Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अख्तियारले गणेश थापालाई चैँ कहिले देख्ने? फिफाले भर्खरै उनको अपिल पनि अस्वीकार गरेर भ्रष्टाचारी नै ठहर गर्‍यो

Posted on April 24, 2016April 24, 2016 by Salokya

फिफाले नेपाली फुटबलका सर्वेसर्वा गणेश थापालाई भ्रष्टाचार गरेको ठहर गरेको छ। फिफाको आचरण कमिटीले ९ नोभेम्बर २०१५ मा १० वर्षको निलम्बन र २० हजार स्वीस फ्रैंक (करिब २१ लाख रुपैयाँ) जरिवाना थापाले तिर्नुपर्ने निर्णय गरेको थियो। यसविरुद्ध थापाले अपील गरेका थिए। तर फिफाले शुक्रबार राति उनको अपील खारेज गरेको विज्ञप्तिमार्फत् जनाएको छ। (हेर्नुस् विज्ञप्ति)

योसँगै उनले अब फुटबलसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिहरुमा अनिवार्य १० वर्षे प्रतिबन्ध व्यहोर्नुपर्नेछ। कसैले पनि उनलाई बचाउन सक्ने छैन। विदेशमा यस्तो भए पनि उनले नेपालमा भने उन्मुक्ति पाइरहेका छन्।

थापाले सन् २००९ र २०११ मा भएको फिफा कार्यकारी समितिको निर्वाचनमा व्यक्तिगत र पारिवारिक लाभ हुने गरी घुस लिएको ठहर फिफाको कमिटीले गरेको हो।

संसदको सार्वजनिक लेखा समितिले थापाले एन्फा अध्यक्ष हुँदा करिब ५८ करोड रुपैयाँ अनियमितता गरेको ठहर गरेको थियो। थप अनुसन्धानका लागि समसतिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिश गरेको थियो। तर अख्तियारले भने उपप्रधानमन्त्री कमल थापाका भाइ गणेश थापाविरुद्धको मुद्दामा थप प्रमाण फेला नपरेसम्म अनुसन्धान अगाडि नबढाउने निर्णय गरेको थियो।

त्यसअघि नै राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति भन्दै मन्त्रिपरिषद्ले नियुक्त गर्ने २६ सभासद्को कोटामा भाइ गणेश थापालाई नियुक्त गर्न सिफारिश गराई नियुक्त गराएरै छाडेका थिए। अहिले थापा सांसद छन्।

करोडौँ भ्रष्टाचार भएको उजुरीका अाधारमा छलफल तथा अनुसन्धान गरेको लेखा समितिले एन्फामा गम्भीर समस्या देखिएको ठहर गर्दै १६ वटा विभिन्न विषयमा थप अनुसन्धान गर्न खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन समेत दिएको थियो। थप अनुसन्धान र छानबिन गर्न समितिले उठाएका विषय-

गणेश थापाका छोरा गौरव थापाले एएफसी अध्यक्षबाट लिएको एक लाख डलर
गोल प्रोजेक्टका लागि प्राप्त १७ करोड ४८ लाख ७० हजार रकम
नगरपालिकाहरुबाट प्राप्त २० प्रतिशत रकम बापतको ६४ करोड ६७ लाख अडिट नगराएको विषय
एएफसीबाट प्रशिक्षकहरुका लागि आएको रकम अडिट नगराएको
खेलाडी कल्याण कोषको ४० लाख र त्यसको आम्दानी र खर्च
साथी भन्ने संस्थालाई बिना निर्णय विगत ६ वर्षदेखि २ हजार ५ सय डलर दिएको
गेट टिकटको रकम लेखापरीक्षणमा नदेखिएको र टिकट बिक्री वापतकाे रकम आयमा समावेश नभएको
भवन निर्माण लगयतका सार्वजनिक खरीदसँग सम्बन्धित खरीद ऐन कानून पालना नपाएको
सरकारबाट उत्कृष्ट खेलाडी पुरस्कार वापत प्राप्त रकमको हिसाब किताब नराखेको
एन्फाको नाममा विभिन्न आर्थिक वर्षहरुमा प्राप्त बैङ्क ब्याज वापतका रकमहरु
विदेशी प्रशिक्षकहरुको पारिश्रमिक भुक्तानीमा अग्रिम कर कट्टी नगरेको र नेपालीहरुको पनि टिडीएस गरी राजस्व दाखिला नगरेको, बिना भ्याट, पान बिल सामान खरीद गरेको
पेश्की फछ्यौट नगरी थप पेश्की दिएको
विभिन्न निकायमा पेश गरिएको एउटै विषयका फरक प्रतिवेदनहरु
अपार्टमेन्ट खरीद गरी रकम भुक्तानी नगरेका विषयहरु
एन्फाको संगठन सञ्चालन, आर्थिक कारोवार, निर्माण लगायतका खरीद कार्य, जनशक्ति ब्यवस्थापन, प्रशिक्षक तथा खेलाडीहरुको पारिश्रमिक आदि सम्बन्धमा नियम र प्रक्रियाहरुको पालना नभएको

7 thoughts on “अख्तियारले गणेश थापालाई चैँ कहिले देख्ने? फिफाले भर्खरै उनको अपिल पनि अस्वीकार गरेर भ्रष्टाचारी नै ठहर गर्‍यो”

  1. Dhruba says:
    April 24, 2016 at 8:42 pm

    ganesh thapa is lok man sing karkee realative. Lokman Sing never see the Ganesh Thapa and Kamal Thapa

    Reply
  2. जनक says:
    April 24, 2016 at 7:32 pm

    हामी नेपालीको बिडम्बना भनेको त्यही हो| नेताहरुले भ्रष्टचारीलाई काँधमा हाल्ने|
    खुम बहादुर र जयप्रसाद गुप्तालाई जेलबाट फर्कदा हिरोको स्वागत दिए| जनताको धन लुटेर खाने डाका नेताहरु धुमिलमा हुनपर्ने तर घुलमिलमा छन्|
    कमल थापाले ज्ञानेको प्रत्यक्ष शासन ताका कसरि धुम मचाए, करोडौ रुपिया कसरी कुनै लेखा बेगर खर्च गरे, कुम्लो पारे त्यो अझ खोजी हुन् बाँकी नै छ| धेरैले बताए अनुसार कमल थापाले गृहमन्त्रि हुँदा उबेला कुम्ल्याएको राष्ट्रको धनको खोजी हुन् नसकेको कारण उनले त्यो पैसा मेडियाका कतिपय चाकडीबाज र सुलसुलेमा पनि बाँडेका थिए| लहरो तान्दा पहरो गर्जने डरले कतिजना मेडियामा चुप लागेर बसेका छन|
    गणेश थापालाई तुरन्त कारवाही गरिनपर्छ| यसको शुरुआत सांसदबाट बर्खास्त गरिन पर्छ|
    गणेशले नेपाली फुटबल स्वाहा पारे|
    कमल थापा जस्तो पृष्ठभूमि भएको व्यक्ति हाम्रो परराष्ट्र मन्त्रि रे| देशवासीलाई हिन्दु राज्य फिर्ता ल्याउछु भनेर गफ दिन्छन| लाज शरम पचाएर जवाफदेहिता र लोकतन्त्रको कुरा कसरि बिदेशी संग गर्दाहुन्| भूकम्पको एक बर्षपछी अरबौ रुपिया भए पनि पीडितलाई राहत मिलेको छैन|

    Reply
  3. Shankar says:
    April 24, 2016 at 6:46 pm

    खाएर पचाउन सक्ने ले खान्छ , पचाउछ , न सक्ने ले खाए पछि छेर्छा
    हालैको उदाहरण
    १) कनक मणि — सायद छेर्छ
    २) गणेश थापा ( दनक मणि )- सायद पचाउछ

    Reply
    1. TENZING GABA says:
      April 25, 2016 at 7:58 am

      सहि अनुमान
      गणेश सर त् पचाउनुमा खप्पिस छन्
      लौ बल गरौ कनक सर, केहि पाठ सिकौ गणेश / कमल सरहरुबाट
      ————————————————————————-
      अख्तियारले समात्नु पर्नेहरु नै अख्तियारवाला भएसी ,,,,,,,,,,,,,,,

      जदौ

      Reply
  4. Ram says:
    April 24, 2016 at 2:53 pm

    २०५१/५२ साल तिर नेपाल T V मा गणेश थापाको संदेश को झलक देखाइन्थियो जसमा उहा भावुक भएर ‘ हामी त विश्वकप qualifying match पनि कहिले खेल्न पायनौ तर तिमी हरु ले world cup नै खेल्न पाउछौ होला ‘ नया पुस्ताका खेलाडी हरु लाइ encourage गर्दै येस्तै के-के भनेको झलक देखेको थिए र उहा त्येस बेला फुटबल खेल जगत बाट भर्खर अवकाश लिनु भएको थियो/ अहिले त्यो झलक फेरी हेर्न पाय कस्तो हुनेथियो होला?

    Reply
  5. Ekraj says:
    April 24, 2016 at 11:28 am

    If Akhtiyar is serious it will easily find plenty of evidence agaisnt corruption of Ganesh Thapa. His jail term will exceed his total life he is expected to live. Even if Kamal Thapa, his son and any other member of his family would like to lend him time for jail that will not be enough for the jail term he deserves in his this life.
    Non of his family members including Kamal Thapa must have been involved in the intangled corrupt game of Ganesh Thapa.
    On this basis the following should have been the immediate actions to be taken by the Government and Aktiyar:
    1. Suspend Ganesh Thapa immediately as parliamentarian
    2. Suspend Kamala Thapa from being in position of Deputy PM. I am sure he is inferinng with any further investigaion against Ganesh Thapa. Netherthless Kamal Thap himself is a notorious corrupt criminal of Panyachat yera and during Gyanendra’s infamous ruling.
    3. What the hell Neplal Government and Akhtiyar is doing when already several cases against corruption of Ganesh Thapa have been finalised and he is proved to be a corrupt and financial criminal.
    Bothe Kamal Thapa and Lokman Sign must be scraching each other’s back and saying we will protect each other because we are the gang members of the same criminal group.

    Reply
  6. Jeevan Shrestha says:
    April 24, 2016 at 11:05 am

    Lokman singh ra Ganesh thapa samdhi hun.. tesaile Akhtiyaar le Ganesh Thapa lai kahilei bhrastachari dekhne chhaina…!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme