Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भाइबरको नयाँ सुविधा, यसरी लुकाउन सकिन्छ च्याट

Posted on April 20, 2016April 20, 2016 by Salokya

viber नेपालमा डाउनलोड भएका टप टेन एन्ड्रोइड एपहरुमध्ये पाँचौँ नम्बरमा पर्ने भाइबरले मंगलबार नयाँ अपडेट रिलिज गरेको छ। अब भाइबरका सबै डेटाहरु इन्क्रिप्टेड हुनेछन्। भन्नुको मतलब तपाईँले पठाएका मेसेज, फोटो, भिडियो वा भ्वाइस तपाईँको मोबाइल वा अन्य डिभाइसबाट निस्कने बेलामा इन्क्रिप्टेड हुनेछन् र पाउने मान्छेको मोबाइल र अन्य डिभाइसले मात्र त्यसलाई डिकोड गर्न सक्नेछ। पठाउने र पाउने बाहेक कुनै थर्ड पार्टीले त्यसलाई हेर्न सक्ने छैन, भाइबरले समेत। त्यसबाहेक भाइबरले गोपनीयता चाहनेका लागि एउटा नयाँ सुविधा पनि थपेको छ- हिडन च्याट, जसले पूरै च्याट हिस्ट्रीलाई नै मोबाइलबाट लुकाउन सकिन्छ। भनेपछि अब लुकीलुकी च्याट गर्न सजिलो पारिदिने भो भाइबरले। कसरी त?

च्याट लुकाउनका लागि सबैभन्दा पहिला तपाईँ कुन च्याटलाई लुकाउने हो त्यो खोल्नुस् र त्यसको गोलो बटन क्लिक गर्नुस्-
dallo

त्यसपछि तपाईँले सबभन्दा मुनि hide this chat देख्नुहुन्छ, त्यसमा थिच्नुस्-
hide

अब तपाईँलाई ४ अङ्कको पिन हान्न भनिन्छ-
pin

पिन राखेपछि PIN set succesfully भनेर देखाउँछ। अब तपाइँले यो च्याट खोज्नुपर्‍यो भने सर्च बारमा गएर तपाईँले राखेको पिन नम्बर टाइप गर्नुपर्छ, देखाउँछ-
pin1

एउटा च्याट हाइड गरेपछि अब तपाइँले अरु च्याटहरु पनि त्यसैगरी लुकाउन सक्नुहुन्छ। तर सबैको पिन नम्बर भने एउटै हुनेछ। बाँकी च्याट हाइड गर्न झन् सजिलो उपाय छ।

भाइबरको अल मेसेज देखाउने विन्डोबाट जसलाई हाइड गर्नुपर्ने हो त्यसलाई औँलाले थिचेर बायाँतिर धकेल्नुस्- कल, हाइड र डिलिट तीन वटा विकल्प आउँछ। हाइड क्लिक गर्नुस्
hide1

4 thoughts on “भाइबरको नयाँ सुविधा, यसरी लुकाउन सकिन्छ च्याट”

  1. Rekha Ghale says:
    April 29, 2016 at 7:24 pm

    धन्यबाद

    Reply
  2. Jeeban says:
    April 20, 2016 at 10:19 pm

    धन्यवाद सिकाइदिनुभएकोमा।

    Reply
  3. rabin says:
    April 20, 2016 at 10:18 pm

    अब यही कारण कतिको ब्रेकअप हुने हो कुन्नि । गर्लफ्रेन्ड/ब्वाइफ्रेन्डले आफ्नो पार्टनरलाई भन्नेछन्- तेरो भाइबरको पिन नम्बर दे।

    दिन्न भन्यो भने ब्रेकअप !

    जिम्मा लिने कसले ?

    Reply
  4. Kabir says:
    April 20, 2016 at 10:17 pm

    अहो,विदेशमा बूढा भएका केटीहरुले ब्वाइफ्रेन्डहरुसित गरेको च्याट लुकाउन मिल्ने भएछ हैन उसो भए 🙂

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme