Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अख्तियारले पनि हँसाउँछ बा…पनामा पेपर्सको छानबिन गर्ने रे, कसरी गर्दो रहेछ?

Posted on April 21, 2016 by Salokya

panama अख्तियार प्रवक्ता कृष्णहरि पुष्करको एउटा हास्यास्पद दावीलाई सरकारी समाचार एजेन्सी राससले समाचार बनायो। विभिन्न मिडियाले त्यसबारे समाचार बनाए। रेडियो कान्तिपुरले बनाएको समाचारको हेडलाइन थियो- ‘पनामा पेपर्स काण्डमा अख्तियारले छानबिन थाल्यो‘। वाह वाह क्या गजबको काम! अख्तियारले गजबको काम गर्‌यो, गर्नैपर्ने काम गर्‌‌यो। वाह वाह। नबुझ्नेले भन्ने यही हो। अलिकति बुझ्ने हो भने यो कति हास्यास्पद दावी हो भन्ने प्रष्ट हुन्छ। प्रचारका लागि जे पनि भन्दिने?

पनामा पेपर्स लिक्सभन्दा अघि स्विस लिक्स सार्वजनिक भएको थियो। त्यसमा स्विस बैङ्क एचएसबिसीमा १२ नेपालीको ५ करोड ४० लाख डलर बराबरको सम्पति राष्ट्र बैंकसँग अनुमति बेगर नै राखिएको खुलेको थियो। सम्पति शुद्धीकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक केवलप्रसाद भण्डारीका अनुसार विभागले संसदीय समितिको निर्देशनअनुसार अनुसन्धान अघि बढाएको पनि थियो ।

स्वीस अधिकारीसँग भेटेर सहयोग माग्दा अवैधरूपमा लिक भएको डकुमेण्ट भएकाले स्वीस सरकारले अवैध नै मान्ने र त्यसआधारमा सहयोग गर्न नसकिने जवाफ दिए।

त्यसपछि यो कुरा त्यसै तुहियो।

पनामा पेपर्स लिक्स भयो। सम्पति शुद्धिकरण विभाग फेरि अलि सक्रिय भए जस्तो भयो। तर यसले खासै केही लछारपाटो लाउँदैन भन्ने त अनुमान लगाउन सकिने विषय नै थियो। विभागले अनुसन्धान गरिरहेकै बेला अख्तियारको दावी आयो, हामीले अनुसन्धान गरिरहेका छौँ।

ए बाबा, अख्तियारको काम अनुसन्धान गर्दैछौँ भनेर हल्ला मच्चाउने हो कि अनुसन्धान गरेर मुद्दा दायर गर्ने हो?

समाचारमा प्रवक्ता पुष्करलाई उद्धृत गर्दै भनिएको छ, ‘नेपालका केही व्यक्तिको नाम जोडिनुले हामीलाई अध्ययन गर्नैपर्छ भन्ने देखाएको छ, हामीले पहिलो चरणको सामान्य अध्ययन सकाएका छौं । त्यसको विवरणका आधारमा थप अध्ययन हुन्छ ।’

हँसाए। नेपालका केही व्यक्तिको नाम जोडिएको चाहिँ कहाँबाट जानकारी पाएछ अख्तियारले? अहिलेसम्म नेपालसम्बन्धी कुनै पनि जानकारी सार्वजनिक भएको छैन। सात जना सेयरहोल्डर छन् भन्ने आइरिस टाइम्सको म्यापमा बाहेक नेपालीको नाम सार्वजनिक भएकै छैन।

समाचारमा विभिन्न मुलुकुमा रहेका कुटनीतिक निकायसँग परामर्श गरिरहेको भनेर गफ पनि दिन भ्याएका छन्। यी कुटनीतिक निकायले गर्न सक्ने केही होइन प्रष्ट हुनुभए हुन्छ। लिक भएका डेटा पाउने जर्मन पत्रिकाले भनिसकेको छ-

Will Süddeutsche Zeitung make all Panama Papers available?

No. We, Süddeutsche Zeitung (SZ) won’t make all the data publicly available and neither will we hand the data over to law enforcement authorities. Süddeutsche Zeitung is not working for public prosecutors or tax collectors. पूरा पढ्नुस्

ल हेर्नुस्, उसकै देशको law enforcement authorities लाई त डेटा दिन्नँ भनेको छ भने नेपालको अख्तियारलाई दिन्छ? अख्तियारको निर्देशनमा कुटनीतिक निकायले भनेर दिन्छ? नेपालीहरु मूर्खै छन् भन्ठानेर बेसी गफ त नदिनु नि। त्रिपाल भ्रष्टाचार कान्डमा तत्कालीन मन्त्रीलाई त मुद्दा चलाउन नसक्नेले पनामा पेपर्सको गफ दिन्छन्।

खै त, फिफाले भ्रष्टाचार गरेको भनेर एन्फा अध्यक्ष गणेश थापालाई निलम्बन गरिसक्यो, अख्तियारले अनुसन्धान गर्न सक्यो? स‍‍ंसदीय समितिले निर्देशन दिँदासमेत अख्तियारले त भ्रष्टाचार देखिएन भनेर तामेलीमा राखिदियो। तर फिफाले त निलम्बनै गरिदियो।

अनि खै त, एनसेलको अर्बौँ रुपैयाँ कर उठाउनु पर्नेमा नउठेको बारे केही बोल्यो? अनुसन्धान गर्‌यो? गर्नु पनि परेन, पनामा पेपर्स जस्तो अनुसन्धान गर्दैछौँ भनेर मात्र पनि भन्न सक्यो?

7 thoughts on “अख्तियारले पनि हँसाउँछ बा…पनामा पेपर्सको छानबिन गर्ने रे, कसरी गर्दो रहेछ?”

  1. Michael says:
    April 21, 2016 at 8:41 pm

    देश मा कुनै निकाय ले काम गरेको छैन , यो खोकेको मात्र हो | नेपालि युवा हरुले अब येस्ता झिना मसिना बाद बिबाद मा लाग्ने भन्दा पनि संगिन मुद्दा उठाउन जरुरि छ |
    भर्खर दिल्लीको पाउ ढोग्न देउवा दिल्ली गएको छ | येसरी नेपाल सरकार दिल्ली दर्सन बाट ( १२ बुंदे देखि ) बन्ने , भारतीय दुतावास ले समानान्तर सरकार चलाउने , हामि प्रियंका र दिपिका को चाक् हेरेर रमाउने , क्रिकेट मा रमाउने गर्ने होभने हामि स्वाभिमानी नेपालि कसरि ???

    यो त् एउटा जिम्बेबार पत्रकार ले चोर को खुट्टा समाएको मात्र हो | येस्ता खुट्टा कति छन् कति , अब खुट्टा समाउने भन्दा पनि चोर लाइनै चिन्ने र खोर मै थुन्ने बेला आइसक्यो |

    के के भैरहेछ ?
    ड़ा केवल रोक्का को आफनै अनुभब मा कसरि नेपाल मा धार्मिक द्वेष र जातीय द्वेस फैलाउन को लागि करोडौ डलर खर्च भैसक्यो | सुनिन्छ आजकाल युरोपियन युनियन , अमेरिकी खुफिया ,;;र;; समेत दंग र हैरान छन् अरे , हामीले येत्रो करोडौ ,अरबौ लगानी गर्दा पनि नेपालि किन एक आपस मा लडेन भनेर | येन जी वो , आइयेन जी वो , समाज का अगुवा समेत मजाले पैसा लिन्छन , खान्छ तर ज्यान गए नेपालि लाइ एक आपस मा लडौंन सकेको छैन |
    नत्र खगेन्द्र संग्रौला , सुन्दर आ दीक्षित , दमन , पदम रत्न हरु कुन हैसियत मा भासन गर्दै देश ब्यापी हिंडीरहेछ ?
    सामन्य मानिस ले पनि बिचार गर्नु पर्ने येत्रो महंगी मा ( लगन खेल रत्न पार्क भाडा कति ?) पैसा कहाबाट आउछ ?
    यो आरोप प्रत्यारोप को बिसय मात्र हैन | नेपाल सम्बन्धि राम्रो अध्यान र अनुसन्धान बाट थाह हुने कुरो हो |
    ब्रिटिश मानसिकता बोकेका हिजो ब्रिटिश का दास हरु नेपालि ले आफै संबिधान बनाए भन्दा नाकाबन्दी गर्ने , तराइ उचाल्ने येत्रो धुन धान गरे | जब उल्टो ब्याक फायर हुने देखे इन्डियन हरुले , कसरि नाकाबन्दी खुल्यो ?मोदी सरकार पछि हट्ना साथ् ,

    कसरि मदिसे आन्दोलन शान्त भयो |

    यो सामान्य उदाहरण र हालै देउवा दिल्लिदर्शन मा जानुले र ओली आफै ले केहिदिन अगि भासन मा देश सिक्किमी कारण हुदै भन्नुले नेपालि राजनीतिमा धेरै अर्थ राख्छ |

    Reply
  2. Jeewan Rai says:
    April 21, 2016 at 12:56 pm

    चोरेर पास भएकाहरुको दिमाग़ बाट छेरपाटी लागेको कुरा हो यो ..

    Reply
  3. Gyan Narayan Singh says:
    April 21, 2016 at 12:47 pm

    एक बाउको छोरो हो भने अख्तियारले छबिलाले लाई हिरासतमा लिएर बकाउन सक्नु पर्छ, .. लौ खुरमाने कालो बना बना गर्दै …. तर यो जंगली ढाडे बिरालो को घाँटीमा घन्टी बाध्ने कसले ? माने ले ??

    Reply
  4. TENZING GABA says:
    April 21, 2016 at 11:46 am

    “काम पाइनस दुलही ? पाडो को चा…… कन्याई दे ” भन्या यहि त् होला नि

    भ्रस्टाचार गरे बापत भविष्यमा सरकारी नियुक्तिको लागि अयोग्य भनेर कारबाहीमा नै परेको मान्छे समेत त्येत्रो ‘राजदुत” जस्तो पदमा सिफारिस भै राजदूत हुन् लागेको चाही नदेख्नी ?
    लौ ल्याकत छ भने त्येस्ता मान्छेलाइ रोकेर देखाउ

    जदौ !!!
    अन्धो गोरुलाई सधै साउन-भदौ

    Reply
  5. devendra says:
    April 21, 2016 at 10:05 am

    …bhura machha pakrinele, sark lai balxima parne guf hahahah kati hasnu

    Reply
  6. kiran says:
    April 21, 2016 at 8:29 am

    काम केहि छैन अनि केही गरे जस्तो त देखाउनु पर्यो नि

    Reply
  7. कमल says:
    April 21, 2016 at 7:45 am

    प्रकाशित समाचार को मात्र अनुसन्धान गर्छु भनेको होला नि त l बिषयबस्तु को गहिराई मा गएर अनुसन्धान गर्नु भन्दा मेडिया स्टन्ट गर्न सजिलो नि त l

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme