वैशाख १२ को भूकम्पलगत्तै सबैभन्दा बढी फैलिएको खबर थियो- काठमाडौँको धरहरा ढल्यो रे। कतिले त विश्वासै गरेनन्। भूकम्पलगत्तै फोटो खिच्न र समाचार संकलन गर्न हिँडेको मलाई भने धरहरा ढलेको थाहै थिएन। रत्नपार्कमा दरबार हाइस्कूल भत्किएको हेरेर साथी मनोजसँग स्कुटरमा दरबारमार्गबाट सुन्धारा जाँदै गर्दा टुँडिखेल पारी नदेखिएपछि नै धरहरा ढलेको थाहा पाएका थियौँ। धरहरा ढल्न त ढल्यो तर कसरी ढल्यो भन्ने देखाउने न फोटो आयो न भिडियो। भूकम्पको तीन महिना पूरा भएपछि बल्ल एउटा सिसिटिभी भिडियो सार्वजनिक भएको छ जसमा टाढाबाट धरहरा ढलेको देख्न सकिन्छ। सुन्धाराको गोश्वारा हुलाक कार्यालय नजिकै राखिएको सिसिटिभीबाट खिचिएको भिडियोमा यसरी धरहरा ढलेको देखिएको छ।
यो धरहरा ढल्नु एकछिन अगाडिको दृश्य। गोलो घेरामा तपाईँ चराहरु उडिरहेको देख्न सक्नुहुन्छ।
फोटोमा देख्न सक्नुहुन्छ धरहरा ढल्दैछ। धरहराको बरन्डा तपाईँ गोलो घेरामा देख्न सक्नुहुन्छ।
यसमा तपाईँ धरहराको गजुर नै ढलिरहेको देख्न सक्नुहुन्छ।
धरहरा भूइँमा बज्रिसकेपछि उडेको धुलो।
यी त भए भिडियोबाट निकालिएका फोटो। भिडियो हेर्नुस्-
अझै जुम गरिएको भिडियो हेर्नुस्-
यसको ओरिजिनल सिसिटिभी भिडियो न्युज २४ टिभीका पत्रकार विकास थपलियाले अपलोड गरेका हुन्। हेर्नुस् ओरिजिनल फुटेज
यस्तो थियो धरहरा ढलेपछिको दृश्य
(प्रथम प्रकाशित मिति : Jul 31, 2015 @ 0:34 )