Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोबाइल नम्बरमा चिट्ठा परेको मेसेज आएको छ? दङ्ग नपर्नुस् है डुब्नुहोला

Posted on April 26, 2016 by Salokya

mobile यस्तो वा यस्तै व्यहोराको चिट्ठा परेको भनेर तपाईँलाई वा कसैलाई एसएमएस आएको छ?

सावधान हुनुस् है। दङ्ग नपर्नुस्, डुब्नुहोला।

पहिले हुलाकबाट पत्रमा आउँथे, पछि इमेलमा आउन थाले। अहिले मोबाइलमा समेत आउन थालेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सूचना नै जारी गरी सचेत रहन भनेको छ। कसरी ठग्न खोज्छन् त तपाईँलाई?

विगत केही समय अघिदेखि चिठ्ठा ठगी ( Lottery Scam) का अन्तराष्ट्रिय गिरोहले विभिन्न विषयमा हुँदै नभएको चिठ्ठा पर्‍यो भनी ठग्ने गिरोह सक्रिय भएका छन्। यस्तो हुन्छ यिनीहरुको जाल

१) तपाईंको मोबाइल नंबरमा वा ईमेलमा नेपाल तथा विदेशको कुनैपनि नंबरबाट Lucky draw तथा त्यस्तै प्रकारको कुनै चिठ्ठा परेको भनी कसैले फोन, म्यासेज, ईमेल गर्छ।

२) त्यस्तो प्रकारको फोन, म्यासेज, ईमेलको तपाईंले प्रतिक्रिया गर्नुहुँदा ठगहरुले ठुलो रकम भएकाले त्यसलाई नेपाल पठाउन कर शुल्क तथा वकिल बापत केही शुल्क लाग्छ भनी तपाईंलाई विश्वासमा पार्छन्

३) सो रकम हुण्डी मार्फत पठाउन वा नेपालमा रहेको एजेन्टको बैंक खातामा जम्मा गर्न अनुरोध गर्न सक्दछन्।

यस्तो मेसेज आए के गर्ने?
यसरी कोही-कसैले निम्न व्यहोराको म्यासेज मार्फत वा अन्य कुनैपनि तरिकाले तपाईंलाई सम्पर्क गरी प्रलोभनमा पार्ने प्रयास गरेमा सोको जानकारी तत्काल केन्द्रीय अनुसन्धान ब्यूरोको फोन नं. ०१-४४११७७६ वा ९८५१२८३१४० मा गराउनु होला।

कोही महानुभाव यस्तै प्रकारले ठगिनु भई पीडित भैसक्नु भएको भए पनि सूचना दिनुहुन समेत ब्युरोले अपील गरेको छ।

को-को परे पक्राउ?
भर्खरै बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीका एक जना पक्राउ परेका छन्। उनी हुन् ओखलढुंगाका दियाले गा.वि.स. वडा नं. १ स्थायी घर भएका ३१ वर्षका अशोककुमार थापा।

कसरी ठगे त?

पेप्सी मोबाइल ड्र, युकेबाट ५ लाख पाउण्ड पुरस्कार परेको भनी पोखराकी एक महिलाको मोबाइलमा युकेको नम्बरबाट पटक-पटक म्यासेज र फोन आउँछ।

चिट्ठा परेको रकम नेपाल पठाउन र सो सिलसिलामा वकिल खर्च बापत केही शुल्क लाग्छ, सो रकम हुण्डी मार्फत पठाउनु भनी बारम्बार फोन र म्यासेज आउँछ। महिलाले हुण्डीबाट रकम पठाउने कार्यको विश्वास गर्दैनन्।

बैंकिङ च्यानलमार्फत् मात्र पैसा पठाउने अडान उनी लिन्छिन्। त्यसपछि युकेको नम्बरबाट पुन: फोन गरी नेपालस्थित आफ्नो एजेन्ट सुर्यज्योती इन्भेष्टमेन्ट प्रा.लि.को नेपाल एस.बि.आइ बैंक, बौद्ध शाखाको खातामा रकम जम्मा गर्नु भनी अनुरोध गरिन्छ।

बैंकिङ च्यानलमार्फत् रकम पठाउनु भनेपछि पोखराकी ती महिलाले आफूलाई चिट्ठा परेको विश्वास गर्छिन्। अनि फोनमा भने बमोजिमको रकम रु ७ लाख २५ हजार ८ सय रुपैयाँपटक- पटक गरी विभिन्न मितिमा जम्मा गर्छिन्।

यो रकम सो बैँक खाताका खातावाल अशोककुमार थापाले सोही बैंकको बौद्ध शाखाबाट पटक-पटक गरी चेक मार्फत रु. ७ लाख २५ हजार भुक्तानी लिएका थिए। प्रहरीले अनुसन्धान थालेपछि उनी फरार रहेका थिए ।

यसअघि २०७० सालमा पनि दुई फुटबल खेलाडी र एक नेपाली एजेन्ट गरी तीन जना पक्राउ परेका थिए-
mobile1

1 thought on “मोबाइल नम्बरमा चिट्ठा परेको मेसेज आएको छ? दङ्ग नपर्नुस् है डुब्नुहोला”

  1. सिर्जने says:
    April 26, 2016 at 7:59 am

    यस्ता लाइ नठगे कस्ता लाइ ठग्छ त?
    (१) किन्दै नकिनेको चिट्ठा पर्यो भनेर पत्याउने
    (२) पैसो पठाउन अर्कै पैसो चाइने भन्दा पत्याएर उल्टै पैसो पठाउने

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme