Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको कन्तबिजोग हेरौँ, किन होला कसैले वास्तै नगरेका?

Posted on April 14, 2016 by Salokya

-सञ्जीव न्यौपाने-

विदेशी संस्था र पत्रपत्रिकाले नेपाललाई घुम्नै पर्ने ठाँउ भनेर भन्दा हामी नाक फुलाएर बस्छौँ। तर हाम्रो एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको कन्तबिजोग कायमै छ। विदेशी पर्यटकले नेपालबारे पहिलो धारणा बनाउने ठाउँ विमानस्थलको म्यानेजमेन्ट र लगेज क्लेम गर्ने ठाउँमा मेला लागेको देख्दा होसहवास नै उड्छ।
12980713_10153498953971186_526870786_o
एयरपोर्टमा अव्यवस्थापन यति छ कि वेटिङ रुममा कुकुरहरु समेत कुदिरहेको देखिन्छ। यो त हदै भएन र?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बेला काठमाडौँको सरसफाइ निकै चर्को थियो। काठमाडौँका सबै भुस्याहा कुकुरलाई समेत समातेर जंगल तिर लगियो रे भन्ने खबर सुन्न पाइएको थियो। त्यतिबेला काठमाडौँ वरपरका कुकुर देख्ने विभागले अहिले एयरपोर्टमै कुकुर कुद्दा पनि किन आँखा चिम्लेका होलान्?

यो कुकुरले कुनै टुरिस्टलाई टोक्ला अनि Beware of Dogs at Airport in Nepal भनेर विश्वभर हल्ला मच्चिएला भनेर हामी चुप लागेर बसेको हो?

वेटिङ रुममा दुई वर्षअघिदेखि भाँचिएका कुर्सीहरु अझै पनि त्यस्तै अवस्थामा छन्। एक महिनाअघि जाँदा त वेटिङ रुममा बत्ती पनि थिएन। एयरपोर्ट जस्तो ठाउँमा वेटिङ रुममा बत्ती नभएको देख्दा अचम्म लाग्यो।

केही अघि एक विदेशीले नेपालको विमानस्थलको बारेमा फेसबुकमा लेखेको यो पोस्ट निकै सेयर भयो। अब पनि हामी नसुध्रने?

हेरौँ विमानस्थलका केही फोटोहरु

12834776_10153425542701186_1811516007_n

12833439_10153425542676186_782621539_n

12084175_10153425542646186_1845292853_n

12516344_10153425542596186_447751473_n

12674518_10153425542571186_333896332_n

12722272_10153425544211186_134636824_o

12674698_10153425544191186_1656363415_o

12443313_10153425544181186_1204744956_o

12980688_10153490617791186_29208989_o

13009958_10153498954511186_1848593569_o

12991912_10153498954456186_1968937177_o

13009701_10153498954431186_193686836_o

13010281_10153498954386186_1189107662_o

13009951_10153498954316186_447247194_o

13009908_10153498954031186_893665257_o

12980713_10153498953971186_526870786_o

22 thoughts on “एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको कन्तबिजोग हेरौँ, किन होला कसैले वास्तै नगरेका?”

  1. Rabin Buzz says:
    April 19, 2016 at 9:20 am

    Airport Bhitra euta bhariya le kati kamaucha:
    1 passanger = Rs. 1000
    Everyday = 20 passanger
    In 1 day earning = Rs. 20,000
    In 1 month = 30 x 20,000 = Rs 600,000
    In 1 year = Rs. 12 x 600,000 = Rs.7, 200, 000

    Jabo euta bhariya le ta 1 year ma lagbhag lagbhag 1crore kamaucha ani kaslai fursad huncha kukur dhapaudai basna.

    Reply
  2. Shreeram Siwakoti says:
    April 19, 2016 at 8:35 am

    भू पु प्रधानमन्त्री हरु यात्रु हरु क गर्दैछन भनि चहारेको नि…

    Reply
  3. Basant says:
    April 17, 2016 at 10:47 am

    यी कुकुर हरु र त्यहा का कर्मचारी हरुको रहन सहन लवाई खुवाई हीडाई बसाई बानी बोहोरा एउटै भएर होला मिलीजुली काम गरेका, यिनीहरुको पनि यूनियन छ की कतै ? बरु घाटीमा पटटा लगाइदिएर परिचय पत्र पनि झुंडयै दिने हो भने आतंकबादी तस्करी अपराधी हरु अली सतर्क हुन्थ्यो की ?

    Reply
  4. Narayan Bahadur Sapkota says:
    April 16, 2016 at 3:56 am

    One and only dog friendly airport in the world.

    Reply
  5. Aru says:
    April 15, 2016 at 4:43 pm

    अरु देशमा एरपोर्ट चिफ को जागिर खुस्कन यो घटना काफी हुन्छ . काम प्रति उत्तरदाई हुने संस्कार भएपो ?

    खाली घरतिर कुचो लगा जस्तो भुँई तिर मात्र बढारछन् . झ्याल तिर, छत मा हेरी नसक्नु दाग र टाटा देखिन्छन . निगरानी गर्ने जिम्बेबार को हो कुन्नि ?

    ब्यबसायिक क्लिनर्स हरुलाई काम दिनु पर्छ , काम सन्तोषजनक नभए बरखास्त गर्नु पर्छ.

    Reply
  6. ray says:
    April 15, 2016 at 1:27 pm

    त्यो सबै कुकुरहरु तेहाको कर्मचारीहरुको सन्तान र नातेदार भएर खुल्ला छाडिएको अबगत गरौदछौं …..धन्यबाद!

    Reply
  7. कमल says:
    April 15, 2016 at 10:21 am

    अझ एउटा उपाय बचेको छ|
    पार्टीहरुका पखेटा संगठन बिद्यार्थी संघ र बिद्यार्थी युनियनले एयरपोर्टमा घेरा हालेर डेरा डण्डा राखे भने तीन घन्टामै ठिक हुन्छ| तर मनिटरिङ्ग गर्दै रहनु पर्छ|
    बाङ्गो कुरा गर्ने, व्यंग र घुमाउरो भाकामा बोल्न माहिर उखान तुक्के प्रधान मन्त्रिले सिधा कुरा लिएर टेल्भिजनमा आउने रे|
    छाडिदिनुस नाकाबन्दी, महंगी र भुकम्पपीडितलाई राहत दिने कुरा उठाउने बारे|
    एयापोर्टको बाथरुम र सरसफाई कसरि गर्ने रणनीति बारे सोध्नुस|
    धन्न ओली परे, देउबा भए जे भने नी हुन्थ्यो|

    Reply
  8. Chetan says:
    April 15, 2016 at 9:29 am

    त्यो तस्बीरमा देखिएको कुकुरहरु भन्दा पनि गए गुज्रेका सरकारी कर्मचारीहरुको झुण्ड मात्रै काम गर्ने स्थान भएकाले गर्दा त्यसो हुन गएको हो !

    Reply
  9. Gorkhali says:
    April 15, 2016 at 8:12 am

    कुकुरको पासपोर्ट पनि छ कि ? कति नेपालबाट मान्छे मात्र बिदेसिनु कुकुरलाई पनि बिदेस जान मन लागेहोला

    Reply
  10. TENZING GABA says:
    April 15, 2016 at 7:46 am

    अस्ति भर्खरै mobile फोन मा tax को नया अबधारणा आएको थियो

    अब त्येस्तै creative अबधारणा ल्याउनु पर्यो कुकुर धपाउन पनि
    त्येसको लागि
    अब उप्रान्त ” एरपोर्ट tax ” को अतिरिक्त ” कुकुर tax ” तुरुन्त लागु गरियोस,
    यो आगामी बजेट मा नै त्येसको व्यवस्था होस्,
    यसो मिलाएर एउटा “कुकुर धारा” संबिधान मा पनि राख्न पाए अझ उत्तम हुने थियो कि भन्ने हाम्लाई लाइराछ

    जदौ

    Reply
  11. सिर्जने says:
    April 14, 2016 at 11:13 pm

    एयरपोर्टका कर्मचारी खल्ती नभा’को लुगा लगाएपनि पैसो भन्दा अरु कुरामा ध्यान नजाने रै’छ / सुटकेश बुझाएर एयरपोर्ट सरुवा गराएपछि असुल उपर गर्ने परो, कुक्कुर धपा’र पैसो नआउनी! थुइक्क भातमाराहरु /

    Reply
  12. Rohini says:
    April 14, 2016 at 8:01 pm

    होइन एयरपोर्टमा जागिर खानेहरु के गरेर बस्छन? एयरपोर्टलाइ सफा अनि ब्यबस्थित राख्नु तिनीहरुको कर्तब्य होइन? नेपालका अधिकांस कर्मचारीहरु देसको लागि सोच्दैनन् आफ्नो लागि सोच्छन जसको परिणाम अहिले देस जताततै अस्तब्यस्त छ| अनि राजनीतिक नेता भैखाका हरुलाई त चाकडी पाए पुग्यो| प्रकृतिको देन त्यति सुन्दर देस कर्मचारी र कथित राजनीतिक नेताहरुलाई बादरको हातमा नरिवल भने जस्तै भयो|

    Reply
  13. harka shrestha says:
    April 14, 2016 at 7:57 pm

    कहिँ नौलो कुरा होइन कुकुर भयको ठाउँ मा कुकुर नै जान्छ.जनावर को दिमाख भयको मान्छे लाइ हाकिम बनाउनु हुनी थियन यो नौलो कुरा होइन उमेश जी je hos tapai लाइ thank you ]

    Reply
  14. Rajendra Man Singh says:
    April 14, 2016 at 7:48 pm

    Poor dogs.
    Dogs are good.
    Someone wash them, groom them, vaccinate them, so people don’t mind petting them.

    Reply
  15. हर्क बहादुर says:
    April 14, 2016 at 7:01 pm

    जति भने पनि सुन्ने होइन| नेपालीको क्षमता छैन भन्ने होइन पदमा बसेकाहरुको न योग्यता छ, न क्षमता|
    एराइभलमा पनि बाथरुम गन्हाउछ| भुई कैले लगातार सफा गर्ने होइन| भीआईपी कल्चर तु बन्द गर्न पर्छ| भीआईपी भनेर पावरवालाहरु भुँइको र बाथरुमको फोहोर देख्ने नपाई अर्कै च्यानेलबाट भित्र बाहिर हुन्छ| अर्कै वेटिङ्ग रुम मा बस्छन| कसरी हुन्छ सुधार? भन्दा भन्दा थाकिसक्यौ|
    कुनै ड्रास्टिक एक्सन नलिए सम्म सुधार आउने होइन| एकदुई दिन राम्रो हुन्छ फेरी जस्ता तस्तै| सार्बजनिक बाथरुम भन्ने दिनमा तीन पल्ट सफा गरेर हुँदैन| लगातार गरीनै रहनपर्छ|
    १. मापदण्ड बनाएर फोहोर र अव्यवस्थित देख्यो कि सम्बन्धित मन्त्रि र सचिवलाई तुरन्त फायर गर्नुपर्छ| एयरपोर्ट म्यानेजरलाई सरुवा मात्र होइन, दुई पद घटुवा गरिदिन्पर्छ| त्यो मात्र एकमात्र लाग्ने उपाय हो, नत्र जे गरे पनि हुँदैन|
    २. नेपालको लाजवाहक हो अन्तराष्ट्रिय एयरपोर्ट र आन्तरिक एयरपोर्ट पनि| होइन भने मन्त्रि र सचिवलाई कपडा भिजाएर घन्टौ भुँइ सफा गर्न लाउनपर्यो| र टीभीमा देखाउन पर्यो|
    ती दुई बाहेक अरु कुनै उपायो होला मित्रहरु सुधारको लागि? कति भन्ने हो?
    अति भयो अति|

    Reply
  16. Ekraj says:
    April 14, 2016 at 4:13 pm

    This is the exact face of Nepali Government, politicians and the those emoployees at the airport whose behaviours are below the status of rabies infected dogs.
    These thugs’ spent most time just to trouble everyone at the airport and use every mean tactics to get bribe from passengers.
    They have no interest to improve anything. Perhaps they already gobbled the budget just by creating fraud doments on repair expense. This year they will get another quote for the same repairment . Problem continues without any reapair and maintenance but the paper will show they already spent the money.

    Reply
  17. Michael says:
    April 14, 2016 at 2:50 pm

    ओली : यो देश को जनता देखेर पनि अचम्म मान्छु म त् | हाम्रो ने क पा एमालेको मान्छे होइनन प्रतिगामी तत्त्व ले यो लेख लेखे जस्तो छ | हैन सडक मा तपाइलाइ कुकुर न भेटिए ढुकुर भेटिन्छ त् ? जे भए पनि समस्या उठान गरिहाल्नु भो , आगमी बजेट मा मेरो सरकार लाइ कुकुर को परिबार नियोजन को लागि एक अरब रकम निकास गर्न निर्देशन दिन्छु |अब आगामी दिन मा घर घर मा पाइप लाइन बाट ग्यास आउछ तेही ग्यास मा पकाएको खाजा खाने , मेट्रो रेल चढेर एयर पोर्ट जाने |
    कुकुर को भक्से टोमि गर्न प्रतिपक्षी नेपालि कांग्रेस र नेपाल कम्निस्ट पार्टी माउबादी सग सह कार्य गर्न मेरो सरकार ले पहल गर्ने छ | किनभने तेस पार्टीमा दुइजना बरिस्ट डाक्टर हरु हुनुहुन्छ डा रामसरण महत र डाक्टर बाबुराम भट्टराइ |

    Reply
  18. eklavya says:
    April 14, 2016 at 1:56 pm

    You are watching one of the worst and the most corrupted airport in the world where anything can be passed out anything …except the legal one

    Reply
  19. Alex says:
    April 14, 2016 at 1:11 pm

    मलाई केही नौलो लगेन किन भने हाम्रो घर घर मा ग्यास लाइन ल्याउन लाई सबै व्यासथ होलान
    अरु त समस्याहरुमा खैर सबैले चित बुझाकै थिए तर यो त यार अती नै भो

    Reply
  20. SanjaY says:
    April 14, 2016 at 12:59 pm

    नेपालको कर्मचारी तन्त्र उल्टोबाट धेरै राम्रो भएकोले ………………………..

    Reply
  21. SanjaY says:
    April 14, 2016 at 12:36 pm

    नेपालको कर्मचारी तन्त्र राम्रो भएकोले (उल्टा बाट)……………..

    Reply
  22. sushil says:
    April 14, 2016 at 11:58 am

    पास देखाएर आएका हुन् कि, भित्र फोहोर खोतेल्ने टेन्डर पाएका छन् कि के थाहा? कि छिर्नै दिनु हुन्थेन. अब विदेशीलाई “यो सबै अन्डरकभर रिकनिसंस डग हो” भनिदिनुपर्छ. अब त्यहाँबाट ती कुकुरहरु हटाउन कसैले टाउको दुखाउने होइन होला क्यारे.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme