Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : आरम्भको अवसान

Posted on April 23, 2016 by mysansar

saturday-fiction “सानी ए सानी कति सुतेकी हँ। हेर त घाँम कति माथि आइसक्यो, हन के भाँ छ हँ यो केटीलाई आजकल, ओछयान छोड्ने त मननै गर्दिन” सानीकी आमा फत्फताउदै गाई बाख्रालाई कुडो दिन लागिन्।

“तिम्रो छोरीलाई चै म नसक्ने भंए, सुतिमात्ररहन्छे, भनेको केहि सुन्दीन, एउटा केटो खोजेर पठाईदिइहाल” बेलुकाको खाना खानलाग्दा आंमाले टोकसेपछि अब के चाहियो, सानी जुरुक्क उठेर खानाको थाल बाख्राको मुखैनेर लगेर छाडिदिई र कोठाको ढोका यस्तरी लगाईकी सानो तिनो गोलीनै पडकेको जस्तो।

“देख्यौ हैन यस्को ताल। तिमी चुईक्क केही बोल्दैनौ, सधैको छुच्ची म मात्रै, कस्तो कर्म प्रभु मेरो” सानीकी आमा कराईरहिन, सानीका बा पनि खाना नसकिकन् उठे र गांउ तिर डुल्न निस्के।

जुन दिनदेखि माथ्लो घरे कप्तान बाको कान्छोछोरा सुरेसले घरमा दुलही भित्र्यायो हो त्यही दिन देखि सानीले खाना खान, केहिकाम गर्नछाडी र केही काम गर्नू भन्यो भने झर्किन्थ्यी, ओछयानमा नै घोप्टोपरेर सुतिरहन्थी ।

धेरै पर पुग्नै पर्दैन, छ महिना पनि भएको छैन, सानीमा यस्तो परिवर्तन भएको । बिहानै सुर्योदय पूर्व नै उठी पंधेराबाट पानी ल्याउने, गाईबस्तुलाई कुडो पकाएर ख्वाउने, कहिलेकाही त आंमा उठनेबेलामा दैलोपोत्नपनि भ्याईसक्थी । कहिले नि पढ भन्नु परेन, त्यहि आंमानै हो मेरी छोरी त बिजुली हो भन्दै सुनाउदै हिडदथी । स्कुलमा पनि सरहरुको प्रिय शिष्य थिई । तर एकाएक के भयो सानी सन्चो नभएको बहानामा स्कुलजान छाडी । अनेक धांमी झांक्रि लगाउदापनी केही फाईदा भएन । परिक्षा पनि बिगारेपछी सबैजना आजित भए सानी सगं तर रोग चै पत्तालागेन ।

“सानी ला यो चुरा तेरो लागि हांटबाट ल्याईदिएको, कसैलाई नभन्नुनी मैले दिएको भनेर” सुरेसले बाख्रा चराउने बेलामा खुसुक्क पोको दियो । सानी खुसी भई कतिखेर घरगएर लगाएरहेर्ने मन भो । घर फर्कदा कुलोनेर यस्तरी चिप्लीईकी हातको चुराकोपोको ढुगांमा बज्रेर चक्नाचुर भयो । लडदाखेरी आंमा भनेर चिच्याएकी त सपनामा पो लडकी रहीछ तर बिपनामा पनि आंमा भनेर आवाज गरी । आंमा आत्तिदै कोठमा आईन, सानीको जिउ पसिनाले निथ्रुक्क भएर भिजेकिथिई, टाउको छाम्दाखरी निस्लोट जरो आएको थियो । आंमा र बा मिलेर रातभर पानीपट्टी लगाइदिएर रात कटाए । सानि बिस्तारै निको त भई तर मनको घाउ कसैले निको पार्न कसैले सकेनन् ।

केहिदिन पछि सांझपख पधेराबाट फर्कदा दोबाटोनेर सुरेसलाई भेटि “सानि एकछिन पर्खीन तं संग कुरा गर्नु छ” सानी नसुनेझै ठम–ठम हिडीरही, सुरेसले गाग्रो खोसेर भुइमा राखीदियो, दुबैजाना एकछिन केहि बोलेनन् । “मलाई माफ गर्दे सानी, त बिना बाच्न गारो छ मलाई, मेरो बिहे त संग किन हुन सकेन सबै थांहा छ तंलाई, यो जातपात भन्ने कुराले गर्नु गर्यो हेर, आंमा बा ले तं संग बिहे गर्योभने आत्महत्यानै गर्छुभन्नुभयो मैले बाध्यभएर तंलाइ धोकादिनु पर्यो ”

“अब सबैकुरा सकिएपछि मलाई यो सब किन सुनाउनुपर्याे र रु जाउ आफ्नै जात मिल्ने स्बास्नी संग” सानी झन बम्कीई । त्यहीबेला गांउकी नामुद कुरौटे कांहिली (खास नाम सरस्वती हो तर यताका कुरा उता, उताका कुरा यता वसार्ने बानीले गांउलेले राखिदिएको नाम ) त्यतै आउदैगरेकि देखी सानीले, अनी गाग्री बोकेर, फन्केर घर तर्फ लागी । छ महिना पछि आफ्नो प्राणभन्दा प्यारोमान्छे भेटदा गर्लम्म अगांलोहालेर रुन मननलागेको त होईन तर सानीले सकिन । आज पनि खाना नखाईकन सुती ।

कुरौटे कांहिलीले सानी र सुरेसलाईसगै देखेर सुरेसको बा लाई कुरालाउन भ्याईसकिछ, बिहान उठने बित्तीकै सातो खाए । सुरेसकी स्वास्नीले पनि थांहापाई बिवाहपुर्बको सम्बन्धको बारेमा । “यसलाई राख्नुभएन गांउमा अब, कान्छो काकासंगै पठाइदिनपयो शहंरा” बाले मुखकुल्ला गर्दै जुठ्यान बाटै आंमालाई सुनाए ।

त्यसैको दुईहप्ता पछि फेरी भेटभयो हाटबजारमा सानीको र सुरेसको, सानी एक्लै थिइ, घरायसीसामान किनमेल गर्न । सुरेससाथीहरु संग आएको थियो । दुबैको नजर सांटासाट भयो । सानीलाई सुरेस आएर बोलोस जस्तो भएको थियो । सुरेसले नजिकै आएर कसैले नदेख्ने गरी कागजको टुक्रा हातमा थमाईदियो । सानिले हेरी । म स्कुल पछाडी तलाई कुरीरहेकोहुन्छु आइज है । त्यतीमात्र लेखेछ । किनमेल सकेर सानी स्कुलतर्फ लागी । सानी त्यांहा पुग्नासाथ सुरेसले अंगालोमा बेयो र रुन लाग्यो । सानीले पनि सायद त्यही चाहन्थी, अंगालोबाट छुटन मन गरिन। आज फेरि पुरानै दिन फर्केको जस्तो भएको थियो । “बा ले मलाई शहरां पठाउने रे त बिना म बाच्न सक्दीन” । “ म पनि तिमी बिना बाच्न सक्दीन सुरु (सुरेसको मायाले बोलाउने नाम)” । दुबैजाना सुक्क–सुक्क गर्नलागे ।

काका आएछन सुरेसलाई लिन शहरबाट, घरमा सल्लाह हुँदैथियो, सुरेसकी स्वास्नी पनि संगै जानेभई । यस्तो गर्दा नयां जोडीको छुट्टिनु पर्दैनथ्यो र शहरमा घरव्यवहारको काममा पनि सहयोग हुन्थ्यो ।

सुरेसले झलक्क संझ्यो सानीलाई । अंध्यारोमा दांया–बांया नहेरी सानीको घरतर्फ लाग्यो । सानीकोगोठ पछाडी कुरेर बस्यो धेरैबेर, साएद पहिलेपनि त्यैसै गरी भेटदथेहोलान । सानीले गाईलाई बाहिरबाट गोठमा सार्न लाग्दा गोठको कुनामा घासको डोको पछाडीं सुरेसलाई देखि, छक्क परी, त्यसबेला त्यांहा देखेर । “हेर सानी हामीले अन्तीम निर्णय गर्नुपर्ने भयो, हामी यो गांउमा बसेर एक हुन सक्दैनौ केहिनकेही त गर्नै पयो, भोली बिहानै सखारैमा पधेंरा तल आईज अलिकती लुगाबोकेर” ।

बिहानै झिसमीसेमा लुगा र गाग्री लाई डोकोमा राखेर पधेंरो तर्फ लागी । पधेंरोमा सानी भन्दा पहिले कुरौटे कांहिली पानी भर्दै थिई । “ के हो सानी चाडै आईछस त आज रु ” संकालु दृष्ट्रि डोकोतिर लगाई तर अली अध्यारो भएकोले ठम्याउन चै सकिन् । “ल ल चाडै पानी भर संगै घर जाम्ला” प्रश्न । “होईन भौजु तपै जादै गर्नु मेरो ढिलो हुन्छ” जवाफ । सुरेस पनि पधेरा आउने ओरालो ब्यागबोकेर झर्दै गरेको देखे काहिंलीको झनै शकां बढयो । काहिलीलाई कतिखेर शब्द ओकल्नु भयो, हतार–हतार कप्तान बाको घर तर्फ लागी, सबै कुरा बिस्तार लगाई ।

दुई तिन घन्टा बित्दापनी सुरेस घर नफर्केपछि सबैको शंका बिस्वासमा परिवर्तन भयो । कसैले पनि देखेको कुरा गरेनन् । भोली पल्ट बिहानै तल माझीको छोरो हस्याङ्ग फस्याङ्ग गरेर कप्तान बाको घरमा आएर नदिको तिरमा लुगा, चप्पल र केहिलेखेको कागजको टुक्रो देखेको बतायो । सबै तेतै तिर लागे सुरेश र सानीको लुगारहेछ । कप्तान बा कि बुहारी मुर्छा परी, कागजमा लेखिएको थियो हामीलाई माफ गरिदीनुहोला अलबिदा । अलिपर ढुङ्गामा सानीको रातो च्यादर अडकिरहेको थियो । माझीहरुले र गाउँले मिलेर दिनभर नदिमा खोजे तर भेटेनन् ।

बर्षदिन बित्यो अब सबैजनाले चित्त बुझाउदैथिय । त्यही बर्ष कप्तानबा पेन्शन थापेर दिल्लीबाट फर्कदा जांदा त्यस्तै चार–पांच स्टेशनकटे पछि सानो चिया पसलमा चिया पकाइरहेको आफ्नो छोरो सुरेस, सानी र सानो बच्चो पनि देखे। मन ढक्क फुल्यो। रेल पनि कुदिहाल्यो। तर आजसम्म कप्तान बाले यो कुरा कसैलाई किन भनेका छैनन् रहस्यमै छ।

3 thoughts on “कथा : आरम्भको अवसान”

  1. Rai says:
    May 4, 2016 at 12:12 pm

    कप्तान बाले कुरो बूझनुभयो क की 🙂

    Reply
  2. sabita says:
    April 23, 2016 at 6:02 pm

    To be continued…..ramro lekhan saili!

    Reply
    1. Kanchan sharma says:
      April 24, 2016 at 4:37 pm

      thank you Sabita ji

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme