-डा. सन्तोष भट्ट/बैतडी –
पक्राउ परेको २६ घण्टापछि अन्तत: नेपाल सरकारले क्यानेडियन नागरिक रोबर्ट पेनरलाई दुई दिनभित्र नेपाल छाड्न निर्देशन दियो। गृह मन्त्रालयले जनाए अनुसार उनको भिसा रद्द गरिएको छ। उनको आरोप हो : ‘सामाजिक सञ्जालमार्फत सद्भाव भड्काउने खालको सामग्री फैलाउने काम गरेको।’ पेनरले यी आरोपविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरे पनि बिहीबार यसको सुनुवाई हुन सकेन र उनले बिहीबार राति नै देश छाडे।
न्युयोर्क टाइम्स, बजफीड आदिले यो घटनालाई समाचार बनाएपछि संसारमा एकदम रुचिका साथ हेरिएको छ यो घटना। कम्युनिष्ट सरकारको देशले एक पश्चिमा नागरिकलाई केही ट्वीटको आधारमा पक्राउ गरेर देश निकाला नै गर्नेसम्म कदम चालेपछि यो खबरले सामाजिक संजालमा निकै चर्चा पायो।
मिडिया र सामाजिक संजालहरुमा यो घटनाबारे थुप्रै भ्रम पनि छरिएको छ। सरकारले पेनरलाई राष्ट्रविरुद्ध सामाजिक सद्भाव भड्काएको आरोप लगाएको छ भने कतिले पेनरको नेपालमा काम गर्ने भिसा सक्किएको र पेनर नेपालमा गैर कानुनी रुपले रहेको हल्ला फैलाएका छन।
आखिर को हुन रोबर्ट पेनर ?
किन दुनिया भरीका महत्वपूर्ण काम छोडेर नेपाल सरकार आइटी छेत्रमा काम गर्ने एक क्यानेडियन नगारिकको पछि पर्यो ? के हो पेनर को दोष ?
यी हुन् रोबर्ट पेनर बारे केही तथ्य :
१) उनी क्यानडेली नागरिक हुन्।
२) उनका बाबुले पहिले झन्डै दस वर्ष डडेल्धुरामा क्यानेडियन मिसन हस्पिटलमा काम गरेका थिए।
३) रोबर्ट पहिलो पटक २००५ मा नेपाल आएर १ महिना नेपाल बसेका थिए।
४) त्यसपछि २००७ देखि २०११ सम्म दुई पटक नेपाल आएका थिए ।
५) २०११ को अन्तमा Sprout Technology भन्ने आउटसोर्सिंग कम्पनीमा काम पाएर कामदार भिसामा नेपाल बसेका हुन्।
६) Sprout Technology उनले अहिले जागिर गर्ने क्लाउड फ्याक्ट्री कै अंग हो।
७) अहिले उनी त्यही आइटी कम्पनी ‘क्लाउड फेक्ट्री’ मा प्रिन्सिपल साइनटिस्टको रुपमा कार्यरत छन
८) पेनरको भिसा अवैध भएको वा उनले म्याद भन्दा बढी बसेको भन्ने हल्ला सबै निराधार हुन।
अमेरिकाको नर्थ क्यारोलाइनामा हेडक्वार्टर रहेको ‘क्लाउड फेक्ट्री’ एक बहुराष्ट्रिय कम्पनी हो। नेपालमा आइटी छेत्रमा काम गर्ने चाहने आइटी सिपालु युवाहरुको लागी यो एक प्रमुख रोजगार प्रदायक कम्पनी हो र न्युनतम सीप भएका थुप्रै नेपाली युवाहरुलाई तालिम र जागीर दिने आकर्षक गन्तव्य।
आइटी छेत्रका पेनर ट्वीटर पेजमा आफुलाई ‘Nepali Issues Writer ‘ को रुपमा पनि चिनाउँछ्न्। आफ्नो ट्वीटर पेजमा उनले नेपालका सामाजिक इस्युहरु बारे निरन्तर पोस्ट गर्ने र ती इस्युबारे अन्तरक्रिया गरिरहेका हुन्छन्। उनले medium .com मा विभिन्न बिषयमा ब्लग लेख्ने गरेका छन्। त्यहाँ पनि नेपालबारे बिषयहरुले प्रमुखता पाएको हुन्छ।
ट्वीटरमा झन्डै ८००० फलोअर भएका पेनरले हिजो-आज भूकम्प राहतकार्यमा भएको ढिलासुस्ती र कनकमणि दीक्षितलाई पक्राउ गरेको कुराबारे आफ्नो असहमति जारी गर्ने गरेका थिए। मधेस आन्दोलनका पक्षमा विचार राखेका उनले नेपाल सरकारले भने जस्तो ‘सामाजिक सद्भाव भड्काउने’ खालको प्रमाणित हुने पोस्ट गरेको मैले देखिनँ। ८००० फलोअर भए पनि उनको एउटा ट्विटको रिच हदै भए २/३ हजारमा हुन्थ्यो होला। २ करोड ६५ लाख जनसंख्या भएको देशमा ८ हजारै जनाले देख्ने गरी ट्विट गरे पनि कस्तो सामाजिक सदभाव भडकियो होला त? फेरि पनि किन सरकार नेपालमा कार्यरत एक सामान्य बिदेशी नगरीकको पछि पर्यो त ?
बाहुबल देखाउने खेल !
पेनरलाइ पक्राउ गर्नु र तत्काल देश छोड्न आदेश दिनु केवल बाहुबल देखाउने काम मात्रै हो। नेपाल सरकार सरकारमा रहेकाहरुले अझै पनि आफुलाई जनताको सेवक नभएर ‘राज’ गर्ने मानसिकता बोकेको उदाहरण हो यो। ‘एउटा जाबो बिदेशी हाम्रा कुरामा जान्ने हुन्छस्, तँलाई देखाई दिन्छु ‘ भनेर कुनै सरकारी आसेपोसेको बदला लिने नियत मात्र हो।
होइन भने २०१२ देखि नेपालमा बसेका पेनरले नेपालका सामाजिक कुरामा चासो देखाउनु सामान्य घटना हो। आफ्नो कर्मभूमिलाइ माया गरेर त्यहाँ आफुलाई चित्त नबुझेका कुरा सामाजिक संजालमा उठाउनु खोइ कैलेदेखि अपराध भयो ? यो अहिलेको सरकारले र तिनका अफसरले उग्रराष्ट्रवाद फैलाएर सस्तो लोकप्रियता बटुल्न खोजेको मात्र हो।
दुर्भाग्यवस सरकारको यो कदम अत्यन्त गलत समयमा आएको छ। एकातिर नेपालमा भुकम्पको राहत कार्य ढिलो भएको भनेर संसार भरी समाचार आइरहेका छन् भने अर्कोतिर भारतले पश्चिमी राष्ट्रहरुमा नेपाल को संविधान मधेसीविरुद्ध भएको भनी चर्को लबी गरेको छ। यो घटना सानै भए पनि यसको असर सानो नहुन सक्छ। यसले पश्चिमी राष्ट्रहरुमा नेपाल ‘कम्युनिष्ट संचालित असहनशील’ राष्ट्र हुदै गएको इमेज बन्ने ठुलो सम्भावना हुन आउछ। नेपालविरुद्ध लबी गर्नेलाइ त यो घटना नयाँ मसला हुने नै भयो।
अन्तत: नेपाल सरकारले यो घटनालाइ जति सक्यो चाँडो सुल्झाउनु नै उत्तम विकल्प हो। यो घटनाले सानो समयमै सामाजिक संजालमा नेपालको नराम्रो बदनामी गरीसक्यो। कुरा केवल एक रोबर्ट पेनरको होइन, कुरा भोलि नेपालमा लगानी गर्न चाहने थुप्रै लगानीकर्ता कम्पनीको पनि हो। नेपालमा आएर बस्ने, कामगर्ने बिदेशीहरुले नेपाली समाजसँग भिजे पछि यहाँ देखेका राम्रा नराम्रा सबै कुरा लेख्ने नै छन। यसरी हरेक ट्वीट र फेसबुक पोस्टको आधारमा जेल हाल्न र देश निकाला गर्न थाल्ने हो भने बिदेसी लगानी र उद्योगलाइ कसरी आकर्षित गर्ने ?
यदि रोबर्ट पेनरले ‘सामाजिक सद्भाव’ भड्काउने कुनै पोस्ट गरेका छन, कसैलाई राष्ट्रविरुद्ध काम गर्न उक्साएका छन् वा कुनै गैर कानुनी काम गरेका छन भने सरकारले यो-यो काम हो भनेर देखाओस्। नत्र यथासिघ्र माफी मागेर अझ बदनामीबाट बच्नुपर्छ। अहिले सरकार दम्भी देखिएको छ। देशमा राज गर्नेविरुद्ध बोल्दा देश निकालाको उर्दी जारी गर्ने राणाशासनको गन्ध आउने जस्तो। रोबर्ट पेनर जानेछन् देश छोडेर। सीपका धनी उनलाई शायद केही नोक्सान हुने छैन। तर नेपालले धेरै गुमाउनु पर्नेछ, छवि र सम्भावित भविस्यको लगानीको रुपमा।
लेखकका अन्य ब्लगहरु
रहमान फेसबुक कमेन्ट प्रकरण : सक्छौ भने सबै नेपालीलाई जेल हाल
अप्पर कर्णाली : नेपाल र भारत दुवैलाई फाइदा हुने परियोजनामा विरोध किन ?
नेपाल सरकार ले जे गर्यो ठिक गर्यो . बिदेशी ले नेपाल मा बसेर जे गरेनी हुने भन्ने हुदै हुन्न. हाम्रो कानुन को सम्मान गर्न जान्नु पर्छ. हामीलाई दिएको जस्तो गरेर फुटाउ र राज गरको यिनीहरु को सिद्दान्त अहिले पनि चलिराखेको छ. सबै सतर्क हुन जरुरि छ.
Not sure if the writer is medical doctor. If so, you might know a single cancer cell kills whole body or just say, what can a ‘bad’ virus, which is a fragment of a cell (not even a whole cell) do to your body. Bottom line is, if you spread wrong/harmful message to a small number of people, that may prove to be detrimental to entire country. So, stop oiling foul mouthed foreigners.
अधिकार को नाम मा बिदेसी रछ्यान खाने हरु हो !
वर्किङ्ग भिषामा गएर दक्षिन कोरिया को बिरुद्द उत्तर कोरिया को पक्ष मा एक पटक आवाज उठाउ त !
अमेरिका मा अमेरिकी पुलिस ले गर्ने मानब अधिकार हनन को बिरुद्द मा आवाज उठाओ त ?
उसै को देश क्यानडा मा क्यानडा सरकार ले आदिबासी हरु को जमिन खोसेर तेल उत्खनन गरिरहेको -क्यानाडियन आदिबासी माथि क्यानडा सरकार ले गरेको आर्थिक – सामाजिक र राजनीतिक अत्याचार को बिरुद्द मा एक पटक आवाज उठाओ त – तिम्रा बाउ आमा ले होइन तिम्रा सात पुस्ता ले घुन पुत्लो था नपाउने गरि कसरि जेल कोचिञ्छोउ या कसरि गलहत्याएर निकालिञ्छोउ ?
जुन देश मा गयो त्यो देश को कानुन लाइ कसैले सम्मान गर्दैन भने त्यो गलहत्याउनुपर्नि खाल को हुन्छ – नेपाल सरकार ले गरेको ठिक मात्रै होइन भयङ्कर ठिक छ !
यो क्यानेडियन नागरिकले आफ्नो उपनाम रावत यादव आदि राखेर आफुलाई बिहारी बा भारतीय जस्तै प्रस्तुत गरेर बोले लेखेको देस निकाला होइन सिंहदरवार मै भोज खान बोलाउन्थ्यो/
गल्ती लाइ गल्ती गरेकाे भनेर भन्न नपाउने कस्ताे सरकार।।।कुरा देशी बीदेशी काे हाेइन ।। सत्य तथ्य काे हाे ।। जुन कुरा नेपालीले बाेल्नु पथ्याे हरेक नेपालीले सरकारी ढिलासुस्ती र कालाबजारी काे बीराेधमा बाेल्नु पथ्याे तर बाेल्दैनन्।। भारतीय लाइ गाली गयाे,, बस्याे ।। अाफनाे सरकार निकम्मा छ, अरूलाइ गाली गरेर के हुन्छ ।। अब बीदेशीले केही बाेल्याे भनेर देश नीकाला रे। र नेपालीले केही बाेल्याे भने भारतीय रे। ।।। हामी नेपाली लाइ अाेली नै ठीक , उखान टुक्का सुन्याे बस्याे ।। ९ बँुदे सम्झाैतामा ।। भुकम्प पीडीत लाइ राहत लाइ ९ नम्बर मा राखेछ।। पहीलाे दाश्राेकाे पहल कहीले हुने ।। अाेली काल मा चाही जनता ले राहत नपाउने ग्यारेन्टी छ ।।
खाेइ कती अरब जती सहयाेग अाएकाे थ्याे रे, सुकाे हल्ल्ाउन सकेका छैनन अाेली बाजे ले ।। हाम्रा अाेली भक्त साथीहरूमा बीनम्र अनुराेध याे छ की,, तपाइका भगवान श्री अाेली बाबा र सरकार लाइ दाँया बाँया नहेरी पहीले अाफनाे धरपरीवार गुमाएकाे एक बषमा पनी राहत नपाएका दुखीहरूलाइ मल्हम हाल्नमा मदत गन बीनम्र अनुराेध गनुहाेस।।। राषट्रका मान्छेलाइ सुखी राखेर रास्ट्रीयता देखाउ।। बीदेशीलाइ गाली गरेर हाेइन ।। सबै नेपाली खुशी भए बीदेशी ले हेप्न सक्छ ???
संसार मा (मै हु डेमोक्राटिक) कुनै देश ले पनि बेदेसी लै आफै जनता जति अधिकार दिदैन | क्रिमिनल अपराध गर्ने लै देश निकाला गरिन्छ | अपराध र कानुन तोड्ने बेदेशी लै माफ गर्ने नेपाल उदार देश मा गनिन्थ्यो !
मेरो विचार मा येदि उनले देश द्रोह नै गर्ने गरेका हुन् भने देश निकाला होइन जेल हाल्नु पर्छ अनि देश निकाला | हैन बोल्ने स्वोत्रनाता प्रयोग गरेका हुन् भन्ने गल्ति सच्याउनु पर्छ |
‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ गर्दो रैछ त पेनर| त्यसमाथि डाक्टर सापको विश्लेषणपनि ज्यादै मनोगत र व्यक्तिगत छ | धन्न माइ संसारले ठाउं दिएछ |
Would the blogger Dr. Bhatta have written with the same zeal in support of Mr. Penner had he (Penner) been voicing against the inherent Bahunbadi? Of course, not.
मलाई चै यो पेनर महोदय अलि बढ्ता जान्ने हुने र हामीलाई हेपेर सिकाउन खोजेको जस्तो लाग्यो|
नेपाललाई इयु र मोदी मिलेर संयुक्त बिज्ञप्ति निकालेर जबर्जस्ति पेल्दा खोई केहि ट्वीट सुइट केहिपनि देखिएन| भुकम्प पीडित नेपालमा मोदी र मधेसीको नाकाबन्दीले अझ क्षत बिक्षप्त बनाउदा कुन फ्याक्ट्रीमा थिए पेनर?
पेनरको टुइटस नेपाल र नेपाली को हितमा थिएन| नेपाल सरकारको सहि निर्णय |
“२ करोड ६५ लाख जनसंख्या भएको देशमा ८ हजारै जनाले देख्ने गरी ट्विट गरे पनि कस्तो सामाजिक सदभाव भडकियो होला त? ” एकदमै हल्का टिप्पणी ! २ करोड ६५ लाख जनता भएको देसमा जाबो १ मारेर के भयो भनेर सरकार या कोहि चल्यो भने सम्झनुस के हुन्छ ????
We do not tolerate foreign interference into our politics and the country’s personal matters is what the Nepal Government wanted to say. I say:- Please do this same thing to the Indians as well.
लाटागांडाले शासन गर्ने देशमा सबै लाटागांडा नै बस्नु पर्छ भन्ने मान्यता को उपज !!!!!!!!!
लाटा गाडाले शासन गर्ने देशमा तिमी जस्तो बाठो के गर्न बसेका हौ त किशोर जि? ति लाटा गाडा भनाउदालाई भोट हाल्ने बेलामा तिमी अझै बढी लाटो गाडो भएको होइन र? कुरो …
गोरो छाला भएकोले जे गरे पनि सही भन्ने सोचाई भएकाहरुलाई माझी औंलाको सलाम।
तपाईं अमेरिका वा युरोपको कुनै देशमा गएर यस्तै हर्कत गरेको र यसको परिणामको कल्पना गर्नुस। नेपालमा जाति धर्म बर्ण आदिका आधारमा बिभाजन ल्याउन र द्वन्द बढाउनमा यी र यस्तै अजासु बिदेशी ब्यबसायी लगानीकर्ता, बिभिन्न नाममा आउने INGO का रकमको ठूलो हात रहेको सबैलाई थाहै छ। कुनै बिदेशीले नेपालमा लगानी गरेको छ भन्दैमा जे पनि गर्न छुट पाउनु हुदैन। सरकारले जे गरेको छ ढीलै भए पनि ठिक गरेको छ।
Ma kehi samaya dekhi america ma basdai aayeko chu, I can comment anything on US politics, say bad about Obama but not insulting.. aba dont know Nepal ma k ho .. lol lol
Sad governance
किन होला मलाई त दीक्षितको समर्थन गरेकोमा यो सबै लोकमानको कालो करतुत हो की जस्तो लागेको छ । यस्तै षड्यन्त्रकारीहरुले देशलाइ पंगु बनाउने भए ।
यहाँ जुनसुकै समुदायलाई पनि उचाल्ने बिदेशी व्यक्ति अथवा समूहहरु सक्रिय छन्. तर यसरी सिधै देशनै छोडेर जान भन्नु पछाडी पक्कै पनि कुनै गम्भीर कारण होला. बाहिर मात्रै त्वीटरको कुरा गर्या होला. आइटीको मान्छे रैछन. कुनै पार्टी विशेषको सल्लाहमा निकालेको होइन होला क्यारे, पक्कै पनि सुरक्ष्या निकायको छानबिनको आधारमा कारवाही गरिएको होला. सेतो छाला भएपछि जथाभावी गरेपनि पाइञ्छ भन्ने सोच्थे होला, ठिकै भयो.
बिचारा सरकार, आन्दोलन गर्यो कि, आफ्नै जनता लाई भारतीय भन्छ। झन् एउटा बिदेसी ले लेखेको आफ्नो मन्तब्य संग किन डराउठिएन। नेपाल कृषि अनुशन्धान परिषदमा एमालेका इश्वर पोखरेलले आफ्नो छोरो लाई नियम बिपरित बैज्ञानिक पदमा नियुक्ति गराई सकेका छन्। एस्तो नेता हरु बाट देश बन्छ भन्ने आस नगर्दा हुन्छ। अझ अख्तियार को के कुरा गर्नु, येस्कै बारे निबेदन देको, कुन कुना मा मिल्कायो थाहा छैन, कनक मणि को नाटक चै राम्रै गर्या छ, सबै फटाहा हरु भएपछि देश बन्छ ?
कठै तिम्रो विचार, क्यानाडा तिर वोर्किंग visa लगाएर लोकल authority नोतिचे हुने गरि सिस्टमको आलोचना गर्न , तिमीलाई मन्दिर बनार रख्लन कि त !!
How stupid you could be doctor??. You dislike own people and love foreigner. if any foreigner live and work in Nepal they must respect the rules, social norm and culture like we do in abroad. Not need to play smart just becase you are IT nerd, Doctor, specialist in ,,,, but good for nothing. *FIRST WE AND OTHER IN OUR COUNTRY* very simple.
I totally agree with the fact that Nepal government has definitely been impulsive and reactionary in this case, but I think it is a little too much for everyone to support Penner and call it about “freedom of speech” and “dictator” government. Yes, it was dictatorial, but I don’t think Nepal government is that wrong in this case.
Penner has definitely started heated arguments and accused a lot of Nepali journalists for being biased and elitist- which is very true, especially in the case of Madhesh and constitution… but as a foreigner, his rights are not as unlimited as it would be for a Nepali. No country in the world allows equal “freedom of speech” for everyone. So, in that regard, Penner was supposed to do what his visa allowed him to do- work for IT, his involvement in politics was unnecessary and according to the constitution, yes Nepali government had the right to ask him to leave.
Now the question is– what has Penner done that would affect the national integrity? Nothing! If the national integrity of the country is not affected by corruption, treating women and Madhesis and second class citizens, then how can a verbal rant on social media affect this integrity? Good question– but there were times when a lot of people felt harassed and abused by Penner. I have followed him since he started writing about the constitution and Madhesh and trust me I have defended him many many times. But he never stopped- not just arguments in Twitter, he wrote long (almost insulting) articles about the people who picked fights with him. There were times when many started unfollowing him, but instead of letting it go, he did harass them and demanded their responses… If this is not active involvement, I don’t know what is…
So, yes, it was a bad move from the government, but Penner needs to realize that there are certain rights, certain cultural obligations and he walked all over them. That kind of freedom of speech does not exist anywhere… people are deported from the western world (mecca of free speech eh?) for tweeting random things about politicians. There have been cases where people have been arrested for certain facebook pictures and posts (yes, here in the US too). I don’t believe Penner is wrong, but he needs to realize that there is a thin line between arguing and harassing (and yes, they both are subjective, and yes, citizens and non-citizens don’t have equal rights on freedom of speech).
But of course Nepal is a poor country, so a white man asked to leave becomes a big news everywhere. To me, this is just western media’s obsession over white elitism and looking down on societies that are still struggling.
It might be a loss to Nepal, but building “conspiracy theories” to defend Penner is getting a little out of hand. And really, the “perfect constitution” does not seem so perfect now? Just because a successful white man said so?
Gypsy
I am surprised on how you even managed to turn this into a racist tirade about a white man. Put Robert aside. This is not about an individual. This is about our government’s behavior.
You said “his rights are not as unlimited as it would be for a Nepali. No country in the world allows equal “freedom of speech” for everyone”. Now lets look back at it again. What did Robert do ? Tweeted his opinions and wrote blogs about irregularities and biases he saw in the land where he worked. Is that grounds for deportation by any immigration law ? Hell no.
Immigrants from all over are tweeting, posting, texting about how ‘Donald Trump’ would be a shame for America etc here. Immigrants post jokes about Obama all the time, some even calling him Kenyan. US does not deport immigrants over that. Even if they did, shame on them. We should be able to say, we are better. We are not doing it.
Anyways, at least your comment was one of the few ones that did not blatantly attack or accuse the writer and challenged him with logic. I do not agree with all the writer said but I agree on principal that deporting a person for tweeting is wrong.
लेखाइ अपुरो भयो |उनले के टवित गरेका थिए त्यो पनि लेखे को भए , पढने पाठक ले सुसुचित हुन् पाउने थे?
त्यो यही लेखको दोश्रो किस्तालाइ सांचेको होला नि त ।
एकदम राम्रो लेख ! नेपालको समाजमा भिजिसकेको व्यक्तिले राम्रो नराम्रो कुरा ब्यक्त गर्नु गल्ति हुदैन! वास्तवमा नेपाल सरकारले गल्ति गरेको छ | आफ्नो गल्ति नेपाल सरकारले सच्याउस र एक राम्रो, सीप भाको व्यक्तिलाई नेपालमै फर्काओस |