Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाल Vs नामिबिया क्रिकेट : प्रहरीको दावी र वास्तविकता

Posted on April 17, 2016April 17, 2016 by Salokya

-15329-2
नेपाल र नामिबियाबीच हुन लागेको क्रिकेटको अघिल्लो दिन महानगरीय प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी कडा सुरक्षा व्यवस्था गरिएको जानकारी दिए। खेल अवधिभर सुरक्षाका लागि ७ सय ८३ सुरक्षाकर्मी परिचालन गरिनेदेखि अन्तर्राष्ट्रिय स्तरको सुरक्षा अस्युरेन्स दिएको दावी गरियो। महानगरीय प्रहरी आयुक्त एआईजी प्रतापसिंह थापाले ‘मैदानमा नेपाली दर्शकको चाप बढ्न सक्ने भएकाले र खेलमा दर्शक उत्तेजित हुने अवस्था भएकाले पर्याप्त तयारी गरेका छौं’, थापाले भने। उनले बिना टिकट घुस्न खोज्नेदेखि, पर्खाल नाघ्न खोज्नेसम्मलाई नियन्त्रण गर्ने गरी प्रहरी परिचालन हुने बताए। यो दावी र वास्तविकता यही एउटा फोटोले प्रष्टै बनाइदियो।

भिड बढेपछि बिना टिकट पनि दर्शक प्रवेश गरे। न टिकटको बार कोड स्क्यान गर्ने काम नै भयो। पर्खाल वरपर कति मिटरसम्म दर्शक बस्न नदिने भन्ने कुरा त गफै भयो, पर्खालै नाघेर प्रवेश गरेको त फोटोमा नै देखियो। रुखमा चढेर हेर्न नदिने भनिएको थियो, तर रुख चढ्न रोक्ने कसले?

हुनत त्यत्रो हजारौँको भिडलाई केही सयको संख्यामा प्रहरीले नियन्त्रण गर्न सक्नु गाह्रै कुरा हो। धन्न, नेपाल विजयी भयो। विजयी भएपछि सब कुरा माफ भयो।

यदि केही गरी नेपाल हारेको भए? नेपालको फेरि एक पटक बेइज्जत हुने सम्भावना हुन्थ्यो। डिभिजन फाइभको अमेरिकाविरुद्धको खेल हार्ने अवस्था उत्पन्न भएपछि नेपालि दर्शकहरुले मैदानमा ढुङ्गा र बोतल प्रहार गरेको कसले भुलेको छ र!

दावी अनुसार प्रहरी सुरक्षा थियो कि थिएन भनेर आइसिसीले पनि हेरेकै होला। यसले पछि नेपालमा हुने खेललाई असर पर्‍यो भने त्योभन्दा दुर्भाग्य अरु के हुनसक्छ? प्रहरीलाई मात्र दोष देखाएर हुन्न, हामी दर्शक पनि यसमा दोषी हुनेछौँ।

4 thoughts on “नेपाल Vs नामिबिया क्रिकेट : प्रहरीको दावी र वास्तविकता”

  1. Prakash Sunuwar says:
    April 19, 2016 at 1:21 pm

    हामीहरु अर्काको कमजोरी मात्रै पहिल्याउने गर्छौ | नेपाल प्रहरीको सुरक्षाको सम्बन्धमा केहि घटना घटेको भए सायद औल्याउनु हुन्थ्यो होला, तर कुनै घटना घटेन राम्रो भयो | एउटा कुरा देशको गौरव राख्ने र बचाउने स्वयम् नागरिकको हो | कथुम्काल आफ्नो रास्ट्रको आगनमा अन्तरास्ट्रिय स्तरको समारोहमा केहि अप्रिय घटना घटेमा बिश्वजगतमा आफ्नो रास्ट्रको अपमान हुन्छ भन्ने हेक्का राख्नु स्वयम् नागरिकहरुको होइन ? स्वयम् सभ्य छैनौ हुने कहिले हो ?

    Reply
  2. Ramesh says:
    April 17, 2016 at 10:29 pm

    टम हौ कि तिर्थमणी हौ, अम्रिकामा छौ र गफ हाक्छौ। अम्रिका त कडा कानुन छ। प्रहरी कार्वाहिमा परी सर्वजनिक मुद्दा परे लोन पाउन गाह्रो हुन्छ। लोन नभै त्यहाँको जीवन चल्दैन। नेपाला कस्ले कस्लाई टेर्ने? मुन्छे सबै विग्य,अनी आफ्नो नियम आँफै बनाउचन नेपाला। तिमी पनि नेपाला तेसै गर्थेउ होला, अहिले त्यहाँ भएर गाफ हाक्छौ, तिम्लाई डाम्ना।

    Reply
    1. Kaalu says:
      April 18, 2016 at 10:09 am

      धेरै गफ नहान रमेश बाबु, राम्रो कुरा लाइ राम्रो भन्न सिक, सुध्रिने आफु बाटै हो! त्यसै जान्ने भएर अरुको क्रिटिसाइज नगर :पी (:p)

      Reply
  3. Tom Poudel says:
    April 17, 2016 at 1:11 pm

    We blame the police for our mistake, weaknesses. I have attended several concerts here in San Francisco and Los Angeles with tens of thousands of people and FEW DOZENS police officers. We ourselves have to be blamed. If we follow proper regulations, police is not needed.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme