Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

२० रुपैयाँ पर्ने पानीको बोतललाई १३५ ठटाइयो, पानीकै भाउ किन यस्तो चर्को?

Posted on April 27, 2016April 28, 2016 by mysansar

– सुमन घिमिरे –

2016-04-25 13.03.15 खाना खाने ठाउँ खोज्दै जाँदा ठमेलमा रहेको ट्राभलर्स क्याफे पुगें। यो नयाँ तर मध्यमवर्गीय रेष्टुरेण्ट हो। यहाँ अरु रेष्टुरेण्टमा पाइने जस्तै स्तरको खाना, खाजा पाइन्छ। यो कुनै एक्जुकेटिभ रेष्टुरेण्ट होइन। यो कुनै नाम चलेको कफी सप जस्तो पनि होइन। के कारणले हो कुन्नि, यो रेष्टुरेण्टले एक बोतल पानीको मूल्यलाई रु १३५ राखेको रहेछ। खाना खाएर बिल तिर्ने बेला पो थाहा पाएँ।

अझ त्यसमाथि १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत भ्याट पनि जोड्दा पानीको मूल्य रु १६७.८० भयो। “मिनरल वाटर” भनेर मेनुमा लेखिए पनि यहाँ बेच्ने पानीको बोतलमा लेखिएको छ “पिउने पानी”। किन पानीमा अधिक मूल्य? मैले एकजना बिल दिने भाइलाई सोधेँ। उसले भन्यो के गर्ने यस्तै छ, धेरैले किन महँगो भनेर गुनासो गर्छन्। म्यानेजर र साहुसँग कुरा गर्न खोजेको, उनीहरु उपलब्ध भएनन्।

2016-04-25 13.03.15

सामान्यतया बजारमा पाइने बोतलको पानी जसलाई हामीले “मिनरल वाटर” भन्छौं, को खरिद मूल्य भनेको रु १२ देखि १५ सम्म मात्र हो। र त्यसलाई ठाउँ हेरेर २० देखि ३० रुपैयासम्ममा बेचिन्छ। ३० रुपैयाँ तिर्दा पनि ग्राहकले शतप्रतिशत बढी रकम तिरिसकेको हुन्छ एक बोतल पानीलाई। कुनै पनि वस्तुमा यसरी खरिद मूल्यमा सतप्रतिशत नाफा जोडेर बेच्न पाइँदैन। तर यो खुलमखुला कालोबजारी निरन्तर चलि नै रहेको छ।

अब सेवा स्तरीय ठाउँमा गएर पानी किन्न पर्यो भने कति तिर्ने त? ठाउँ हेरेर पानीको मूल्य फरक हुन्छ। फाइभ स्टार होटलमा गयो भने पानीको मूल्य त्यही अनुसार हुन्छ। फाइभ स्टारको सुविधा लिनेले पानीको मूल्य २०० किन लगाइस् भनेर प्रश्न नगर्ला। र पानीको मात्र मूल्य ज्यादा नभई अन्य होटलको भन्दा सबै कुराको मूल्य त्यही अनुसार निर्धारण गरिएको हुन्छ।

नाम चलेको कफी सप हिमालयन जाभामा पनि केही समय अघि पानी प्रकरण भएको थियो। हिमालय जाभाले पनि पानी रु १३० मा बेच्थ्यो। कुनै ग्राहकले प्रहरीमा उजुरी दिएछन्। पछि जिल्ला प्रशासनले चेतावनी दिएपछि अहिले उसले आफ्नो मेनु फेरेको छ। रु १३० लेखिएको ठाउँमा स्टिकर टाँसेर अहिले हिमालयन जाभाले एक बोतल पानीको मूल्य रु ३० बनाएको छ।

नेपाली खानालाई रु ३०० लिने ठमेलको ट्राभलर्स क्याफेले कुन स्तरियताको हिसाबमा पानीको मूल्य रु १३० राख्यो त? मलाई सोध्न मन लागेको छ। जवाफ छ कि छैन साहुसँग वा कारबाही गर्न सक्छ कि सक्दैन कुनै निकायले? पानीको मूल्यसँग दाँज्ने हो भने यहाँको खानाको मूल्य रु १००० हुन पर्थ्यो। आफै सोच्नुस् यति सामान्य रेष्टुरेण्टमा पानीको मूल्य किन यति धेरै? व्यापार हो, नाफा कमाउन पर्दछ तर कृपया पानीमा त्यति चर्को नाफा राखी व्यापार नगरिदिनुस् न।
2016-04-25 13.02.53

2016-04-25 13.04.07

25 thoughts on “२० रुपैयाँ पर्ने पानीको बोतललाई १३५ ठटाइयो, पानीकै भाउ किन यस्तो चर्को?”

  1. Abhi says:
    April 29, 2016 at 2:26 pm

    What does MRP mean in Nepal, maximum retail price or minimum retail price? If it means maximum, then, nobody, whether a five-star hotel or a street vendor, should be charging more than the MRP printed on the label. If retailers are allowed to charge any amount, then they should not be printing MRP on the label.

    Reply
  2. गाऊले केटा says:
    April 29, 2016 at 1:48 pm

    यती धेरै लेख्नु भन्दा पहिला अली अध्यन गरेको भए राम्रो हुने थियो ।
    यहा कालो बजारी भएको कहा देख्नु भयो लेखक ज्यु??
    प्रस्ट देखिन्छ मेनुमा मुल्य साथै प्रष्ट सँग लेखेको विल…
    बरु ग्राहकलाई धोका दिएको छ। मिनरल वाटर भनेर नर्मल पानी तपाईले पाउनु भएको छ। यो वाटर मिनरल नै हो त?? जे मेनुमा लेखिएको छ, जसको लागी पैसा तिरिव्छ त्यही चीज पाऊनु ग्राहको अधीकार हो।
    कतै कफे को एड त गर्नु भएको होईन….. हाहाहाहा

    Reply
  3. shiva shrestha says:
    April 29, 2016 at 10:17 am

    it is even more worse in Trekking areas, in my recentr trip to Langtang i paid upto rs400 for a bottle of water.

    Reply
  4. Roshan Shrestha says:
    April 29, 2016 at 1:32 am

    The store owner has to recover the high rent she/he pays to secure the location to offer its food and services. That cost has to be transferred to the customer somehow.

    Reply
  5. bibek dhakal says:
    April 28, 2016 at 11:41 pm

    कारबाही भएको त राम्रै हो तर मलाइ ऐन र नियम के छ भन्ने स्पष्ट जान्न मन लाग्यो. जस्तो कि याक खर्क र गोरक शेप जस्ता ठाउंहरुमा माथि भनिए जस्तै मूल्य राखिएको हुन्छ. जस्तो सुकै स्ट्यनडर्ड्को होटलको कोठाको मूल्य 3 4 स्टारलाई माथ दिने हुन्छ. हो ति दुर्गम ठाउमा यति लिनु मनासिब भनेर सोच्लाम तर त्यहाँ के नियमन गर्ने निकाय छ वा यी ठाउहरु मा चाहि जसले जे गर्न नि पाउछ?

    Reply
  6. HarataraH says:
    April 28, 2016 at 9:48 pm

    यो सानो उदाहरण मात्र! लाखौ धन्यवाद ‘सुमन’ र ‘सालोक्य’लाई! कृपया, सम्बन्धित निकायले लु केहि कारवाही/एक्शन गरियोस!

    Reply
  7. Pingback: २० रुपैयाँको पानी १३५ ठटाउनेलाई कारबाही गर्न सरकारको पत्र « Mysansar
  8. dor rampur says:
    April 28, 2016 at 7:41 pm

    यो क्याफे travelers को लागि हो … काठमाडौँ को बासिन्दा को लागि होइन ! तर बिदेशी को लागि पनि त्यो महँगो भो — थोक मूल्य १५-३० रुपिया (१५-३० सेन्ट्स ) पर्छ अमेरिका पनि – रेस्त्रुरा र फुटकर पसल मा ५०-१०० रुपैया | धेरै रेस्टुरा मा पनि त फ्री हुन्छ | ल यो हर्नुहोस २४ बोत्तल पानीको ७ डलर !!

    http://www.officedepot.com/a/products/620007/Nestl-Pure-Life-Purified-Bottled-Water/

    Reply
    1. sujan maharjan says:
      April 29, 2016 at 11:08 pm

      अझै सस्तो in america look http://www.cvs.com/weeklyad/browse/browse-home.jsp?issneakpeek=true#Detail/23125

      Reply
  9. भोला कोइराला says:
    April 28, 2016 at 3:29 pm

    मैले यो समाचारको लिङ्क सहित नेपाल प्रहरीको फेसबुक पेजबाट उजुरी गरेको छु । अरु साथीहरुले पनि उजुरी गरेर यस्ता कालाबजारिया हरुलाई कारवाही गर्ने बातारबण बनाउन हार्दिक अनुरोध गर्दछु । नागरिक कर्तव्य पनि हो ।

    Reply
  10. बिर्ख says:
    April 28, 2016 at 3:17 pm

    यस्तो कुरो प्रकाशमा आउनु पर्छ|
    अझ ठुलो ठगी के भने मिनरल वाटर भन्दै रेगुलर वाटर बेच्छन|
    के हो मिनरल वाटर र रेगुलर बारे मेडियाले जनचेतना ल्याए हुने हो| किनभने सम्बन्धित निकायले गर्ने होइन| स्वास्थ्य मन्त्रालय आफै सिकिस्त बिरामी छ|
    नेपालमा बिक्रि हुने बोतल वाटर इन्डेपेण्डेण्ट रुपमा टेस्टिङ्ग गरियो भने सबै पल खोल्छ| खालि सुबिधा प्लास्टिकको बोतलको मात्र हो| त्यो भन्दा टौदहको खोल्साको पानी परिष्कार र अहानिकार हुनेछ|
    रसुवाको धुन्जेमा मिनल स्प्रिंग वाटर कारखाना कोरियाले खोलेको थियो| अहिले बन्द छ| कुमार्गीमा लागे पछि कसले के गर्न सक्छ नेपालमा| पैसा नै भगवान मान्ने नेताहरु भएपछी कसको के लाग्छ| जनता मुक दर्शक मात्र|

    Reply
  11. Bhim Gurung says:
    April 28, 2016 at 1:31 pm

    यो सरासर कालोबजारी हो एस्तो ठगि काम गर्नेहरुलाई तुरुन्तै सरकार बाट जाचपर्तल गरेर उचित कारबाही गरोश!

    Reply
  12. eklavya says:
    April 28, 2016 at 12:58 pm

    On other countries the price are tagged including tax and vats but in nepal tax and vats are paid including prices these tradition should be change. prices are concluded with tax and vats whereas in our country as usual everything does oppose. In this case you should go to nearby police station not mysansar blog only ..

    Reply
  13. sunita joshi nepali says:
    April 28, 2016 at 12:05 pm

    पानी मात्र किन ? पानी को ठ्याक्कै माथि ट्वाईलेट क्लिनर को पनि प्रति बोतल रु. १३५ नै रहेछ त ! यो पनि गज्जब नै हो ! अमिताभ बच्चन को ठुलो आन्द्रा कुहाउने येही चिसो पेय पदार्थ अथवा कोक पेप्सी , फ्यान्टा , आदि नामका ट्वाईलेट क्लिनर नै हुन् नि ! नपत्याय इन्टरनेटमा खोजेर हेर्नुस !

    Reply
  14. Avash Sen says:
    April 28, 2016 at 11:53 am

    यो Cafe अलि unique रहेछ…. Flavour को spelling हेर्नु त, Flaovours रहेछ…
    तेसैले extra CHARGE …

    Reply
  15. tara says:
    April 28, 2016 at 9:41 am

    यो सम्चार सम्बन्धित बेक्तिले पढे पछी आफै डराउछ ! तह लाग्छ !

    Reply
  16. sushil says:
    April 28, 2016 at 6:57 am

    पेट्रोल भन्दा पनि महँगो.
    नेपालीको बुद्धि नि, रु १००/- परेको सामान १० जनालाई रु ११०/- को हिसाबले बेचेर रु १००/- नाफा कमाउने भन्दा पनि एकैजनालाई रु २००/- मा बेचेर नाफा खान खोज्ने के.
    सबैलाई सिधै रातारात बिल गेट्स बन्नु छ.
    अनि प्रहरीमा उजुरी गर्ने आँट छैन भने ज्ञानी नेपाली जस्तै चुपचाप बस्नुस, कि घरबाटै पानी बोकेर हिड्नुस. शान संग “होटलमै” गएर “भातै” खानु छ भने उसले तोकेको पैसो तिर्नुस. आफ्नो जुठो सोह्राउनु र भाँडो मजाउनु पनि छ अनि महँगो पनि भयो भन्न त अलि मिल्दैन कि? तपाइलाई कसैले २०० दिन्छु मेरो जुठो भाँडो माझ भन्यो भने माझ्नु हुन्छ?
    यी तर्क वाहियात लागे प्रहरीमा उजुरी गर्नुस र सबैको भलो गर्नुस.

    Reply
    1. Ma Nepalo says:
      April 28, 2016 at 9:54 pm

      पक्कै नि तपाई त्यो होटेल को साहु हुनु पर्छ, नत्र किन एस्तो रिस? हैत्

      Reply
    2. dalle says:
      April 29, 2016 at 9:30 pm

      तिम्ले तिम्रो होटेल मा पनि को बोत्तल पनि माझ्न लगाएर फेरी धारा को पनि भर्दै बेच्न राक्चौ कि क्या ?

      Reply
    3. sushil says:
      May 1, 2016 at 2:25 pm

      होइन यार! म पनि साथीहरु जस्तै चुपचाप भनेको जत्ति पैसा तिरेर लुरुक्क परेर हिंड्ने लाटा हुँ. मैले त एकजनाले आँट गरेर लेख्न त लेख्यो तर उजुरी पनि गर्नुपर्यो पो भनेको.

      Reply
  17. सिर्जने says:
    April 27, 2016 at 8:14 pm

    अब के गर्ने? धेरै जना जम्मा भएर त्यो रेस्टुरामा जाने, पानी अर्डर गरेर हरेक ले १-२ बोतल पानी पिउने अनि बिल आएपछि नतिर्ने र पुलिस बोलाउने, पुलिस ले हिमालयन जाभा लाइ गरेको जस्तै गर्छ, सक्किगो नि /

    Reply
  18. Shreejan says:
    April 27, 2016 at 6:07 pm

    सुमन जी लाई धेरै धेरै धन्यवाद यस्तो फटाहा रेष्टुरेन्टको बारेमा लेख्नु भएकोले। यस्तो रेष्टुरेन्टलाई वहिष्कार गर्नु पर्छ। ग्राहकको पावर देखाउनु पर्छ। म त जाँदिन यस्तो ठाउँमा र साथीहरु पनि नजाउ है।

    Reply
  19. sanu nepali says:
    April 27, 2016 at 6:03 pm

    सोल्टी होटेल को ब्रान्च होला . त्यो ठाउ मा देशकै धनि हरु मात्रै खान आउने होला

    Reply
  20. Ganesh lawati says:
    April 27, 2016 at 4:46 pm

    यो सरासर कालोबजारी नै हो। र यो त एक उदाहरणको पात्र मात्रै हो, यस्ता ठगहरु त अनगिन्ती र देशैभरि छ्याप छ्याप्ती छन्। र, हामीले जाने र बुझेसम्म यसको जबाव तुरुन्तै भन्दा तुरुन्त‌ै सरकारले नै दिने हो। किनभने, सकभर नेपालमा कानुन निर्माण हुँदा अाफैँमा कम्जोर त बनाइन्छ नै, उसमा पनि अझ ती बनाइएका कानुनहरु पनि कागजमा उतार्ने अनि दराजमै थन्क्याइराख्ने, वा ब्यवहारमा भने उतारिँदै नउतारिने प्रवृत्तिले नै यो दिनले छाड्दैन, हामी पहुँचभन्दा टाढाकाहरुलाई।

    Reply
  21. gorkhali nepal. says:
    April 27, 2016 at 3:53 pm

    मेरो बिचार मा खाने पानि भएको ले गर्दा त्यति महँगो होला,पिउने पानी को एती महँगो हुन सक्दैन,

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme