Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ट्विटर र पेपालले नेपालमा ट्रेडमार्क दर्ता गर्दै

Posted on May 2, 2016 by Salokya

twitter माइक्रो ब्लगिङ साइट ट्विटर र अनलाइन पेमेन्टका लागि उपयोग गरिने पेपालले आफ्नो उपस्थिति नेपालमा पनि देखाएको छ। यी दुई कम्पनीले आफ्नो ट्रेडमार्क नेपालमा दर्ता गर्न यहाँको कानुन अनुसार उद्योग विभागमा दर्ता गर्ने प्रक्रिया अघि बढाएका हुन्।

गुगल बस, फेसबुक रेस्टुरेन्ट जस्ता नाम राखिएका साइनबोर्डहरु हामीले देखिरहेका हुन्छौँ नि, ट्रेडमार्क दर्ता गरेपछि अरुले उसको नाम र लोगोको यस्तो दुरुपयोग गर्न पाउँदैन। अन्तर्राष्ट्रिय ब्रान्डहरुले त्यही भएर विश्वका प्रमुख देशहरुमा ट्रेडमार्क दर्ता गर्ने गर्छन्। यही क्रममा पेपालले २०७१ असोज २७ गते निवेदन दिएको थियो। ट्विटरले भने २०७२ साउन ६ गतेमात्रै निवेदन दिएको हो।

पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ अनुसार आवेदन मध्येबाट छानिएका ट्रेडमार्कहरुलाई उद्योग विभागले यो ट्रेडमार्कमा अरु कसैको दावी विरोध भए प्रमाणसहित आउन सूचना दिन्छ। सूचना प्रकाशित मितिले ९० दिनभित्र विभागमा उजुरी दिनुपर्ने हुन्छ। सूचना २०७२ चैत १४ गते छापिएको छ। यो अनुसार असार मध्यसम्म कसैले दावी विरोध नगरे ट्विटर र पेपालको ट्रेडमार्क नेपालमा दर्ता हुन्छ।







ट्रेडमार्क दर्ता भएपछि यस्तो रेस्टुरेन्ट वा अरु केही देखियो भने ?

विदेशी कम्पनीहरु पनि अहिले निकै चनाखो हुन थालेको देखिएको छ। तल हेर्नुस् दुई सूचना।
pizzahut
नेपालमा एक जनाले पिज्जा हट रेस्टुरेन्ट भनेर खोल्दा यसरी अमेरिकाको पिज्जा हटले ट्रेडमार्क उजुरी गरेको थियो।
oscar
त्यसैगरी पाल्पाको कम्पनीलाई अमेरिकाको अस्करले ट्रेडमार्क दावी गरेछ। बिचरालाई नेपालमा अस्कर फिल्म इन्स्टिच्युट पनि छ भन्ने थाहा छ कि छैन कुन्नि।

2 thoughts on “ट्विटर र पेपालले नेपालमा ट्रेडमार्क दर्ता गर्दै”

  1. Chiran says:
    May 6, 2016 at 9:05 am

    यस विषयमा हामी सक्रियतापूर्वक काम गरिरहेका छौं । समाचारका लागि धन्यवाद । तर, कुनै गलत क्रियाकलापलाई निरुत्साहित गर्न अहिले सञ्चारमाध्यमको ठूलो महत्व हुन्छ । त्यसलाई ध्यान दिँदै तपाईहरुले पनि यस विषयमा आफ्नो क्रियाशीलता बढाइदिनु हुनेछ भन्ने विश्वास समेत गर्दछौं ।

    Reply
  2. shrijan says:
    May 2, 2016 at 7:46 pm

    Twitter Deluxe,Facebook Deluxe, Google ,Samsung ,FIFA नाम पो राख्याछन गाठे बस कम्पनीहरुले फेरी न्वरान गर्नु पर्ने भो बिचाराहरुलाई । ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme