Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

१० रुपैयाँको हुलाक टिकट नहुँदा प्रहरीमा निवेदन दर्ता भएन

Posted on April 16, 2016 by mysansar

hulak सरकारी कार्यालयहरुमा कुनै निवेदन दर्ता गर्नुपर्दा एउटा नियम छ- निश्चित रकमको हुलाक टिकट त्यसमा टाँस्नुपर्छ। खासमा हुलाक टिकट त चिट्ठीपत्रको लागि टाँस्नुपर्ने हो। तर अहिले इमेल र फोनको जमाना आएपछि चिट्ठी नै कम आदानप्रदान हुन थाल्यो। हुलाक टिकटको यो चलन भने चिट्ठीपत्र चल्दादेखिकै हो। कहिलेकाहीँ यस्तो हुलाक टिकट टाँस्नै पर्ने बाध्यताका कारण कस्तो अप्ठेरो स्थिति आइपर्छ, सरोज रायको यो विवरणमा भेटिन्छ-

आज (शु्क्रबार) राति करिब ७:४५ मिनेट मा मो. रियाज साफ़ी आफ्नो साथीहरूसँग महादेवस्थान, कोटेश्वरको एउटा क्याफेमा चिया खाँदै गफ गरिरहेका थिए। यतिकै मा १०-१५ जनाको समूहमा केटाहरू प्रवेश गरी रियाजको टेबुलमा आएछ र एक्कासी गाली गर्दै पहिला टेबुलमा खुकरी प्रहार गरे त्यस पछाडि रियाजमाथि खुकरी प्रहार गरे। अर्को चोटी प्रहार गर्दा रियाजको साथीले रियाजलाई धक्का दियो र रियाज तल भूंईमा लडेको हुनाले खुकरी प्रहारले बचे। तर रियाजलाई धक्का दिने साथीको टाउकोमा चोट लागेको छ।

घटनापश्चात् महादेवस्थान नजिकको प्रहरी पनि स्थलमा पुगेका थिए। स्थानीयवासीले घटनाको निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरे। प्रहरीले रियाजलाई तीनकुने चौकीमा रिपोर्ट लेखाउन सल्लाह दिए।

रियाजले तीनकुने गएर सबै विवरण प्रहरीलाई दिए। उनीसँगै भएको साथीले स्वयम् एउटा निवेदन लेखेर प्रहरीलाई दर्ता गर्न दिए तर निवेदन दर्ता भएन। किनभने निवेदनमा रू १० को हुलाकी टिकट थिएन। राति कतै टिकट न भेटिएको हुनाले बिना टिकट निवेदन दर्ता गर्न निवेदन गरे पनि गरिएन। प्रहरीले ‘भोलि टिकट लिएर आउनुस, निवेदन दर्ता हुन्छ। हाललाई तपाईँलाई चाहिने सहयोग गर्छु’ जवाब दिएपछि बल्ल रियाज ढुक्क भएर घर फर्के।

[के तपाईँले पनि हुलाक टिकट टाँस्नुपर्ने यस्तो अनिवार्य नियमका कारण कतै दुःख पाउनु भएको छ? छ भने आफ्नो अनुभव तल कमेन्टमा बाँड्नुस्]

4 thoughts on “१० रुपैयाँको हुलाक टिकट नहुँदा प्रहरीमा निवेदन दर्ता भएन”

  1. सिर्जने says:
    April 18, 2016 at 9:36 pm

    जनताले कर तिरेर चलेको सरकारको काम जनतालाई सेवा दिने होइन उल्टै जनतालाई दुख दिने भनेको देखिन्छ / ए ग्वाच हो, कसले तिम्रो तलब भर्छ थाहा छ?
    पररी को नारा “सत्य सेवा सुरक्षणम” भनेको के नि?

    Reply
  2. Jeewan Rai says:
    April 16, 2016 at 8:44 pm

    No where like this festival in the earthen vessel village .. हाहा ..

    Reply
  3. Gaurav says:
    April 16, 2016 at 9:57 am

    3 साल अघिको कुरो । एउटा केस दर्ता गर्न हनुमानढोका जाँदा त्यहाँ टिकटको कुरो आयो, भित्ता भरि “प्रहरीको सेवा लिन शुल्क तिर्नु नपर्ने” लेखिएको थियो त्यसै कारण म टिकट वा कुनै पनि बाहानामा शुल्क तिर्ने पक्षमा थिइँन हुँदा हुँदा कुरो डिएसपि सम्म पुग्यो । मैले डिएसपिलाई सर यहाँ भित्ताभरि प्रहरी सेवा लिन शुल्क तिर्नु नपर्ने लेखेर टाँसिएको छ त म किन शुल्क तिर्नु भनेँ पछि बिना टिकट केस दर्ता भयो । यो देश सिस्टममा हैन ठूलाबडाको तजबिजमा चलेको रहेछ

    Reply
  4. Smritirogi says:
    April 16, 2016 at 3:05 am

    दुःख भोग्न् परेको त छैन, तर यस्ता हुलाक टिकटहरु हरेक सरकारी कार्यालयअगाडिका कर्मचारीहरुको पहूँचवाल आसेपासे आफन्तहरुको दोकानमा १० रुपैयाँको टिकटलाई २५ ३० रुपैयाँमा खुलेआम बेचेर ठगी गरिरहेको देखेको छु । हरेक ठाउँमा यसरी ठगी हुन्छ, सबैलाई थाह छ । तर नालायक सरकारी निकाय मूकदर्शक छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme