पहिलो घटना
कुरो २०७० सालको। फागुन महिनाको अन्तिम साता अर्थ मन्त्रालयमा एउटा बैठक चल्दै थियो। पाँच मन्त्रालयका सचिव, सहसचिव र आयोजना प्रमुखहरू तत्कालीन अर्थमन्त्री रामशरण महतलाई प्रगति विवरण सुनाउँदै थिए। सहरी विकास सचिवले बहुचर्चित मेलम्ची खानेपानी आयोजनाबारे भने, ‘दिनको ४० मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ । २०७३ साल वैशाख १ गते बिहानै सूर्योदय नहुँदै काठमाडौंका धारामा पानी आउने छ ।’
बैठकमा उपस्थित सचिव, कर्मचारी, सञ्चारकर्मीसहित ६० भन्दा बढी एकसाथ गल्लल हाँसे। गम्भीर मुद्रामा सुनिरहेका मन्त्री महतले पनि हाँसो थाम्न सकेनन्। उनको हाँसोले सहभागीलाई फेरि हँसायो। ‘साँच्चै पूरा हुन्छ ?’ उनले ठट्यौलो पारामा सोधे। भोलिपल्ट कान्तिपुरमा महत हँसाउने मेलम्ची शीर्षकमा समाचारै छापियो। पढ्नेले रमाइलो मानेर त्यो समाचार पढे।
दोस्रो घटना
चैत २३, २०७० साल।
साझा सवाल कार्यक्रममा प्रस्तोता नारायण श्रेष्ठले डाकेका थिए खानेपानी तथा ढल निकास विभागका महानिर्देशक ईश्वरीप्रसाद पौडेल र काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा निमित्त महाप्रबन्धक चन्द्रलाल नकर्मीलाई।
उनीहरुले भने- २०७३ सालको वैशाख १ गते काठमाडौँका जनताको धारामा मेलम्चीको पानी खस्छ। तपाईँहरु ढुक्क हुनुहोस्। २०७३ वैशाख १ गते बिहान ५ बजे धारामा मेलम्चीको पानी खस्छ।
सहभागीहरु त्यहाँ पनि गलल हाँसे।
तेस्रो घटना
२०७३ वैशाख १ गते
हाँस्ने अर्थमन्त्री रामशरण महत भूपू भइसके। अहिले विष्णु पौडेल अर्थमन्त्री छन्। विभागका महानिर्देशकबाट पौडेल पनि हटिसके, रामचन्द्र देवकोटा छन् अहिले। केयुकेएलमा पनि नकर्मीको ठाउँमा महेशकुमार भट्टराई महाप्रबन्धक नियुक्त भइसके। साझा सवालका कार्यक्रम प्रस्तोता नारायण श्रेष्ठ अमेरिका पुगिसके। यत्रो परिवर्तन भयो तर अहँ। पानी के खाएर झर्नु। झर्दै झरेन।
अब हाँस्ने कि रुने?
केही तथ्य मेलम्चीका
-०५१ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईद्वारा मेलम्ची आयोजना घोषणा
-चीनको सिआरसीसी कम्पनीले सुरुङ खन्ने ठेक्का पाएको। २०७० भदौ १७ मा सम्पन्न गर्ने गरी ०६५ माघमा काम सुरु गरेको।
– साढे चार वर्षमा साढे ६ किलोमिटर मात्रै खनेर त्यति खनेको ६० करोड रुपैयाँ भुक्तानी लिएर भागेको। सरकारले २०६९ को असोजमा सम्झौता तोडेको।
-२६ किलोमिटर लामो सुरुङमध्ये बाँकी २१ किलोमिटर बनाउन इटालीको कम्पनी सीएमसीले ७ अर्ब ७१ करोडमा ठेक्का पाएको
– भूकम्प र नाकाबन्दीले अवरोध भएको। लागत एक अर्ब बढ्ने अनुमान
अब इन्डिया मा हुने आर्को चुनाब मा मोदीले बिहारी जनता लाइ मेलाम्चिको पानि देखाएर भोट माग्न बेर छैन |
मेलाम्चे खाने पानी आयोजनाको बारेको मेरो अनुभव राख्न अनुमति चाहन्छु । सरकारी सेवाको सिलसिलामा २०३७ साल बैशाकको जनमत संग्रह पछि पहिलो पल्ट पॉचखाल हुदै ईन्द्रावती नदीको तिरै तिर बाहुनेपाटी, मेलाम्चे घाट, मेलाम्चे गॉउ पछि हेलम्बुका सेर्माथान्ग, तार्केघ्यान्ग, बकनघ्यान्ग ईत्यादि गॉउहरुमा केही दिन बिताउने अवसर पाए । पटक पटक सो मनोरम ठाउ जाने मौक़ा केही बर्ष सम्म कायमै रह्यो ।
ईन्द्रावतीको जलसम्पदाको सदुपयोगबारे जलश्रोत मंत्रालयका र सो अन्तर्गतका खानेपानी विभागका समकालीन प्राविधिकहरु संग छलफल गर्ने अवसर पाएको थिए । वहॉहरुबाट ईन्द्रावती नदीको मेलाम्चेबाट काठमान्डौ उपत्यकामा पानी ल्याउने सम्भाब्य अध्ययन र कार्यावनयनबारे नेपाल सरकार (श्री ५ को सरकार) निकै सकारात्मक छ भन्ने अवगत भईयो ।
कर्णाली आयोजनाकालागी २०३२ साल देखि बार्षिक ५०/५० जनताका दरले ईन्जिनियर उपाधि हासिल गरेका केही अधिकृतहरुले मेलाम्चे खानेपानी आयोजनामा काम गर्ने अवसर पाए । २०४६ सालको जनआन्दोलनबाट नेपालमा बहुदलीय पुन: स्थापितमा प्रधानमंत्री श्री कृष्ण प्रसाद भट्टराईले मेलाम्चे खानेपानी आयोजनामा चासो देखाएको फलस्वरूप २०५१ सालमा यस आयोजना निर्माण गर्ने धोषणा र त्यस पछि बिधिवत रुपमा काम शुरु भएकै दुई दशक नाघी सक्यो ।
कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोईराला, मनमोहन अधिकारी, सुर्य बहादुर थापा, लोकेन्द्र बहादुर चन्द, शेर बहादुर देउवा, पुष्प कमल दहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिल राज रेग्मी (मंत्री परिषद अध्यक्ष), सुशील कोईराला र खडग प्रसाद ओली गरी २६ बर्षमा १३ जना प्रधानमंत्री नेपालले पाई सक्यो । मेरो बिचारमा दुई दशक भन्दा बढी समयमा मेलाम्चे खानेपानी आयोजनाको २५% भन्दा कम प्रगति भएको जस्तो लाग्द छ । यस आयोजनालाई निरन्तरता दिनु पर्नेमा दुई मत हुनै सक्दैन र छिटो भन्दा छिटो नेपाल खाल्डोमा ईन्द्रावतीको पानी ल्याउनु पर्दछ ।
मैले नेपाल खाल्डोको जलश्रोत संसाधन विकासको प्रचुर संभावना देखेको छु । यसबाट मेलाम्चे आयोजनाबाट प्राप्तहुने पानी भन्दापनि बढी पानी नेपाल खाल्डोबाट उपलब्ध हुन्छ । यसको यौटा उदाहरण बिगत साढे तीन दशक देखि संचालित शिवपुरी जालाधार संरक्षण आयोजना छ । हाल शिवपुरी राष्ट्रीय निकुन्ज आयोजना नामबाट संचालित जालाधार संरक्षणले नेपालको सबै भन्दा ठुलो खानेपानी प्रशोधन सुन्दरीजललाई ३५ बर्षमा शुरु भन्दा तीन दोब्बर बढी थप खानेपानी प्राप्त भएको तथ्य छ ।
केही प्राविधिक उपायहरु यहॉ राख्न चाहन्छु:
पहिलो: शिवपुरी, नागार्जुन, नगरकोट, गोदावरी, मच्छेगाउ, चन्दरागिरी र अन्य जलाधारको संरक्षणको ब्यवस्थाले प्रचुर खानेपानी नेपाल खाल्डो पाउने छ । स्मरण रहोस् हाल पानी ट्यांकर, जारको पानी ९५% नेपाल खाल्डोको पानीबाट नै टोल टोलमा ब्यापार गरी उपल्बध गराईन्छ ।
दोस्रो: नेपाल खाल्डोको भूमि मुनिको जल सतहलाई बढाउने विधि अपनाउने ।
तेस्रो: मौजुदा पोखरी र तलाउहरलाई पानी संकलन केन्द्रका रुपमा प्राविधिक हिसाबले बिकास गर्ने ।
चौथो: बर्षातमा प्राप्त बढी पानी संचय गर्ने र ज़मीन मुनिको जल स्तरमा बढाउने प्रविधि अपनाउने ।
पाँचौ: नेपाल खाल्डोको नदी नालाहरुको पानी बहावको फ़ायदा लिई लहरै जल संचय गर्ने ब्यवस्थापन बिकास गर्ने ।
छठौ: ढलमा मिश्रित पानी शुद्धीकरण बिधि अपनाई पानी पुन: प्रयोग योग्य गर्ने । जैविक पदार्थ कृषि मलमा उपयोग गर्ने ।
सातौ: हाल छानाको पानी संकलन गर्ने विधिलाई ब्यापक बनाउने र यस प्रविधिबाट ज़मीन मुनिको जल सतहलाई बढाउने मद्दत गर्ने ।
आठौ: ग्राहस्थयमा प्रयोग गरिएका पानी तत्कालनै अन्य प्रयोजनकोलागी उपयोगी बनाउने ।
यसका अतिरिक्त बिभिन्न थप प्रविधिहरु वातावरणीय मैत्री र आर्थिक दृष्टिले लाभप्रद हुने पानी संचय र उपलब्धिकालागी विकास गर्न सकिन्छ । यहॉ धेरै बैज्ञानिक कुराहरु पाठकहरुलाई चाख लाग्दो न होला ।
डा. सुरज श्रेष्ठ
नेपालगंज
सस्तोमा बेच सपना सोझा नेपालीलाई (ओलीजीको बोलीबाट प्रेरित भयेर ठट्यौलीमा लेखेका यी शब्दहरू सम्पूर्ण नेपाली नेत्रित्व र कर्मचारीतन्त्रमा साच्चै लागूहुने सोचदा नैजिउ सिरिङ्ग भयेर आउँछ)
देउतालाई दोष लायो, भयेन,
राणा शासन हटाउँदा हुन्छ कि भन्यो, भयेन
राजाले मै गर्छु नेपालीको उद्धार भन्यो, ठगियो,
प्रजातनत्रले त पक्कै पुगाउंछ भन्दा पटक पटक ठगियो,
पुजा आजा गरि राज चलाउदा त होला नी भनेको,
बिदेशबाटै भयेपनि पुजारी झिकाइयो, प्रधानै बनाइयो
कालो बोका र कालै खुखुरा खोजी बली पनि चढाइयो,
सत्ता थमाई राख्न र नया सत्ता पाउन,नरबली समेत चढाइयो,
नत थाम्नेले थाम्न सक्यो, न आश गर्नेले नै पाउन सक्यो,
सँसारैले त्यागी सकेको, वाद र सँस्कार पनि भित्र्याइयो,
केही नलागी संधै गाली गर्ने छिमेकीलाई नै गुहारियो,
हिजोका जानी दुस्मन संग नै हातेमालो गरियो, भयेन
भागीरहेका राजालाई पनि भगायो, हुँदै भयेन,
पढे लेखेका ले सकेनन् भनी, अँगुठा छापलाई
नेपाली भबिष्य निर्माण गर्ने, बिधान लेख्न लगाइयो,
तै पनि भयेन, हुँदै भयेन, छिमेकीले नै मानेन,
जनताले जिताएका नेताहरूले मानेर भयेन,
कालो बजारीका मुखिया र हरुवाहरूलाई नै मनाइयो,
के को हुन्थ्यो हुँदै भयेन,
आहत परेको नेपालीको एउटै आशा भोलीको,
हो, ओली जी को बोलीको,
जस्ले आजको दैनिक बाह्र धन्टाको लोडसेडिङ,
बाह्र महिनामा समाप्त पार्नेछन्,
अर्को बाह्र महिनामा, बिजुली किन्न बन्द गर्नेछन
अर्को बाह्र महिनामा, त्यै बिजुली बेची हामीलाई धनी बनाउनेछन्,
साहुजी सोझा नेपाली लाई सस्तोमा बेच, सपनाहरू
अब लागछ, त सपना मा नै बाचनु छ,
नेपाली लाई संधशै भरी ।।
– प्रेचन पाखे, सुर, अप्रील ८, २०१६
बीस बर्ष भन्दा बढी लाग्ने? कुरैमा एउटा पुस्तै बिताए| गिरिजा र सुशीलको यो प्राथमिकता भित्र परेन| एमाले र माओवादी पनि खत्तमै रहे| राप्रपा भन्ने पार्टी त् काशी गएको पार्टी हो, एउटा पनि प्रत्यक्ष सीट नजिती मन्त्रि र पावर शेयर गर्ने|
हामी नेपाली राष्ट्रियता र गौरवको गफ हाक्छौ|
जब सम्म हामी जिम्मेवार नेताहरुका निश्कृयता र कर्तुतलाई टुंडिखेलमा नाङ्गो झार बनाएर उभ्यौदैनै, तब सम्म केहि हुने वाला छैन|
जब पानी र बिजुली छैन, जनताले के गर्ने? वाध्य भएर जनता आफै संगठित भई हुल बाँधी गएर शान्तिपुर्बक रुपमा बालुवाटारमा पानी र बिजुली काटिदिनुस, मन्त्रि निवासमा काटिदिनुस, सचिव र मुख्य सचिव निवासमा बत्ति पानि रोकिदिनुस| ग्यारन्टी, भोलि नै सुधार हुन्छ जनताको सेवामा| यो भन्दा अर्को कुनै अरु केहि उपाय नै छैन|