Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्रीको ट्विटमा ‘महिला मोह’ देखिएपछि आपत्

Posted on May 1, 2016 by Salokya

pm-nepal
मे डे अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस। भिन्न संगठनले भिन्नाभिन्नै ठाउँमा कार्यक्रम गर्दै विश्वका मजदूर एक हौँ भन्ने नारा लगाउने दिन। बिहान सबेरै प्रधानमन्त्रीले श्रमिक दिवसको दिनमा शुभकामना सन्देश दिए ट्विटरबाट। तर ट्विट टाइप गर्नेले ‘सम्पूर्ण श्रमजीवी दिदीबहिनी’मात्र टाइप गरिदिएछन्। अर्थात् महिलालाई मात्र मे डेको शुभकामना। पुरुषमाथि भेदभाव। अनि सुरु भयो ट्विटरमा उनको आलोचना। प्रधानमन्त्रीले त्यो ट्विट नै डिलिट गर्नुपर्‌यो।

३६ मिनेटपछि अर्को सच्चिएको ट्विट आयो जसमा दिदीबहिनीसँगै दाजुभाइलाई पनि शुभकामना दिइएको थियो।

अन्तराष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा सम्पुर्ण श्रमजीवी दाजुभाइ दिदीबहिनीमा हार्दिक शुभकामना ।

— PM K.P. Sharma Oli (@PM_Nepal) May 1, 2016

तर त्यतिन्जेल उनलाई प्रशस्तै उडाउने काम भइसकेको थियो। जे होस् प्रधानमन्त्रीले ट्विटरमा शुभकामना सन्देशमै पनि ट्विटेहरुलाई बिजी हुने एउटा बहाना भने दिए।

5 thoughts on “प्रधानमन्त्रीको ट्विटमा ‘महिला मोह’ देखिएपछि आपत्”

  1. Ekraj says:
    May 2, 2016 at 7:13 am

    People expect more intelligent thought process and action from a Prime Minister of a country that needs every bit of his itelligence and hardwork to make some difference. But he was a born brain bankcrupt, lazy and proved himself to be most stupid gossiper than anything in every occassion. If you elect an half dead, illiterate, and no attitude for hard work who just lives in gaffe what more you get from him. Just live with the whatever stupidity he will throw on you.

    Reply
  2. विनोद भान्जो says:
    May 2, 2016 at 2:19 am

    त्यो थोडै काजु कान्छोको ट्वीट हो र? कुन चै उनका नालायक सल्लाहकारले गरेको हो| त्यस्तै नालायकहरुले मुलुक डुबायो| शेरे आए पनि त्यहि हो, ढेडे आए पनि त्यहि हो| बाबुरामले १२००० को दोष बाट मुक्त भएर युरोप जाने बाटो खुल्न नंया शक्ति खोलिसक्यो|
    अब ओली र प्रचण्डले पुनर्निर्माणको लागि एमाले र एमाओवादीको स्वयम् सेवक भर्ना बारे पनि ट्वीट होइन ट्वाँट गर्ने होला क्यारे|

    Reply
  3. bibek dhakal says:
    May 2, 2016 at 1:43 am

    धन्न दिदिबहिनि भनेर थपेका चाही छन् है

    Reply
  4. Michael says:
    May 1, 2016 at 11:54 pm

    अरे काजु खाने र मजाक गर्ने त् उहाको पहिले देखिको बानि हो जो भन्थे कुन्सांग काका |

    Reply
  5. ZookaVirus says:
    May 1, 2016 at 9:35 pm

    महिला लाई साथ् लिएर हिड्ने मान्छे वहा आफु प्रधान मन्त्रि हुदा महीला लाइ रस्त्रियापति !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme