Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आमाको मुख होइन दुःख हेर सक्छौ भने

Posted on May 6, 2016May 6, 2016 by mysansar

-रामचन्द्र ज्ञवाली-

istockimg.com
istockimg.com
मेरो मुटुको टुक्रा, मेरो प्यारा छोरा
तिमीहरु कै यादले गर्दा आजसम्म बाँचेकी छु। एकमुठी स्वास फ़ेर्न सकेकी छु। भगवान समक्ष तिमीहरुको नाम निरन्तर पुकारिरहेकी छु। सायद पुकार्दा-पुकार्दै अन्तिम स्वास फेर्छु होला।

मलाई आशा छ तिमीहरु पनि कुसल मंगल नै छौ होला। पोहोरको वैशाखमा आमाको मुख हेर्ने दिन थियो, सबैका छोरा-छोरी आए, तर तिमी आएनौ।

छोरा ठीक गर्‍यौ ,वर्ष दिनमा जाबो एक दिन भेटेर अनि मिठो खुवाएर के हुन्थ्यो र ? जाबो एकसरो लुगा दिएर अनि एकपटक आमा भनेर के हुन्थ्यो र। कमसेकम देखावटी स्वाङ त पारेनौ। यसपालि पनि नआए छोरा। भेट भएपछि फेरि बिर्सन कठिन हुन्छ मलाई।

बाबु यो स्वार्थी संसारमा तिमीमात्र होइन, धेरै यस्ता छोराछोरी छन रे अचेल। त्यसैले सूर्ता नमान्नू है, बरु आफ्नो ख़्याल राख्नु। तिमीले कहिल्यै समयमा खाना खाँदैनथ्यौ। मैले हरेकचोटी मुटु धड्किँदा तिमीलाई बाहेक अरुलाई सम्झिन्नँ। तिम्रै सुर्ता लाग्छ। अब त नाति पनि बाबा-मम्मी भन्ने भयो होला। तिमीहरुले ठीक गर्‍यौ मलाई घरबाट निकालेर। नत्र नातिले भोलि जान्ने भएपछि बुहारीले मलाई गरेको माया देखेर त्यही सिको गर्ने थियो। अनि तिमीहरुलाई भोलि बुढेसकालमा मैले जस्तै सडकको या वृद्धाश्रमको बास बस्नुपर्ने हुन के बेर! आफ्नै सन्तान सडकमा भीख मागेको म हेर्न सक्दिन छोरा।

म आफू जस्तोसुकै पीडा खप्न तयार छु, तर तिमीलाई सडकमा बोराभित्रको जिन्दगी बाँचेको हेर्न त के कल्पनासम्म गर्न सक्दिनँ। आज फेरि आमाको मुख हेर्ने दिन भन्ने सुनेकी छु। शरीरभरिका घाउहरु र अन्तर्मनका घाउहरु बेजोड़सँग दुखिरहेका छन्। तिम्रो बाटो हेर्दाहेर्दै मेरा आँखा थाकिसकेका छन्।

मैले कालसँग पनि दयाको भीख मागेकी छु – मेरो यौटा मात्र माग छ। म मरे भने पनि अबस्य पुरा गरिदिनु। यहाँ सारै गर्मी छ यौटा पंखा लगाउनु। भगवानले त्यो दिन नदिउन तर नाति ठुलो भएर तिमीहरुलाई यो वृद्धाश्रम पठाए यो गर्मी कसरी सहौला र। त्यसैले म मरेपछि आमाको इच्छा भनी यौटा पंखा लगाउनु। तिमीहरुलाई नै काम लाग्ला। मलाई दागबत्ती दिनुपर्दैन छोरा। बरु भोकाएका गिद्ध र स्यालहरुलाई खान दिनु। किनकी भोकको पीडा कस्तो हुन्छ, तिमीलाई भन्दा मलाई थाहा छ। तिमी जहाँ भएपनि काँडाले नघोचोस्। कुनै रोगले नभेटोस्।

मैले बुहारीलेजस्तै आधुनिक बोल्न जानिनँ। उनले जस्तै मिठो पकाउन सकिनँ। म सफा सुघ्घर बस्न सकिनँ। मैले कुपोषित शरीरले पाएको सजाय दम र खोकी रोक्न सकिनँ, म बूढी भएँ। म त खोले खाएर, भुल्ला ओढेर हुर्केकी मान्छे, तिम्रो जस्तो सभ्यता शिक्षा कहाँबाट पाउनु छोरा। यो आमाको मन अचम्मको हुने रहेछ। मैले हरेक चोटी मुटु धड्किँदा तिमीलाई बाहेक अरुलाई सम्झिन्नँ। मेरो यो संसारमा अरु को नै छ र छोरा?

तिमीलाई पक्कै दिनभरि बाडुली लाग्दा कति गाह्रो हुँदो हो कति डिस्टब हुँदो हो। तर के गर्नु नसम्झी रहन सकिनँ। आज फेरि आमाको मुख हेर्ने दिन भन्ने सुनेकी छु। शरीरभरिका घाउहरु र अन्तर्मनका घाउहरु बेजोड़सँग दुखिरहेका छन्। आफूले माया गर्ने मान्छेले दिएका पीडा पनि कति मिठो लाग्दो रहेछ। उपहास पनि सुमधुर हुँदो रहेछ।

म सबै यातना चुपचाप सहन तयारै छु मैले राम्रो लुगा र मिठो खाना पनि त मागेकी छैन। मात्र तिमीहरु स्वस्थ, सम्बृद्ध, निरोगी सफल होस् भगवानसँग मागेकी छु। मेरो शरीरबाट एक मुठी प्राण जानै लाग्यो छोरा। कहीँ कतै मलाई मरेकै देख्यौ भने पनि आँसु नझार्नु है। म मेरो आफ्नै मुटुको टुक्रा रोएको देख्न सक्दिनँ। यही इच्छा छ पूरा गरिदिनु ………

5 thoughts on “आमाको मुख होइन दुःख हेर सक्छौ भने”

  1. sanu nepali says:
    May 9, 2016 at 11:41 am

    गएको हप्ता को कुरा हो मेरो जेठो दाजु खुट्टा ले असक्त हुनुहुन्छ. बाहिर यता उता हिड्न सक्दैन . छोरा हरु कोइ रक्सि मा दुबे को छ को आफ्नै ब्यापार मा मस्ती छ . तिनै जना छोरा हरु अलग अलग बस्दै आएको छ . मेरो दाजु भाउजु बुध बुढी भएको ले हेरचाह गर्ने कोहि छैन . नजिक घर भएको ले मा दिन दिन गएर के छ कस्तो छ भनेर सोड़ने गर्छु . गएको आइतबार दाजु को अचानक देअथ भयो . अब छोरा छोरी हरु सबै घर आयो सात दिन को कर्म को लागि धेरै पैसा खर्च गर्यो सेतो लुगा लगायो , कपाल खौरियो . सात दिन सम्म क्रिया बस्यो . तर दाजु बिरामी भएको बेला कोहि पनि घर मा आएन . खान खायो खान खाएन भनेर सोदन पनि एन . त्यो भन्दा न मजा को कुरा आमा बा को मूख हेर्ने दिन पनि समझदा पनि सम्झदैन . बिरामी पर्दा वास्ता नगर्न्त वर्षा को एको चोटी मात्र हेरेर के गर्ने ?????????

    Reply
  2. Situ says:
    May 9, 2016 at 3:20 am

    एकदम राम्रो cha, मन choyo, आँखा rasaya, धन्य आमा को माया, कति निस्वार्थी हुन्छ

    Reply
  3. BagRam Dyn says:
    May 8, 2016 at 5:57 am

    heart touching आर्टिकल

    Reply
  4. Durga Adhikari says:
    May 7, 2016 at 10:05 am

    लेख मार्मिक छ/ तर आमालाई अलपत्र पारेर सडकमा छाडी Facebook मा ठुलो फोटो राख्दै ह्यापी मदर्स दे लेख्ने फेशन जस्तै यो लेख लेख्ने र पढ्ने नहुन/ यहि मेरो कामना/

    Reply
  5. Vicky Dev says:
    May 7, 2016 at 12:39 am

    ज्ञवाली जी,
    सार्है मार्मिक लेख लेख्नु भो, मुटु नै छिया-छिया भएर आयो.
    आशा गरौँ, यो लेख तपाई-हामी लगाएत सबै छोरा-छोरी लाई आमा-बाबु माथि को कर्तब्य बोध अझै नजिक बाट गराउन सफल होस् |

    जय आमा, जय बुआ

    Vicky Dev

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme