Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशबाट परिवार वा साथीभाइलाई मोबाइल ल्याउँदै हुनुहुन्छ? यो पढ्नुस्, अब पहिले जस्तो सजिलो हुनेछैन

Posted on April 12, 2016April 12, 2016 by Salokya

mobiles विदेशबाट आउँदै गरेका परिवारका सदस्य वा साथीभाइलाई नेपालमा भएकाहरुले गिफ्टको आशा गर्नु सामान्य नै भयो। तीमध्ये केहीले मोबाइल माग्छन्। हुनत अहिले सजिलो पनि हो, विदेशबाट मोबाइल मगायो, यहाँ बजारमा किन्नेभन्दा सस्तो भइहाल्छ। नेपालमा ल्यायो, यताको सिम राख्यो- चलायो। आनन्दै।

तर पख्नुस्, अब यति सजिलो हुनेछैन विदेशबाट ल्याउने मोबाइल चलाउन। मोबाइल फोनहरुबारे नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख १ गतेदेखि नयाँ नियम बनाउँदैछ। प्राधिकरण भनेको टेलिफोन, मोबाइल, इन्टरनेटलगायतका सेवा नियमन गर्ने निकाय हो। यसले नेपाल टेलिकम, एनसेल, युटिएल आदि मोबाइल सेवा दिनेदेखि आइएसपीसम्मलाई निर्देशन दिने काम गर्छ। नयाँ नियम अनुसार तपाईँले विदेशबाट ल्याएको मोबाइल के हुन्छ त?

तपाईँले त्यसरी विदेशबाट ल्याएको मोबाइल नेपाल दूरसञ्चार प्राधिकरणमा लगे दर्ता गर्नुपर्ने हुन्छ। त्यसका लागि तपाईँले यस्तो फाराम भर्नुपर्छ
[documentcloud url=”https://www.documentcloud.org/documents/2798953-Interim-Directives-for-the-National-Equipment/annotations/288501.html”]

फारामका साथ तपाईँले नागरिकता वा पासपोर्ट पनि बुझाउनु पर्छ। वैशाख १ गतेदेखि प्राधिकरणको यो अन्तरिम निर्देशिका लागू हुने भए पनि विदेशबाट ल्याएका मोबाइलको IMEI नम्बर फाराम भरेर दर्ता गराउन लानुपर्ने यो व्यवस्था चाहिँ दशैँपछि अर्थात् २०७३ कात्तिक १ गतेदेखि मात्रै लागू हुनेछ।

दर्ता गर्नका लागि तपाईँसित भन्सार तिरेको कागजात पनि पक्कै खोजिनेछ। प्राधिकरणले क्लियरेन्स दिइसकेपछि मात्रै तपाईँले हाल्ने एनसेल वा नेपाल टेलिकम वा अन्य सिमहरुले यी मोबाइलमा काम गर्नेछन्।

व्यक्तिगत रुपमा नभई बेच्नका लागि कम्पनीले ल्याउने मोबाइलमा भने तपाईँले केही गर्नुपर्ने छैन। कम्पनीले नै IMEI नम्बर दर्ता गरिदिन्छ। सक्कली र भन्सार तिरेका मोबाइलहरुमात्र प्रयोगमा आउन् भनेर यस्तो नियम लागू गर्न लागिएको हो।

[documentcloud url=”https://www.documentcloud.org/documents/2798953-Interim-Directives-for-the-National-Equipment/annotations/288503.html”]

पुराना मोबाइल के हुन्छन् त ?
२०७२ चैत ३० गतेसम्म चलाइएका मोबाइलहरुको सेवा रोकिने छैन। ती मोबाइलहरु विदेशबाट ल्याइएका हुन् कि नेपालमै किनिएका हुन् कि जेसुकै होस्, सेवा रोकिने छैन।

त्यस्तै अब जस्तोसुकै मोबाइल पनि चलाउन पाइने छैन। प्राधिकरणले टाइप अप्रुभ गरेका मोबाइलहरु मात्रै व्यापारीले आयात गर्न पाउने छन्।

ग्राहकका रुपमा तपाईँले के के गर्नुपर्ने भन्ने बारे अन्तरिम निर्देशिकाको यो भागमा विस्तृत छ-

[documentcloud url=”https://www.documentcloud.org/documents/2798953-Interim-Directives-for-the-National-Equipment.html#document/p4″]

सुरुमा त विदेशबाट ल्याएका मोबाइल ह्यान्डसेटको भन्सार तिर्नुपर्‍यो। अनि प्राधिकरणमा IMEI नम्बर दर्ता गराउन जानु पर्‍यो।

अब मोबाइल हरायो वा चोरी भयो भने पनि सजिलै हुने भयो। तपाईँले फाराम भरेर त्यस्तो मोबाइल ह्यान्डसेटलाई ब्लक गर्न सक्नुहुनेछ। अथवा ट्रयाक पनि गर्न सक्नुहुनेछ। यो अनुसार
अब हराएको मोबाइल कसैले भेट्टायो भने पनि त्यसमा सिम राखेर चलाउन मिल्ने छैन।

विदेशबाट नेपाल आएका पाहुना वा पर्यटकहरुले आफूले ल्याएको मोबाइलमा यहाँको सिम हालेर चलाउन चाहेमा पनि १५ दिनभित्र IMEI कोडसहित फाराम बुझाउनु पर्नेछ।

यसबारे सूचना तपाईँलाई तपाईँको मोबाइल सेवा दिने कम्पनीले एसएमएस वा अन्य माध्यमबाट पनि पक्कै दिनेछन्। निर्देशिकामा त्यस्तै व्यवस्था छ। निर्देशिका पूरा पढ्न यहाँ क्लिक गर्नुस्। केही प्रश्न? तल कमेन्टमा लेख्नुस्। केही सुझाव ? तल लेख्नुस्।

35 thoughts on “विदेशबाट परिवार वा साथीभाइलाई मोबाइल ल्याउँदै हुनुहुन्छ? यो पढ्नुस्, अब पहिले जस्तो सजिलो हुनेछैन”

  1. Balsher Rai says:
    May 7, 2016 at 9:41 am

    व्यक्तिगत प्रायोजन को लागि किनेको मोबाइल विदेश बाट घर आउदा पनि प्रयोग गरिने भएको ले बिदश बाटै फारम भरेर इमेल गर्दा पनि दर्ता गराउनु सकिन्छ ?

    Reply
  2. राजेन्द्र रेग्मी says:
    May 7, 2016 at 9:07 am

    बिदेस बाट पुरानो चलाइ रहेको मोबाइल लियेर आउँदा पनि राज्स्व तिर्नु पर्ने के के हो यो देश नेपाल नेता ले पाधेको कुर्सी ले नभै खाडी मा नेपाली को छोरा ले छादेको रगत ले चली रहेको छ , २, बर्ष बिदेश मा दुख गरेर १ उटा मोबाइल बोकेर आउँदा त्यो पनि नचल्ने
    कहि नभएको हाडी गाउँ को जात्रा नेपाल मै भयेछ

    Reply
  3. Milan says:
    May 7, 2016 at 4:29 am

    जानकारी को लागि सालोक्य दाइ लै धन्यबाद
    तर दाइहामीले भन्सार चै कहा बुझाउने नि कि दुर्संचास्र मै ! अनि तेसो भए त या बिदेस बाट नि महँगो दाम लाएर लग्यो अनि नेपाल मा नि तान्ने तिर्नु पर्ने भो भने तसक्की गो नि! कि सुल्क चै सय रुपैया भन्दा तल हुनु पारो त्यति त तिर्न सकिन्क्ष होलानी त! केहि बुझ्नु भाको छ भने जानकारी गराई दिनु भए माजस्ता कन्फुज सबैले सजिलै बुज्ने थिए

    Reply
  4. Rājêñđřä Mâllã says:
    May 7, 2016 at 3:29 am

    एता गर उता गर हामी जन्तालाई सास्ति त हो ,,
    सजिलो र सुबिधाको त अब आशा नगरौं होला

    Reply
  5. Gehendra r.Bajracharya says:
    April 21, 2016 at 5:44 am

    गरिब देशको धनी चालो …… हाहाहा ……..
    सुन्दा नि हाँसो लाग्ने …….!एकातिर पर्यटक बढाउने कुरा गर्ने अर्कोतिर पर्यटक घटाउने काम गर्ने …..ल अब नेपालले धेरै धेरै बिकाश गर्ने भो उल्टो बाट ……एस्तो नियेम ल्याउने सरकार लाइ म के दिउन ?बधाई दिउ कि गालि दिउन ?

    Reply
  6. Nath Timsina says:
    April 19, 2016 at 12:11 pm

    What? Omg, why is Nepal going so backward? I haven’t heard any such restrictions in any other country, but why so jealousy?
    Seems government wants its citizens to go live in cave one day. The same neighbors have progressed so much in IT with encouragement from Government both making billions in return. When are we gonna see people with brain in Gov. The reason behind security is just BS.

    Reply
  7. छम राना says:
    April 18, 2016 at 7:24 pm

    बिदेशबाट फर्किदा एक सेट मोबाइलमा भन्सार छुट हुन्थ्यो त्यसमा पनि यो टेलिकमलाइ डाह लागे जस्तो छ !अब भन्सार छुटको मोबाइलको imei नम्बर टेलिकममा दर्ता गराउन जादा खोइ भन्सार तिरेको बिल भनेर पक्कै भन्छ ! भन्सार फ्री को हो भनेर कहाँ मान्छ ? अलिकती नजराना त्यतै चढाउनै पर्‍यो ! के के हो सिस्टम पनि नेपालमा ! मरे पछि बुझिन्छ कि ?

    Reply
  8. tejnarayan tripathi says:
    April 16, 2016 at 3:00 pm

    ए बाबा हो के हि नपायर मोबाइल लाई पो बर्बाद बनाउन लाग्यछ त अब ओकि टोकी ल्याउन पर्ला र ल्यापटप ल्याउन पर्ला मोबाइल चै ल्याएन हुदाहुदै येस्तो भयो नेपाल भित्र जय नेपाल जय टेलीकमुनिकेसन

    Reply
  9. kashiram bhattarai says:
    April 16, 2016 at 9:22 am

    यो भन्सार चाहिँ कहाँ बुझाउनु पर्ने होत? जादा जाँदै एअर्पोर्ट मा या पछि प्रश्ट पार्नु पर्यो नि

    Reply
  10. suren says:
    April 15, 2016 at 6:59 pm

    काहीँ नभाकाे जात्रा हाडि गाउँमा

    Reply
  11. Gajendra Rana magar says:
    April 14, 2016 at 12:48 pm

    बिदेश बाट आउने ले एउटा मोबाइल ल्याउदा भन्सार ललाग्दैन नलागे पछि तिर्ने कुरा भएन !त्यो मोबाइल क्चै के गर्ने?

    Reply
  12. samip says:
    April 13, 2016 at 2:05 pm

    विदेशबाट कामगरी फर्किदा ल्याउन पाइने एक सेट मोबाइल पनि राम्रो संग चलाउन नपाउने भइयो , यसलाई भन्सार तिरी तिरी के को चलाउनु ,, उटेको सेट चलाउने हो ,,दोहोरो खर्च अनि आम्दानि खाने कुर्सीका किर्ना हरु |

    Reply
  13. Basant says:
    April 13, 2016 at 7:23 am

    विदेशमा दुख गरेर आफन्तजन लाई उपहार भनि ल्याइदिएको फोन राजस्व तिरेर चलाउनु जायज होला तर तेही तिरेको कर ले नेताको परिवार पोश्नु पाल्नु सिटामोल खान औषधि उपचार गर्न विदेश लाग्नु कति जायज होला?

    Reply
  14. mohan says:
    April 12, 2016 at 8:05 pm

    यदि शुर्क्छ्या कैलागी हो भने यो काम एकदम राम्रो तर विदेश बाट आफ्नो घरपरिवार या कुनै साथीभाई लाई दियको गिफ्टको भन्सार तिरेर चलाउनु भनेको सिधै नेपाली गरिब जनता ठग्नु हो ८०% आर्थत्न्त्र बैदेशिक रोजगारी का शर्मिक हरुबाट धानियको छ तर पनि आजसम्म सरकार ले उनीहरु को लागि केहि गर्न सकेको छैन कहिले एरपोर्ट भन्सार कहिले के भन्सार नालायक सरकार आझै पनि गरिब जनता को रगत चुसेर न पुगेकोले फेरी नया जुक्ति निकाली सकेछ
    सिधै भने भैगोनि नेपलका जनताले सुख् संग कहिले पनि बच्न पौने छैन हामी साधा कुनैं न कुनै जुक्तिनिकलेर पनि रगत चुसेकनै हुनेछोउ भनेर

    Reply
  15. Shyam says:
    April 12, 2016 at 7:05 pm

    मोबाइल को भन्सार पनि प्रति इन्च को हिसाबले तिर्नु पर्ने हो कि?

    Reply
  16. Padam Gurung says:
    April 12, 2016 at 5:11 pm

    कहिँ नभएको जात्रा हाडी गाउमा , नेपाल दुर संचारले आफ्नै खुट्टामा बन्चरोले हान्यो l बाहिर भित्र जहाँ भए पनि त्यो बय्क्ति नेपालमा भए पछि त नेपाली कम्मुनिकेसन नै त चलौथ्यो तर बाहिरी बेदेशी ले त भन्सार तिर्दैन र उस ले आफ्नै कमुनिकेसन उसकै देस बाट लिएर आउछ त्यहि चलाउने छ र त्यो आम्दानी पनि गुमायो नेपालले l लाटो लड्छ एक बल्दांग बाठो लड़छा तिन बल्दांग भनेको यहि हो l

    Reply
  17. Dimish says:
    April 12, 2016 at 2:46 pm

    IMEI दर्ता गर्नलाई दुरसन्चार प्राधिकरणले अनलाइन बाट गर्न ब्यबस्था मिलायो भने सजिलो हुने थियो । दुरसन्चार प्राधिकरण जस्तो आधुनिक सुबिधा प्रदान गर्ने संस्थाको पनि काम गराइ उही परम्परागत त होला नि ।

    Reply
  18. Michael says:
    April 12, 2016 at 2:31 pm

    ” संसार छोडेर लुतोमा हात ” देश कालोबजार ले ग्रसित छ | ग्यास अझै लुकाएको छ |
    कुन चै मन्त्रि ले मोबाइल कम्पनि बात घुस खाएर यो नियम बना जस्तो छ |

    Reply
  19. bimal thakur says:
    April 12, 2016 at 1:31 pm

    यदि यसो हो भने, त कुन नयाँ वा पुरानो मोबाइल को कति भन्सार तिर्नुपर्ने हुन्छ , कृपया बताई दिनुपर्यो।।

    Reply
  20. subash thakuri says:
    April 12, 2016 at 1:31 pm

    यो त अति भयो ……के नेपाल आउदा दुइ तिन महिना बसेर नेटवोर्क नै नचल्ने सिम लिदा नि यत्रो झनझट हामीहरुलाइ ?
    हाल कतार

    Reply
  21. armani lazzange says:
    April 12, 2016 at 12:31 pm

    यो सब नाटक मात्र हो आफु नि गर्नु नसक्ने अरुले गरेको नि हेर्नु नसक्ने एस्तो नि के नियम भन्नु, यो सब पैसा खाने बाटो …. येस्तै भएर हो नेपाल झनन झन् गरिब हुदै गको…

    Reply
  22. Siyan says:
    April 12, 2016 at 11:27 am

    यो नियम आउनुमा १००% ब्यापारीको हात हुन सक्छ, यसबाट उपभोक्तालाई १०% फाइदा भए पनि (चोरी नियन्त्रण) ब्यापारीलाई ९०% फाइदा गराउनेछ (बाध्य भएर mobile स्थानीय बजारमा किन्नु पर्नेछ)

    Reply
  23. Gurung says:
    April 12, 2016 at 10:28 am

    बिदेशमा कामगरेर आउनेलाई एउटा ह्य्णडसेट छुट छ भने कहाबाट भन्सारको बिल देखाउने त्येसका बाजेलाई।

    Reply
  24. khagendra says:
    April 12, 2016 at 10:02 am

    यो त अतिनै भयो घरपरिवार को लागि पनि मोबाईल ल्याउन नपाउनु त धेरै नै अत्याचार भयो कति वटा सम्म चाहिँ ल्याउन पाइने हो र भन्सार तिर्नु परेमा कुन हिसाबले तिर्नु पर्ने हो जानकारी भए राम्रो हुन्थ्यो बिदेश बाट फर्कनेले आफन्त को लागि अनि साथीहरू को पनि मोबाईल लिएर आउँछन अनि भन्सार तिर्नुपर्ने भयो भने त गाह्राे हुन्छ त

    Reply
  25. राई सुदिप says:
    April 12, 2016 at 8:52 am

    मोबाइल चोरी नियन्त्रण चाहिँ हुन्छ १००प्रतिशत । तर अाफुले चलाउनलाई बोके हिँडेको एउटा मात्र सेट भएपनी भन्सार तिर्नुपर्ने भएछ समाचारमा यहीँ बुझिन्झ । भन्सार बुझाइएन भने IME नम्बर दर्ता नहुँदो रहेछ अनि चलाउन पनि बञ्चित हुन्छ । यहाँ समचारमा उल्लेखित अनुसार के प्रस्ट छैन भने भन्सार कर कति हजार सम्म लाग्छ । मेरो प्रश्न छ सामान्यतया एकजनाले दुइवटा मोबाइल सेट बोकेकै हुन्छ भने एउटा मोबाइल सेटको बराबर भन्सार कर तिर्नुपर्ने रुपैयाँ या कति हजार सम्म हुन्छ त ? कृपाया यश सम्बन्धित पनि जानकारी गराइदिनु भएको प्रस्ट बिचार उच्च बिचार हुने थियो धन्यवाद ।।

    Reply
  26. dor prasad says:
    April 12, 2016 at 8:39 am

    भन्सार मा कडा गर्नु राम्रो हो …. नेपाल ले ठुला कुरा मा र तस्कर नियांतर गर्न तिर ध्यान दिनु पर्यो … खाली उभोग्कता लै साना तिना कुरा मा झंजत गर्नु हुदैन |

    नेपाल भर्मन गर्ने र आफनै मोबाइल लिएर औउने केहिदिन को लागि भर्मन गर्ने NRN , बिधार्थी, मजदुर र टुरिस्ट को केसमा के हुन्छ ! के उनीहरु को मोबाइल ले भन्सार तिरुनु पर्छ !! हुने कुरो गर्नु पर्छ …. कहिँ न भएको जात्रा हादी गाउ मा हुन्छ ….

    टुरिस्ट वा अरु ले मोबिल प्रयोग गर्दा कर तिर्छन दुर संचार मा … नेपाल को अहिले को अर्थ बेबेस्था टुरिस्ट र रिमितंस बाट चलेको छ … उनीहरु लै सजिलो बनाउनु पर्छ |

    Reply
  27. राई सुदिप says:
    April 12, 2016 at 8:34 am

    धन्यवाद छ नियम उपलब्ध गराई दिनुभएको मा मेरो संसार डट कम परिवारलाई ।

    Reply
  28. राई सुदिप says:
    April 12, 2016 at 7:45 am

    मोबाइल सेट चोरी नियन्त्रण गर्नलाई होकि , इवोलाको भाइरस नेपाल छिर्छ भनेर ?! हि हि अालु नियम । बल्लतल्ल कठोर मेहनतको साथ पसिना बगाएको परिश्रममा अाएको पैसाले विदेशि

    Reply
  29. krish khati says:
    April 12, 2016 at 6:38 am

    यो चाई फेरि गरिब नेपाली जन्ताले कमायेको पसिनाको भन्सार नेपाल सर्कार लाई तेर्ने फेरि भ्स्न्सर कागज नभये ime darta na hune re

    Reply
  30. yogeswar khaling says:
    April 12, 2016 at 6:22 am

    यो व्यवस्था हुनु अगाडि हराई सकेको मोबाईल चाहिँ केही गर्न सकिन्छ कि?

    Reply
  31. Sunil says:
    April 12, 2016 at 4:51 am

    एस पाला दशैँ मा जादा दिदि र दाजुलाई भनेर एउटा एउटा आइ फोन किनेर राख्या छु तर अब नेपाल लगे कति भन्सार तिर्न पर्ने हो त ? यहाँ किन्दा दुइटालाई कर सहित $१२५० जस्तो पर्या छ अबयसमाथि नी भन्सार छुट्टै तिर्न पर्ने ? हरे !!!!

    Reply
  32. समल जोइटिङ्ग्रे says:
    April 12, 2016 at 3:05 am

    विदेश बाट आउदा २-३ वटा मोबाईल लिएर आउने ले चाही Ke गर्ने नि?
    सबैको भन्सार तिर्नु पर्ने हो कि कसो ?

    Reply
  33. Ombabu kumar gupta says:
    April 12, 2016 at 2:42 am

    I have a question if i buy and use in forein ffor 8 .9 month then if i go back nepal i hhave to pay bhansar of that mobil or nott .

    Reply
  34. नबराज लामीछाने says:
    April 12, 2016 at 2:26 am

    हामि १ /२ महिना छुट्टी मा घर आउदा लेराएको र फर्कदा लियरै फर्कने खाले मोबाइल के गर्नु पर्छ होला ?

    Reply
  35. ram pd kapri says:
    April 12, 2016 at 2:07 am

    अन्लाईन बाट खुद भर्न को लागि कोशिस गर्दा हुन्छ होला कि नै
    totally following गर्न पर्ने भए अबको दिन जस्तो सजिलोसँग मोबाईल send त हुन्न त हाल कुवेत byy

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme