Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

देख्नुभो हैन त, दीक्षित र लोकमानको झगडामा जनताले केही पाउने हैनन् भनेर

Posted on May 3, 2016May 3, 2016 by Salokya

lokmanvsdixit1
कनकमणि दीक्षितलाई अख्तियारले पक्रँदा अहोहो, ठूलै होहल्ला भयो। भ्रष्टाचारको मुद्दामा परेर अब सकियो, दीक्षित बल्ल फन्दामा परे। खुच्चिङ भन्नेहरुसम्म देखिए।

तर मैले त्यतिबेलै भनेकै हो, यो अख्तियार प्रमुख लोकमान सिंह कार्की र कनकमणि दीक्षितबीचको आपसी झगडा मात्र हो। यो उनीहरु बीच पावर देखाउने संघर्ष मात्र हो। तपाईँ हामी जस्ता सर्वसाधारण जनताले यसमा केही पाउने हैन। त्यसैले तमाशा हेर्न बाहेक अरु टाउको दुखाउन आवश्यक छैन। नभन्दै आज सर्वोच्च अदालतको आदेश आएपछि त तपाईँले थाहा पाउनु भयो होला नि कुरा।

दीक्षित चानचुने व्यक्ति हैनन्। समानान्तर सत्ता चलाइरहेका व्यक्ति पो हुन् त उनी। एमाओवादी सिङ्गो पार्टी दीक्षित एक व्यक्तिविरुद्ध लाग्नुपर्ने गरी शक्तिशाली हुन् उनी।

अख्तियार जस्तो संवैधानिक निकाय लाग्दा पनि उनी आफूलाई राखेको थुना गैरकानुनी हो भन्ने सर्वोच्चको फैसलाका साथ निस्किन सफल भए। भारतीय नाकाबन्दीको विरोधमा भारतीय पत्रिकामै विचार पृष्ठमा लेख छपाउँदा पनि भारतीय मिडियामा प्रो इन्डियन जर्नलिस्ट पक्राउ भनेर समाचार छापिने व्यक्ति हुन् उनी।

अख्तियारलाई पाँच पाँच पेजको अङ्ग्रेजीमा विज्ञप्ति निकाल्न बाध्य पार्ने व्यक्ति हुन् उनी। हेर्नुस् त लास्टमा अख्तियारको बोली बन्द गराइदियो।

तर लोकमानले पनि आफ्नो शक्ति चाहिँ देखाए है। दीक्षित जस्तो व्यक्तिलाई १० दिन थुनामा राखिदिए। बाँकी दिन वीर अस्पतालको आइसियुमा बिताए पनि एक रात त उनले दीक्षितलाई गौशाला चौकीमै सुत्न बाध्य चाहिँ बनाए।

लोकमानले कनकमणि भ्रष्टाचारी हो, यस्तो यस्तो उजुरी परेको छ, विदेशमा यति पैसा छ भनेर बद्नाम गराउन पनि सफल भए।

यो दुई पक्षको शक्ति संघर्ष हो भन्ने कुरा दीक्षित पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा उल्लेख भएका शब्द हेर्दा थाहा हुन्छ। त्यसमा उनले लोकमानलाई अत्यन्त सामन्ती प्रवृत्तिका व्यक्ति भएको भनेका छन्। उता, दीक्षितका विरोधीहरु पनि दीक्षितलाई सामन्ती नै भएको आरोप लगाउने गर्छन्।

सर्वोच्चको फैसला के हो ?
यो बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले गरेको फैसला हो। बन्दी प्रत्यक्षीकरणको रिटले कुनै व्यक्ति गैरकानुनी रूपमा थुनामा परेको हो वा होइन भन्ने मात्र हेर्छ। अनाधिकृत ढंगले वा अधिकार नपाएको व्यक्तिले वा कानुनले तय गरेको कार्यविधि नपुर्यााई कुनै व्यक्तिलार्इ बन्दी बनाइएको छ भने अदालतले त्यस्तो व्यक्तिलार्इ थुना मुक्त गर्ने आदेश दिन्छ।

कामु प्रधान न्यायाधीश सुशीला कार्कीसहित जगदीश शर्मा पौडेलको संयुक्त इजलासले ‘सन्तोषजनक रुपले तहकिकात नगरी विशेष अदालतले १० दिन म्याद थपेकोमा सो थुना कानुनसम्मत नदेखिएको’ फैसला गरेको छ। अर्थात् १० दिनको थुना गैरकानुनी भएको ठहर गरेको छ सर्वोच्चले। तर सर्वोच्च पनि चलाख। विशेषको १० दिने थुनाको म्याद सकिएपछि बल्ल अदालतमा उपस्थित गराउन आदेश दिएर थुना गैरकानुनी भनिदियो।

यसको अर्थ अख्तियारले भ्रष्टाचार मुद्दामा छानबिन गर्न नपाउने भन्ने हैन। तर छानबिनका लागि अब थुन्न भने पाउने छैन। किनकि अख्तियारको नाममा परमादेशसहितको फैसलामा भनिएको छ- भ्रष्टाचार मुद्दाको अनुसन्धान कारबाही सुरु गरेको देखिँदा सो मुद्दामा कारबाही गर्न आवश्यक देखिएमा निवेदिकाको पतिको नाउँमा कानुन बमोजिम म्याद जारी गरी झिकाई साधारण तारेखमा राखी मुद्दाको कारबाही अगाडि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान
आयोगको नाममा परमादेशको आदेशसमेत जारी गरी दिएको छ।

अब अख्तियारले कानुन बमोजिम म्याद जारी गराउनु पर्‍यो, दीक्षितलाई झिकाउनु पर्‍यो र साधारण तारेखमा राखी मुद्दाको कारबाही अघि बढाउनु पर्‍यो। अब थुनेर अनुसन्धान गर्न पाइन्न।

अनुसन्धान सकाएर विशेष अदालतमै अख्तियारले मु्द्दा दायर गर्नुपर्छ।

त्यतिञ्जेल नयाँ किसिमले लोकमान Vs कनकमणिका नयाँ रुप हामी हेर्न पाउने छौँ।

के छ फैसलामा ?





सम्बन्धित डकुमेन्ट
शान्ता दीक्षितको बन्दी प्रत्यक्षीकरण रिट निवेदन
अख्तियारको अङ्ग्रेजी विज्ञप्ति

27 thoughts on “देख्नुभो हैन त, दीक्षित र लोकमानको झगडामा जनताले केही पाउने हैनन् भनेर”

  1. Ekraj says:
    May 8, 2016 at 7:22 am

    Finally naive spectators had an opportunity to experience the drama of the criminal, corrupt and the con artist of the society who continues their business in the name of social activist and law and order enforcer.

    Reply
  2. krishna says:
    May 5, 2016 at 4:39 pm

    दिक्षित परिवारका साली पट्टिका सात र भेना पट्टिका नौ पुस्ता डाक्टर छन् नेपालमा .. आसे पासे त् कति कति ! उपेन्द्र देवकोटा ज्वाई हुन् / दिक्षित परिवारका जो कोहिले लेख्ने नजान्नेले पनि बिना डोनेसन इंडिया मा डाक्टरी पढ्न बन्न पाउछन … अनि ? कुरा बुझ ल ! अब कसैले छुने हल्लाउने प्रयास नगर नत्र ….

    Reply
  3. madan bajracharya says:
    May 4, 2016 at 11:22 pm

    ०१. अरुले अख्तियार को दुरुपयोग गरेमा कारवाही गर्ने संस्थाले बा त्याहाको आयुक्त बा कर्मचारी कुनैले अख्तियार दुरुपयोग गरे नगरेकोमा कसले अनुगमन गर्छ र गरेमा कसले कार्यवाही गर्छ?
    ०२.अख्तियारले आरोप लगायाकोकाहरु निर्दोष भयमा अख्तियारलाइ कार्यवाही हुन्छ हुँदैन र उसले गलत आरोप लगायर थुनेको र उसको गलत आरोप को कारण अरुको अपमान भयको मा अख्तियारलाई कसले कार्यवाही गर्छ?
    ०३. आफुले सोध पुछ गर्न बोलायकोमा जव्काफ दिन नआउने लाइ थुन् सक्ने अख्तियारलाई उसले गलत आरोप लगायर कसैलाई थुने बा अरु कार्यवाही गरेर दुख दिने अख्तियारको जिम्मेवार व्यक्तिलाई थुन् सक्ने कुन निकाय हो?
    ०४. कसैले प्रहरीमा कसै माथि गलत लाई गलत आरोप लगायर गलात्र अख्तिआर दुरुपयोग कसै बात चाहे त्यो अख्तियार होस् बा कुनैले नागरिकलाई झुठो बा प्रमाणित हुन् नसकिने आरोप लगायर पिडित बनायमा पिडित नागरिकले गलत आरोप लगाउने माथि मानहानी र आर्थिक छेती पूर्ति दावी गर्न सक्छ बा सक्दैन?
    ०५.अदालतले अख्तियारले लगायको आरोप गलत भयको ठहर गरेमा अख्तियारले गलत आरोप लगायको ब्यक्त्रिलाई थुना बा कार्यवाही बात मुक्त गर मात्रै भन्नु तर गलत आरोप लगाउनेलाई सजाय नतोक्नु आधा न्याय होईन?

    Reply
    1. Sandip says:
      May 5, 2016 at 1:25 pm

      बिर होस्पितल का डाक्टर हरु चै कस्तो नि? केही नभयको मनिष लै ICU मा भर्ना गरि राख्ने होस्पितल दोषी KI डाक्टर ?

      Reply
      1. madan bajracharya says:
        May 5, 2016 at 8:52 pm

        सन्दिपज्यु
        निर्दोस नै पिडित हुने फैसला गर्ने न्यायधिस लाइ त् सजाय दिन्छ भने अख्तियारले गलत आरोप लगायर कसैलाई दुख दिय किन सजाय दिनु पर्दैन? निर्दोस नागरिकको नागरिक अधिकार हनन गर्ने ले सजाय पाउने निर्दोस नागरिकले आफुलाई पिडित बनाउने बात छेती पूर्ति पाउने भय मात्रै देसमा कानुनि राज भयको मान्नु पर्ने हुन्छ/ ठुला पदमा रहेका र बलिया नेतालाइ अप्ठ्यारोमा पर्ने कुरा इन्टरनेट मा कमेन्ट मात्रै गरे पनि नागरिकले सजाय पाउँछ/ तर देसमा नागरिकलाइ झुठो आरोप लगायर थुने पनि कार्यवाही नहुनु ठिक होईन भन्नु गलत ठान्ने नै ठिक हो भन्नु हुन्छ भने मेरो भन्नु केहि छैन/

        Reply
  4. ramesh says:
    May 4, 2016 at 5:49 pm

    साथी हरु ,, यो देस को कसै लाई माया लाग्दो रहेन छ. सबै लाई आफ्नै मात्रै इगो ठुलो रहेछ. नेता लाई जनता को माया छैन रहेछ. जनता को भोट लिएर गएर ,,,,, बिदेसी संग सरकार बनाउन सहयोग माग्दा रहेछन .. बिदेसी ले सरकार बनाउने भए किन हामी जनता ले भोट हाल्ने ??? पत्रकार ले पनि ,,, बिदेसिको पैसा खाएर ,, खबर छाप्छन रे ?? यो कस्तो देस ??.. बास्तव मा हामी जनता लाई पनि यो देस को माया छैन कि के हो जस्तो लाग्छ. .. देस को यो हालत भै सको खै कोहि कतै बोल्दैन … सबै कोहि न कोहि पार्टी को खानदानी supporter ,, देस को सपोर्ट ,,गर्ने ,, छैन कि कोहि,,
    तेत्रा सहिद हरु मरेर ,,, यो देस बनाएर दिए ,, खै हामी त,, देस नै बाच्चौना सक्दिनौ कि के हो ???… यो त १२ बिघा जमिन भएको मान्छे ,,, मगन घर घर हिडे जस्तो पो भयो त साथी हरु…

    Reply
  5. नोर्बु घले तामांग says:
    May 4, 2016 at 12:03 am

    कनक सरको बिरुद्धमा किन यत्रो नेगेटेभिज्म भएको? खोइ केहि बुझिएन बा… हन एउटा नेपालीले गरेर खाएकोमा यस्तरी धुर उठेर खैरो खन्नु पर्ने केहि देख्दिन| अरु कुनै माईका लालले भन्दा उनले साझा यातायातको व्यवस्थापन वेहतर संचालन गरेका छन| सन्तुलन मिलाएर पजिटिभ पक्ष पनि लेखेको खोइ?
    कनक सर बाहुन भए पनि वाहुनवादी बिरुद्ध छन्| आदिवासी जनजातिको पक्षमा आवाज उठाउदै आएका छन्| त्यसै भएर पो हो कि क्या हो दीक्षितको खैरो खनेको|
    यो लोकमान भन्ने कस्तो हाकिम हो जसले गणेश थापा जस्तो विश्व भ्रष्टचारीलाई देखे नदेखे जस्तो गर्छ| अखिल नेपाल फुटबल संघ उनको कार्य अधिकार क्षेत्रमा नपरेर हो कि कसो?

    Reply
  6. Durga Adhikari says:
    May 3, 2016 at 8:46 pm

    चोरै, चोर/ कस्को के लाग्छ/ को भन्दा को बढी बदमासी गर्न सक्ने/ हामी दङ्ग पर्ने हेर्ने बस्ने/

    Reply
  7. Rabin Neupane says:
    May 3, 2016 at 7:35 pm

    la hernus ta ICU with OXYGEN ventilator ma rakheko machhe SARBOCHO le chade pachi hasdai ghar .. j gare pani chalne aautai desh nepal 🙁

    Reply
  8. Kamal Mani says:
    May 3, 2016 at 5:59 pm

    Ganesh thapa is the most corrupt person of South Asia. Even FIFA has banned him for 10 years. Who has power to put him in Jail? If Kanak Money Dollar can be arrested why can’t Ganesh Thapa ? Is it because of Kamal Thapa.

    Reply
  9. dor prasad says:
    May 3, 2016 at 5:25 pm

    गम्भीर कुरो भने को बेक्तिगत कुरा लै सरकारी अधिकार प्रयोग गर्नु हो … झगडै हो भने कार्यालय सम्येबहिर बोक्सिग गरे भो … अक्तियार को अधिकार दुरुपयोग किन गर्ने !!!!

    Reply
  10. Karbir says:
    May 3, 2016 at 3:56 pm

    Now, Kanak Mani has to fight back with LokMan Karki. He is abusing his authority by intimidating by arresting/detaining people suggested by his god fathers.

    Reply
  11. kalyan says:
    May 3, 2016 at 1:53 pm

    डलरमणी तथा भ्रष्टाचारि गिरोह को जालो भत्काउन बनिबनाउ अदालत को भर परेर हुन्न किनकी त्यहा पनि डलरमणी को ब्वासा हरुको राज छ।त्यसैले जनादालत को निर्णय अनुसार यो गिरोहको नाईके डलरमणी र एस्का सद्स्य हरुलाई जनता ले नै कारबाही गर्नु पर्छ।।एउटा अप्रिय निर्णय लिने साहस कसै न कसैले गर्नै पर्छ।।।

    Reply
  12. रत्नप्रसाद says:
    May 3, 2016 at 1:42 pm

    आस्चर्यको कुरा त के भयो भने कनकमणिले भ्रस्टाचार गरेको छ भने कारबाही होस् छैन भने निर्दोष नागरिकको पछि अख्तियार नलागोस् भनेर कुनै कानुन ब्यबसायीहरुले भन्न सकेनन् | कनकेलाई छानबिन गर्न किन नपाउने? के उसले जे गरे पनि हुन्छ?
    माइसंसारको कुराको सारांस पनि कनकेलाई कसैले केही गर्न सक्दैन,उसले सर्बोच्च अदालतसम्मलाई पनि प्रभाब पार्न सक्छ भन्ने छ |
    कसरि?

    Reply
    1. punya prashad says:
      May 4, 2016 at 12:41 am

      गजब छ मित्र यो नेपाल भन्ने एका देश मा … देश सुन्दर छ मान्छे हरु सबै जसो कुरुप
      कोइ माइकालाल ले केहि ख्यासं गर्ने होइन ठुला बडा हरु लाइ … ति सर्बोच अदालात का न्यायादिश देखि नेता , पत्रकार, नेता सब उस्तै …
      कनके त हेर्दा झुस्स सेतो कपाल खुब भलाद्मी रुप धारण गर्छ नि पब्लिक मा !? … खै त ..

      मेरो नि भनाइ तेइ हो … भ्रसचारी हो कनके भने कारबाई होस् होइन भने निर्दोष छ भनेर सफाई पाओस .. यो बीच मा झेल्ला नहोस … तर खै यिन लाइ नेपाल को कानुन ले छुने होइन …

      Reply
  13. gurung says:
    May 3, 2016 at 8:49 am

    अब सनकमणी लाई पनि “भ्रष्टाचारी जेल परुन ” भन्ने टिसर्ट पहिर्‍याइ दिने पो हो कि ! रबिन्द्र ज्यु !

    Reply
  14. कल्याण says:
    May 3, 2016 at 8:37 am

    कनकमणी एन्ड( फटाह,धुर्त,भ्रष्टाचारि)गिरोह कम्पनी ले यो देस मा समानान्तर सत्ता चलाएर विभिन्न गोयबल्स प्रचार गरेर बर्सौ देखि आफू बाहेक अरु लाई उल्लु बनाईयो भनेर बिदेसी दुताबाँस बाट डलर/@क्रोनर भित्राएर गिरोहका सदस्य लाई अलि अलि दाना पानी सुघाएर अरु सबै आफुले हसुरे पनि यो प्रकण बाट यो गिरोह अस्साध्यै बिछिप्त भयको छ।।।भलै सुसिला कार्की लाई पनि केही डलर र दबाब मा पारेर यो फैसला सेटिङ मा गराउन यो गिरोह सफल भयको छ।।र यस्तै गर्ने छ राज्य को हरेक संरचनामा यो डाकु गिरोह को सेटिङ छ त यो हुने नै भयो।।तर यो कुरुप डलरमणी अर्को के कुरामा बिछिप्त छ भने जति सुकै डलर फन्डिङ गरेर मेडिया चलाएपनि अहिले नेपाल मा डलरमणी को प्रभाबमा नचल्ने केही प्रभाबसाली मिडिया को नेपालि समाज मा दरो उपस्थिति भयो र यो प्रकरण मा ती मिडिया ले सकारात्मक र सहि भुमिका खेले अझ भन्नू पर्दा डलरमणी को पाट्न दरबार बाट सम्पादकिय निर्देसित नहुने ती मिडियाले जसरी जनतालाई सुसूचित गरे र सामिजिक सन्जाल मा डलरमणि को हर्कत को बहुसंख्यक प्रयोगकर्ता ले बिरोध गरे त्यस बाट यो गिरोह बिछिप्त छ।र उसले आफ्नो निजि कथित मिडिया मा लेखिसक्यो कि समाज र मिडिया बिभाजित भय मेरो यत्रो फन्डिङ हुदा नि यी दुई चार मिडिया ले किन मेरो पक्ष मा गोयबल्स प्रचार गरेनन।।।त्यसैले अब यो डलमनी गिरोह अब ती मिडिया विरुद्ध मा नि अनेक गोयबल्स प्रचार गर्न तिर लाग्न सक्छ।।।त्यसैले सचेत र जागरुक हामी नागरिकहरु यो गिरोह को अनेक योजना असफल बनाउन परिआएमा जस्तो सुकै जोखिम किन न आओस डलरमणी र यस्को गिरोह लाई जनकारबाही गर्न तयार हुनै पर्छ।।यस्को लागि ढिला गर्नु हुदैन।।।कारबाही को उच्तम रुप मा नि जान तयार भएर बरु कानुन बमोजिम आफू कारबाही भोगौ तर यो धमिरा लाई त्यसै बाकी राख्न हुदैन।।।किन कि बनिबनाउ अदालत आदि ईत्यादि मा यस्को धमिरा को जालो छ।।त्यबाट न्याय पाउने आसाराख्नु बेकार हो।

    Reply
  15. ashwini says:
    May 3, 2016 at 8:29 am

    जुङाको लडाइ अब कस्को जुङा ताछिने हो ?

    Reply
  16. gurung says:
    May 3, 2016 at 8:17 am

    यदि सबैले सत्यको साथ दिए को भए ! सनक मणि जस्ता को पावर को केही चल्ने वाला थिएन र अरु सय जना भ्रष्टाचारि पछि सर्ने थिए ! जे होस सर्बोच्च ले आज फेरि नेपाल को कानुन को गतिलो परिभाषा दिएको छ ! बरु अब अदालत को मुल ढोका मा नै ” नेपाल को कानुन आ-आफै जानुन” को बोर्ड टासिंदिए हुन्छ ! अखिर हुने त्यही हो !

    Reply
  17. Michael says:
    May 3, 2016 at 7:39 am

    दीक्षित भन्ना साथ् कतै माधुरी दीक्षित को काका त् हैन यो , भनि ठान्ने इन्डियन पनि त् होलान नि ?अनि प्रो इन्डियन भैहाल्यो |

    Reply
  18. eklavya says:
    May 3, 2016 at 6:03 am

    Nepal -the next bihar (after all neighbour can’t left another one alone).

    Reply
  19. राजन says:
    May 3, 2016 at 4:49 am

    कस्तो बिडम्बना, अख्तियार (अधिकार) दुरुपयोग रोक्ने बनेको आयोग नै अधिकार दुरुपयोग गर्ने । भारतको चाकडीबाज लोकेले प्रमाण बिना थुन्ने अख्तियार दुरुपयोगको नयाँ संस्कार बसाल्न खोजेको जस्तो छ । विकसित देशमा भएको भए यसैबाट लोकेको पतन हुन्थ्यो । भारत बर्दहस्त भएपछी हामी मुक दर्षक मात्रै त हो नि ।

    Reply
    1. राजन says:
      May 3, 2016 at 9:41 pm

      लोकेका भाडाका टट्टुहरु Facebook मा मात्रै हैन माइसंसार मा पनि सक्रीय रैछन् , dislike गर्दै बस्दै ।

      Reply
      1. punya prashad sharma says:
        May 4, 2016 at 1:55 am

        हेरू … भुक्यो आर्को फेरी dollar मणि को पछ्या बाट …
        तिम्रो सेते-झुसे-बुडो (दल्लर मणि ) ले भ्रस्टाचार नगरेको प्रमाण छ तिमि संग ? बरु झुसे बुडो जबर्जस्ति ICU मा पसेर चै पावर देखैदियो .. नेपाल मा पवोर भए जे पनि हुन्छा … देखेउ ?

        फेरी तिम्ले गरेको कमेन्ट सब लाइ मन पर्नै पर्ने हो कि क्या ?? मलाई नै मन परेन तिम्रो कमेन्ट .. मैले नै dislike गर्दिए.. लौ ..

        कुरो ह्या निर छ .. “भ्रस्टचारी हो भने कारबाही होस् … भ्रस्टचारी होइन भने दोष लगाउने लाइ कारबाही होस् “

        Reply
        1. राजन says:
          May 4, 2016 at 7:40 am

          ओइ चाकड, कानुनको राज्यमा innocent until proven guilty हुन्छ कि guilty until proven innocent हुन्छ ?

          Reply
          1. punya prashad says:
            May 4, 2016 at 6:48 pm

            तिम्लाई पनि भुक्न टोक्न कोपर्न चिथारना मात्रै आउछ जस्तो छ !
            के कारण ले मलाई चाकड भनेउ त्यो पनि खुलैदेउ न दुवा तिर्की ?.. कि तिम्रो दिमागी हालत ठिक छैन ? बरु मानशिक अस्पताल मा भर्ना गर्न तिम्लाई मै सहयोग गरम्ला 🙂

            म न झुसे भ्रस्टाचार आरोपित बुदो लै चिन्छु न लोकमान लाइ … मलाई कोइ संग केहि सरोकार छैन .. झुसे बुदो भ्रस्टचारी होइन भने ICU मा जाने नाटक किन गर्ने ? बरु अक्तियार लाइ अनुसंदन म सहयोग गर्नु पर्छ /

            Reply
  20. HarataraH says:
    May 3, 2016 at 2:31 am

    मैले भकुण्डो खेलाउन जानेको थिएँ, तर के गर्नु..!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme