Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गद्दीबाट हटाइएका राजपरिवारको फेमिली फोटोसहितको शुभकामना, सन्देश विज्ञप्तिमा नेतालाई ‘अगस्ति’ भन्दै गाली

Posted on April 12, 2016 by Salokya

family_pic

२०६३ सालमा शक्तिविहीन बनाइएका राजा ज्ञानेन्द्रले २०७३ सालको शुभकामना नयाँ ढंगले दिएका छन्। धेरै वर्षपछि यो परिवारको फेमिली फोटो सार्वजनिक भएको छ। पूर्वयुवराज पारस र हिमानी पनि सँगै रहेको फोटोमा तीन सन्तान पनि देखिएका छन्। १० वर्ष भएको छ गणतन्त्र आएको। २०६३ बाट  २०७३। नेपालको इतिहासमा १०-१० वर्षमा केही न केही परिवर्तन हुने गरेको छ। १० वर्ष फेरि पनि पुगेको छ। के कतिपयले भने जस्तो होला त यो वर्ष राजतन्त्रको कमब्याक?यस्तो छ शुभकामना सन्देश-

family_pic1

अनि शुभकामना सन्देश पनि अर्थपूर्ण छ-

नेपाली दिदीबहीनी तथा दाजूभाइहरु,
२०७२ लाई विदाई गरेर हामी विक्रम सम्वत् २०७३ मा आईपुगेका छौ । नववर्षको शुभागमनको उपलक्ष्यमा म देश विदेशमा रहेवसेका समस्त नेपालीहरुमा सूख, शान्ति, समून्नतीको लागि कामना गर्दछू ।

विक्रम सम्वतले मिती, तिथी र नेपाली संस्कृतीलाई जोडेको हुन्छ । हाम्रा राष्ट्रिय मान्यताहरु ( धर्म, संस्कृती, भाषा, इतिहास र सभ्यता ( विपरित प्रहार भईरहेको वर्तमान अवस्थामा हाम्रा पूर्खाले सुम्पीएको धरोहरहरु आफ्ना सन्ततीलाई कसरी हस्तान्तरण गर्न सक्छौ भन्ने प्रश्न अहिले अझ पेचिलो वन्दै छ । त्यसका लागी दक्षिण एसियाको भुराजनितिक सम्वेदनशिलता र शक्ति सन्तुलनको हेक्का राख्न जरुरी छ ।

हामी को थियौं, कहां थियौं, अहिले कुन स्थितीमा छौँ, देश कता जांंदैछ, समाजको मनोदशा के छ, हाम्रो साझा र सहि मार्ग चित्र के हुनु पर्दछ, कसको के कस्तो त्याग र योगदान छ, कसको के कस्तो महत्व र मान्यता छ अनि क कसको कस्तो अर्गेल्याइंछ भन्ने विषयलाई वर्तमान अवस्थामा सवैले बुझिसकेका छन् ।

राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग गर्ने शासकीय शैलिले नेपाल कमजोर भैसकेको छ । राष्ट्र सम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भुमण्डलीय राजनिती नयां चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णा विचको फाटो नोक्सानदायी भैसकेकोछ । त्यसैले स्वदेशको माटोमा दह्रोसंग खुटृा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधिन प्रमूख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भैसकेको छ ।

आफ्नो भाषा, इतिहास र धर्म संस्कृतीहरु देशका आधार हून् भन्ने विषयलाई मनन् गर्दैै स्वदेश हेरेर मात्र विदेश हेरौं, स्वदेश चिनेर मात्र विदेश चिनौं, स्वदेश मानेर मात्र विदेश मानौं र स्वधर्म बूझेर मात्र परधर्म बुझौं यहि मेरो शूभकामना ।
श्री पशूपतीनाथले हामी सबैको कल्याण गरुन ।
जय नेपाल ।

 

सन्देशमा दक्षिण एसियाको भुराजनितिक सम्वेदनशिलता र शक्ति सन्तुलनको हेक्का राख्न जरुरी छ भनेर केलाई इङ्गित गर्न खोजिएको छ? तपाईँले संकेत बुझ्नुभयो होला।

अर्को अर्थपूर्ण वाक्य- हामी को थियौं, कहां थियौं, अहिले कुन स्थितीमा छौँ, देश कता जांंदैछ, समाजको मनोदशा के छ, हाम्रो साझा र सहि मार्ग चित्र के हुनु पर्दछ, कसको के कस्तो त्याग र योगदान छ, कसको के कस्तो महत्व र मान्यता छ अनि क कसको कस्तो अर्गेल्याइंछ भन्ने विषयलाई वर्तमान अवस्थामा सवैले बुझिसकेका छन् ।

अनि नेतालाई दह्रो दनक दिने काम चैँ यी वाक्यले गरेका छन्- राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भैसकेको छ । राष्ट्र सम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भुमण्डलीय राजनीति नयां चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णा विचको फाटो नोक्सानदायी भैसकेकोछ ।

अगस्ति भनेको चैँ एउटा त्यस्तो ऋषि हो जसले समुद्रको सबै पानी खाँदा पनि अघाउँदैन। खन्चुवा र घिचुवाको अर्थमा यो प्रयोग हुन्छ। पूर्वराजाले दह्रै दनक दिएका छन् नेतालाई।

अगस्तिको अर्थ पढ्नुस् शब्दकोशबाट-

agasti

 

34 thoughts on “गद्दीबाट हटाइएका राजपरिवारको फेमिली फोटोसहितको शुभकामना, सन्देश विज्ञप्तिमा नेतालाई ‘अगस्ति’ भन्दै गाली”

  1. prabkat says:
    April 16, 2016 at 9:48 pm

    ठुलो दोष त राजा को नै thiyo. ३० बर्षे एक छत्र सासन कालमा देशलाई बिकसित तुल्याउनु नसक्नु र राम्रो सोचाई हुने समाज को पुर्बाधार राख्न नसकेकोमा . अबत नेपाल यात हिटलर जस्तो आर्मी ची फ ले चलाउनु पर्र्छ यात बुद्ध जस्तो ‘ निस्स्वार्थ, छेमतावान बुद्दिजिबि ले, भोलि नेपाल ,भारत वा चिन को भयो वा तराई को भाग पाकिस्तान जस्तै छुट्टियो भनि समाचार आयो भने मा आस्चार्ये हुने छैन. किनभने देशको सत्तामा हुनेहरुले रुवाबासि बाहेक अरु केहि गर्न सक दै न
    स

    Reply
  2. rajan says:
    April 15, 2016 at 6:07 am

    प्रजातन्त्रमा सबैलाइ समान अधिकार हुन्छ । ज्ञानु पालामा कुनै नेताले यस्तो भनेको भ​ए भैरब नाथ गणको जिम्मा लगाउथ्यो होला । त्यस्तो देशको चिन्तानै छ भने किन चुनाबमा उठेर प्रधान मन्त्रि हुने आट गर्दैनौ तिमि, ह​ ज्ञाने ? किन सम्बै-धानिक भ​ए पनि वा बेबि-धानिक भ​ए पनि राजतन्त्र चाहीयो ? ठगि खान र मण्डले भर्ति गर्न लाइ ?

    उ बेला पन्चेहरु प्रधान मन्त्रि हुन राजाको होइन राजाको सचिबको तलुवा चाट्थे । रञ्जन राज खनाल, तारा बहादुर थापा, सरतचन्द्र शाह हरुको जस्ताको बोलबाला चलथ्यो भने । जगत गौचन, उत्तम राइ जस्ता दिन दहाडे बलात्कार गर्दै, मान्छे मार्दै हिड्थे । किनकी राजदरवारमा कमिशन पुर्याउने र केटी पुर्याउने उनिहरुलाइ सबै चिजको छुट थियो ।

    नेपालको लागु पदार्थ तस्करि र मुर्ति चोरिको ब्यापार को ब्यापार यहि ज्ञाने र धिरेको छत्रछायामा मौलाएको थियो । उबेला दिन दहाडे मान्छे मारिन्थे र कसैलाइ पत्तै हुदैन थ्यो । पोखराको कुख्यात नमिता सुमिता काण्ड यसैको नेत्रित्वमा भ​एको थियो । तस्तो गर्दा पनि सरक्षण दिएर राख्ने दाजुको बश हत्या गर्ने पनि यही ब्यभिचारी हो भन्ने हामि छोटो स्मरण शक्ति भ​एका नेपालिले पुरै बिर्सि सक्योउ ।

    Reply
  3. shyam says:
    April 14, 2016 at 1:47 pm

    Monarchy never returned back in any of the countries where that(Monarchy) was thrown away by the Communists. Russia, China, Cambodia, Laos, Afghanistan,Greece…..so on so forth. Only Nation that was lucky to have Monarchy returned is Great Britain(UK), And That was because there were no communists then. So Gyanendra sir, do dream but never expect. The title Agaststee better suits you too.

    Reply
  4. Kebi Ghotane says:
    April 14, 2016 at 9:21 am

    अब ………. ! त्यो अनावस्यक दिवा सपना नदेख्दा पनि हुन्छ ज्ञाने दाइ I आनन्दसंग इनज्योई गरि बस्दा हुन्छ I हुनत तिम्ले जनताको खुन पसिनामा गर्नु मोज गरिसक्यौ क्यारे , अब तिम्रो आसे पासे हरुलाई बाकि सम्पत्ति अझै पोस्नु भन्दा त बरु कुनै राम्रो सामाजिक सस्थाहरु खोलेर मस्त दान गरि जनसेवा गर्नु वा शिक्छा , स्वास्थ्य र उद्योग धन्दा हरुमा लगानी गरम न I केहि जनताले त रोजगार पाउलान, सबै खाडितिर त नजाउन तब न जनता आफै मुल्यांकन गर्लान I जति सम्पत्ति भएनी मरिलानु केहि छैनक्यारे, भोलि त्यो जसरि पनि नेपाल सरकार वा नेपाली जनताकै हुन्छ क्यारे I कि कसो मित्रहरु ?

    Reply
  5. dilip gurung says:
    April 14, 2016 at 2:52 am

    यो के सुन्नु परेको? हाम्रा नेताज्यूहरु त अगस्ती हुन् नै| यो ज्ञान बहादुर नि त खासै कम छ जस्तो छैन| ज्ञाने सरले नि देश को लागि आफुले के के गरे भनेर लिस्ट बनाउनु पर्यो भने चाही खासै केहि नहोला| ज्ञाने पनि लोभी नै देखिन्छ वहाको अहिले सम्मन को हर्कत हेर्ने हो भने| फेरी फेल भैसकेको मान्छे घरि घरि कराई बस्नु भनेको हताश मनस्थितिको सूचक मात्रै हो जस्तो देखिन्छ|

    हाम्रो ज्ञाने हाम्रो थान्गने प्राण भन्दा प्यारो छ|
    हाम्रो पारस हाम्रो चरस प्राण भन्दा प्यारो छ|

    Reply
  6. Magaraat Magar says:
    April 14, 2016 at 12:42 am

    नेपाल मा बाहुन बाद र छेत्री बाद भन्दा राजा बाद राजतन्त्र धेरै राम्रो छ घोस्खोरी र गद्धारी चल्दैन यक वर्ष चलायको थियो ज्ञानेन्द्र ले निक्कै राम्रो सेकुरिटी कदक थियो एयरपोर्ट मा अजै राम्रो सिस्टम बनायको थियो कर्मचारी त यहि ब्राह्मिन्स चोर हरु नै हुन् लिकिन राजाको दरले होला कम राम्रो थियो मगरात घर्ती मगर

    Reply
    1. राजन says:
      April 14, 2016 at 1:40 pm

      तेस्रोले, भस्म होलास् है चाकडिबाज मण्डले ।

      Reply
  7. punyaa prashad says:
    April 13, 2016 at 7:53 pm

    के घण्टा जस्तो कमेन्ट गरि रा का यी फटाहा चोर डाका ज्यानमारा कांग्रसी, कमुनिस्ते अनि माओबादी मसाले … हरु ले
    यी चोर फटाहा नेता हरु भन्दा त माइलो दाइ ज्ञाने कयेउ गुना राम्रो
    जे होस् नेपाल लाइ ” एउटा ” प्रेसिडेन्ट चाइयेको छ … सयेउ ब्वासा हरु लाइ गद्दी मा बसाएर देस एस्तो भा को हो

    Reply
    1. dor rampur says:
      April 14, 2016 at 1:07 am

      राजा कि प्रिसिडेन्ट ?
      जननिर्बाचित अस्थाई कि जन्मजात थाई ?

      Reply
    2. dilip gurung says:
      April 14, 2016 at 5:33 am

      सर,
      ज्ञानेको खेदो खन्न के कांग्रेसी, माओबादी, कम्युनिस्ट आदिले मात्रै पाउने भन्ने कहाँ लेख्या छ| हामी जस्ता कुनै दलमा नलागेकाले गर्ने नपाउने?

      जय ज्ञाने जय थान्गने!

      Reply
  8. हीरा says:
    April 13, 2016 at 4:44 pm

    ए पुर्ब राजन, आफ्नै कर्तुतले शाहबंश स्वाहा पारेको किन स्वीकार गर्दैनौ| बाजेहरुको सल्लाह मान्यौ, सखाप पार्यो, कुनै बेफुर्सदीको बेला सोच्दो हौ| प्रत्यक्ष शासन ताकाको क्याबिनेट गुलि डण्डा खेल्ने पार्टनरहरु जस्ता थिए, यति त् स्वीकार छौ होला पुर्ब राजन| उबेलाको क्याबिनेट सदस्य किचन होइन अर्कै थियो| नेपालीले ढोग गरेकै हुन्| अतिबादी हिन्दुपन देखाएर सरल हिन्दुले समेत राजतन्त्र नकारे|
    हालै ह्यारीको भ्रमणबाट केहि सिक्यौ बुझ्यौ होला| थाइल्याण्डमा पारसे बर्षौ बसे तर सिकेनन त्यहाको राजतन्त्र बारे| उल्टो नेपालीको कालो छबि बनाए|
    यस्तो हालतमा राजतन्त्र ब्युँताउने कसैले सपना देखाउंछ भने त्यसलाई चाकडी र दिवास्वप्न मात्र भने हुन्छ पुर्ब राजन| चेतना भया|
    अहिले अरुलाई अगस्ती भनेर के फायदा? सर्पले सर्पकै खुट्टा देखेको हुनपर्छ|

    Reply
  9. HarataraH says:
    April 13, 2016 at 1:10 pm

    अरुलाई दोषी लेख्नेले उल्लेखनिय काम गरेको खोइ ज्ञानेन्द्र? आफ्नै नेपाली लेख्ने’रु (माथि) शुद्व छैन, के को भाषा-संस्कृति? दुनियालाई थाहा छ हामि कति बलियो भएर बसिया छौ! अझै पनि सोझो-नबुझ्नेहरु भने फोलो गरि रहेछन| परिवर्तन गर्न सकिन्छ भने लु त गरेर देखाउ! म चै भरतराम, Micael , मदन सर्ससंग अग्री छुँ!!!

    Reply
  10. Ambika Prasad Dhakal says:
    April 13, 2016 at 12:32 pm

    सन्देस दिनु राम्रै हो हामीले पनि दिएकै हो, रह्यो ज्ञानेन्द्र आउने कुरा तेस्मा पनि समयले कोल्टे फेरी सकेको यो अवस्थामा कोरा कल्पना मात्र त हो, मिठो सपना देख्न सबैलाई छुट छ

    Reply
  11. Durga Adhikari says:
    April 13, 2016 at 8:59 am

    यौटा माहा अगस्तिले अर्को अगस्तिलाई अगस्ती भन्नु कुन नौलो कुरा भयो र? यौटा कुकुरले अर्को कुकुरलाई हाड चुसिरहेको देख्न नसकेको मात्र हो/ नत्र व्यवस्था ठिक ठाउमा आई पुगेको छ/ एस्लाई राम्रो संग परिचालन गर्ने संयन्त्रको मात्र खाचो हो/

    Reply
    1. Shyam says:
      April 13, 2016 at 7:04 pm

      त्येसका बजेको खप्पर, कुन नेत्रले हेरेको हो कुन्नि?

      Reply
  12. Ram Babu Shrestha says:
    April 13, 2016 at 8:21 am

    नेपाल सम्बत चलाऔं, नेपाल िलपि र संयुक्त राष्ट्र संघ िछर्न सफल रञ्जना िलपि चलाऔं, नेपाल संस्कृति चलाऔं, नेपाल भाषा चलाऔं, नेपाल कै धर्म चलाऔं कसैले केही गर्न सक्ने छैन । िबदेशी चलनहरु चलाउन खोज्दाको फल हो अहिलेको अवस्था ।

    Reply
  13. Bayan says:
    April 13, 2016 at 7:56 am

    टुक्रिएको सोवियत संघ फेरी जस्ताको तस्तै हुने सम्भावना जति छ, नेपालमा राजतन्त्र फेरी फर्कने सम्भावना त्यो भन्दा बढी छैन/

    Reply
  14. Krishna Lamsal says:
    April 13, 2016 at 6:40 am

    राजा भै सकेको मान्छे सामान्य जनता बन्नु पर्दा “हामि के थियौ, के भयौ” भन्ने लाग्नु कुनै नौलो भएन. अहिले त पारश पनि उग्लिएछन, पहिले राजसंस्था नजादै यस्तै खाले फूटा मा उनि के बिधि राम्रा देखिएका थिए…जेहोस अ……ब………..ज…..स……रि……भ ……ए….. प……नि…..र….ह……र….इ……मे….ट…… नु……त……हो…….ओ…….नि….

    Reply
  15. ankit sharma says:
    April 13, 2016 at 12:16 am

    Just look at the fall of Russian Empire in 1917, creastion of USSR from 1920 then fall of USSR 1985-1991. Even kids can understand what is being done to Nepal. The day people were forced to came to street in 2006 was the final day which started fall of Nepal. The fertile ground of communism is sin to every poor country, and these thugs are using communism to disintegrate Nepal and which is almost successful. Just few years more then there will be no country named Nepal.

    Nepalese are not eligible for peace and development as in each few years then need change (see neither of the ruling dynasty has long history of ruling in Nepal). No stability at all. Nepalese are not loyal to any system and are always easy to manipulate against the contemporary system. So, conclusion is that Nepalese do not deserve better than what they are getting right now. Bitter but this is the truth.

    Reply
  16. Ramji Gurung says:
    April 12, 2016 at 11:09 pm

    Dont see dream Panche

    Reply
  17. Ramji Gurung says:
    April 12, 2016 at 11:03 pm

    Agasti was himself Gyanendra.

    Reply
  18. Ramji Gurung says:
    April 12, 2016 at 10:54 pm

    यो नयाँ सालको शुभकामना संदेश ज्ञानेन्द्रे को दिवा सपना सन्देश हो ।अर्थहीन ,मुल्यहिन सन्देस।चिल्ला कुरा गरेर कोहि फाइदा हुनेवाला छैन।ज्ञानेन्द्रे कुन जन्तु हो त्यस्को मूल्याकंन पहिल्यै जनताले गरिसकेको हो।यो अगस्ती को उदाहरण स्वायम ज्ञाने लाई नै सुहाउदो छ ।जय गणतान्त्रिक नेपाल।

    Reply
  19. madan bajracharya says:
    April 12, 2016 at 10:37 pm

    गिरिजाले नेपालमा कुशासन चलायको थियो/ मधेशबादको कुराजनिती नै अराजकता को प्रमुख कारण हो र छद्म रुपमा गिरिजानै तेस्को प्रमुख नेता थिय/ सकेमा तराईलाई नेपाल बात अलग्याउने दुराशय बोकेको मधेशबादीहरु तराईमा अल्पमतमा थिय/ तिनीहरुलाई बहुमतमा पुर्याउन गिरिजाले बिरेन्द्रको पालामा नक्कली नागरिकता विधेक बनायर बीरेन्द्रलाई झुक्याउन खोजेको थियो/ बिरेन्द्र झुक्कियन तर ज्ञानेन्द्र ज्यु तपाईं झुक्किनु भयो/ नेपालकै जनजातिको भाषालाई नगरपालिकामा कामकाजी भाषा बनाउन नदिने गिरिजाले सम्पूर्ण तराईलाई मधेशीको स्वायत तथा आत्म निर्णय गर्न समेत सकिने राज्य बनाउन दिने सम्झौता गरे/ तेस्तो गिरिजालाई देउपाले सदके बनाईसकेको थियो भने तपाईंले संविधानको धारा १२७को दुरुपयोग गरेर सदके बनेको गिरिजालाई सदनको राजा बनाउनु भयो त् तपाइंको गद्दी गुम्यो/ मद्शेस्बादी राजनीति गर्नेको निमित ठुलो बाधा बनेको बिरेन्द्र र बिरेंद्र्कै नीति अबलम्बन गर्न सक्ने जत्तिको सामुहिक हत्या भयकोलाइ गिरिजाले नै “ग्रायण्ड डिजाईन” भनेको थियो/ त् बिरेद्र र बिरेन्द्रको नीति अबलम्बन गर्न सक्ने सबैको हत्या गरेर तपाइंलाई राजा बनाउनु पनि ग्रायण्ड डिजाईन हुन् सक्ने कुरामा तपाइंले बिचार गरेर राजनीति गर्न सक्नु भयको भय तपाईं सायद आज पनि गद्दिमै रहिरहने थियो/ तपाईंमा भयको कमजोरी पनि आजको आजको राजनैतिक दुरावस्थाको प्रमुख कारण हो/ त् अरु जत्ति दोषी अरु छन् तिनीहरु भन्दा कम दोषी तपाईं पनि हुनु हुन्न/

    Reply
  20. Micahel says:
    April 12, 2016 at 10:35 pm

    अब नेतालाई आज कसैले अगत्स भन्ला , भोलि कसैले दुसासन , दुर्योधन पर्सि धुन्ध कारी , रावण, बिभिसन , पुतना हामि नेपालि ले के के को परिभासा मात्र हेरी बस्ने ?

    किनकि सबै दुर्गुण चरित्र बोकेका नेताहरु नेपाल मा छन् | उदाहरण को लागि देश को दुरावस्था र राजतन्त्र छँदा भन्दा अहिले देश आर्थिक , राजनीतिक ,बैदेसिक रुप मा धोस्त हुँदै बिखन्डन को संघार मा आएको अबस्था देश को छ | एसका मूल जिम्बेबार राजतन्त् गएपछि देश को सर्बेसर्बा बनेका गिरिजा, प्रचण्ड , माकुने ,झलनाथ , बाबुराम ,सुसिल , ओली नै हुन् | म त् अब ज्ञानेन्द्रको बोल्न पाउने अधिकार को पुरा समर्थन गर्छु | तर नागार्जुन मा ज्ञानेन्द्र लाइ बस्न दिने , भू पु पियम , रास्ट्रपति लाइ आबास दिएकोमा घोर आपत्ति छ | किनभने अझै लाखौ भुकम्प पिडित र गरिब नेपालीको छानो छैन , तिनले
    तिरेको करको रकम बाट यिनीहरु सुबिधालिने , विदेश घुम्ने ??

    यो सब को जिम्बेबार र आजको कालो बजारिया को जिम्बेबार , देश को भासा , संस्कृति , प्राकृतिक स्रोत ,शिक्ष्या , भौगोलिक सिमाना मा हुने ब्यापक भारतीय हस्तछेप को जिम्बेबार आजको यो नेता हरु नै हो |
    ज्ञानेन्द्र लाइ साल को एक चोटी मात्र हैन अब महिने पिछे ब्यक्ताब्य निकाल्न आग्रह गर्छु |

    Reply
    1. madan bajracharya says:
      April 13, 2016 at 11:17 pm

      मिचेल ज्यु,
      साँच्चैको लोकतन्त्र देसको नागरिकहरुको प्रतिनिधिहरुले बहुमतले बनाउने शासन पद्दति हो/ यस्तो ब्यबस्था राजतन्त्र भन्दा उतम नै हुन्छ भन्ने उदाहरण बनेको अनेकौं छन्/ तर नेपालमा अहिले लोकतन्त्र भनियको “तन्त्र” बिस्तारै समस्त तराईलाई नेपाल बात अलग्याउन सकिने ब्यबस्था गर्न भारतले सुझायाको लादेको तन्त्र हो/ तत्कालिन राजा बिरेन्द्र जनप्रिय थियो/ तेतिबेला भारतीय बिस्तारबाद र भारतको कठपुतली मुर्दावाद भनेर बिद्रोह गर्ने मावोबादिले पनि बीरेन्द्रलाई महान रास्त्रवादी भनेको थियो र तिनीहरुले नेपालमा राजतन्त्र हटाउनु पर्छ र २/३ बहुमत बात राजतन्त्र समेत हटाउन सकिने र अरु कुनै पनि परिबर्तन गर्न सकिने २०४८को संबिधान भनेर माग राखेको पनि थियन/ कांग्रेस यमाले पनि तेतिबेला संबैधानिक राजतन्त्रको समर्थक नै थियो/ तर तेही मावोबादी सिट दिल्लीमा सम्झौता गैर फर्केको कांग्रेस यमाले र मावोबादीको नेताहरुले जनताले पनि नमागेको गर्दा आफले पनि नमागेको संघियता र राजतन्त्र हटाउने निर्णय गर्दै/ यस्तो निर्णय गर्न उनीहरुलाई नेपालको नागरिकहरुले कुनै म्यान्डेड दियको थियन दिल्लीले दियको थियो भन्ने कुराको प्रमाण दिल्ली सम्झौता दिल्लीले दिल्लीकै हिन्दि भाषामा लेखे बाटै प्रमाणित हुन्छ/

      नेपालको संबैधानिक राजतन्त्र र २०४८को संबिधान तराइलाइ अहिले मधेसीको स्वायत मधेश पछि भारतको प्रदेश बनाउन र नेपालमा प्रजातन्त्र लोकतन्त्र आदिको नाममा “भारत निर्देशित तन्त्र” चलाउन चाहनेको निमित ठुलो बाधा बनेको थियो/गिरिजाले बिरेन्द्रको हत्या ग्रायण्ड डिजाईन भयको भनेको थियो/ मधेशबाद को निमित प्रमुख बाधक बनेको बिरेन्द्रको हत्या ग्रायण्ड डिजाईन हो भने नेपालको संबैधानिक राजतन्त्र हटाउने मधेश्बादिको माग क्रमस पुरा गर्दै जाने, बहुमत भन्द अल्पमतिया मधेशबादी निर्णायक हुनु पर्ने आदि पनि ग्रायण्ड डिजाईन अन्तर्गत नै भयको देखिन्छ/

      राजतन्त्रको बारेमा निर्णय गर्न सक्ने आधिकारिक शक्ति नेपालकै नागरिकहरुको बहुमत मात्रै हुनु पर्ने थियो तर भै दिय दिय दिल्लीमा दिल्लीकै हिन्दि भाषामा दिल्लीले नै लेखेको सम्झौता नामको भारतको निर्देशिकामा ल्याप्चे ठोक्नेहरु/ सबै बिकृतिको कारण यहि हो/

      Reply
      1. Michael says:
        April 14, 2016 at 6:05 pm

        मदन जी
        हामीले माने पनि , न माने पनि यो युद्द को स्थिति छ नेपाल मा | कारण , भारतीय ले मधेस उठाएर नेपाल बिखन्डन को धम्कि दियो , संबिधान बनाउन पाउने हाम्रो अधिकार मा चुनौती दियो , र बिनाकारण भुकम्प पिडित नेपाल मा निर्दयता पुर्बक नाकाबन्दी लगायो | तेस्को समर्थन गर्ने मदिसे नेता हरु र बाबुराम समेत देश द्रोही हो | किनभने स्वयम् भारतीय केन्द्रले सम्म नेपाल को नाकाबन्दी गलत थ्यो भनेर पछि हट्न बाध्य भयो |

        नेपाल मा ७ साल देखि नै दुख दि आएको छ भारत ले , कहिले पंचायती तानासाह मा बस्न बादी पार्यो हामीलाई , फेरी पनि बिकाश हुन् दिएँन ( त्रिभुबन राजपथ को बिकल्प समेत बन्न दिएँन ), उतारी नाका मा अबरोध गर्यो | बहुदल आएपछि भटाभट बिहारीलाई सभासद , बनाउने , नागरिकता दिलाउने गर्दै नेपाल लाइ नै भारत मा रुपान्तरण गर्ने एउटा मिसन मा छ उनीहरु | आर्को मिसन तराइ मा सी के राउत हरु खुलेआम सेना गठन मा छ देश को सरकार चुप छ जस्तो कि राजाको पालामा माउबादी ले सेना गठन गर्दा चुप लागे जस्तो | त्यो सेना क्यान्सर हो यो जान्दा जान्दै पनि नेपाल सरकार किन चुप लाग्न बाध्य छ ? किनकि भारतीय दुतावास ले समानान्तर सरकार नेपाल मा चलाई रहेको छ |
        देश बिकास गर्न जुन बाद पनि काफी छ , बाद हरु , राजतन्त्र आफैमा गलत थिएनन् |
        तर दुस्ट छिमेकी ले सताइएको हामि स्थिर सरकार न बन्दा , धेरै हस्तछेप हुँदा अगि बढ्न न सकेको हो |

        अब येउतै उपाय भनेको चिनिया लगानी भित्राउने , उत्तर तिर बढी भन्दा बढी नाका खोल्ने
        देश मा पश्चिमी हस्तछेप ( भारतीय हस्तछेप भन्दा भिसन डरलाग्दो ) रोक्ने , बिदेशी धर्म प्रचार रोक्ने , जातिगत फुट लेउने येन जी वो लाइ निर्मुल गर्ने आदि |
        तर यो सब भन्दा उत्तर तिर को रेल , चिनिया नाका आदि नेपाल को लागि जिबन मरण को औसधि हो |
        राजतन्त्र आउदैमा पनि केहि गर्न सक्दैन | नेपाल लाइ भुटान मात्र बनाएर राख्ने इन्डियन नियत भएको भए राज तन्त्र जान्दैनथ्यो सायद | उ नेपाल को नदीनाला ,पानि , जवानी , बाहादुर सब लुट्न लागिपरेको छ |

        Reply
  21. dor rampur says:
    April 12, 2016 at 10:08 pm

    “राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग गर्ने शासकीय शैलिले नेपाल कमजोर भैसकेको छ । ”
    एसको सुरुवात त मौसुफ सरकार र आसेपासे बताई गरि बकिशियो ,,,

    नेपाली लै राम्रो नेता चैहिएको छ राजा होइन !!!

    Reply
  22. jha says:
    April 12, 2016 at 8:56 pm

    जय देस जय नरेस्, शुभकामना सबैलाई

    Reply
  23. भरतराम says:
    April 12, 2016 at 8:48 pm

    बाबुराम अर्थ मन्त्रि हुँदा केहि दिनलाई मात्र भनेर बस्न दिएको नागार्जुन बंगलाको म्याद सकेन र भन्या? निर्मल निवास र सोल्टी होटल, ताहाचाल दरवार आफैले अर्जेको त्यतिका श्रीसम्पति हुँदाहुँदै पनि जनताको नागार्जुन बंगला अब खालि गरे कसो होला? लोभको पराकाष्टाले मुकुटै भुर्कुट पार्यो हो! हैट!

    Reply
    1. राजन says:
      April 13, 2016 at 9:54 pm

      काम नगरी फोकटको खान पल्केको, बानि कसरी सुध्रिन्छ यति चांडै ?

      Reply
  24. Rishav says:
    April 12, 2016 at 8:34 pm

    Yawn. Same old, same old boring rhetoric. Ex-king Gyanendra once said the monarchy will come back if the people wanted. Maybe he needs to give a more arousing speech to make people want him rather than this stale drivel he pelts out every year? Even KP Oli throws in some proverbs and anecdotes here and there and makes his speech hilariously noticeable. Hey, it’s obvious our country is facing problems but this speech doesn’t talk of a solution. No way will the monarchy return. At least not with pithy speeches like these. Sorry King, not sorry.

    Reply
    1. gurung dilip says:
      April 14, 2016 at 2:54 am

      रिशवजी,
      १००% सहमित छ| तर पाई को कुरा बुझ्ने माइसंसारमा खासै छैन जस्तो छ| २ लाइक वस ८ दिस्लाई स्पिक्स अ भोल्युम ओन द रिडर्स हियर|

      Reply
      1. Rishav says:
        April 15, 2016 at 4:16 am

        Hi Dilip! Not here for popularity, here to tell the truth. Thanks for your support. I just want to remind Nepalese that we need to move forward if we want to become great again. Maybe one day, I might stop coming to mysansar if I think people don’t listen. Till then, I’m ok with the unpopularity.

        Thanks again!

        Reply
  25. Ekraj says:
    April 12, 2016 at 8:06 pm

    Definitely Gyanedra put in words about the characters of Nepalese politicians and rulers within the current, past and would be future government context. Most Nepalese know it very well and they do not have to borrow these words from Gyanendra Shah to describe their characters and which way the country is going.
    When it comes to Gyanendra’s greeting he is saying “ma kamana gardachhu”. Is it not the greeting from whole family?

    Anyway was Gyanendra any different from these thug politicians when it comes looking after his own interests?
    If law and order was working in Nepal and anybody had guts to implement it, most politicians, ministers including Gyanendra would have in jail for many years.
    People of Nepal had no choice when it comes to making Govenment, they are always destined to be ruled by some of notorious criminals in the history.
    What is the way out of it. Just do not run after these thugs, keep working hard, do not bribe politicians and govrnment officers, be honest and outcast all those thugs in all fuctions, events and neighbourhood and completely ignore them to the level as if they donot exist at all. This is as good as they being completely excised from society. If they do not exist they can not trouble you.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme