Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सिके लाल भने- यदि नेपाल रह्यो भने नेपाली रहन्छौँ, रहेन भने मधेसी त हौँ नै, चिन्ताको कुरा के छ?

Posted on April 16, 2016 by mysansar

cklalसद्‌भावना पार्टीको २६ औँ स्थापना दिवसमा सिके लालले गरेको भाषणको एउटा अंश युट्युबमा सार्वजनिक भएको छ। उनले हिन्दी भाषामा गरेको भाषणको अनुवाद यस्तो छ-

यति ठूलो मुद्दा लिएर हिँडेका छौँ, त हडबडाउने किन? यदि नेपाल रह्यो भने त नेपाली रहनेछौँ। नेपाल रहेन भने मधेसी त हौँ नै…

यति भनेपछि ताली बज्छ।

अनि उनले अगाडि थप्छन्-

यसमा चिन्ताको कुरा के छ ? राष्ट्र त बन्छ, बिग्रन्छ। तर आफ्नो जुन सांस्कृतिक पहिचान छ त्यो कायम राखिरहन्छ। चाहन्छौँ कि नेपाल रहोस्। त्यसैले संघर्ष गरिरहेका छौँ।

अब उनले राष्ट्रवादीहरुको कति गाली सुन्नुपर्ने हो। सुन्नुस् उनको भाषण-

17 thoughts on “सिके लाल भने- यदि नेपाल रह्यो भने नेपाली रहन्छौँ, रहेन भने मधेसी त हौँ नै, चिन्ताको कुरा के छ?”

  1. madan bajracharya says:
    April 21, 2016 at 12:05 am

    तराईलाई मधेश भन्नु नै सबै भन्दा ठुलो भुल हो/ नेपाल र भारतको इतिहासमै कथित मधेशको कुनै अस्तित्वनै छैन/ ५५० भन्दा बढी जातीय राज्यहरु मिलायर अंग्रेजले बनायको भारत र नेपालको इतिहास र भूगोल मै “मधेश”मै मधेश भनिने कुनै राज्यको उल्लेख समेत छैन/ रामायण महाभारतमा पनि मधेश भन्ने कुनै राज्य उल्लेख भयको छैन/ उहिले घना जंगल भयको समतल भूमिमा ठुलो संख्यामा थारुको बस्ति थियो/ थारु भाषामा समतल भूमिलाई “तार” भनिन्छ/ तार सब्द बात तराई सब्द बन्न सक्छ तर मधेश सब्द बन्न सक्दैन/ तराईको जनजाति थारु मैथिलि आदिले आफुहरुलाई मधेसी र तराइलाई मधेश मान्दैन/ त् हिजो भारतको बिहारको बिहारी पछि कथित नेपालि बनेकाले भन्दैमा तराइ मधेश हुन् सक्दैन/ ती पुर्व बिहारी मधेशबादीहरु तराइमै पुस्तौ देखि बसेको नेपालीलाई “मधेसी” मान्दैन तर बिहार बात तराइ पसे बसेको सबैलाई मधेसी मान्छन/ तेस्ताले मागे भने भन्दैमा तराईलाई मधेश भनेर सम्बोधन गर्नु महाभुल हो/

    तराइमा भयको श्रोतहरुको कारणले भारत तराइलाइ नेपाल बाट अलग्याउन खोजिरहेको कुरा भारतको गुप्तचर संस्था “र” को अधिकारीहरु देखि भारतीय नेताहरुले पोले भने बात स्पस्ट भैसकेकोछ/ तराइलाइ मधेश भन्नेहरुको नाईकेहरु सबै पुर्व बिहारीहरू भयको स्पस्ट छ/ तेस्तालाई बहुमतमा पुर्याउन तिनीहरु र तिनीहरुलाई उक्साउने भारतले बिहार बात तराइ पसे बसे जत्तिको बिहारिहरुलाई नेपालको नागरिकता दिलाउन्दै तिनीहरुलाई बहुमतमा पुर्याउने प्रयास गर्दै आयको हो/ अघोसित रुपमा मधेश बादीको माहा नायक गिरिजा र तेस्को चेला नायक र केहि लेंग्दुपेहरुले मात्र मधेशबादी नेताको सिफारिसमा ४०सौ लाख नेपालको नागरिकता जथाभावी दिंदा समेत तेस्ताको नेताहरु संबिधान सभाको चुनावमा तराइको कुल मतको १० प्रतिशत पनि मत पाउन सकेन/ त् तराइलाइ मधेस किन भन्ने; तराइमा मधेश प्रदेश किन बनाउने?

    मधेशबादीलाइ बहुमत मा पुर्याउन झुठो नागरिकता विधेक समेत बनाउने र आफुनै नेपालको सार्वभौम साताको यकल मालिक भयको जस्तै मानेर सम्पूर्ण तराइलाइ मधेसीको स्वायत तथा आत्म निर्णय (जसको अर्थ उनीहरुले चाहेमा भोलि नेपाल बात अलग्गिने घोसना गर्ने) समेत गर्न पाउने मधेश प्रदेश बनाउन दिने सम्झौता गर्ने गिरिजाको मन्त्रि बनेको राजेन्द्र महतोले मन्त्रि पदमै रहेर हितौन्दा मा भासन गर्दा “पहाडियाहरु मधेशमा रहने हो भने मधेसीको हुकुमत मानेर बस्नु पर्ने भनेको थियो/ दिल्ली सम्झौता बात फर्के पछि मावोबादी बात मधेशबादी बनेको गोइत ले तराइ बात पहाडियालाई लखेट्ने अभियान नै चलायको थियो/ सन् १९५५मा नेपाल संयुक्त रास्ट्र संघको सदस्य बनेको लगतै तराइलाइ मधेसीको मधेश देस भयकोले तराइ नेपाल बात अलग्याउनु पर्छ भनेर रघुनाथ ठाकुरले भारतको दिल्लीमा भारतीय सदन अगाडी आफ्नो शिरमा आगो बालेर अनसन बसेको थियो/ तेही रघुनाथ ठाकुरलाई भट्टराईको सरकारमा रहेको मधेश्बादिहरुले आफ्नो महान नेता मानेर जयन्ति बनायको थियो/ रघुनाथ्ले जे बोले तेही अहिले सिके रावतले पनि बोल्दै आयको छ/ यस्तो कुरा हुँदा हुँदै पनि तराइलाइ मधेसीको बनाउनु पर्छ भनेर मात्र लेंग्दुपेहरुले भन्न सक्छ/

    Reply
  2. john gauchan says:
    April 19, 2016 at 7:08 am

    नेपालीहरु अब जान्ने बुझ्ने भैसके ,, सी के हरु जस्ताको ढोल पिटाइ पढेर समय बर्वाद गर्दैनन नेपालीहरु .. अब एउटा करौतिले काट्ने काम गर्छ , भाले बास्ने काम गर्छ भने झैँ मधेसेले मधेशीको वकालत गर्न अवस्य लागि पर्छ त्यसमा कुनै दुइमत नै छैन ,, राजनीति विश्लेषक शिक्षित वर्ग पढे लेखेको बुद्दिजिवि भनेको त अन्धो गोरु र एकहोरो भेडा जस्तो पो रहेछ अब हुदा हुदा नाक नै नथुनी गनाएको आची हसुर्न थाले पछि कसको के लाग्यो र ???? खूब राजनीति व्यंग्य र अन्तर्वार्ता पढिन्थ्यो हेरिन्थ्यो निष्पक्ष्य वार्तालाप गर्थे अब बिखन्डनवाद तिर ढल्केर पछि त उनको अस्तित्व बेकाम भो , अब भन्नु पर्दा एउटा पढे लेखेका विश्लेषकको दिमागको तार चुड्यो र एकहोरो रट लगाउन थाले भनेर !!!

    Reply
  3. ankit sharma says:
    April 17, 2016 at 3:45 pm

    C.K. Lal has just verbally spoken the fact which Nepalese people gave legitimacy during 2006 so called movement.

    Nepalese people made the King to agree upon the road map presented by the then so called political leaders. The so called political leaders were just the pawns of the master minds of southern neighbour who wanted to disintigrade the Kingdom of Nepal and turn it back to pre-unification era.

    All the so called agitators (Nepalese in the streets agitating) were actually the soldiers of foreign powers. They themselves were not consicious that they are being used as the invading soldiers to disintigrate the Kingdom of Nepal which eventually will vanish not only the monarchy but the nation in total.

    I am not surprised by what C.K. Lal spoke. You the Nepalese gave him this power.

    Reply
  4. rasik says:
    April 17, 2016 at 11:07 am

    well there a species of animals called humans who create boundaries that never actually existed and then fight for it till death…

    Reply
  5. Bhuwan Lingden says:
    April 17, 2016 at 5:35 am

    कटु सत्य ।।

    Reply
  6. kedar says:
    April 17, 2016 at 3:41 am

    बिखण्डनको हावा दिनेलाई गाली गर्नु उचित होइन | जती गाली गरो उती आवाज उँचो हुँदै जान्छ | यो बिखण्डनको हल्ला बेकारको हो | नेपाल आर्मीको सामना नगरी र भारतको समर्थन बिना यो हुने सम्भावन ०.००१ प्रतिशत पनी छैन | भारत यो बिखण्डनलाई सघाएर आफ्नो काल निम्त्याउन तयार हुनेवाला नै छैन | येदी यो भयो भने कश्मिर ढिलो चांडो अबस्य छुट्टिन्छ भने खालिस्तानको हावा झन् तेज हुनेछ र पुर्बोत्तर भारतको लडाँई चर्किन सक्छ | बिखण्डन पछिको नेपाल अबस्य चिनसंग बढी लहसिने छ जसले उसको चिनियाँ डरलाई झन बढावा दिने छ | भारतको चिनियाँ डरलाई मधेसले होइन पहाड र हिमालले छेकेको छ | छुट्टीयेनै पनी मधेस देश भएर न टिक्न सक्छ न रहन सक्छ, यसको बिलय अबस्यम्भावी छ | त्यत्रो ठुलो भारतमा बिलय भएर मुसाले पनी नपुछ्ने नेता विद्वान बन्ने रहर मधेसी नेता र विद्वानहरुलाई पक्कै पनी छैन | यो सब हिन्दु राष्ट्र बनाउने बार्गेनिंग भाषा मात्रै हो |

    Reply
  7. Michael says:
    April 16, 2016 at 10:17 pm

    घर मुली गतिलो न भए त्यो घर को छोरी चेली पोइला जान्छन , छोरो जड्याह बन्छ घर नै रहदैन | तेस्तै देश को रखवाला गतिलो न भए अब देश कहा रहन्छ ?

    नेपालि ले २५० बर्स लामो र आफ्नै हात मा खुकुरी लिएर नेपाल एकीकरण गर्ने राजाको बिश्वास गरेन बरु इन्डियन मिसन मा” र” को सुरक्ष्या घेरा भित्र रहेर हिजो काम गरिरहेका प्रचण्ड , बाबुराम को बिस्वास गर्यो , लाउदा धमिजा गरेको बिहारको पुत्र गिरिजाको बिश्वास गर्यो , छेउ न टूप्पो थाह न भएको आकासे , पाताले नेताहरुको बिश्वास गर्यो , अमेरिकाले अरु देश मा हस्तछेप गर्न ( जस्तो कि इराक ) लादेको नक्कली प्रजातन्त्र को बिश्वास गर्यो , दसैँ मानेन , भ्यालेन्टाइन मा नाच्यो , मन्दिर गएँन , चर्च उसलाई प्यारो लाग्दै गयो , बिहे गर्ने प्रचलन क्रमश हराउदै ,लिभिङ्ग टुगेदर तिर गयो | बसाइ एस्तो देश जहा भारतले हावा पनि अड्कलेर छोड छ , मध्यम बर्ग को लाइफ स्टयाल युरोपियन पाराको ( आ आफ्नो क्षेत्र मा धाँदली गरेर ) मोटर साइकल मा तेल हाल्न न पाएर मदिसे आन्दोलन को समर्थन , भारतको गुलामी ?
    यावत कुरा हरुको सन्तुलन बाट देश रहने हो |
    तर अब सी के लाल हरु ( तराइ ले मानेको बिद्दिजीबी ) नै देश रहनेमा संका गर्छ , त् परिस्थिति निकै खाराब को संकेत गर्छ |

    Reply
  8. Rabi says:
    April 16, 2016 at 8:32 pm

    I think he forgot, ‘Madhesi’ exist because of ‘Nepal’- Madesh/ Pahad. If there’s no ‘Nepal’ they will be labelled as ‘Bihari’ or ‘UP wale’ so he won’t remain ‘Madhesi’.
    Unless he truly believes, India will let a country named ‘Madhes’ to exist and let the current Madhesi leaders to rule that country, if they successfully get detached from Nepal. Ahem! what a dream. 🙂

    Reply
  9. dor prasad says:
    April 16, 2016 at 8:30 pm

    साचो कुरो भनेको १०% भन्दा कम मदेशी आफुलाई नेपाली भनेर गर्ब गर्छन, कति लै आफ्नो देश नेपाल हो भन्ने पनि थाहा छैन … एस मा राज्य को पनि कमजोरी छ …

    सिके लाल जस्ता हरु ले बोलि को भर मा … कति ले नेता बनेर गुजारा गरेका छन् …. बुध्ही जीबी भन्छन आफुलाई …

    साछी आम मदेशी लै नेपाल रहोस नरहोस् केहि चिन्ता छैन !!!!

    Reply
  10. R B Rasaili says:
    April 16, 2016 at 8:12 pm

    समुदायमा बसेपछी सामुदायिक हुनु मानविय गुण हुनजान्छ। स्वाभाविक हो, यो प्राकृतिक हो। शेर्पाले शेर्पाप्रती नम्र आग्रह राख्दछ, छिमेकी सुनुवार संग नराख्न सक्दछ। सिके लाल पढेलेखेका बुझक्कड हुन् । सोचेरै यस्तो मधेशी आग्रह राखेका होलान्। तर देशको बिखण्डनलाई प्रोत्साहित गर्ने कुरा गर्न उनलाई छुट छैन। कसैलाई छैन। नेपालएे हुनुछ भने राष्ट्रप्रती बफादार हुनपर्‍यो। “बफादार” को परिभाषा फराकिलो होला, तर जुन कुराले राष्ट्रको हित गर्दैन त्यो राष्ट्रको सेवामा पर्दैन। सिके लालले त्यसो भनेको हो भने उनी जिम्मेवार हुन्। दण्ड र सजायको भागी ती प्रत्येकले हुनपर्दछ जसले अखण्ड राष्ट्रको हित विपरित काम कुरा गर्दछ। अरू पछी

    Reply
  11. हिक्मत says:
    April 16, 2016 at 5:38 pm

    मधेसीहरुले आवाज उठाएर भारतको पूर्ण समर्थनमा नाकाबन्दी गरेपछि सबैको ध्यान उनीहरुमै केन्द्रित भएको छ| एउटा कुरा बुझौ, मधेसीहरु नेपाली हुन्| नेपाली मधेसी होइनन|
    मधेसीहरुको घोषित आन्दोलनमा भूकम्पले छिया छिया पारेको नेपालीलाई उल्टो नाकाबन्दीको क्रुर भारी बोकाएर निर्दयीता देखाए|
    अन्य आदिवासी जनजाति नेपालमा मधेसी हरुको तुलनामा झन् शोषित, पीडित, उपेक्षित र सीमान्तकृत छन| प्रशासन र सेनामा दुईचार जातको हालीमुहाली कायमै छ| मधेसीहरुलाई भारतको समर्थन छ भन्दैमा उनीहरुको मात्र मुद्दा हेर्ने र अरुको वास्ता नगर्ने कस्तो सरकार हो? राष्ट्रपति देखि लिएर टन्नै छन् मधेसीहरु सरकारी जागिरमा| खोइ आदिवासी जनजातिको प्रतिनिधित्व?
    सीके लाल जस्ता संसार नियाल्न खोज्ने बुद्धिजीवीले यस्तो कुरो बुझ्न पर्ने हो जसका लागि नेपाली हृदय नबोकेको भए पनि संगै बसे पछि समानता र मानवताको मापले हेरेको भए कुन मधेस बित्दो थियो र?
    मधेसी होस् कि आदिवासी जनजाति, कसैलाई वर र पर गर्न हुँदैन| तर मधेसी हो कि आदिवासी जनजाति हो कि नेपाली हो? एक दिन वार कि पार तो होना हि है| यो कैले यो र कैले त्यो मा कतिदिन बाँच्ने?

    Reply
  12. Shankar says:
    April 16, 2016 at 1:43 pm

    नेपाल मा जसले जे भनेपनि हुन्छ , जसले जे गरे पनि हुन्छ |तर देखाबटी कैलागी भएपनि रास्ट्र बादी हुनु अति आवस्यक छ | रास्त्रबादी हुनु पनि एक मानेमा फुटबल खेल्नु जस्तै हो अभ्यास को जरुरि छ | गर्दै जाँदा हुन्छ , नत्र ओली , प्रचण्ड लाइ नै हेरम | आजकाल उनीहरु
    बढी रास्ट्र बादी देखिन्छन | प्रचण्ड तेही मान्छे हैन जो र को इसारामा नेपाल मा जान युद्द को सिखंदी बन्यो |

    आजकाल इन्डियन हरु पनि बढो रास्त्रबादी बनेको देखिन्छ , हाला कि हामि भन्दा २ गुणा भ्रस्ट छन् र हाम्रो भन्दा बढी बिबिधता र आपसी द्वेष छ | त्यो देखाबटी रास्त्रबाद गर्दै जाँदा बढेको हो |

    आर्को कुरा पृथ्बी नारायण ले यो मधेस , हिमाल र पहाड जोड दा ल आउनुस एकीकरण गरौ श्रीमान भनेर भनेको भए काहाँ एकीकरण हुन्थ्यो ? आफ्नो देश कसैले किन सजिलै दिन्थे ? बिभिन्न जात , धर्म ,संस्कृति कालाई खुकुरीले काटेर , जाल साची गरेर , तर्साएर भिभिन्न प्रलोभन मा एस्तो बहुरंगी माला उनेका थिए |

    हिजो सम्म राजाको पालामा यी सी के लाल हरु डराउथे , कुनामा पाधेर बस्थे , अब येस्ता सी के लाल जस्ता मुसा हरु धेरै निस्किएका छन् किनकि उनीहरु था छ बिरालोलाई बाधेर नागार्जुन मा राखेको छ |

    सिंगो नेपाल चाहने हो भने ,नेपाल मा या त् सैनिक सासन , या फेरी राजतन्त्र ,
    नत्र देश एस्तो भाड भैलो तन्त्र मा कसरि रहन्छ ? ओली देखि सी के लाल , राउत किन डराउछ?

    Reply
  13. Yogesh says:
    April 16, 2016 at 10:39 am

    सीके लाल जी नेपाल भन्ने देश तिम्रो हजुर बाऊ, बराजे को पल मा पनि थियो, तिम्रो नाति पनाति को पाला मा पनि रहन्छ, प्रश्न यो हो कि तिमि नेपाली रहन्छौ कि बिहारी हुन्छौ? दुइ चार वोटा किताब पढ्दै मा र पत्र पत्रिका मा ताइ न तुइ को खोस्रा सब्द कोर्दै मा आफु लै मधेश को मशिहा न ठाने हुन्छ! तिमि लै सबै ले बिध्वान छ भन्थे हो कि जस्तो लाग्थ्यो यो सुने पछि तिमि पनि मुर्खई रहेछौ भन्ने छर प्रस्टै देखियो! तपाई कै हिन्दि भाषा मा एउटा श्लोक छ “पोथी पढ़ पढ़ जग मुआ, पंडीत भयो न कोए..ढाई अक्षर प्रेम के पढ़े तो पंडीत होए.” Stop Fueling Hatred in my country among my people else get out .

    Reply
  14. iswar says:
    April 16, 2016 at 6:17 am

    बिनाशकाले बिपरित बुद्दि

    Reply
  15. bhim gurung says:
    April 16, 2016 at 1:47 am

    होइन सीके लाल लाई के भाको हो निक्कै बुद्दिजिबि जस्तो लाग्थ्यो, सिके राउत ,सिके लाल को पाठशाला उस्तै उस्तै लाग्दै छ आजभोली, आखिर सुन्ने चै कसले हुन् कुन्नि. आज को कुरा ओली, प्रचण्ड, देउबा ले पक्कै सुन्नु भो होला,.. अब देशभक्त हु भन्दै मा गाली गर्ने पक्ष मा छैन, यो सब हाम्रीले चुनेर पठाको नेता हरु को राजनीतिक स्वार्थ को प्रतिफल हो.

    Reply
  16. prabkat says:
    April 16, 2016 at 12:50 am

    नेपाल जस तो देस लै बहुदलिए ब्यबस्था न हुने रहेछ. भारतीय सिमा बन्द हुनु पर्छ. फ्रत्येछ निराबाचन प्रणालीको धारा बन्नु पर्छ .

    Reply
    1. dor prasad says:
      April 16, 2016 at 10:50 pm

      बहुदलिए कि बहु राज्जे (संघिय) ? भारत संग सिमा बन्द नगरी सुखै छैन … नेपाली अत्मिनिर्भर हुन् सिक्नु पर्छ ….

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme