रयोग तथा बिक्रि वितरणलाई थप व्यवस्थित तथा नियमित गर्ने सम्वन्धमा यस प्राधिकरणबाट मिति २०७३|१|१ देखि लागू हुनेगरी मोबाइल ह्याण्डसेटको पहिचान हुने नम्बर IMEI/ESN/MEID (Unique Identifier) अनिवार्य रुपमा दर्ता गर्नुपर्ने गरी व्यवस्था मिलाइएको छ | सर्वसाधारणले व्यक्तिगत प्रयोजनको लागि विदेशबाट आयात गरिने मोबाइल ह्याण्डसेटको IMEI/ESN/MEIDदर्ता गर्ने सम्वन्धमा देहाय बमोजिम जानकारीका लागि यो सूचना प्रकाशित गरी स्पष्ट गरिएको छ |
देहाय:
१. व्यक्तिगत प्रयोजनको लागि विदेशबाट मोबाइल ह्याण्डसेट आयात गर्दा प्राधिकरणबाट लागू गरिएको NEIR सम्वन्धी अन्तरिमनिर्देशिकाकोAnnex-2 बमोजिमको ढाँचामा निवेदन र नागरिकता वा अन्य कुनै परिचयपत्रको प्रतिलिपी यस प्राधिकरणमा पेश गरी मोबाइल ह्याण्डसेटको IMEI/ESN/MEIDदर्ता गर्न सकिने छ |
२. उक्त अन्तरिम निर्देशिका तथा निवेदनको ढाँचा प्राधिकरणको वेबसाइट http:/www.nta.gov.np मा उपलव्ध छ |
३. सर्वसाधारणहरुको सहजताको लागि आवेदकले मोबाइल ह्याण्डसेटको IMEI/ESN/MEIDदर्ता गर्न आवेदन फारम भरी प्राधिकरणको इमेल ठेगाना [email protected] मा पनि पठाई दर्ता गर्न सकिने व्यवस्था समेत मिलाइएको छ |
निवेदनको ढांचाहरु:
Format of Application to Register IMEI/ESN/IMEI 2.docx
Format request to track/block the mobile handset3.docx
नेपाल दूरसञ्चार प्राधिकरण
श्रीकुञ्ज भवन कमलादी, काठमाडौं
फोन नं: ४२५५४७४
फयाक्स : ४२५५२५०
पो.ब.न: ९७५४
email: [email protected]

14 thoughts on “विदेशबाट परिवार वा साथीभाइलाई मोबाइल ल्याउँदै हुनुहुन्छ? दर्ता नगरी हुन्न, यसरी हुन्छ दर्ता”

  1. Deepak says:
    May 9, 2016 at 4:04 pm

    काम नहुदा नि के गरुम हुँदो हो, जात्रा ☻

    Reply
  2. dor prasad says:
    May 7, 2016 at 7:22 pm

    अबेबेबहरिक बेबस्था !!! कहिँ न भाको जात्रा …. सरकार ले तुरुन्त फिर्ता लेयोस ….

    Reply
  3. HarataraH says:
    May 7, 2016 at 6:10 pm

    कहिँ नभाको नियम बनाउने हाम्रा नेताहरु के भाको हौ ! म ३ हप्ता आउदा?

    Reply
  4. कमल says:
    May 7, 2016 at 3:12 pm

    झुर संचारले सबै भन्दा पहिले प्रचण्ड, बाबुराम, बैदे, हिसिला, देउबा, आरजु, पन्चे कमले, काजु कान्छो, बिद्या भण्डारी आदिको मोबाइल दर्ता गराउन परो| ककसको कतिवटा मोबाइल छ र कसको नाउँमा छ, ल बनाउ पारदर्शी|
    सारा गर्न पर्ने काम छाडेर मोबाइल दर्ता गर्ने नियम बनाउने बेपारिको फन्दामा फंसेको झोली सरकार|
    पैला एयरपोर्टको बाथरुम सफा राख न| त्यति पनि गर्न सक्दैन मुलुक कै बद्नाम छ|
    कता गयो खल्ती नभएको सुट लाउने एयरपोर्टका घिसिया कर्मचारीहरु| छोरा छोरी हरु युरोप अमेरिका र अस्ट्रेलियामा पठाएर देशलाई दिनहु तल तल गिराइरहेका छन् यी नालायकहरुले|

    Reply
  5. Siyan says:
    May 7, 2016 at 3:09 pm

    हैन यो नियम कुन कुन देशमा लागु गरिएको रहेछ हो? अनि फेरी के जाति IMEI त फोन वितरकको सिम राखेर दूरसंचारसंग जोडिने बित्तिकै स्वत दर्ता हुन्छ हैन र भन्या? फेरी छुट्टै फाराम भरेर दर्ता गर्नुको उद्धेस्य के हो?

    Reply
  6. Bipin says:
    May 7, 2016 at 2:47 pm

    what if one brings two mobile sets? do you need to pay custom duty for one of them?

    Reply
  7. bipin says:
    May 7, 2016 at 2:42 pm

    दुई वटा मोबाइल सेट ल्याएमा दुई वटाकै दर्ता हुन्छ कि हुँदैन ?

    Reply
  8. Roshan Shrestha says:
    May 7, 2016 at 11:56 am

    गोपिनिएता को सुरक्छ्या होला त?

    Reply
  9. Ramita says:
    May 7, 2016 at 11:43 am

    कति दिनमा Registered हुन्छ र कति समय पछि मोबाइल चल्छ?
    शनिबार, आइतबार अथवा लामो बिदा मा नेपाल आएको बेला के हुन्छ?
    त्यो सबै खुलाउनु पर्यो नि Document मा.
    तातो न छारो को नियम बनाउञ्छ.
    NCell को करको बारेमा मुख खोल्न सक्दैन. चोर हरु को अखडा छ यो NTA .

    Reply
  10. john gauchan says:
    May 7, 2016 at 8:40 am

    अरु देश कहा देखि कहा पुगी सक्यो नेपाल फोन दर्ता गरेर बस बल्ल … अनि दर्ता नगरे के हुन्छ रे ???

    Reply
  11. kash pariyar says:
    May 7, 2016 at 7:54 am

    संसार मै नभएको नियम राखेर हुन्छ सरकारले अनावश्यक नियम बनाएर जनतालाई दु:ख दिनेमात्र गर्छन चाहिने कुरा हेर्दैनन् खोइ नेपाल बाटै बोकेर अाएको मोबाइलको लागि त यहाँ बिदेशमा केही त्यस्तो नियम छैन त ? गर्नुपर्ने काम गर्नु पर्यो के तातो न सारोको काम मै व्यस्त भएर के गर्नु दिक्क लाग्छ नेपाल सरकारको वाहियात निर्णयहरू देखेर

    Reply
  12. Krishna khatri says:
    May 7, 2016 at 6:48 am

    दुरसंचार होइन अदूर दर्शी पाखण्डी बेकुफ हुन् यी काइते हरु। सोर्स फोर्स को भरमा एसेलसी पास नगरेका निकम्मा भ्रष्ट मुर्खहरु लाई पार्टी चाकडी को भरमा नियुक्ति गरेको फल। कुन चाहिं सोच नभएको भ्रस्टाचारी सात पुस्तालाई कमाई गर्न तम्तयार देशद्रोही खाते बेकुफ्को आइडिया हो यो?

    अमेरिका , जहाँ बर्षौं सम्म मोबाइल कम्पनी हरुले मोबाइल फोन lock गर्ने गर्थे, त्यहाँ पनि unlocked फोन हरु र प्रिपेड को जमाना आइसक्यो। युरोप मा त पहिले देखि नै यो व्यवस्था छ।

    आज आएर यी दुरसंचार होइन अदूर दर्शी पाखण्डी बेकुफ हरुले के के न control गर्ने निहुमा खाने भाँडो बनाउन लागे।

    अहिलेसम्म नेपाल आउने महिला पर्यटक र हाम्रा चेलेबेटी हरुले सजिलो संग मोबाइल बोकेर केहि emergency भएमा कसैलाई फोन गर्न सजिलो थियो।

    भोलि यो नया बकम्फुसे मूर्ख नियमले गर्दा कुनै महिला पर्यटक ले मोबाइल लिएर हिड्न नपाएमा , कुनै चेलीबेटी मा आक्रमण भएमा यो नियम कुन चाहिं बेकुफ्ले यो नियम लागु गर्न खोजेको हो , त्यस काइते को नाम सार्वजनिक गर्नु पर्यो / twitter र अरु सामाजिक सञ्जाल मार्फत त्यो खातेको नाम सार्वजनिक गराउनै पर्छ र यो नियमले गर्दा मोबाइल बोक्न ढिला सुस्ती भएर कसैको जिउमा खतरा पुगेमा जनताले त्यो खाते को हो भन्ने थाहा पाउनु जरुरी छ।

    हाम्रो देशमा आउने कतिपय पर्यटक हरु अंग्रेजी भाषा बोल्दैनन् / के यी पाखण्डी खाने दाउ भ्रस्ट मुर्ख हरुले ती पर्यटक को लागि बन्दोबस्त गरेका छन ? अवश्य छैनन्।

    ओलीले काठमाडौँ मा रेल दौडाउने र यो गर्ने उ गर्ने भनेर गफ हाँके जस्तै हो। यी नालायक भ्रस्टाचारी हरुले long term दुरदर्शी सोचाई हैन आजै घिचौं आजै मेरा सात पुस्तालाई कमाऊ , भनेर सोच समझ नराखेको नालायकी नियम हो यो।

    पर्यटक र हाम्रा आफ्नै नागरिक लाई सुरक्ष्या दिन नसक्ने यी incompetent अस्क्ष्यम भ्रस्ट घुसखोर दाउरे हरु को हुन् र यिनका काइते नियमले भोलि के हुन सक्नेछ जनता सबै सतर्क हौं र भोलि केहि भएमा कुन बेकुफ्ले यो नियम लागु गरेको हो त्यसको नाम सबैले थाहा पाउनु पर्छ।

    भोलि अन्तर्राष्ट्रिय अदालत मा विदेशी पर्यटक को सुरक्ष्या नगेरेको आरोप लागेमा कुन दुरसंचार को brain dead बेकुफ लाई कटघरा मा उभ्याउनु पर्ने हो mysansar ले त्यस नालायक को नाम सार्वजनिक गरोस्।

    सोच समझ छैन , तिनका मुर्ख दिमागमा जे आयो लागु गर्ने अनि केहि नराम्रो भए अर्कालाई दोष लाउने प्रवृत्ति का यी दुइ पैसाका बुद्धि भएका को हुन् तिनका नाम सार्वजनिक गराओं साथीहरु

    Reply
  13. binod khadka says:
    May 7, 2016 at 6:47 am

    म ४ हप्ता को लागि नेपाल छुट्टी मा जादा पनि अब यो फर्म भरेर स्वीकृत लिनु पर्ने?

    Reply
  14. jeewan wagle says:
    May 7, 2016 at 6:42 am

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme