Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

२० रुपैयाँको पानी १३५ ठटाउनेलाई कारबाही गर्न सरकारको पत्र, भ्याटमा दर्ता नै नभई दर्ता नम्बर उल्लेख

Posted on April 28, 2016April 29, 2016 by Salokya

२० रुपैयाँको अधिकतम मूल्य लेखिएको एक बोतल पिउने पानीको १३५ ठटाउने ठमेलमा रहेको ट्राभलर्स क्याफेलाई कारबाही गर्न सरकारले आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ। सुमन घिमिरेले यो रेष्टुरेण्टले एक बोतल पानीको मूल्यलाई रु १३५ राखेको अझ त्यसमाथि १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत भ्याट पनि जोड्दा पानीको मूल्य रु १६७.८० भएको बारे माइस‌ंसारमा ब्लग लेखेका थिए। ब्लग पढ्न क्लिक गर्नुस्। यो विषयलाई कारबाही गर्न हेलो सरकारले आपूर्ति मन्त्रालयलाई पत्र लेखेको जानकारी दिएको छ। भवसागर घिमिरेले यो क्याफेले भ्याटमा दर्ता नै नभई भ्याट रजिस्ट्रेसन नम्बर उल्लेख गरेको पत्ता लगाएका छन्।

@sanklp @salokya चलानी ३१७५५ बाट यो विषय अनुगमन र कारवाहीका लागि आपूर्ति मन्त्रालयमा पठाइएको छ | धन्यवाद |

— HelloSarkar (@Hello_Sarkar) April 28, 2016

2016-04-25 13.04.07

2016-04-25 13.03.15

भ्याटमा दर्ता नै नभई दर्ता नम्बर उल्लेख

2016-04-25 13.02.53

बिलमा भ्याट दर्ता नम्बर उल्लेख भए पनि आन्तरिक राजस्व विभागको वेबसाइटमा गई सर्च गर्दा 603500417 नम्बर भ्याटमा दर्ता भएको देखिएन।
pan-vat

pan-vat

त्यसैले यो क्याफेले भ्याटमा दर्ता पनि नभई भ्याट रजिस्ट्रेसन नम्बर बिलमा राखेको देखिन्छ।

10 thoughts on “२० रुपैयाँको पानी १३५ ठटाउनेलाई कारबाही गर्न सरकारको पत्र, भ्याटमा दर्ता नै नभई दर्ता नम्बर उल्लेख”

  1. सिर्जने says:
    April 29, 2016 at 10:13 pm

    अब जनताका छोरा(छोरी)हरुले नै भ्रस्टाचारी र कालो बजारियाहरु को पर्दाफास गर्दै जानेछन्, लौ गर्दै जाऔ /

    Reply
  2. Kamal says:
    April 29, 2016 at 6:13 pm

    This pan is not registered in VAT but collecting VAT from customers which is fraud. So I think this cafe’s details must also be investigated by tax office Thamel. Many restaurants are collecting VAT and taking money themselves as income instead of paying to government.

    Reply
  3. नारायण says:
    April 29, 2016 at 4:03 am

    दर्ता कार्यालयमा कसलाई पैसा खुवाएर नक्कली दर्ता लिएको रहेछ, पुरै ग्याङ्ग नै होला| त्यो मुद्दामा जेल जानु पर्छ| जरिमाना पनि ठुलै हुनपर्छ|
    भ्याटमा संग्रह गरेको रकम कसले कंहा बुझिलिंछ, अनलाई हेर्न पाए ओलीको पिटिक्क घरैमा ग्यास बालेको र रेल चढेको महसुस हुनेथियो|
    ओलीको राज त् झन् झले र माकुनेको भन्दा पनि गएगुज्रेको भयो| हिज्संम प्रचण्ड लाई गाली गर्यो र अहिले उसैको भरमा सरकार थाम्या छ| ओलीको बोलि कागजको सोली|

    Reply
  4. dave says:
    April 29, 2016 at 12:12 am

    ठुला ठुला कालाबजारी हरूलाइ पनी कारवाही गरीने कुनै अास्वासन जनताहरूले पाए हुन्थ्याे ।।। कती अरब जती पैसा त सीन्धुपाल्चाेक मा सीधीयाे रे र जनता काे घर जस्ता काे तस्तै रे । अाेहाे त्याे अरब पैसाे ले त गाँउकाे सबै घर पक्की बन्थ्याे हाेला।।। कारबाही हाेस सरकार ।।। बिचरा सानाे हाेटल लाइ कारवाही गन सरकार र पत्रकार पछी लागेका ।। मेनु हेरेर पानी मगाए हुन्थ्याे नी ।।।

    Reply
    1. sujan maharjan says:
      April 29, 2016 at 11:42 pm

      भ्रस्टाचार दस रुपिया को होस् या १० अर्ब को होस्, भ्रस्टाचार मापन कम हुदैन!!!

      Reply
      1. dave says:
        April 30, 2016 at 4:56 am

        हाे तर नेपालमा रू१० खाने जेलमा र कराेड खाने अमेरीकामा सेल्फी खीचेर फेसबुकमा फाेटाे राख्न भ्याउछन । के भन्ने ।।

        Reply
    2. नविन says:
      May 2, 2016 at 3:35 pm

      दुइटा चोर मध्ये एउटा समतिएन एउटा चै समातियो भनेर कम्प्लेन गर्ननि मिल्छ र भन्या , जोगी लाई समत्या भए पो!! ड्याम ड्याम भ्याट उठाउने भरे त भ्याट दर्ता नै रैनछ, फेला पर्यो बल्ल फटाहा |

      Reply
  5. prakash says:
    April 28, 2016 at 10:32 pm

    नेपाली हरु ले खुला अर्थतन्त्र को महत्व कहिलै बुजेनन | खुला अर्थतन्त्र वा छाडा बजार भाउ ले सधै गरिब हरु लै सस्तो मा समान किन्न मदत गर्छ | जब कुनै कम्पनी ले धनि हरु लै लुट्न पाउछ तब आरु कम्पनि मा प्रतिस्पर्दा हुन्छ र बजार हिस्सा हडप्ने सुर मा बजार भाउ अझ सस्तो हुदै जान्छ | जस्तो अमेरिका मा हेरौ | एउतै समान एउटा पसल मा १० पर्छ भने अर्को मा ९० पर्छ | धनि ९० तिर्छ गरिब अर्को पसल मा गएर १० तिर्छ | कम्पनि ले १० मा किन दिन सक्छ, किनकि उसले धनि लाइ ९० मा बेचेर पुग्ने नाफा गरे सक्यो | कम्पनि ले १० मा किन बेच्छ किनकि उ बजार गुमाउन चाहदैन |

    Reply
    1. bibek dhakal says:
      April 29, 2016 at 12:02 pm

      कुरा खुला ब्यापार को हैन माहशय, जालसाझी को हो. नक्कली भ्याट बिल बनाएर तपाईं हाम्ले तिर्ने कर दुरुपयोग गरेको हो. नेपालीहरुले कर दुरुपयोग को कुरा चाही कैले बुझ्ने?

      कुरै कुरामा फेरी ट्रेकिंग रुटका होटलहरुको कुरा उठाउन मन लाग्यो. ति होटलहरुमा मनलाग्दो भाउ लियिएको हुन्छ र सायदै कहिँ भ्याट बिल दियिन्छ. यदि नियमन गर्न सके ट्रेकिंग होटल हरुबाट पनि राम्रै कर उठ्दो हो सरकारलाई. फेरी बाहुनको छोरोले शेर्पाहरुको रिस गर्यो भन्लान 😀 तर मैले खालि कतै चाही कारबाही कतै चाहि खुला छोड्ने काम नहोस भन्न खोजेको मात्र हो

      Reply
      1. dave says:
        April 29, 2016 at 8:19 pm

        फेरी बाहुनको छोरोले शेर्पाहरुको रिस गर्यो भन्लान..लेख्नु को साटो तपाइको नाम बिबेक मात्र लेख्नु भएको भए हुन्थ्यो कि ,, कि बाहुन हु भनेर देखाउनु थियो कसैलाई,…

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme